२०८३ बैशाख १७
२०८३ बैशाख १७

काठमाडौं, १५ माघ ।

राप्रपा नेपालले तराई मधेस क्षेत्रमा पर्ने सबै जिल्लामा सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ ।

 

आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पुर्बान्चल क्षेत्र स्तरीय प्रशिक्षण लगत्तै तराई मधेस क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार माघ २५ गते सप्तरी र उदयपुर , २६ गते सिरहा र धनुषा ,२७ गते महोत्तरी र सर्लाही, २८ गते रौतहट र बारा तथा २९ गते पर्सामा प्रशिक्षण संचालन हुनेछ ।

 

मुलुकको अबस्था बदल्नको लागि ब्यबस्था परिबर्तन गर्न जरुरी भएको भन्दै जनआन्दोलनको तयारीमा जुटेको राप्रपा नेपालले प्रशिक्षणलाई आन्दोलनको पुर्ब तयारीको रुपमा अघि बढाईने जनाएको छ ।

 

स्रोतका अनुसार कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण अभियान, भाबी कार्ययोजना र आन्दोलनको आबश्यकता बारे पार्टी अध्यक्ष कमल थापाले प्रशिक्षण दिने कार्यतालिका तय गरिएको छ ।न्युजकारखाना

 आरके श्रीवास्तव,रौतहट,१४ गते माघ ।

रौतहट– नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा मधेश प्रदेश बाट २३ जना सदस्य मनोनीत गरिएको छ ।

मधेश प्रदेशको सप्तरी बाट ३ जना,सिरहा बाट ४ जना,सर्लाही बाट २ जना,धनुुषा बाट १ ,महोक्तरी बाट २,रौतहट बाट ३,बारा बाट ५ र पर्सा बाट ३ जना गरी जम्मा २३ जनालाइ मनोनय गरिएको हो । जसमा सप्तरी बाट विरेन्द्र चौधरी,अशोक कुमार चौधरी र दिनेश चौधरी रहेका छन् ।

सिरहा बाट मनोनित हुनेहरुमा दुुर्गानन्द चौधरी,दिपक चौधरी,रामप्रसाद चौधरी र प्रमोद चौधरी रहेका छन् । त्यस्तै सर्लाही बाट मनोनय हुनेहरुमा सुशिल चौधरी,तेजनारायण चौधरी रहेका छन् । धनुुषा बाट मनोनित हुनेमा अशोक कुमार चौधरी रहेका छन् । त्यसैगरी महोक्तरी बाट मनोनित हुनेमा विनोद धामी थारु,राजनारायण सिं थारु रहेका छन् भने रौतहट बाट जितेन्द्र चौधरी,राजकशिोर चौधरी,पुनम चौधरी मनोनित भएकी छिन् ।

बारा बाट मनोनित हुनेमा सुुमित्रा देवी चौधरी,धिरेन्द्रप्रसाद दास थारु,रमन प्रसाद चौधरी,विरेन्द्र प्रसाद चौधरी,कृष्ण बाबु चौधरी छन् । पर्सा बाट शैलेन्द्र चौधरी,मनोज दास थारु,मनोजा चौधरी रहेका छन् । नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख रहेको छ ।

माले, १५ माघ ।

माल्दिभ्सको संसदमा भिडन्त भएको छ ।

राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा माल्दिभ्सको संसदमा झडप भएको हो ।

 

माल्दिभ्सको संसदमा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबीच झडप भएको माल्दिभ्सका समाचार संस्थाहरूले जनाएका छन ।

 

सन अनलाइनका अनुसार  राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्को लागि मतदान हुनु अघि सो झडप भएको हो । समाचार अनुसार संसदमा मतदान हुनु अघि पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको माल्दिभियन डेमोक्रेटिक पार्टी  (एमडीपी) को विरोधमा पीपुल्स नेसनल कांग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का सरकार समर्थक सांसदहरू बाहिर आएका थिए ।

 

समाचार च्यानल अधाधुले घटनाको भिडियो जारी गरेको छ, जसमा एमडीपी सांसद इसा र पीएनसी सांसद अब्दुल्ला शाहीम अब्दुल हकीम झगडा गरिरहेको देख्न सकिन्छ। भिडियो फुटेजमा शहीमले इसाको खुट्टा समातेर भुइँमा खसाएको र त्यसपछि ईसाले शहीमको घाँटीमा लात हाने र कपाल तानेको देखिन्छ । घटनामा घाइते भएका सांसद शाहीमलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको छ ।

 

सत्तारुढ प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र पिपुल्स नेसनल कांग्रेस (पीएनसी) गठबन्धनले विपक्षीको यस्तो रवैयाप्रति चिन्ता व्यक्त गरेका छन् । यसबारे उनले स्वीकृति नदिनु भनेको सरकारको काममा बाधा पु¥याउने प्रयास भएको बताए

न्युजकारखाना

धनगढी, १४ माघ ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको छ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम यही माघ १३ देखि माघ २६ गतेसम्म देश ब्यापी सुरु भएको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आफ्ना प्रतिनिधि खटाएको हो।

कांग्रेसले माघ १३ देखि माघ २६ गते सम्म ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन अभियानलाई सफल पार्न कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले ९ वटै जिल्लालाई परिपत्र गर्नुका साथै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको कांग्रेस सुदूरपश्चिम प्रवक्तासमेत रहेका प्रदेश कार्यसमिति सदस्य सुरत रावत डोटेली कान्छाले बताए।

खटाइएको प्रतिनिधिलाई समुदायमा कांग्रेस अभियानलाई सफल पार्न जिल्ला, प्रतिनिधि सभा र प्रदेश सभा संग समन्वय गरी केन्द्रीय टोलीलाई सघाउन निर्देशन दिइएको छ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३२ प्रदेश सभामा खटाइएका प्रतिनिधिको नामावली :

अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) अनुराधा स्वाँर
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) तुलाराम साउँद
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २    (क) भक्त बहादुर ठकुल्ला
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २    (ख) रुपा आउजी

डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) प्रेमा श्रेष्ठ
डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) तेज बहादुर लुहार

बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) जयन्ती जोशी/राजेन्द्र खड्का
बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) गणेश विष्ट/सुनिता थापा

बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) धनराज पण्डित
बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) रनसिंह बहादुर अयडी

दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) मदन गिरी/कमला सामन्त
दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) करबीर सिंह कार्की/राजेन्द्र सिंह विष्ट

डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) धर्मानन्द भट्ट
डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (ख) निर्मला बोगटी विष्ट

कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३    (क) दिवाकर पाण्डेय
कञ्चनपुर     ”             ”    ३ (ख) कृष्ण प्रसाद पाठक
कञ्चनपुर     ”             ”    २ (क) प्रभा भट्ट
कञ्चनपुर     ”             ”    २ (ख) ज्ञानेन्द्र बहादुर सिंह
कञ्चनपुर     ”             ”    १ (क) कृष्ण बहादुर तामाङ
कञ्चनपुर     ”             ”    १ (ख) चमेली तामाङ

कैलाली पतिनिधिसभा निर्वाचन क्षेत्र ५     (क) पुष्पा भट्ट
(ख) टेकराज जोशी (डि.के.)
(ख) राम बहादुर देउवा
(ख) डा. मेराज आलम अन्सारी
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४    (क) सुरत रावत (डोटेली कान्छा)
(ख) टेक बहादुर चौधरी
” प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३    (क) राजसमझ चौधरी
(ख) सम्झना खत्री
”  प्रतिनिधिसभा निर्वाचन क्षेत्र २     (क) धन बहादुर शाही (धिरेन्द)
(ख) राजेश कुमार टमटा
”  प्रतिनिधिसभा निर्वाचन क्षेत्र १    (क) केशरी विष्ट
(ख) काली प्रसाद पडाल
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र  १    (क) तेज बहादुर चन्द/कमला चन्द
वैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र  १    (ख) टेकराज जोशी

न्युजकारखाना

काठमाडौं, १४ माघ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक सुरू भएको छ ।

 

आइतबार कमलालीस्थित प्रज्ञा भवनमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले बैठकको उद्घाटन गरेसँगै सुरु भएको हो ।

 

दुई दिन चल्ने उक्त बैठकले पार्टीको महाधिवेशनका सम्बन्धमा निर्णय लिँदै पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाउने बताइएको छ ।न्युजकारखाना

काठमाडौं, १४ माघ ।

नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेको बताएकी छन् ।

काठमाडौंमा भएको राजनितिक दलका नेताहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भए पनि केही देशले भने भाँजो हाल्न खोजेको आरोप लगाएकी हुन् ।

केही देशले नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भएको हेर्न नचाहेको आरोप लगाएकी उनले देशको नाम भने उल्लेख गरिनन् ।

क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भइरहेकाले यसलाई चीर्न चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

 

नेपालमा चिनियाँ पर्यटकहरू आइरहेको बताउँदै उनले नेपालको पर्यटन विकासमा नीतिगत सुधारको आवश्यकता औँल्याइन् ।

 

नेपालमा थप पूर्वाधार विकास नीतिगत सुधारको खाँचो रहेको उनको भनाइ छ । न्युजकारखाना

काठमाडौं, १४ माघ ।

नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यी हुन् मनोनीत सदस्यहरू :
न्युजकारखाना

काठमाडौं, १४ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले  सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिएका छन ।

स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।”

 

प्रतिष्ठानले आम जनसमुदायलाई पुर्‍याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरेका छन ।

 

अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्ना सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट संक्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पुर्‍याएको स्मरण गरेका छन् ।

 

प्रधानमन्त्रीले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ लाग्न प्रतिष्ठानलाई निर्देशन दिएका छन ।न्युजकारखाना

 

काठमाडौं, १४ माघ ।

सत्ता साझेदार दल  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गत वर्ष भएको निर्वाचनपछि पनि देशको राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन् ।

आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले २०७९ सालको निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल भए पनि राजनीतिक अस्थिरता अन्त्य हुन भने नसकेको बताएका हुन् । निर्वाचनपछि देशमा राजनीतिक अस्थिरता कायमै रहेको बताउँदै उनले देशको राजनीतिमा अस्थिरताका बादल मडारिरहेको बताए ।

देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको एमालेले सत्ता गठबन्धन तोड्न अनेक उपाय लगाइरहेको उनको आरोप छ ।

वीरगंज, १३ माघ ।

मधेस प्रदेशमा केही समय अघिसम्म सत्ता सहयात्री रहेको जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी थालेका छन्। मुख्यमन्त्री यादवले आगामी १ हप्ताभित्र विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ।

जनमत पार्टीले सरकार छाडेर मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनले विश्वासको मत लिनेबारे सत्ता सहयात्री अन्य दलसँग पनि छलफल गर्ने भएका छन्।

सरकारमा रहेका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका थिए।

उनीहरूको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुखको कार्यालयले दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवलाई तोकेको थियो। न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।