काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्ले संसदमा सहकारीको महाकाव्य लेख्ने प्रयत्न गरिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद वाग्ले गृहमन्त्रीलाई संसदमा बोल्न नदिएर असंसदीय काम गरिएको आरोप लगाएका छन् । उनले संसदमा बोल्न नदिएर कस्तो संसदीय अभ्यास गर्न खोजेको हो भन्दै प्रश्न गरेका छ । संसदमा यो हदसम्मको असहिष्णुताले प्रश्न उठाएको समेत बताए ।
उनले आरोप लाग्ने बित्तिकै राजीनामा गर्ने हो भने त्यो सहमति गर्न चुनौती दिएका छन् । उनले गृहमन्त्रीले जवाफ दिन चाहेको बताइरहेको बेला बोल्न नदिएको प्रति उनले असन्तुष्टि व्यक्त गरेका थिए ।
सांसद वाग्लेले प्रतिपक्षले सहकारीको महाकाव्य नै लेख्न खोजेको भएपनि समाधान दिन नसकेको आरोप लगाए । उनले सहकार र लघुवित्तको समस्या समाधान गर्न यसै संसदबाट विधेयक बनाएर अगाडी बढ्न आग्रह गरेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी भर्ना गर्ने योजना बारे संसदमा स्पष्ट गरेकी छन् । मन्त्री श्रेष्ठले सुशासन ऐनमा टेकेर प्रशिक्षार्थी भर्ना गर्ने कार्यविधि बनाएको बताउदै युवा विद्यार्थीहरुलाई काम गर्न सिकाउन यो व्यवस्था गरेको बताएकी छन् ।
के विद्यार्थीले राजनीति मात्र सिक्ने भन्ने प्रश्न गर्दै शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीलाई काम गर्न सिकाउनु पर्नेमा जोड दिएकी छन् ।
उनले आवश्यकता र विद्यार्थीको रुची अनुसार, गोप्य सूचनामा पहुच नहुने गरि राज्यलाई अतिरक्त भार नपरी, मापदण्ड बनाएर कर्मचारीकै नेतृत्वमा संचालन गरिने बताइन् ।
साथै मन्त्री श्रेष्ठले विद्यार्थीलाई न्याय हुने कुरामा राजनीति नगर्न समेत आग्रह गरेकी छन् । उनले संसदमा सांसदहरुले उठाएका शिक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ समेत दिएकी थिइन् ।न्युज कारखाना
काठमाडौँ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको बारेमा संसदमा जानकारी दिएका छन् ।
परराष्ट्रमन्त्री श्रेष्ठले आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो भ्रमण बारे जानकारी दिदो दुई देशको सम्बन्धलाई अझ राम्रो बनाउन योगदान पुगेको विश्वास व्यक्त गरेका हुन् ।
उनले चीन भ्रमणका क्रममा चीनसँग जोडिएका १४ परम्परागत नाका खोल्ने, लासा र काठमाडौँबीच बस यातायात संचालन गर्ने, चीन जाने नेपाली पर्यटकलाई भिसा शुल्क नि: शुल्क गर्ने, नेपाल र चीनबीचको सम्बन्धका बारेमा नियमित छलफल गर्न परराष्ट्रमन्त्री स्तरीय आयोग गठन गर्ने, बीआरआईलाई अन्तिम रुप दिने विषयमा छलफल भएको जानकारी दिएका छन् ।
साथै आफ्नो भ्रमणको क्रममा चीनले नेपाललाई थप गुणात्मक सहयोग गर्ने सहमति भएको परराष्ट्रमन्त्रीले संसदमा जानकारी दिएका थिए ।
साथै चीनसँग सीमा जोडिएको केहि गाउँमा विद्युत उपलब्ध गराउने र नेपालमा उत्पादन हुने तरकारी र फलफुल निर्यात गर्ने विषयमा छलफल भएको उनले बताए ।न्युज कारखाना
काठमाडौँ ।
आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई १५८ रनको लक्ष्य दिएको छ ।
आजदेखि शुरु भएको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको हो । आयरल्याण्ड वोल्भ्सले ३८.३ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो ।
आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए ।
त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २-२ विकेट लिएका थिए । त्यसति रिजन ढकालले एक विकेट लिएका थिए । न्युज कारखाना
काठमाडौँ ।
विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । जुआन भेनेजुएलाका बासिन्दा थिए । फेब्रुअरी २०२२ मा, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा वृद्ध व्यक्ति घोषित गरेको थियो ।त्यतिबेला उनको उमेर ११२ वर्ष २५३ दिन थियो ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले जुआनको मृत्युको घोषणा गरेका छन् । जुआनको जन्म २७ मे १९०९ मा भएको थियो । उनका ११ छोरा, ४१ नातिनातिना, १८ जना नातिनातिना र १२ जना नातिनातिना छन् ।
गिनिज रिपोर्टका अनुसार जुआन भो पेसाले किसान थिए । मेहनत, समयमै आराम गर्ने र दिनहुँ एक गिलास उखुको मदिरा पिउनु नै आफ्नो लामो आयुको रहस्य रहेको उनले बताए ।
जुआनले ५ वर्षको उमेरमा, जुआनले आफ्नो बुबा र भाइहरूसँग खेतमा काम गर्न थालेका थिए । उनीहरुलाई उखु र कफी खेतीमा सहयोग गर्थे । त्यसपछि उनी सेरिफ (स्थानीय प्रहरी अधिकृत) भए र आफ्नो क्षेत्रमा जग्गासम्बन्धी समस्या समाधान गर्न थाले । तर, यो अवधिमा उनले खेतीलाई निरन्तरता दिए ।
सन् १९३८ मा जुआनले एडियोफिना गार्सिया नामकी महिलासँग विवाह गरे । उनकी श्रीमतीको १९९७ मा मृत्यु भयो । जब जुआनलाई २०२२ मा जीवित सबैभन्दा वृद्ध व्यक्ति घोषणा गरियो, उनलाई कुनै गम्भीर रोग थिएन ।
यसअघि गत मार्चमा विश्वकै सबैभन्दा वृद्ध महिलाको निधन भएको थियो । दक्षिण अफ्रिकामा बस्ने जोहाना माजिबुको १२८ वर्षकी थिइन् । न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग बारेको अल्टिमेटम सकिएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले आउदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस भन्दै कांग्रेसले दिएको अल्टिमेटम सकिएको बताएका हुन् ।
कतिपयले कांग्रेसले यो मुद्धालाई कमजोर बनायो भन्ने आरोप गलत भएको बताउदै उनले अबको बैठक कांग्रेसले मग पुरा नभएमा अवरुद्ध गर्ने संकेत गरेका छन् ।
उनले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना गरिएको बताए ।न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् ।
सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना गरिएको बताए ।
साथै महामन्त्री शर्माले जीबी राईलाई नेपाल ल्याउन ढिलाई गरेको आरोप लगाएका छन् । उनले राई गृहमन्त्रीको सम्पर्कमा रहेको समेत दाबी गरेका छन् ।
उनले भने- ‘राई मलेसियामा छन् दुनियाँलाई थाहा छ । मलेसियाको कानून पनि हेर्नुहोला । जीवी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो। मैले आरोप लगायो नभनौं तर हामीले पाएको सूचना अनुसार उहाँ गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ ।’न्युज कारखाना
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । विश्वासको मत पाउने आधार नभएपछि आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई मुख्यमन्त्री पाण्डेले राजीनामा पत्र बुझाएका हुन् ।
गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । पाण्डेले भोलिसम्ममा विश्वासको मत लिनुपर्ने थियो । तर, मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिई पदबाट राजीनामा दिएका हुन् ।
६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । न्युज कारखाना
इलाम ।
आगामी वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो ।
यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ । इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् ।
निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।न्युज कारखाना
काठमाडौँ ।
बलिवुडका चर्चित निर्माता र अभिनेता बोनी कपुर र अनिल कपुरबीचको सम्बन्ध बिग्रिएको खबर बलिवुडमा अहिले चर्चाको विषय बनेको छ । मिडिया रिपोर्टका अनुसार कपुर दाजुभाईबीच अहिले सम्बन्ध खराब भएको असर फिल्ममा देखिन थालेको छ ।
निर्माता बोनीले आफ्ना भाई अनिल कपुरसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउदै उनी बिना नै ‘नो एन्ट्री’ को सिक्वेल घोषणा गरेपछि यसको चर्चा बढेको हो ।
बोनी कपूरले भनेका थिए- ‘अहिले अनिलसँग कुनै सम्बन्ध छैन ।’ बोनीले फिल्ममा आफुले अनिललाई नलिएको विषयमा उनी रिसाएको बताएका छन् । उनले अन्य कारण केहि नभएको बताउदै उनी रिसाउनु स्वाभाविक भएको बताएका छन् । बोनीले यो व्यवसायिक निर्णय भएको बताउदै आफुले अनिललाई दुख पुराउने केहि काम गर्न नसक्ने समेत स्पष्ट गरेका छन् ।
उनले नो इन्ट्रीको सिक्वेलको घोषणा गर्दै फिल्ममा वरुण धवन, दिलजीत दोसांझ र अर्जुन कपूरलाई लिएको कन्फर्म गरेका छन् ।
यसैबीच, फिल्मका निर्देशक अनीस बज्मीले फिल्म नो एन्ट्री २, बोनी कपूर र अनिल कपूरबीचको झगडामा आफ्नो प्रतिक्रिया दिएका छन्। अनीस बज्मीले भने, ‘दुबै दाजुभाइ हुन्, भोलि एक अर्कालाई भेटेर अँगालो हाल्ने छन् ।’
साथै बज्मीले दुवैको सम्बन्ध बिग्रिएको खबर सुनेर आफु छक्क परेको बताएका छन् ।
सन् २००५ मा आएको फिल्म ‘नो इन्ट्री’ मा सलमान खान, अनिल कपूर, फरदीन खान, बिपाशा बसु, ईशा देओल, लारा दत्ता, सेलिना जेटली र बोमन इरानी जस्ता कलाकारहरुको मुख्य भूमिका थियो । ‘नो एन्ट्री २’ मा वरुण धवन, अर्जुन कपुर र दिलजीत दोसांझको नाम पक्का भएको छ । न्युज कारखाना