२०८२ चैत्र २५
२०८२ चैत्र २५

राष्ट्रिय सभा सदस्य पूजा चौधरी सार्वजनिक नीति समितिको सभापतिमा नियुक्त

काठमाडौं — राष्ट्रिय सभा सदस्य पुजा चाैधरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा नियुक्त हुनुभएको छ । उहाँको नियुक्तिसँगै राजनीतिक तथा सामाजिक क्षेत्रमा खुसीको लहर छाएको छ ।

नव नियुक्त सभापति चौधरीलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ । शुभेच्छुकहरूले उहाँको कार्यकाल सफल र उपलब्धिमूलक रहने विश्वास व्यक्त गरेका छन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति संघीय संसदको महत्वपूर्ण समितिमध्ये एक हो, जसले सरकारी नीतिहरूको अध्ययन, समीक्षा तथा प्रत्यायोजित विधायनसम्बन्धी कार्यहरूलाई प्रभावकारी बनाउने जिम्मेवारी वहन गर्दछ ।

यस समितिले राष्ट्रिय महत्वका दस्तावेज, अभिलेख व्यवस्थापन, ऐतिहासिक एवम् पुरातात्विक सम्पदा सम्बन्धि बिषय इत्यादि हेर्ने गर्दछ।

सभापति चौधरीले आफ्नो जिम्मेवारीलाई इमान्दारी, पारदर्शिता र जनउत्तरदायित्वका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँको नेतृत्वमा समितिले देशको नीतिगत सुधार र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

उहाँको सफल कार्यकालको कामना गर्दै देशभरबाट शुभकामना आउने क्रम जारी छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।