आरके श्रीवास्तव,राैतहट,२७ गते मंसिर ।
रौतहट जिल्लाको मध्य भाग सुकदेव चोकमा रहेको डा. मधुरेन्द्र यादवद्वारा सञ्चालित नेपाल तराई सिटी हस्पिटलले अत्याधुनिक सी–आर्म मेसिन जडान गरी औपचारिक रूपमा सेवा सुरु गरेको छ । यस प्रविधिबाट हड्डी–जोर्नी, शल्यक्रिया तथा ट्रमा केयरमा उपचार अझ सुरक्षित, छिटो र प्रभावकारी हुने अस्पतालले जनाएको छ ।
रियल–टाइम एक्स–रे सुविधायुक्त सी–आर्मले अपरेशनका क्रममा तुरुन्तै सही निर्णय लिन सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ । आज सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै अस्पतालका सञ्चालक डा. मधुरेन्द्र यादवले आधुनिक, विश्वसनीय र सुलभ उपचार समुदायसम्म पुर्याउनु हस्पिटलको प्राथमिकता रहेको बताए ।

यसैबीच, स्थानीय नागरिकको स्वास्थ्य सेवा सहज र किफायती बनाउने उद्देश्यले हस्पिटलले पुस १ गतेदेखि माघ १ गतेसम्म विशेष शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ । यस अवधिमा बचेदानी, एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, बावसीर/भगन्दर तथा सिजेरियन जस्ता अपरेसनहरू अत्यन्त न्यून शुल्कमा उपलब्ध गराइनेछन् ।
अनुभवी चिकित्सक टोली, आधुनिक अपरेसन थिएटर, डिजिटल तथा भिडियो एक्स–रे सुविधासहित नेपाल तराई सिटी हस्पिटलले आगामी दिनमा पनि नयाँ स्वास्थ्य प्रविधि र सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ । सीमित समयका लागि लागू यो विशेष अफरको लाभ लिन इच्छुक बिरामीलाई समयमै सम्पर्क गर्न अस्पतालले अनुरोध गरेको छ ।








