काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् ।
सहकारीको बचत अपचलनमा मुछिएका लामिछानेको बारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २८गतेबाट सुरू हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् ।
उनले संसद्मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको उल्लेख गरेका छन् । न्युज कारखाना
काठमाडौँ । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतमा आफ्नो फैसला दिन अस्वीकार गरेको छ ।
सर्वोच्चले केजरीवाल वर्तमान मुख्यमन्त्री रहेको र जमानत दिएमा उनले सरकारको काममा हस्तक्षेप गर्ने बताउदै यस विषयमा थप बहस आवश्यक भएको बताएको हो । साथै सर्वोच्चले अहिले निर्वाचन नभएको भए अन्तरिम जमानतको प्रश्न नउठ्ने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सर्वोच्चका न्यायाधीशले यस विषयमा थप बहस मे ९ मा हुने र समय नपुगेमा अर्को साताको तारिख दिने बताएका छन् ।
अर्कोतर्फ, दिल्लीको राउज एभिन्यू अदालतले पनि केजरीवालको न्यायिक हिरासत मे २० सम्म बढाएको छ । अप्रिल २३ मा अदालतले अरविन्द केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाएको थियो । मार्च २१ मा केजरीवालको गिरफ्तारी पछि, उनी मार्च २२ मा राउज एभिन्यू अदालतमा हाजिर भए, जहाँबाट उनलाई मार्च २८ सम्म ईडी रिमाण्डमा पठाइएको थियो। उनी अप्रिल १ देखि तिहाड जेलमा छन् । न्युज कारखाना
जाजरकोट, २५ वैशाख । नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा छेडागाड नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन्। जाजरकोट छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान उनलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी माधव विश्वकर्माले बताए।न्युज कारखाना
धनगढी, २५ वैशाख । धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडीबाट ठक्कर दिँदा दुई जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका-४ सहिदगेटमा आज धनगढी-४ का कुबेर कुँवरले चलाएको से ३ प ८९७७ नम्बरको मोटरसाइकललाई पछाडीबाट धनगढी-४ की मन्जु भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ७४०४ नम्बरको स्कुटरले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटना हुँदा चालक दुबै जना घाइते भएका छन्। घाइते भएका मोटरसाइकल चालक कुँवरको नवजिवन अस्पताल र स्कुटर चालक भट्टको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते दुबै जना अवस्था मध्यम रहेको छ।न्युज कारखाना
काठमाडौँ । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरले अन्तरजातीय प्रेमले निम्त्याउने घटनालाई देखाउन खोजिएको छ ।
फिल्ममा आर्यन सिग्देलको कथित तल्लो जातकी अञ्जना बराइलीसँग माया बस्ने, कथित तल्लो जातका मैतबहादुर अर्थात् प्रदीप खड्का भने गुरुङ युवती परीक्षा लिम्बूको प्रेममा परेको देखाइएको छ । त्यस्तै फिल्ममा पल शाह भने जात व्यवस्थाविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने पक्षमा देखाइएको छ ।
आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् ।
राजेश श्रेष्ठको डिओपी रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।
ट्रेलरको लिंक- https://www.youtube.com/watch?v=0JlBb1KuzNE न्युज कारखाना
भक्तपुर, २५ वैशाख । डण्डी, वालुवा, सिमेन्ट, रोडा आदि आधुनिक निर्माण सामाग्रीको प्रयोग विना नै परम्परागत माटो जोडाइबाटै भक्तपुरको थँंथु दरवारको पुनः निर्माण थालिएको छ। भक्तपुरको दरबारक्षेत्रस्थित ५५ झ्याले दरबारको पछाडिको पहिलाको भक्तपुर नगरपालिकाको कार्यालय रहेको दरबार शिलान्यास गरी पुनः निर्माण थालिएको हो।
यसअघि यो दरबार २०७२ सालको भूकम्पमा परी जिर्ण बनेको थियो। जिर्ण भबनलाई भत्काएर अहिले पुनःनिर्माण थालिएको हो। भक्तपुर नगरपालिका वडा नम्बर ३ मा रहेको यो पुरानो दरबारबाट सरेर हाल भक्तपुर नगरपालिकाको कार्यालय भक्तपुर नगरपालिका वडा नम्बर २ व्यासीको नयाँं भबनमा छ।
कूल १२ करोड ८५ लाख ३४ हजार पाँंच सय १६ रुपैयाँं ९६ पैसाको लागत इष्टमेटमा भक्तपुर नगरपालिकाले दरवारको पुनःनिर्माण थालेको हो। यस थँंथु दरबार भबन पुनःनिर्माण आयोजना क्रमागत आयोजना भएकोले पहिलो चरणमा जमिन तल्लासम्मको कार्यको लागि चार करोड ७२ लाख ९१ हजार एक सय २८ रुपैयाँं ९२ पैसाको बराबरको लगत इष्टमेट अनुसार कार्य अगाडि वढाइएको भक्तपुर नगरपालिकाले जनाएको छ।
माटो जोडाइबाट बनाइने भएकोले सवैभन्दा बढी खर्च काठको लागि जाने र पहिलो चरणमा टेण्डरबाट एक करोड ५८ लाख ७८ हजार आठ सय ४९ रुपैयाँं ३० पैसा बराबरको सालकाठ खरिद गरिएको जनाइएको छ।
यसअघि जिर्ण दरबार भत्काउने कार्यको लागि स्थानीय लक्ष्मीप्रसाद स्वंगमिखाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी असार दुई गतेदेखि भत्काउने कार्य गरी भत्काउने कार्य सम्पन्न गरिएको थियो। उक्त कार्य जम्मा १३ लाख ३० हजार १४ रुपैयाँं सात पैसामा सम्पन्न गर्ने इष्टम गरिएको भए पनि ११ लाख ५१ हजार सात सय २८ रुपैयाँंबाट काम सम्पन्न गरिएको थियो।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरानो दरबारलाई पुरानै शैलिमा बनाउने उद्देश्यका साथ माटो जोडाइबाट दरबार पुनः निर्माण गर्ने योजनाका साथ काम थालेको जनाए। ‘दरबारको पुनःनिर्माण अझ पहिलाको भन्दा अलि फरक हुनेछ, उनले भने, २०७२ सालको महाभूकम्प भन्दा अगाडिको शैलिमा दरवार पुनः निर्माण हुन्छ।’
२०७२ सालको भूकम्पबाट नै दरबार जिर्ण रहे पनि बढी बजेटको काम भएकाले दरबारको पुनः निर्माणमा ढिलाई भएको उनको स्पष्टीकरण थियो। २०७२ को भूकम्पपछिको पाँंच वर्षमा नगरभित्रका एक सय २४ वटा सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भएको त्यस अवसरमा उनले बताए।
इतिहास एवं संस्कृतिविद् प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठका अनुसार यो दरबार ३४६ वर्ष पुरानो दरबार हो। उनका अनुसार यो नेपाल सम्वत् ७८९ अर्थात् ५५ झ्याल दरबार भन्दा अगाडि नै (५५ झ्याल दरबार बनेको नेपाल सम्वत् ८२८) बनेको देखिएको छ। आफूले गरेको अध्ययन अनुसन्धान अनुसार यो दरवार ५५ झ्याले दरवारको एउटा भाग रहेको देखिएको उनले जनाए। ५५ झ्याले दरबारको नामाकरण नै नहुँंदै यो दरबारको नाम थँंथु राजकुल दरबार रहेको पाइएको उनले सुनाए।
दरबार साढे तीन तल्लाको हुने छ। दरबार दुई हजार सात सय १० दशमलब नौ स्वाक्यर फिटको क्षेत्रफलमा रहेको छ। दरबारको संघीय सांसद् प्रेम सुवालले शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रजापति, वागति प्रदेश सांसद सृजना सैंजू, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मी, भक्तपुर नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बसन्त भटराइलगायतले दरबारका ऐतिहासिक तथा त्यसको महत्त्वबारे चर्चा गरेका थिए। न्युज कारखाना
जाजरकोट, २५ वैशाख । नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जाजरकोट छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिलालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा छेडागाड नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन्। इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी माधव विश्वकर्माले बताए। न्युज कारखाना
काठमाडौँ । रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा राखिएका बत्तीहरुको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको छ ।
आज उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिले, यसरी राखिएका बत्तीहरुले मानिसको पैदल वा सवारी यात्रामा कस्तो प्रभाव पार्छ? रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावरलाई कस्तो असर पार्छ? रुखमा वा बिजुलीका पोलमा बेरेर राखिने बत्तीका तारहरुका ले रुखलाई असर पार्छ कि पार्दैन, पार्छ भने कस्तो असर पार्ला? विषयमा छलफल गर्दै सामाजिक तथा व्यावसायिक जीवन, पर्यावरण र जैविक विविधता, स्वास्थ्य र सहजता जस्ता पक्षबाट अध्ययन गर्ने निर्णय भएको हो ।
बैठकमा उपप्रमुख डंगोलले भनिन्, एउटा अभ्यास पछ्याउँदै सहरका विभिन्न ठाउँमा झिलीमिली हुने बत्ती राखिएका छन् । सडक किनारामा, सम्पदा क्षेत्रमा, पार्कमा, सार्वजनिक स्थलमा धेरैतिर यस्ता बत्ती छन् । यसरी राखिएका वत्तीका सन्दर्भमा मिश्रित बुझाइ छ । यस्ता बत्ती कहाँ राख्नु पर्ने हो, कति समयका लागि बाल्नु पर्ने हो, बत्ती राख्दाका सकारात्मक र नकारात्मक प्रभाव के हुन्, तथ्य थाहा हुन जरुरी छ । यसका लागि छिट्टै प्रतिवेदन आउने गरी अध्ययन गराउनु पर्छ ।’
सडक किनारामा राखिएका बत्तीको प्रकाशले गाडी चलाउन निकै कठिन भएको छ । आफूले पनि यसप्रकारको कठिन महसुस गरेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘कुन ठाउँमा कस्तो खालको विजुली आवश्यक पर्ने हो, यसको मापदण्ड आवश्यक छ । वातावरण र इलेक्ट्रिक इञ्जिनियरसहितको टोलीले यसको अध्ययन गर्नेछ । अध्ययनले गरेका शिफारिसका आधारमा यस्ता बत्तीको व्यवस्थापनका बारेमा निर्णय लिइनेछ ।’
सडक किनारामा बत्ती राख्नु उपयुक्त हो कि होइन भन्दा पनि अरुले गरेको अभ्यास पछ्याएको हो । अनुगमन समितिका सदस्य एवं वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले भने, ‘मापदण्ड बनाएर नियमन गर्नुपर्छ ।’
बैठकमा महानगरपालिकाले गर्ने अनुगमन प्रणालीलाई एउटै बनाउनु पर्ने विषयमा छलफल भएको छ । यसका लागि एकीकृत सूचक बनाउन आवश्यक छ । अधिकारीहरुले जोड दिएका थिए ।
वैठकमा समितिका सदस्यसहित कानुन तथा मानव अधिकार विभाग, राजस्व विभाग, वातावरण व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, महानगर प्रहरी बल, योजना अनुगमन तथा मूल्याङ्कन एकाइ, पार्क तथा हरियाली परियोजनाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए । न्युज कारखाना
काठमाडौँ । फेरि एक पटक विश्वको सबैभन्दा ठूलो मेगा फेसन इभेन्ट मेट गाला सुरु भएको छ । न्युयोर्क शहरको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा आयोजित मेट गाला कार्यक्रममा विश्वभरका ठूला सेलिब्रेटीहरू सहभागी भएका छन् । यस पटक मेट गाला २०२४ को थिम ‘गार्डेन अफ टाइम: एन ओड टु आर्ट एण्ड इटरनिटी’ रहेको छ । यस्तो अवस्थामा हरेक सेलिब्रेटी सोही अनुसारको लुगा लगाएर कार्यक्रममा पुग्नेछन् ।
अहिले सामाजिक सञ्जालमा ‘मेट गाला २०२४’ को चर्चा भइरहेको छ । यो फेसन संसारको प्रसिद्ध घटनाहरु मध्ये एक हो । प्रत्येक वर्ष यो शो मे महिनाको पहिलो सोमबार ‘ मेट मण्डे’ को रूपमा आयोजना गरिएको छ । फेसन शोको यो ठूलो कार्यक्रम हरेक वर्ष न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टिच्युटमा आयोजना हुने गरेको छ ।
न्युयोर्क शहरको मेट्रोपोलिटन म्युजियम अफ आर्टलाई सहयोग गर्न यो एक परोपकारी फेसन शो हो । मेट गालाको सुरुवातको बारेमा कुरा गर्दा, यो १९४८ मा एक सोसाइटी मिडनाइट सपरको रूपमा सुरु भएको थियो, तर आज यो विश्वभर धेरै हेडलाइन बनिरहेको छ ।
प्रत्येक वर्ष मेट गालाको फरक फरक विषयवस्तु हुन्छ । विषयवस्तुहरू र ड्रेस कोडहरू भिन्न हुन्छन्, तर एक अर्कासँग सम्बन्धित छन् । यस वर्षको ड्रेस कोड ‘द गार्डेन अफ टाइम’ हो, जो जेजी बलार्डको १९६२ को यस्तै शीर्षकको छोटो कथाबाट प्रेरित रहेको छ ।न्युज कारखाना
काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३० वर्षीय सूर्य थापा मगर र धादिङ ज्वालामुखी गाउँपालिका-९ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४६ वर्षीया बिमला गुरूङ रहेका छन् ।
पक्राउमध्ये सूर्य थापाले इजरायल पठाईदिन्छु भन्दै ५ जना पीडितहरूबाट १० लाख २० हजार रूपैयाँ ठगी गरेको र बिमलाले माल्टा पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सूर्य थापालाई काठमाडौं अनामनगर र बिमलालाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । न्युज कारखाना