२०८३ असार १८
२०८३ असार १८

देवाही गोनाहीमा लघु उद्यम प्रवद्र्धन कार्यक्रमअन्तर्गत ३१ महिलालाई उन्नत जातका बाख्रा वितरण

सागर संगम ठाकुर÷रौतहट, असार १७ गते।
महिलाको आर्थिक सशक्तीकरण तथा स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले रौतहटको देवाही गोनाही नगरपालिकाले ३१ जना महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ।
“सीप सिकौँ, उद्यमी बनौँ, आर्थिक विकासमा टेवा पु¥याऔँ“ भन्ने मूल नारासहित नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा देवाही गोनाही नगरपालिकाको आयोजनामा बुधबार वडा नं. ९ धरहरी स्थित जय किसान बहुमुखी क्याम्पसको प्राङ्गणमा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नगर प्रमुख प्रेमलाल साहले आयआर्जनका स्रोत न्यून भएका ३१ जना महिलालाई उन्नत जातका बाख्रा हस्तान्तरण गर्दै सीप, श्रम र उद्यमशीलताको माध्यमबाट महिलालाई आत्मनिर्भर बनाउने नगरपालिकाको लक्ष्य रहेको बताए। उनले स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गरी गरिबी न्यूनीकरण तथा रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

नगरपालिकाका शिक्षा शाखा प्रमुख राजदेव रामका अनुसार गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आर्थिक अवस्था कमजोर भएका तथा सीप र रोजगारीको अवसरबाट वञ्चित महिलाहरूलाई लक्षित गरी बाख्रा वितरण गरिएको हो। यस कार्यक्रमबाट महिलाको आयआर्जनमा वृद्धि हुनुका साथै उनीहरू आर्थिक रूपमा सशक्त बन्ने अपेक्षा गरिएको उनले बताए।
स्थानीय तहमार्फत सञ्चालन गरिएका यस्ता आयमूलक कार्यक्रमले ग्रामीण क्षेत्रमा उद्यमशीलताको विकास, स्वरोजगार प्रवद्र्धन र जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। बाख्रा वितरण कार्यक्रममा नगरपालिकाका कर्मचारी, स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।