२०८२ चैत्र २६
२०८२ चैत्र २६

आइपिएलमा आज कोलकोता र लखनउ आमने सामने

काठमाडौं । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाईन्टबीच खेल हुदैछ । इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । जारी आइपिएलमा कोलकोताले ३ खेलमा २ खेलमा हार बेहोरेको छ भने एक खेल बर्षाले रद्ध भएको थियो ।

पछिल्लो पञ्जावविरुद्धको खेल वर्षाले हुन नसक्दा दुवैले एक एक अंक बाँडेका थिए । त्यसअघि कोलकोता सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो । त्यस्तै लखनउ सुपर जाईन्टले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ । लखनउले सनराइजर्स हैदरावादसँगको खेल जितेको छ भने दिल्ली क्यापिटल्सविरुद्धको पहिलो खेल हारेको थियो ।

सम्भावित प्लेइङ ११ कोलकाता नाइट राइडर्स: अजिंक्य रहाणे (कप्तान), फिन एलेन, क्यामरुन ग्रीन, अङ्क्रिश रघुवंशी रिंकु सिंह, रमनदीप सिंह, सुनिल नारायण, अनुकुल रोय, नवदीप सैनी, वैभव अरोरा, कार्तिक त्यागि र ब्लेसिंग मुजराबानी ।लखनऊ सुपर जायन्ट्स  ऋषभ पन्त (कप्तान), मिचेल मार्श, एडेन मार्क्रम, निकोलस पूरन, आयुष बडोनी, अब्दुल समद, मुकुल चौधरी, एम सिद्धार्थ, आवेश खान, मोहम्मद शमी, दिग्वेष राठी र प्रिन्स यादव । एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।