२०८२ फाल्गुन २०
२०८२ फाल्गुन २०

सोनरनिया कोण सभामा चौधरीको हुंकार ः “मधेशीको बाँकी अधिकारका लागि जसपा नेपाल लाई जिताउनुस्”

आरके श्रीवास्तव,रौतहट,१६ गते फाल्गुन ।
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा गोविन्द चौधरीको चुनावी अभियान दिनप्रतिदिन सशक्त बन्दै गएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार चौधरीले मौलापुर नगरपालिकाको सोनरनिया कोण सभालाई सम्बोधन गर्दै मधेशीको अधिकारको अधुरो संघर्षलाई पूर्णता दिन आफ्नो पार्टीलाई विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो ।

 

सभामा बोल्दै चौधरीले आफू कसैसँग व्यक्तिगत दुश्मनी नरहेको र कसैलाई ठगेको इतिहास नभएको स्पष्ट पार्नुभयो । “नेता राम्रो भयो भने मात्र विकास र समृद्धि सम्भव छ,” उनले भने, “म जितेपछि जिम्मेवारी तपाईंकै हातमा रहनेछ। यदि मेरो प्रतिनिधिले गलत गरिरहेको छ भने नडराई सोध्नुस्, खबरदारी गर्नुस् ।”

उनले मतदातालाई सचेत रहन आग्रह गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक भविष्यका लागि मतदान गर्न अपिल गर्नुभयो । “थोरै लोभले तपाईंका बालबच्चाको भविष्यमा डकैती हुन सक्छ,” भन्दै उनले भावुक शैलीमा मतदातालाई एकपटक अवसर दिन हात जोडेर अनुरोध गर्नुभयो ।

यसअघि चौधरीले मौलापुर नगरपालिका अन्तर्गत मर्यादपुर, चिरचिरिया, पतौरा, मौलापुर र सोनरनियामा भव्य शक्ति प्रदर्शन ¥याली गर्नुभएको थियो । ¥यालीमा हजारौं समर्थकहरूको उत्साहजनक सहभागिता देखिएको थियो, जसले क्षेत्र नम्बर ३ मा जसपा नेपालको बढ्दो प्रभावलाई संकेत गरेको स्थानीयहरूको भनाइ छ । भव्य मोटरसाइकिल ¥याली पनि निकालिएको थियो ।

कार्यक्रममा मौलापुर नगरपालिकाका मेयर प्रत्याशी रामप्रवेश यादव, शिवपर्सन यादव र विरेन्द्र यादवलगायतका नेताहरूले खुलेर समर्थन जनाएपछि रौतहट–३ मा चौधरीको उम्मेदवारी झनै बलियो बन्दै गएको विश्लेषण गरिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार मधेशी मुद्दा, विकासको प्रतिबद्धता र पारदर्शिताको नाराले चौधरीको अभियानलाई थप ऊर्जा दिएको छ । अबको चुनावी परिणामले रौतहट–३ को राजनीतिक दिशालाई नयाँ मोड दिन सक्ने आकलन गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।