२०८२ फाल्गुन २०
२०८२ फाल्गुन २०

संघीयता जोगाउन छाताछाप जिताउनुपर्ने गुप्ताको भनाइ

आरके श्रीवास्तव,राैतहट,१४ गते फाल्गुन ।
रौतहट । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ताले रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पूर्व मन्त्री गोविन्द चौधरी आफ्नो मार्गदर्शक रहेको बताएका छन् ।


रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा बिहीबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै मन्त्री गुप्ताले चौधरी विकास र समृद्धिप्रति सदैव चिन्तित रहने नेतृत्व भएको उल्लेख गरे । उनले चौधरी अत्यधिक मतका साथ विजयी हुने विश्वास व्यक्त गर्दै स्थानीय जनताले उनलाई अपार समर्थन गर्ने वातावरण बनेको बताए ।


मन्त्री गुप्ताले रौतहटमा आफूले इन्चार्जको रूपमा काम गरेको स्मरण गर्दै यहाँका जनता आफ्ना लागि आदरणीय रहेको बताए । उनले जसपा नेपालको विचार, नीति र दूरदर्शितालाई कार्यान्वयन गर्न पार्टी अध्यक्ष उपेन्द्र यादव लाई प्रधानमन्त्री तथा चौधरीलाई मन्त्री बनाउन मतदाताले सहयोग गर्नुपर्ने धारणा राखे ।


अघिल्लो सरकार हरेक क्षेत्रमा असफल भएको आरोप लगाउँदै उनले भ्रष्टाचार बढेको, विकास र समृद्धि प्रभावित भएको तथा देश आर्थिक-राजनीतिक संकटबाट गुज्रिएको बताए । संघीयता, समानुपातिक समावेशी प्रणाली र अधिकार संरक्षणका लागि जसपा नेपाल चुनावी मैदानमा रहेको उल्लेख गर्दै उनले छाताछापमा मतदान गर्न अपिल गरे ।
उनले विगत ४० दिनदेखि उम्मेदवार चौधरी घरदैलोमा सक्रिय रहेको उल्लेख गर्दै मतदातालाई उनको काँध मजबुत बनाउन आग्रह गरे । चौधरी विजयी भए केन्द्रमा उनले काम गर्ने र प्रदेशमा आफूले जिम्मेवारी सम्हाल्ने मन्त्री गुप्ताको भनाइ थियो ।


कार्यक्रम उम्मेदवार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सभामा पूर्व प्रदेश सांसद रामकिशोर यादव, प्रदेश सांसद शोभा साह तथा महिला नेतृ किरण ठाकुरलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । पूर्व वडा अध्यक्ष राजेश साहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन जसपा नेपालका युवा नेता पुनित रामले गरेका थिए ।

(विज्ञापन)

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।