काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८: ३० बजे बस्दै छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकले आज देखि शुरु हुने संसदको बजेट अधिवेशनमा खेल्ने भूमिका बारे छलफल गर्ने बताइएको छ ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।
यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो ।न्युज कारखाना
एजेन्सी । सनातन धर्ममा अक्षय तृतीयाको ठूलो महत्व रहेको छ । यस दिन शुभकर्म, दान, जप, तपस्या गर्नाले नवीकरणीय फल प्राप्त हुन्छ । यति मात्र होइन अक्षय तृतीयाको दिन सुन किन्नु निकै शुभ मानिन्छ । यस दिन सुन किन्दा घरमा अपार सुख र समृद्धि आउने गर्दछ । यति मात्र होइन, ज्योतिषशास्त्रका अनुसार अक्षय तृतीयाको दिन धेरै शुभ संयोग पनि बन्ने गरेको छ । यस्तो अवस्थामा यस दिन सुन किन्ने महत्व झनै बढ्छ ।
हिन्दू क्यालेन्डर अनुसार वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिमा अक्षय तृतीया पर्व मनाइन्छ । जुन यस वर्ष वैशाख २८ गते मनाइँदैछ । यति मात्र होइन, यस दिन देव गुरु बृहस्पति मेष राशिमा गोचर गर्नेछन्, यस्तो अवस्थामा यस दिन धेरै शुभ संयोगहरू पनि बन्न थालेका छन्, जुन निकै फलदायी हुनेछ ।
यस्तो अवस्थामा सुन किन्ने हो भने तपाईलाई शुभफल दिनेछ । शुभ योगमा सुन चाँदी किन्दा घरमा माता लक्ष्मीको कृपा बरसिनेछ, यसका साथै घरमा धन सम्पत्ति र सुख समृद्धि भित्रिनेछ ।न्युज कारखाना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । न्युज कारखाना
एजेन्सी । अक्षय तृतीया वैशाख २८ गते मनाइँदैछ । अक्षय तृतीयालाई धेरै ठाउँमा आखातीजको नामले पनि चिनिन्छ । यस दिन सनातन धर्ममा आस्था राख्नेहरूले विधि विधान अनुसार भगवान विष्णु र माता लक्ष्मीको पूजा आराधना गर्नुका साथै दान पनि गर्ने गर्दछन् ।
ज्योतिषका अनुसार अक्षय तृतीयाको दिन सनातन धर्ममा आस्था राख्ने मानिसले सुन चाँदीका गरगहना किन्ने गरेको बताउँछन् । ज्योतिष शास्त्रका अनुसार राशि अनुसार किनमेल गरेमा लक्ष्मीको कृपा प्राप्त हुन्छ । राशिफल अनुसार यस दिन कुन कुन धातु किन्ने जानौं;
मेष राशि
यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन सुन र तामाको धातु किन्नु पर्छ ।
वृष राशि
यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन चाँदी र सुनको सिक्का किन्नु पर्छ ।
कन्या र मिथुन राशि
यी राशिका व्यक्तिहरूले अक्षय तृतीयाको दिन काँसाको धातु किन्नु पर्छ ।
तुला र कर्कट राशि
यी राशिका व्यक्तिले अक्षय तृतीयाको दिन चाँदीको धातु किन्नु पर्छ ।
सिंह राशि
ज्योतिष शास्त्र अनुसार सूर्यलाई ग्रहहरूको राजा र सूर्यलाई सिंह राशिको स्वामी मानिन्छ । अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले तामाको धातु किन्नुपर्छ ।
वृश्चिक राशि
यस राशिका व्यक्तिले अक्षय तृतीयाको दिन तामाको धातु किन्नु पर्छ ।
धनु राशि
अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले सुनसँगै काँसाको धातु किन्नु पर्छ ।
मकर राशि
यस राशिका व्यक्तिका लागि स्टिल तथा फलामका सामान खरिद गर्नु शुभ मानिन्छ । यस बाहेक तपाई आफ्नो आवश्यकता अनुसार सुनका गहना पनि किन्न सक्नुहुन्छ ।
कुम्भ राशि
अक्षय तृतीयाको दिन यस राशिका व्यक्तिले फलामको धातु किन्नु पर्छ । यसबाहेक चाँदी र सुन धातु लिन सकिन्छ ।
मीन राशि
अक्षय तृतीयाको दिन मीन राशिका व्यक्तिले काँसाको धातु किन्नु शुभ मानिन्छ ।न्युज कारखाना
काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु हुदैन भन्दै नयाँ दल बनाएको बताएका छन् ।
विहिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको बताउदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाएका छन् ।
उनले आफुहरु अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको बताए ।
राईले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउदै पारदर्शिता समेत नहुने गरेको बताए । उनले यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफुहरुले यस्तो कदम चालेको बताएका छन् ।
अमेरिका जानु अघि उपेन्द्र यादवले पार्टीको विधान विपरित निर्वाचन समिति गठन गरेर परिपत्र गरेपछि पार्टीमा यस्तो अवस्था आएको उनले बताए ।
जसपा नेपालका १२ सांसद मध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंबैधानिक रहेको बताउदै अदालत जाने बताएका छन् । न्युज कारखाना
बारा,२६गते वैशाख । बारा जिल्लाको महागढीमाइमा समयमा जन प्रतिनिधि तथा कर्मचारी कार्यालयमा नपुग्दा सेवा–सुबिधा प्रभावित भएको छ । आज बिहान ११ः३० बजे सम्म निमित प्रमुख प्रशासकिय अधिकृत विजय प्रसाद कुशवाहा , नगर प्रमुख उपेन्द्र प्रसाद यादव, उप प्रमुख तारा देवी कानु, वडा नं. २ का वडा अध्यक्ष विश्वनाथ प्र. कुशवाहा, वडा सचिव संजय श्रेष्ठ लगायत अधिकांश जन प्रतिनिधि तथा कर्मचारीशरु आफनो कार्यालय तथा कार्यकक्षमा उपस्थित नभएका कारण सेवा गा्रहीहरुको सेवा सुविधा प्रभावित भएको छ । नगर प्रमुख, उप प्रमुख तथा नि. प्रशासकिय अधिकृत ११ः३० सम्म बिना सुचना तथा जानकारी कार्यालयमा नआउँदा संम्बन्धित कार्यालय संग हुने सेवा प्रदान प्रभावित भएको सेवा ग्राहीहरुको गुनासो रहेको । यसै गरी महागढीमाई २ का रुवी खातुन नगरीकता प्रतिलिपि सिफारीस लगायत अन्य ६÷७ जना सेवा ग्र्रहीहरु सेवा लिन कार्यालयमा कुरेर बसेको तथा काममा ढिल्ला सुस्ती बढेको गुनासो गरेका छन् । आज–भोली स्थानिय जन प्रतिनिधि र कर्मचारीहरु नियमित तथा समयमा कार्यालय नपुग्दा सेवा गा्रहीहरुको काम कर्वाहीमा ढिल्ला सुस्ती बढनुको साथै सार्वजानीक सेवा सुविधा प्रभावित भईरहेको बुझिएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जना उपर भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले जलेश्वर-१ को बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रमा पिपिसी ढलान गर्ने काममा बढी कार्य गरेको देखाएर ५ लाख ८४ हजार ६३७ रुपियाँ भुक्तानी लिएको आरोप लगाउदै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
अख्तियारले जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, अधिकृत धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी, सब इन्जिनियर दिपेश कुमार शाह, कार्यपालिका सद्स्त सोगार खातुन, जलेश्वर-१ का वडा अध्यक्ष अनिल कुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार झा, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी चौधरीलाई आरोपी बनाउदै मुद्धा दायर गरेको जनाएको छ ।न्युज कारखाना
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले आजै शपथ लिने बताइएको छ ।
संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार कार्कीले माओवादीको सहयोगमा आजै सरकार गठनको दाबी गरेका थिए ।
प्रदेश प्रमुख पर्शुराम खापुङले गएराती शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी अहिले काठमाडौँ आइपुगेका छन् ।
मुख्यमन्त्री कार्कीले आफु संबिधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।
९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद छन् ।न्युज कारखाना
काठमाडौँ । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विहिबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।
आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ ।
२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।
पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ ।
बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको छ ।
वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी पनि हुन् ।न्युज कारखाना
काठमाडौँ । ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ । ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ ।
यस बाढीका कारण करिब एक सय जनाको मृत्यु भएको समाचार छ । बाढीबाट १४.५ लाख मानिस प्रभावित भएका छन् । दुई लाख मानिस घर छाड्न बाध्य भएका छन् । ब्राजिलको सिभिल डिफेन्स एजेन्सीको तथ्यांक अनुसार बाढी र वर्षाका कारण हालसम्म ९९ हजार ८ सय घर आंशिक वा पूर्ण रुपमा ध्वस्त भएका छन् ।
ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा अप्रिल २९ देखि भारी वर्षा भइरहेको छ । जसका कारण राज्यका ४९७ सहरमध्ये ४१४ वटा बाढीको चपेटामा परेका छन् । यो राज्य ब्राजिलको शीर्ष कृषि र पशुपालन राज्य हो । अर्जेन्टिना र उरुग्वेको सिमानामा अवस्थित यस राज्यले वर्षा र बाढीका साथै आँधीको सामना गरिरहेको छ ।
एक अनुमान अनुसार यो बर्षा र बाढीले करिब ४ अर्ब ६० करोड रियालको आर्थिक नोक्सान हुनुका साथै ठूलो मात्रामा आवास तथा पूर्वाधारमा क्षति पुगेको छ ।न्युज कारखाना