२०८३ श्रावण २
२०८३ श्रावण २

माफी माग्दै दुर्गेश थापाले हटाए विवादित ‘मास्टर्नी’ गीत

काठमाडौँ । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको सहकार्य रहेको विवादित गीत ‘मास्टर्नी’ युट्युबबाट हटाइएको छ ।

गायक दुर्गेश थापा र फिल्म निर्माण कम्पनी आयंका फिल्मस् प्रालिले शुक्रबार बेलुका छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उक्त गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको जानकारी दिएका हुन् ।

साथै, शिक्षक-शिक्षिका र दर्शकहरूको भावनामा चोट पुगेको स्वीकार गर्दै दुवैले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् ।  यो गीतका शब्द र प्रस्तुतिकरणलाई लिएर व्यापक आलोचना भएको थियो ।

दुर्गेश थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘उक्त गीतका केही शब्द तथा प्रस्तुतिकरणका कारण आदरणीय दर्शक, शिक्षक–शिक्षिका तथा गुरुजनहरूको भावनामा ठेस पुगेको महसुस गरेका छौं। त्यसप्रति म तथा सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना गर्दछु ।’

यस्तै, फिल्मकी निर्माता तथा अभिनेत्री प्रियंका कार्कीले पनि उक्त गीत फिल्मभित्र समावेश गरिएको आधिकारिक गीत नभई प्रचार-प्रसारका लागि मात्र तयार गरिएको बताएकी छन्। कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा सम्मानित शिक्षक-शिक्षिका पेसाको गरिमामा आँच पुर्याउने कुनै मनसाय नरहेको बताउँदै उनले गल्ती महसुस गरेको उल्लेख गरेकी छन् ।

सो गीत सार्बजनिक भएपछि नेपाल शिक्षक महासंघले विज्ञप्ती नै निकालेर गीतप्रति आपति जनाएको थियो । महासंघले यस गीतले समग्र शिक्षण क्षेत्रको अपमान गरेको भन्दै प्रशारण तत्काल बन्द गर्न माग गरेको थियो । एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।