२०८३ श्रावण २७
२०८३ श्रावण २७

काठमाडौं, २१ चैत ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, भारतीय सुन्तला १२०, नेपाली मेवा ८० चुकुन्दर ५० आभोकाडो ६०० रुपैयाँ र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार लोकल सानो गोलभेडा ५० र भारतीय ठूले गोलभेडा ७०, अदुवा २२०, रातो आलु ४४ र रातो भारतिय आलु ३८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली १५, लौका ६०, कागती २४०, लोकल काक्रो ७०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा १०, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ र टाटे सिमी ४० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ३० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ५० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ११० र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६८, हरियो प्याज ५० र पुदीना १५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १३० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा २०, भिण्डी ९० र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।न्युज कारखाना

काठमाडौँ ।

भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ ।

यस फ्रेन्डसिप कपमा नेपालले यसअघि लगातार दुई खेलमा जित हासिल गरेर फाइनल नजिक पुगेको छ । नेपालले यस अघि गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको थियो ।

त्यसैगरी गुजरात क्रिकेट एसोसियसनले सोमबार सम्पन्न खेलमा बरोडालाई ५ विकेटले पराजित गरेको थियो भने बरोडाले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

अब नेपालले अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।न्युज कारखाना

सुर्खेत ।

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ ।

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पुरा गरेर मात्र राजीनामा दिने अडानका कारण मंगलबार बैठक बस्न सकेको थिएन । बैठक आज अपराहन्न ३ बजेका लागि बोलाइएको छ ।

माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेपछि केन्द्रमा भएको सहमतिलाई प्रदेशले चुनौती दिने देखिएको छ । मुख्यमन्त्री शर्मा केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति असन्तुष्ट देखिएका छन् ।

मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि प्रदेश सभाको बैठक नै प्रभावित बनेको थियो ।न्युज कारखाना

काठमाडौँ ।

२००१ को बलिवुडको सुपरहिट फिल्म नायकको सिक्वेल बन्ने भएको छ । राजनीतिक विषयवस्तुमा बनेको यस फिल्ममा अनिल कपूर मुख्य भूमिकामा थिए ।

हालै निर्देशक एस शंकरले नायक-२ को स्क्रिप्टको विषयमा अनिल कपूरको घरमै पुगेर छलफल गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  मिडिया रिपोर्टका अनुसार यी दुईबीच लामो समयसम्म कुराकानी चलिरहेको छ ।

एस शंकरद्वारा निर्देशित फिल्म नायक सन् २००१ मा रिलिज भएको थियो । यो १९९९ को तमिल फिल्म मधुलवनको रिमेक थियो, जसलाई एस शंकरले निर्देशन गरेका थिए । फिल्ममा अनिल कपूरसँग रानी मुखर्जी, अमरिश पुरी, परेश रावल, जोनी लिभर देखिएका थिए ।

अनिल कपूर पछिल्लो पटक फिल्म फाइटरमा देखिएका थिए । सिद्धार्थ आनन्दले निर्देशन गरेको यस फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, करण सिंह ग्रोवर र अक्षय ओबेरोय देखिएका थिए । फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । हालै यो ओटीटीमा पनि रिलिज भएको छ ।

यसै क्रममा एस शंकर फिल्म गेम चेन्जर रिलिजको तयारीमा छन् । यस फिल्ममा रामचरण र रेन्ट आडवाणी मुख्य भूमिकामा देखिनेछन् ।न्युज कारखाना

काठमाडौँ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । विकासापटनममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।

यस सिजनमा कोलकोताले आफ्ना शुरुवाती दुवै खेल जितेको छ भने दिल्ली क्यापिटल्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

दिल्लीले पञ्जाव किंग्स र राजस्थान रोयलसँग हार बेहोरेको थियो भने पछिल्लो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो । त्यस्तै कोलकोताले भने सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको थियो ।

दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ । त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ ।

दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।

अर्कोतर्फ कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् । त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ ।

कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।     न्युज कारखाना

आज मोदीको प्रभावले विश्वमा नै भारतको विदेश नीति सफल बन्दै गइरहेको छ।

खास गरेर युद्धमा होमिएका देशहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शान्ति दूतको रूपमा हेर्न थालेका छन्

गुजरातको विकास मोडलको राजनीतिक मार्गचित्र पछ्याउँदै भारतको राष्ट्रिय राजनीतिमा पदार्पण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले विकास, सुशासन, गरिबी निवारण, सामाजिक न्याय कानुनी राज्यका लक्ष्यहरूलाई पार गर्दै आफ्नो दोस्रो कार्यकाल पूरा गरेका छन्। तेस्रो कार्यकालका लागि यही २०२४ को अप्रिलदेखि जुन महिनाभित्रै सम्पन्न हुने लोकसभाका ५४३ सिटका लागि दलीय प्रतिस्पर्धाका आधारमा चुनावी मैदानमा और्लिने घोषणा गरेका छन्।

अहिले भारतीय राजनीतिमा हिमालयदेखि कन्याकुमारीसम्म तथा केरलदेखि कस्मिरसम्म नरेन्द्र मोदी अविजित र अपराजय राजनीतिक शक्तिको रुपमा सर्वत्र चर्चाको विषय बनेका छन्। धर्म, अध्यात्म, संस्कृति, संस्कार, नीति, नैतिकता, सदाचार, त्याग, तपस्या, जप, ध्यान, समाधि, योग लगायतका कुरादेखि लिएर सनातन हिन्दु धर्मको प्रतिष्ठा र सम्मान तथा मनोबललाई उच्च बनाउँदै भारतलाई आर्थिक रूपले सम्पन्न तथा विकसित बनाउने अठोट र परिकल्पनाका साथ संसदीय लोकतन्त्रका परम्पराहरू तथा पवित्रताहरूलाई संरक्षण गर्दै भारतको गौरव र आत्मसम्मानलाई स्थापित गर्ने संकल्पका साथ चुनावमा होमिएका नरेन्द्र मोदी वास्तवमा जनताको पहिलो छनोट, प्राथमिकता र रोजाइमा परेका छन्।

भारतको लोकतान्त्रिक अभ्यास भारतको स्वतन्त्रता संग्रामको आन्दोलनसँगै परिस्कृत हुँदै आएको राजनीतिक प्रणाली हो। ब्रिटिस सरकारविरुद्ध प्रारम्भ भएको अहिंसात्मक आन्दोलनको सुत्रपात महात्मा गान्धीको सविनय अवज्ञा आन्दोलन, जालिया बाग आन्दोलन, डान्डी मार्च आन्दोलन, विदेशी कपडा बहिस्कार आन्दोलन, स्वदेशी आन्दोलन, खादी आन्दोलन हुँदै गोलमेच सम्मेलनसम्म पुग्दै अन्तिम समयमा अङ्ग्रेज भारत छोड आन्दोलनको निर्णयक बिन्दुसम्म पुग्दा भारतीय स्वतन्त्रता संग्रामका महानायक मोहनदास करमचन्द गान्धीले भगवान रामको रामराज्यको आदर्शबाट सर्वोदय अर्थात् समाजवाद र भगवान बुद्धको शान्ति र अहिंसाको सन्देशबाट अहिंस्रक आन्दोलनको नेतृत्व गरेका थिए। महात्मा गान्धीको जीवनको अन्तिम समयमा जब उनी नाथुराम गोड्सेले हानेको गोली लागेर ढल्न लागे तब उनको मुखबाट ‘हे राम’ भन्ने शब्द निस्केको थियो। भारतीय संस्कृतिमा राम अयोध्याका राजाका रूपमा, सनातन हिन्दुहरूको पूर्वजको रुपमा, मर्यादा पुरुषोत्तम भगवानको रूपमा, धर्म सत्य र न्यायको संरक्षकको रूपमा तथा आसुरी शक्तिको विनाश गराउँदै ब्राम्ह्ण, गौ वन्श, देवीदेवता तथा साधुसन्त र सज्जनहरूको संरक्षक र उद्धारकर्ता परब्रम्ह परमेश्वरको रुपमा सम्पुज्य छन्। भारतीय राजनीतिमा धर्म र संस्कृति कुनै न कुनै रूपमा राजधर्मको मुख्य धारामा सामेल रहेको हुनाले नै भारतको संविधानमा भगवान रामले लंका विजय गरी पुष्पक विमान चढेर आउँदै गर्दाको चित्र अंकित छ, जसको अर्थ सनातन हिन्दु धर्म र संस्कृति नै भारतीय संस्कृतिको मुख्य केन्द्रबिन्दु हो र यही संविधानको छत्र छायामा लोकतान्त्रिक अभ्यासहरूको माध्यमबाट जनतालाई आत्मनिर्भर र देशलाई समुन्नत तथा विकसित बनाउने लक्ष्यमा भारत अनन्तकालसम्म अगाडि बढ्दै जाने लक्ष्य निर्धारण गरिएको छ।

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू पाश्चात्य संस्कतिको शिक्षा ग्रहण गरेको हुनाले पाश्चात्य संस्कृतिका पक्षपाती थिए। उनले लगाउने कपडासमेत लण्डन र पेरिसबाट धुलाएर ल्याइन्थ्यो। उनीमाथि वेस्टन कल्चरको क्रेज अत्यन्त बढी भएको हुनाले भारतमा राष्ट्र भाषा हिन्दीकै समकक्षमा अंग्रेजी भाषालाई पनि राष्ट्र भाषाको मान्यता दिइएको थियो। जवाहरलाल नेहरुले चीनसँग पञ्चशिल शान्ति सम्झौता गरेर मित्रता गाँसेका थिए। तर पनि चीनले सन् १९६२ मा भारतमाथि आक्रमण गरेर भारतको ठूलो भू-भागलाई आफ्नो नियन्त्रणमा लिएको छ। त्यस भूमिलाई अहिलेसम्म पनि भारतले फर्काउन सकेको छैन। जवाहरलाल नेहरुकै पालामा चीनले भारतद्वारा संरक्षित तिब्बतलाई जबरजस्ती अधिकार गरी त्यहाँका राजा र बुद्ध धर्मका सर्वश्रेष्ठ धर्मगुरु दलाई लामालाई त्यहाँबाट लखेटेर भारत धपाउने कार्य गर्‍यो। आजसम्म पनि तिब्बती धर्मगुरु दलाई लामा भारतमा निर्वासित भएर शरणार्थी जीवन बाँचिरहेका छन्।

जवाहरलाल नेहरुले तिब्बतको स्वाधीनताको लागि आवाज उठाउन सकेको भए र तिब्बतको प्रतिरक्षा गरेको भए विश्वभरिका लामाहरूको राष्ट्र तिब्बत आज पनि सुरक्षित रहने थियो। जवाहरलाल नेहरुले भारतमा लामो समयसम्म शासन गर्दा पनि न त चिनले कब्जा गरेको भू-भाग फिर्ता ल्याउन सके न त तिब्बतीहरूको स्वतन्त्रतालाई जोगाउन सके। जसको दोष कुनै न कुनै रूपमा जवाहरलाल नेहरु र भारतीय राष्ट्रिय कांग्रेसलाई दिने गरिएको छ। त्यस्तै, ब्रिटिसहरूकै उपनिवेशको रूपमा रहेको राज्य कस्मिरको विलय भारतमा भए पनि भारतले पूरै कस्मिरलाई भारतको अङ्ग बनाउन सकेन।

भारतको लोकतन्त्रलाई परिवर्तित विश्व राजनीतिको परिप्रेक्षमा बहुआयामिक रूपमा आत्म समीक्षा गरेर विगतका गल्तीहरूलाई सच्याउन भारतीय प्रधानमन्त्री कम्मर कसेर लागेका छन्। उनले आफ्ना विगत दस वर्षको कार्यकालमा हासिल गरेका उपलब्धीहरूलाई विकसित भारतको आधारसिलाको रूपमा लिएका छन्। भारतमा विगतका सरकारहरूले फैलाएको कुशासन, भ्रष्टाचार, भाइ-भतिजावाद, नातागोतावाद, परिवारवाद, आतंकवाद, तुष्टिकरण नीति लगायतका लोकतन्त्रविरोधी गतिविधिहरूलाई इन्दिरा गान्धीदेखि राजीव गान्धीसम्मका सरकारले निरन्तरता दिएर भारतलाई एउटा कमजोर राष्ट्र बनाउन खोजेको आरोप लगाइरहँदा त्यसको प्रतिउत्तरमा कांग्रेस पार्टीसँग जवाफ दिने कुनै नयाँ शब्द नै छैन। मोदीले आफ्नो पहिलो कार्यकालदेखि नै शून्य सहनशीलताको नीति अंगाल्दा धेरै हदसम्म भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सफलता पाइरहेको अवस्था छ। भाजपाविरोधी सरकार भएको प्रान्तहरूमा भ्रष्टाचारका ठूला-ठूला मुद्दाहरू उजागर हुँदा जनता छक्क परेका छन्। आम आद्मी पार्टीका प्रमुख र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल हिरासतमा परेका छन्। झारखण्ड प्रान्तका मुख्यमन्त्री हेमन्त सोरेन समेत हिरासतमा बसेर अदालती प्रक्रिया व्यहोर्दै छन्। मोदीले लोकतान्त्रिक प्रणालीमा परिवारवादले देशलाई ठूलो नोक्सानी पुर्‍याउन सक्दछ भनेर आफ्नै परिवारभित्र कुर्सी र सत्ताका दाबेदारहरू जन्माउने गरी गरिने प्रतिपक्षी दलहरूले गरेको प्रयासलाई पर्दाफास गरिरहेका छन्।

सोनिया गान्धीको एक मात्र राजनीतिक लक्ष्य आफ्ना छोराछोरीलाई प्रधानमन्त्री पदमा पुर्‍याउनु, लालु यादवले आफ्ना छोराछोरीलाई मुख्यमन्त्री पदमा पुर्‍याउनु, ममता बेनर्जीले आफ्नो भतिजलाई मुख्यमन्त्री बनाउन लाग्नु, शरद परिवारले आफ्ना छोरीलाई मुख्यमन्त्री बनाउने, अखिलेश यादवले आफ्नो परिवारलाई नै अगाडि बढाउने लागायतका लोकतन्त्रविरोधी राजनीतिक प्रपञ्चहरूलाई निरन्तरता दिइरहँदा देश उँभो लाग्न सक्दैन भनेर मोदीले जनतालाई आस्वस्त गराइरहेका छन्। बिहारका पूर्वमुख्यमन्त्री लालु यादवले आफू बीस वर्षसम्म मुख्यमन्त्रीको कुर्सीमा बसेपछि भ्रष्टाचारमा मुछिदा आफ्नै श्रीमती राबरीदेवीलाई मुख्यमन्त्री पदमा आरुढ गराएका थिए। त्यसपछि आफ्नै छोरा तेजस्वीप्रसाद यादवलाई उपमुख्य मन्त्री बनाउन लगाएका थिए। अझै पनि आफ्नो छोरालाई मुख्यमन्त्री पदमा देख्नु नै उनको जीवनको सपना रहेको छ भनेर जनताका मुद्दा र सवालहरूमा प्रतिपक्षमाथि विश्वास गर्न नसकिने प्रशस्त ठाउँहरू रहेको कुरालाई औंल्याउन सकिन्छ। अब लोकतन्त्रलाई आफ्नो निजी स्वार्थपूर्तिको साधन बनाएर देश अगाडि बढ्न सक्दैन भनेर भारतीय जनतालाई विश्वास लाग्न थालेको छ। जसको परिणामस्वरूप नरेन्द्र मोदीको पक्षमा राम लहर चल्नु सँगसँगै जनलहर पनि प्रारम्भ भइसकेको छ।

आज भारतका प्रतिपक्षी पार्टीहरूले भारतीय जनता पार्टीको सरकारलाई तानाशाह बनेको आरोप लगाइरहँदा पनि भारतीय मतदाता वर्गमा सही र गलत छुट्याउने आधारहरू बलियो बन्दै गइरहेको छ।

आज मोदीको प्रभावले विश्वमा नै भारतको विदेश नीति सफल बन्दै गइरहेको छ। खास गरेर युद्धमा होमिएका देशहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शान्ति दूतको रूपमा हेर्न थालेका छन्। भारतको आर्थिक नीति दिन प्रतिदिन सुधारोन्मुख अवस्थामा छ। नरेन्द्र मोदीले भारतमा तीव्र आर्थिक विकासको नीतिलाई अगाडि बढाउँदै भारतलाई विश्वको ठूलो पाँचौं अर्थव्यवस्थाबाट सुधार गर्दै भारतलाई विश्वको तेस्रो आर्थिक महाशक्ति बनाउने कुरालाई जोरसोरसँग उठाइरहँदा मोदीविरोधी प्रतिपक्षी पार्टीहरू दिन प्रतिदिन कमजोर बन्दै जाने अवस्था सिर्जना भइरहेको देखिन्छ। यस्तो अवस्थामा सत्ता पक्षले आफ्ना नीतिहरूमा समयसापेक्ष रूपमा सुधार र परिवर्तन गर्दै जानु जति सान्दर्भिक हुन्छ, त्यसभन्दा बढी मात्रामा प्रतिपक्षले पनि आफ्नो रणनीतिमा सकारात्मक परिवर्तन गर्दै नकारात्मक विचारहरूलाई पन्छाउँदै देशको जिम्मेवारी लिन तत्पर रहनु पर्दछ। मात्र विरोधको लागी विरोध गरिरहने हो भने देशले हासिल गर्न लागेको उपलब्धी पनि लक्ष्यविहीन बन्दै जाने अवस्था सिर्जना हुन सक्छ। तसर्थ, भारतको १८ औँ लोकासभा निर्वाचनले आफ्नो गुमेको समृद्धिलाई पुनः हासिल गर्न नैतिकवान र इमान्दार जनप्रतिनिधिहरूको टिम तयार गरी निर्वाचनमा जानु विश्वकै लागि पनि अनुकरणीय उदाहरण बन्न सक्दछ।न्युज कारखाना

काठमाडौँ ।

साउदी प्रो लिग अन्तर्गत अल नासरले अभाविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अभालाई ८-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । साउदी लिगमा रोनाल्डोको यो लगातार दोस्रो ह्याट्रिक हो ।

त्यस्तै अब्दुलाजिज अल अलिवाले २ तथा साडियो माने, अब्दुल्माजीद अल सुलैहीम र अब्दुल रहमान घरीबले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको साउदी लिगमा २६ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा १२ अंकले पछाडी रहेको छ ।

त्यसैगरी अभाको भने २६ खेलमा २२ अंक छ र लिगमा १७औं स्थानमा रहेको छ ।न्युज कारखाना

राैतहट,२० गते चैत ।

अहिले संचालन गरिएको सहकारी भविष्यमा नयाँ पुस्ताको लागी वरदान सावित हुने दाबी सहकारीकर्मीहरुले गरेका छन । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गुजरा नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरिय सहकारी समिती (सन्जाल) को आयोजनामा मंगलवार गुजरा १ मनहर्वामा आयोजित कार्यक्रममा यस्तो दाबी गरेका हुन ।No description available. सहकारीले वर्तमान भन्दा पनि भविष्यमा नयाँ पुस्ताको लागी आर्थिक सम्वृद्धी गर्न ठुलो योगदान पुर्याउने सहकारीकर्मीहरुको भनाई थियो । सहकारीमा सुशासन प्रविधी र एकिकरण भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा गुजरा नगरपालिकाका मेयर एवम कार्यक्रमका प्रमुख अतिथी सन्तलाल चौधरीले गाउ गाउमा रहेका विपन्न र मध्यम वर्गिय परिवारको आर्थिक समस्या टार्न अहिले पनि सहकारीले ठुलो योगदान पुर्याईरहेको बताए । ‘यसले विपन्नको जिवन स्तरमा मात्र होईन नगरको आर्थिक पाटोमा योगदान पुर्याईरहेको छ,’ उनले भने, ‘आर्थिक संकट टार्न नगरवासीलाई बैंक धाउनु पर्ने वाध्यतालाई हटाएको छ ।’ नगरभित्रका सहकारीलाई थप बलियो बनाउन आफुले सक्दो सहयोग गर्ने आश्वासन समेत उनले दिए । No description available.बुद्ध कृषि सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारी, साना किसान कृषि सहकारी संस्था रंगपुरका अध्यक्ष धर्मेन्द्र धामी, कृषि सहकारी कम्पनी चन्द्रपुर शाखाका प्रमुख गोविन्द घिमिरे, गुजरा नगरपालिका वडा नं. १ का वडाध्यक्ष रामजी चौधरी, वडा नं. २ का वडाध्यक्ष अशोक खाँ थारु, कार्यपालिका सदस्य विजय शाह बनिया, महिला साना किसान कृषि सहकारी संस्थाकी रत्ना कुमारी चौधरी, ध्रुवतारा महिला कृषि सहकारी संस्थाकी निला पोखरेल, शिक्षक रामअयोध्या चौधरी, साना किसान कृषि सहकारी संस्था गुजराका मुख्य प्रबन्धक कपुरीलाल बण्ठा लगायतकाले सहकारी दिवसमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।No description available. कार्यक्रममा नगर भरीका ४३ वटा सहकारी संस्थाका प्रतिनिधी, सदस्य, समाजसेवी, शिक्षाप्रेमी, संचारकर्मी लगायतको उपस्थिती थियो ।

काठमाडौँ ।

टर्कीको एक नाइट क्लबमा आगलागी हुदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन् ।

दुर्घटना हुँदा यो नाइटक्लब बन्द थियो र मर्मत कार्य चलिरहेका बेला आगलागी भएको बताइएको छ । मारिनेमा अधिकांश मजदुर रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार इस्तानबुलको एक आकर्षक आवासीय क्षेत्रमा १६ तले भवन रहेको छ । हालसम्म क्लबका मालिकसहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ । क्लबले पुनर्निर्माणको स्वीकृति नलिएको बताइएको छ । न्युज कारखाना

काठमाडौँ ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक प्रस्तुत गर्ने तालिका छ भने कृषिमन्त्री ज्वालाकुमारी शाहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाध्य स्वच्छता तथा गुणस्तर विधयेकलाई प्रस्तुत गर्ने तालिका रहेको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।