२०८३ बैशाख ३
२०८३ बैशाख ३

काँग्रेसले भारत खड्कालाई बनायो लेखा समितिको सभापतिको उम्मेदवार, मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसले भरत खड्कालाई संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति बनाउने भएको छ ।

रास्वपाले लेखा समितिको सभापति कांग्रेसले पाउने भएपछि पार्टीले खड्कालाई अघि सारेको हो । खड्काले संघीय संसद सचिवालयमा आफ्नो उम्मेदवारी समेत दर्ता गरेका छन् ।

खड्कालाई सत्ता पक्ष रास्वपा र विपक्षी दल एमाले र नेकपाको समेत समर्थन रहेकाले उनी निर्बिरोध निर्वाचित हुने देखिएको छ ।

यस अघि मोहन आचार्यलाई लेखा समितिको सभापति बनाउने बताइएको थियो ।

लेखा समितिमा काँग्रेसका चार सांसदहरु मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी र योगेश गौचन थकाली सदस्य रहेका छन् ।  एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।