काठमाडौँ ।
इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले उडिनेसलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा इन्टर मिलानले उडिनेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको इन्टर मिलानले खेलमा कमब्याक गर्दै २-१ ले जित हासिल गरेको हो ।
इन्टर मिलानको जितमा हाकन कल्हानोग्लु र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए । त्यस्तै लाजार सामरडजीकले एक गोल गरेका थिए ।
यो जितपछि इन्टर मिलानको सिरी ए मा ३१ खेलमा ८२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । इन्टर मिलान दोस्रो स्थानमा रहेको एसी मिलानभन्दा १४ स्पष्ट अंकले अगाडी रहेको छ ।
त्यसैगरी उडिनेसको ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ ।
न्युज कारखाना
काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी- २० विश्वकप खेल्ने जर्सी सार्बजनिक गरिएको छ ।
नेपालले दोस्रो पटक टी- २० विश्वकप खेल्दैछ । यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो ।
आउदो जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । कुल २० देशले भाग लिने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालसँगै यस समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
नेपालले विश्वकपको पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौँ ।
न्यूजील्याण्डले भिसा नियम कडा बनाउने घोषणा गरेको छ । विदेशबाट न्यूजील्याण्डमा आउनेहरुको संख्या अस्थिर रहेको भन्दै भाषा र सीप मापदण्डहरू थपेर भिसाको नियम कडा गर्ने घोषणा गरिएको छ ।
एक्रेडिटेड इम्प्लोयर वर्कर भिसा योजनामा नयाँ नियम तत्कालदेखि लागु हुने गरिको अध्यागमन मन्त्री एरिका स्ट्यानफोर्डले घोषणा गरेकी छन् ।
२०२३ मा न्यूजील्याण्डमा एक आल्ख ७३ हजार बसाइँ सरेका थिए ।
मन्त्री स्ट्यानफोर्डले न्यूजील्याण्डका नागरिकलाई कामको कमि हुने देखिएपछि नयाँ नियम ल्याइएको स्पष्ट गरेकी छन् । उनले न्यूजील्याण्डका मानिसहरूलाई सीपको अभाव नभएको कामको लागि लाइनको अगाडि राखिएको बताएकी छन् ।
वर्कर भिसा योजनामा भएका परिवर्तनहरूमा अंग्रेजीको न्यूनतम मानक, कार्य अनुभव वा योग्यताको रूपमा नयाँ न्यूनतम सीपको आवश्यकता, र अधिकतम निरन्तर बसाइलाई तीन वर्षसम्म घटाउने व्यवस्था गरिएको छ ।
रोजगारदाताहरूले उनीहरूलाई काममा राख्नु अघि आप्रवासीहरूले यी आवश्यकताहरू पूरा गर्छन् भनी सुनिश्चित गर्न आवश्यक हुनेछ, र आप्रवासीहरूलाई प्रस्ताव गर्नु अघि कुनै पनि ‘उपयुक्त र उपलब्ध न्यूजील्याण्डर’ ले कामको लागि आवेदन दिएको छैन भनेर घोषणा गर्न आवश्यक हुने नियम बनाइएको छ ।
उनीहरूले कम्तिमा २१ दिनको लागि जागिरको पोस्टिङको विज्ञापन पनि गर्नुपर्छ र आवेदन दिएका कुनै पनि न्युजिल्यान्डरहरूलाई किन काममा राखिएको छैन भन्ने घोषणा गर्नुपर्छ ।
यातायात र हेरचाह क्षेत्रहरूमा केही कामलाई यी नयाँ नियमबाट छुट दिइएको बताइएको छ ।न्युज कारखाना
काठमाडौँ ।
गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले सम्बन्ध विच्छेद गरेका छन् । चैत ७ गते काभ्रे जिल्ला अदालतबाट दुवैले सम्बन्ध विच्छेद गरेका हुन् ।
न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो ।
दुवैले संयुक्त रुपमा निवेदन दिएको र सोहि दिन न्यायाधीश भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो । सहमतिमै सम्बन्ध विच्छेद भएको र ऋचाले अंश दाबी नगरेको बताइएको छ ।
नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप रहेका निशानले २०७७ सालमा रिचासँग कानुनी विवाह गरेका थिए ।
न्युज कारखाना
काठमाडौँ ।
काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भिषण आगलागी भएको छ।
सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको र अहिले निभाउनेक्रम जारी रहेको छ ।
यस स्टोरमा सशस्त्र प्रहरीका बन्दोबस्तीका सामग्रीहरू राखिएका बताइएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
अहिले आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले सहयोग गरिरहेका छन् । आगलागी कारण भने अहिलेसम्म खुलेको छैन ।न्युज कारखाना
विराटनगर ।
कोशी प्रदेशको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस गरिएको छ ।
सोमबार कोशी प्रदेश सरकारको तर्फबाट बजेट अधिवेशन जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो ।
सत्ता साझेदार दलहरूले सरकार परिवर्तनको प्रकृयामा गएकै बेला मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको बजेट अधिवेशन बोलाउन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका हुन् ।
कोशी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की प्रदेश सभामा अल्पमतमा पुगेका छन् । उनलाई समर्थन गरेको एमालेका प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता लिएका छन् भने माओवादी केन्द्र समेत सरकारबाट बाहिरिएको छ ।
त्यस्तै एमाले र माओवादीका बहुमत ५३ जना सांसदले वैकल्पिक सरकार गठनको प्रक्रिया शुरु गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका छन् । न्युज कारखाना
काठमाडौं, २७ चैत ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
न्युज कारखाना
आजमिति २०८० साल चैत्र २७ गते मंगलवार तदअनुसार अप्रिल ९ तारिख,
नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको प्रतिपदा तिथी रेवति नक्षत्र, वैघृति योग छ । चन्द्र राशि मिन । स्थिर कार्यको लागी यो शुभ योग हो ।
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं: सेतो
शुभ अंक: ७
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं: निलो
शुभ अंक: ७
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं: रातो
शुभ अंक: ६
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं: पहेलो
शुभ अंक: २
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं: पहेलो
शुभ अंक: ५
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं: पहेलो
शुभ अंक: २
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं: हरियो
शुभ अंक: १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं: रातो
शुभ अंक: ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं: हरियो
शुभ अंक: ४
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं: वैजनी
शुभ अंक: ६
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं: निलो
शुभ अंक: ८
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं: पहेलो
शुभ अंक: ४
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना
काठमाडौँ ।
काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भिषण आगलागी भएको छ।
सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको र अहिले निभाउनेक्रम जारी रहेको छ ।
यस स्टोरमा सशस्त्र प्रहरीका बन्दोबस्तीका सामग्रीहरू राखिएका बताइएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
अहिले आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले सहयोग गरिरहेका छन् । आगलागी कारण भने अहिलेसम्म खुलेको छैन ।न्युज कारखाना
विराटनगर ।
कोशी प्रदेशको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस गरिएको छ ।
सोमबार कोशी प्रदेश सरकारको तर्फबाट बजेट अधिवेशन जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो ।
सत्ता साझेदार दलहरूले सरकार परिवर्तनको प्रकृयामा गएकै बेला मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको बजेट अधिवेशन बोलाउन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका हुन् ।
कोशी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की प्रदेश सभामा अल्पमतमा पुगेका छन् । उनलाई समर्थन गरेको एमालेका प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता लिएका छन् भने माओवादी केन्द्र समेत सरकारबाट बाहिरिएको छ ।
त्यस्तै एमाले र माओवादीका बहुमत ५३ जना सांसदले वैकल्पिक सरकार गठनको प्रक्रिया शुरु गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका छन् । न्युज कारखाना