२०८२ चैत्र २६
२०८२ चैत्र २६

आइपिएल: दिल्लीमाथि गुजरातको एक रनको रोमाञ्चक जित

काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले दिल्लीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो ।गुजरातले दिएको २११ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २०९ रन बनाएको थियो ।

दिल्लीका लागि केएल राहुलले ९२ रन बनाएका थिए भने डेभिड मिलर र पाथुम निसान्काले ४१-४१ रन बनाएका थिए ।त्यस्तै गुजरातका बलर राशिद खानले ३ विकेट लिए भने प्रसिद्ध कृष्णले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै २१० रन बनाएको थियो । गुजरातका लागि शुभमन गिलले सर्बाधिक ७० रन बनाए भने वाशिंटन सुन्दरले ५५ र जोस बटलरले ५२ रन बनाएका थिए ।यस अघि लगातार दुई खेलमा हार बेहोरेको गुजरातको यो पहिलो जित हो ।

त्यस्तै दिल्लीको तेस्रो खेलमा यो पहिलो हार हो ।आइपिएल अन्तर्गत आज कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच खेल हुदैछ । एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।