२०८३ श्रावण १२
२०८३ श्रावण १२

आज विश्व हेपाटाइटिस दिवस मनाइदै

काठमाडौँ । हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइँदै आएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू सचेत बनाउन विश्व हेपाटाइटिस दिवस मनाइदै आएको छ । हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रूपमा विकराल रूप लिँदै गएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कका अनुसार विश्वका ३२ करोड ५० लाख मानिसहरू हेपाटाइटिस बी र सी बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्याङ्कले देखाउछ । यो हेपाटाइटिसको उन्मूलन र कलेजोको क्यान्सरको रोकथामलाई रोक्ने कलंक लगायतका अवरोधहरू हटाउने आवश्यकतालाई जोड दिएको छ । मानिसहरूलाई हेपाटाइटिसको बारेमा कुरा गर्न र परीक्षण र उपचारमा पहुँच पुर्‍याउन सजिलो बनाउनमा ध्यान केन्द्रित गरिएको छ।

एचआइभी एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको सिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३ लाख मानिसहरूको मृत्यु हुने आँकडा रहेको छ । कलेजोको क्यान्सर बनाउन यो रोगको मुख्य योगदान हुने गर्दछ । हेपाटाइटिस भनेकै भाइरल सङ्क्रमणका कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्य गरी पाँच किसिमका हुन्छन्: ए, बी, सी, डी र इ । यी पाँच किसिमका हेपाटाइटिसहरू घातक र मृत्युको काल सरह मानिन्छन्एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।