काठमाडौँ । इलाम- २ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा घण्टी नबजाएर सचेत गराएको टिप्पणी गरेको छ ।
रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इलाम -२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमीकमजोरी रहेको इंगित गरेको उल्लेख गरेका छन् ।
उनले इलामका जनताको मतको सम्मान गर्ने भन्दै निर्वाचनको गहन समिक्षा गर्ने बताएका छन् ।
इलाम- २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५०५० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए ।
न्युज कारखाना
काठमाडौँ । इजरायली सेनाको पाँच युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप लगाइएको छ र अमेरिकाले यी आरोपहरू लगाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले इजरायली सेनाको पाँच इकाई मानवअधिकार उल्लङ्घनका लागि जिम्मेवार पाइएको बताएको छ । मानवअधिकार उल्लङ्घनका यी घटनाहरू अक्टोबर ७ मा भएको आक्रमणअघि भएका थिए र मानवअधिकार उल्लङ्घनका घटनाहरू गाजा पट्टीबाहिर भएको बताइएको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सञ्चारमाध्यमसँग कुरा गर्दै मानवअधिकार उल्लङ्घनको आरोप लागेका इजरायली सेनाका पाँच इकाइमध्ये चारले प्रभावकारी रूपमा उल्लङ्घन गरेको बताएका छन् । अमेरिकी सरकारले इजरायली सरकारसँग पाँचौं एकाइको बारेमा कुरा गरिरहेको छ । अमेरिकाले कसरी मानवअधिकार उल्लङ्घनहरू भएका थिए र इजरायली सेनाका कुन इकाइहरू संलग्न थिए भन्ने कुरा खुलाएको छैन ।
गाजामा भएको आक्रमणपछि इजरायली सेनाको सैन्य आचरणको छानबिन भएको छ । गाजामा भएको आक्रमणमा हालसम्म ३४,५०० प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ जसमा महिला र बालबालिका समेत रहेका छन् । इजरायलको आक्रमणका कारण गाजा पट्टी पूर्णरुपमा ध्वस्त भएको र अब त्यहाँ भोकमरीको सम्भावना छ । वास्तवमा, लेही कानून अमेरिकामा लागू हुन्छ, जुन तत्कालीन सिनेटर प्याट्रिक लेहीले सन् १९९० मा तयार पारेका थिए। यी नियमहरू अन्तर्गत, अमेरिकाले मानवअधिकार उल्लङ्घन गर्ने शक्तिहरूलाई सैन्य सहायता प्रदान गर्न सक्दैन।
इजरायलले प्यालेस्टाइनको रफाह सहरमा हवाई आक्रमण गरेको थियो, जसमा २० जनाको मृत्यु भएको थियो । यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई युद्धविरामका लागि दबाब दिएका छन् । तर, इजरायलले बन्धकहरूलाई रिहा नगरी युद्धविराम दिन अस्वीकार गरेको छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व अर्थमन्त्री जनार्दन शर्माले स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै शर्माले छानबिन विनानै कुनै संस्था या ब्यक्तिको मानमर्दन गर्नु नहुने बताएका हुन् ।
उनले भनेका छन्-
सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आयका “डार्क फाईल” समाचारले निकै चर्चा पायो। यस्ता खालका स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ । छानबिन विनानै कुनै संस्था / ब्यक्तिको मानमर्दन गर्नु हुँदैन । यस बिषयमा अन्य प्रमुख समाचार गृहले पाठ सिक्दा राम्रो होला कि ? न्युज कारखाना
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मै कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो ।न्युज कारखमाम
काठमाडौं- जोर्डनमा २८ अप्रिलबाट सुरू भएको ११ औं एशिया प्रशान्त सहकारी मन्त्रीस्तरीय सम्मेलनमा सोमबार राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी समुत्थान सम्बन्धी नेपालको संविधानमा भएको व्यवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेकी छिन्।
सो सम्मेलनलाई आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सम्बोधन गरेका थिए।
३० अप्रिलसम्म हुने सम्मेलन सरकार र सहकारीबीचको साझेदारीको महत्वलाई वकालत गर्ने महत्वपूर्ण प्लेटफर्मको रूपमा रहेको मल्लले बताइन्। एसिया प्रशान्त, मध्यपूर्वी एसिया र उत्तर अफ्रिकाको सहकारी समुत्थान, दिगो विकास र समावेशी विकासका लागि सरकार र सहकारीको साझेदारीतालाई बढवा दिने सम्मेलनको थिम रहेको छ।
अन्तर्राष्ट्रिय सहकारी महासंघका निवर्तमान ग्लोबल बोर्ड सदस्य समेत रहेकी महासंघका अध्यक्ष मल्लले विश्व आर्थिक मन्दीका बेला स् २००८ मा सहकारीको समुत्थानशील शक्तिका कारण सहकारी अर्थतन्त्रलाई बढावा दिएका मुलुकहरूको अर्थतन्त्र टिकेको बताउँदै १० वर्षे सशस्त्र द्वन्द्व, महाभूकम्पलगायतका अफ्ठ्यारो परिस्थितिमा समेत सहकारीको समुत्थानशील शक्तिका कारण नेपालको ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान रहन सफल भएको जानकारी गराएकी थिइन्।
संविधानमा नै सहकारीलाई समावेश गरेका कारण नेपालको अर्थतन्त्रमा सहकारीको भूमिका बृद्धि भइरहेको उनले बताइन्। संविधानमा नै समाजवाद उन्मुख तीन खम्बे अर्थतन्त्रलाई समावेश गरेको बताउँदै महामसंघकी अध्यक्ष मल्लले सदस्य केन्द्रीयता, सुदृढ सञ्जाल, संस्थागत पुँजी कोषहरूको व्यवस्था, सामाजिक पुँजी निर्माणमार्फत् सदस्यको आर्थिक सामाजिक र वातावरणीय हित अभिवृद्धिजस्ता तत्वहरू नेपालको संविधान एवम् सहकारी ऐन नियममा अन्तरनिहित रहेकोले सहकारीको समुत्थानशील शक्ति प्रतिबिम्वित भएको बताइन्।
‘नेपालको संविधानमा नै सहकारीलाई सम्बोधन गरेको विषयलाई अन्य मुलुकले समेत विशेष रुपमा हेरेका छन्। संविधानको भावना अनुसार सहकारी क्षेत्रलाई अगाडि बढाउन सहकारीकर्मी र सरकारले हातेमालो गरेर अगाडि बढेको खण्डमा नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गर्ने नमुना राष्ट्र बन्न सक्छ,’ उनले भनिन्।
एशिया प्रशान्त क्षेत्रका सहकारी मन्त्रीहरू, नियमनकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु र यस क्षेत्रका सहकारी अभियन्ताहरुको उत्साहवर्द्धक सहभागिता रहेको सो मन्त्रीस्तरीय सम्मेलनमा नेपालबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्ण दुवाडी, सहसचिव कृष्ण सापकोटा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता रहेको छ।
सो सम्मेलनको समयमा आइसिए एशिया प्रशान्त क्षेत्रको बोर्ड बैठक समेत सम्पन्न भएको छ। आइसिए एपीका सञ्चालक महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेल भने भर्चुअल रुपमा बैठकमा सहभागी भएका थिए।न्युज कारखमाम
काठमाडौँ । इरानी सुरक्षा बलहरूले एक प्रदर्शनकारीलाई यौन दुर्व्यवहार र हत्या गरेको खुलासा भएको छ ।
बिबिसीका अनुसार एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यवहार र हत्या गरेका थिए ।
यी सुरक्षा बलहरूले लेखेको विश्वास गरिएको एउटा लीक कागजातबाट यो प्रकाशमा आएको हो ।
सन् २०२२ मा इरानमा जारी विरोध प्रदर्शनका क्रममा अचानक बेपत्ता भएकी १६ वर्षीया निका शक्रमानीको नौ दिनपछि शव फेला परेको थियो । इरान सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो ।
यो प्रतिवेदनलाई “अत्यधिक गोप्य” भनी चिन्ह लगाइएको छ । यो रिपोर्ट सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड कोरद्वारा निकाको मुद्दामा गरिएको सुनुवाइको सारांश हो । यसमा उनका हत्याराहरू र सत्य लुकाउन खोज्ने वरिष्ठ कमाण्डरहरूको नाम समावेश छ ।
सो गोप्य प्रतिवेदनमा एक व्यक्तिले उनीहरूको शोषण गरेको, हातकडी लगाएर पनि निकाले विरोध गरिरहेको र हात खुट्टा हलाएर आफूलाई बचाउने प्रयास गरेको उल्लेख छ ।
न्युज कारखमाम
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा एडुरोम सेवा औपचारिक रुपमा सुचारु भएको छ ।
यो त्रिभुवन विश्वविद्यालयका वैज्ञानिक अनुसन्धान सम्बन्धी सस्ंथा, उच्च शिक्षा तथा विद्यार्थीहरूलाई शैक्षिक सस्ंथाबाट अर्को ठाउँमा पुग्दा आफ्नो शैक्षिक सस्ंथाको युजरनेम तथा पासवर्डबाट इन्टरनेट पहुँच स्थापना हुने सेवा हो । हाल विश्वका एक सय १० भन्दा बढी देशमा एडुरोम सेवा उपलब्ध रहेको जनाइएको छ ।
विश्वभर लाखौं एडुरोम हटस्पट सञ्चालनमा आइरहेका छन् । यस्ता एडुरोम सेवा सम्बन्धी हटस्पटको विस्तार दिनानुदिन पुस्तकालय, म्युजियम, सार्वजनिक स्थान, बस स्टेसन, विमानस्थल तथा कफी शपहरूमा भइरहेको छ । यो ससांरभर पूर्ण रुपमा निःशुल्क रूपमा उपलब्ध रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक टर्मिनलभित्र जडान गरिएका ६० वटा भन्दा बढी स्थानबाट एडुरोम सेवाको पहुँच एकसाथ गर्न सकिनेछ । यो नेटवर्क सेवा सरल, सुरक्षित र सजिलो प्रविधिमा आधारित छ । यो सेवा विश्वभरका रोमिङ पहुँचबाट संचालन हुन्छ । यसले रेडियस सर्भर मार्फत सुरक्षित कनेक्सन प्रदान गर्दछ ।
यो सेवा वैज्ञानिक अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी र सम्बन्धित सस्ंथाको कर्मचारीहरूका लागि तयार पारिएको हो । एडुरोमको इतिहासः बैज्ञानिक अनसुन्धान र अन्वेषणमा संलग्न, बिश्वविद्यालय प्राध्यापक, तथा बिद्यार्थीले सहज र सुरक्षित रुपमा आफ्नो सस्ंथा भित्र इन्टरनेटमा जोडिन साथै एक सस्ंथाबाट अर्को सस्ंथामा गरिने यात्राको क्रममा इन्टरनेटको पहुँच सम्बन्धी आवस्यकतालाई सहज पार्नको लागि एडुरोमको जन्म युरोपमा भएको थियो । सन् २००४ डिसेम्बरमा अष्ट्रेलिया यस सेवामा आवद्ध भएको थियो ।
नेपालमा एडुरोमको सुरुवात सन् २०१७ बाट भएको हो । हाल काठमाडौ विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, कृषि तथा वन बिज्ञान विश्वविद्यालय, लुम्बिनी टेक्नोलोजिकल विश्वविद्यालय, नेपाल खुल्ला विश्वविद्यालय, वीर अस्पताल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय लगायत ४२ वटा सस्ंथामा एडुरोम सेवा उपलब्ध छ । यसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरका अनसुन्धान, सम्मेलनहरूमा सहभागी तथा अन्तरदेशीय भ्रमण गर्दा एडुरोम सेवा उपलब्ध रहेको क्षेत्रमा सहजै पहुँच हुने गर्दछ ।
नेपालमा शैक्षिक सस्ंथाहरूमा विद्यार्थीहरूको आवागमन हुँदा इन्टरनेटमा सहज पहुँच उपलब्ध गराउनु यसको महत्वपूर्ण पक्ष हो । सुरक्षित र प्रतिस्थित इन्टरनेट एडुरोम उपयोग गर्दा प्रयोगकर्ता सम्बन्धित सस्ंथाबाट एक युजरनेम र पासवर्ड अत्यन्त सुरक्षित तरिकाले प्राप्त गर्ने गर्दछन् । यसले विद्यार्थीहरूलाई एडुरोम सेवा उपलब्ध भएका विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय स्थानहरूमा अनलाइन शिक्षा, अनसुन्धान, र कन्फरेन्सहरूमा आवस्यक पर्ने इन्टरनेटको सहजै पहुच पुर्याउने गर्दछ ।
नेपालमा एडुरोम प्रणालीको आधिकारिक सेवा प्रदायक नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) हो । यो सस्ंथाबाट एडुरोमको प्रवर्धन तथा सेवा जडान गर्नुका साथै सम्पूर्ण प्राविधिक सहयोग प्रदान हुँदै आइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक टर्मिनलमा एडुरोम सेवाको विस्तारसँगै वैज्ञानिक अनुसन्धान तथा उच्च शिक्षाको क्षेत्रमा जोडिएका व्यक्तित्वहरूलाई नेपालले विशेष महत्व दिएको अनभुति यसका प्रयोगकर्ताहरूले गर्ने गर्दछन् । विदेशबाट नेपाल भ्रमणमा आउने प्राध्यापक वैज्ञानिक अनुसन्धानकर्ता नेपालमा आउँदा एयरपोर्टमा यस सेवाको सहजै पहुँच हुने र नेपालले विश्व जगतका प्राज्ञिक व्यक्तित्वहरूलाई महत्वपूर्ण रुपमा लिएको सकारात्मक संदेश विश्वजगतमा पुग्नेछ ।
न्युज कारखमाम
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर भएका कारण कम मत आएको स्पष्टीकरण दिएका छन् ।
इलाम- २ मा राप्रपा नेपालबाट उम्मेदवार बनेका गणेश बहादुर चौहानले केवल ४३ मत प्राप्त गरेपछि अध्यक्ष थापाको यस्तो टिप्पणी आएको हो ।
अध्यक्ष थापाले वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने बारे नयाँ शिराबाट सोच्न आव्हान समेत गरेका छन् ।
उनले भनेका छन्-
ईलाममा पार्टी संगठन कमजोर थियो, प्रचार अभियान प्रभावकारी थिएन।थोरै भोट आउनु स्वभाविक हो ।
वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने वारे नयांशिराबाट सोच्न आह्वान गर्दछु ।न्युज कारखमाम
काठमाडौँ । कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले बेलायतको अदालतमा पहिलो पटक आफ्नो कोभिड–१९ को खोपले टीटीएस जस्ता दुर्लभ साइड इफेक्ट निम्त्याउन सक्ने कुरा स्वीकार गरेको छ ।
टिटिएस अर्थात् थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमले शरीरमा रगत जम्ने गर्छ । यसबाट पीडित व्यक्तिलाई हृदयघात, हृदयघात जस्ता गम्भीर समस्याहरू हुन सक्छन् ।
बेलायती उच्च अदालतमा पेश गरिएका कागजातहरूमा, एस्ट्राजेनेकाले साइड इफेक्टहरू स्वीकार गरेको छ । तर, भ्याक्सिनबाट हुने साइड इफेक्ट स्वीकार गरे पनि कम्पनीले त्यसबाट हुने रोग वा नराम्रो असरको दाबी गर्दै आएको छ ।
भारतीय कम्पनी सीरम इन्स्टिच्युट अफ इन्डियाले एस्ट्राजेनेकाबाट प्राप्त इजाजतपत्र अन्तर्गत यो खोप स्वदेशमै उत्पादन गरेको हो र यो भारतको कोभिड खोप अभियानमा मात्रै नभई विश्वका धेरै देशमा निर्यात समेत भएको थियो । कोभीशिल्ड बाहेक, यो खोप धेरै देशहरूमा भाक्सजाभेरिया ब्रान्ड नाम अन्तर्गत पनि बेचिएको थियो । एस्ट्राजेनेका विरुद्ध यो मुद्दा जेमी स्कटले दायर गरेको हो, जसले यो खोप लगाएपछि मस्तिष्कमा क्षति पुगेको थियो । धेरै परिवारले यो खोपको साइड इफेक्टको बारेमा अदालतमा गुनासो समेत गरेका थिए ।
अदालत पुगेका उजुरीकर्ताले कम्पनीसँग शरीरमा भएको क्षतिको क्षतिपूर्ति माग गरेका छन् । सुरक्षा कारणले गर्दा बेलायतले यो खोपमाथि प्रतिबन्ध लगाएको छ । कम्पनीको यो स्वीकृति पछि, क्षतिपूर्ति माग्नेहरूको संख्या पनि बढ्न सक्ने बताइएको छ ।
टिटिएस मस्तिष्क वा अन्य आन्तरिक अङ्गहरूको रक्तनलीहरूमा क्लटको गठन र कम प्लेटलेट गणनासँग सम्बन्धित छ । एस्ट्राजेनेकाले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर एन्टि-कोविड भ्याक्सिनहरू विकास गरेको थियो । धेरै ब्रिटिश मिडिया रिपोर्टहरूमा, कम्पनीको खोपले गम्भीर रोग र मृत्यु निम्त्याउने आरोप लगाइएको छ । यस प्रकारका प्रतिवेदनहरु धेरै प्रतिष्ठित पत्रिकाहरुमा प्रकाशित भएका छन् ।
यद्यपि, डब्ल्यूएचओले एडेनोभाइरस भेक्टर भ्याक्सिनको बारेमा यस्तो अवस्था विरलै विकास हुने बताएको छ ।न्युज कारखमाम
काठमाडौँ । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो ।
रामदेव, आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ ।
लाइसेन्स रद्द भएका उत्पादनहरुमा स्वसरी गोल्ड, स्वसरी वाटी, ब्रोन्कोम, स्वासरी प्रवाही, स्वसरी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपिडम, बीपी ग्रिट, मधुग्रित, मधुनाशिनी वती एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट, आईग्रिट गोल्ड र पतञ्जली डा. आँखा ड्रपहरू समावेश छन् ।
उत्तराखण्ड सरकारले सर्वोच्च अदालतमा दिएको शपथपत्रमा यस्तो जवाफ दिएको हो ।
सर्वोच्च अदालतमा रामदेव र पतञ्जलीका प्रबन्ध निर्देशक बालकृष्णविरुद्ध अदालतको आदेशको अवहेलना गरेको मुद्दाको सुनुवाइ भइरहेको अवस्थामा राज्य सरकारको यो कदम आएको हो ।
सर्वोच्चको आदेशपछि पतञ्जलीले केहि दिन अघि मात्र बिनासर्त माफी मागेको बिज्ञापन बिभिन्न पत्रिकामा छपाएको थियो ।
कोविड खोप अभियान र औषधिको आधुनिक प्रणालीको मानहानिको आरोप लगाउँदै सर्वोच्च अदालतले भारतीय चिकित्सा संघ (आईएमए) द्वारा २०२२ को याचिकाको सुनुवाइ गर्दैछ ।
पतञ्जलीसँग सम्बन्धित दिव्या फार्मेसीविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । यी विज्ञापनहरूले रक्तचाप, थाइराइड, कलेजो, छालालगायतका रोगको पूर्ण निको हुने दाबी गर्नुका साथै आधुनिक चिकित्सा विज्ञानको पनि आलोचना गरेका छन् ।
यस मामिलामा रामदेव र बालकृष्ण दुवैले अदालतमा बिना शर्त माफी मागेका छन् ।न्युज कारखमाम