सिरहा, २८ बैशाख। सिरहामा केही शिक्षकहरुले राजनितिक पहुचकको भरमा एकै समयमा दुइठाँउमा हाजिरी गरी राज्यको दोहोरो सेवा सुविधा वुझने गरेको पाइएको छ। समुदायीक विद्यालयका स्थायी शिक्षकहरुले विद्यालय समयमा सामुदायीक कलेजमापनि पढाए वापत दोहोरो सेवा सुविधा बुझने गरेको खुल्लेको हो।
राजनितिक दवाव र प्रभावका कारण शिक्षकहरुले स्थायी रुपमा कार्यरत विद्यालयमा नपढाई विद्यालयकै समयमा अन्यत्र कलेज तथा विद्यायहरुमा पढाएपनि तलवभत्ता भने दुबै ठाउँबाट बुझ्ने गरेका छन्।
धनगढीमाई नगरपालिका १२ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयको स्थायी शिक्षक समेत रहेका किशोर कुमार साह विगत ७ वर्षदेखि रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसका प्रमुखको रुपमा कार्यरत छन्।
प्रमुख साह कार्यरत रहेका विद्यालयका प्रधानाध्यापक अशोक श्रेष्ठलाई आर्थिक प्रलोभनमा पारी पछिल्लो लामो समयदेखि पब्लिक क्याम्पसको प्रमुखको रुपमा काम गरीरहेको सोही विद्यालयमा कार्यरत एक शिक्षकले नाम उल्लेख नगरर्ने शर्तमा बताए।
उनले भने, ‘ याँहा विद्यालयको नियमित समयमा कहिलेपनि नआउने शिक्षकले सहजै तलव खान्छ, जो दैनिक विद्यालयमा उपस्थित हुन्छ उ नै सेवावाट वञ्चित हुन्छ।’
प्रधानाध्यापक अशोक श्रेष्ठले ‘काम गरी खाँएको छ। खाँनदिनुन्। कति शिक्षकहरुको पछाडी मात्रै लाग्नु भएको पत्रकारहरुपनि।’ भन्ने भनाईले पनि सेटिङको गन्ध दिन्छ।
उनले थपे, ‘शिक्षकको खासै अभाव नभएकोले पनि वहाँकावारेमा सोधीखोजी नगरेको हो। हामीसँग २० जना शिक्षक छन्।’
क्याम्पस प्रमुख तथा सत्यभामा डोडेल माध्यमिक विद्यालयका सामाजिक शिक्षक किशोर साहलाई तपाईहरुले कसरी दुई ठाउँमा समय मिलाई रहनु भएको छ ? भन्ने प्रश्नमा उनले, ‘विहानको कक्षा चलेको बेला क्याम्पस आउँदा विद्यालयमा विदा लिने र विद्यालय जाँदा क्याम्पस विदा लिने गरेको छु।’
१२ कक्षासम्म अध्यन अध्यापन हुने यस विद्यालयमा करिव १२ सय विद्यार्थी रहेका छन्। शिक्षकभने जम्मा २० जना मात्र रहेको बताइएको छ।
धनगढीमाई नगरपालिका ७ स्थितको जनता माध्यमिक विद्यालय अयोध्यानगर कसहामा कार्यरत शिक्षक प्रदिप कुमार साहलेपनि विगत लामो समयदेखि रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसमा पढाउने गरेको छ।
उनिपनि एकै समयमा दुबै ठाउँमा हाजिर गरेर तलबभत्ता बुझ्ने गरेको बताइन्छ ।
यस क्याम्पसमा अध्यापन गराउने अधिकाम्स समुदायीक विद्यालयका स्थायी शिक्षकहरु छन्। उनीहरु पढाउने भन्दा पनि धेरै हाजिर गरेर भाग्ने गरेको विद्यार्थीको गुनासो रहँदै आएको छ।
हिरेन्द्र विष्ट सरस्ती माध्यमिक विद्यालय जमदहका स्थायी शिक्षक हुन् । उनिपनी विद्यालयकै समयमा क्याम्पसमापनि पढाउछ्न। बिष्टले गोलबजार नगरपालिका ६ स्थित माध्यमिक तहको निजि बिद्यालय पनी चलाइरहेका छ्न। उनको निजि बिद्यालय,सामुदायिक विद्यालय र क्याम्पस समेत एकै समयमा चल्दापनी तिनै ठाउँ हजिर हुने गरेको शिक्षकहरु बताउँछन् । बिष्टले निजि बाहेक दुइवटै विद्यालयमा समयमै नपुगेपनी तलब भता भन्ने कार्यरत बिद्यालय र क्याम्पसबाट समेत बुझ्ने गरेको स्रोतको दाबी छ।
त्यसैगरी , गणित विषय पढाउने भगवानबाबु साह मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयका शिक्षक हुन्। धनिकलाल मण्डल, जनता वनवाली माध्यमिक विद्यालय बर्छवा र प्रेम अधिकारी सिरहा नगरपालिकाका एक विद्यालयका स्थायी शिक्षक हुन्।
इश्वर स्याङ्वा महावीर माध्यमिक विद्यालय धनगढीमाई ९ चैनपुरका उच्च माध्यमिक विद्यालय शिक्षक हुन्। सिजे यादव र रामदयाल यादव सिरहा क्याम्पसका शिक्षकहुन्। उनीहरु सवैको अहिले विहानी कक्षा चलेपनी क्याम्पसमा पढाउने अधिकाम्स सामुदायिक विद्यालयका शिक्षकहरुले यहाँबाट समेत पाँच घण्टी बराबरको तलव सुविधा बुझ्ने गरेका छन्।
अधिकांस समुदायीक विद्यालयका स्थिायी शिक्षकहरु यहाँ कार्यरत भएकाले नयाँ शैक्षिकसत्र सुरुभएदेखि अहिलेसम्म हाजिर गर्नमात्र शिक्षकहरु क्याम्पस पुग्ने गरेका छन्।
बैशाख देखि असार सम्म सामुदायीक विद्यालयहरुले मोर्निङ (विहान)को समयमा पठन–पाठन चलाएको वेला सबै शिक्षकले प्रधानाध्यापकसंगको सेटिङ्गमा कहिले यता र कहिले उता गरेर पढाउने गरिरहेका छन्।
जम्मा १८ जना शिक्षकहरमध्येय १३ जना सरकारी विद्यालयका शिक्षकहरु काम गरिरेहका छन्। अहिलेसम्म क्याम्पस व्यवस्थापन समितिलाई प्रभावमा पारेर र राजनीतिक आडमा आफ्नो रोजगारी टीकाईरहेको शिक्षकहरुमाथि आरोप लाग्दै आएको छ।
शिक्षकहरुलाई तपाईहरुले कसरी दुई ठाउँमा पढाई रहनुभएको छ ? भन्ने प्रश्नमा उनीहरुले मिलाएर काम गरिहेका छौं भन्ने जवाफ दिने गरेको छ।
नियमित क्याम्पस र विद्यालय दुवै ठाउँ शिक्षक नपुग्दा पढाई प्रभावित हुने गरेको स्थानीय अभिभावकहरुको भनाइ छ।न्युज कारखाना
काठमाडौँ । भारतले माल्दिभ्सबाट निर्धारित समयभन्दा पहिले नै आफ्ना सबै सेना फिर्ता गरेको बताएका छन् । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सरकारले भारतीय सैनिक फिर्ताको लागि मे १० को समयसीमा तोकेको थियो ।
राष्ट्रपति मुइज्जुलाई चीन समर्थक नेताका रूपमा हेरिन्छ । गत वर्षको राष्ट्रपति चुनाव अभियानमा मुइज्जुको मुख्य वाचा माल्दिभ्समा तैनाथ ९० भारतीय सैनिकलाई फिर्ता पठाउने थियो ।
राष्ट्रपति कार्यालयका मुख्य प्रवक्ता हिना वलीदले मालदिभ्समा तैनाथ भारतीय सेनाको अन्तिम ब्याचलाई भारत फिर्ता पठाएको बताएकी छन् । भारतीय सेनालाई माल्दिभ्समा दुईवटा हेलिकप्टर र डोर्नियर विमानको सञ्चालन र मर्मतका लागि तैनाथ गरिएको थियो जुन भारतले नै उपहार दिएको थियो ।
यसअघि माल्दिभ्स सरकारले सोमबार ५१ सैनिकलाई भारत फिर्ता पठाएको घोषणा गरेको थियो । माल्दिभ्स सरकारले यसअघि ८९ भारतीय सैनिक यहाँ रहेको जानकारी दिएको थियो ।
अब प्राविधिक कर्मचारीले तीनवटा उड्डयन मञ्च सञ्चालनको जिम्मा लिनेछन् ।
राष्ट्रपति मुइज्जुले भारतीय सैनिक फिर्ता गर्न आग्रह गरेपछि दुई देश (भारत र माल्दिभ्स) बीच तनावपूर्ण स्थिति सिर्जना भएको थियो । माल्दिभ्स हिन्द महासागरमा भारतको लागि प्रमुख समुद्री छिमेकी देशको रूपमा चिनिन्छ ।न्युज करखाना
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले ३१ वैशाखमा प्रदेशको बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसपछि प्रदेश प्रमुख पर्शुराम खापुङले ३१ बैशाख विहान ११ बजे बस्ने गरि प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका हुन् ।न्युज कारखाना
काठमाडौं- गैरकानुनी बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने भन्दै साढे पाँच करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भई हाल बुढानिलकण्ठ बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साबिक कर्थली गाविस घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ४२ वर्षीय ङिङबुटी शेर्पा र सिन्धुपाल्चो जुगल गाउँपालिका-१ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने १९ वर्षीय निमा शेर्पा रहेका छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।
उनीहरूविरूद्ध सिन्धुपाल्चोकका अरुण तामाङसहित १० जनाले कार्यालयमा ठगीको निवेदन दिएका थिए।
उनीहरूले अमेरिका र क्यानडा पठाइदिन्छु भनी राहदानी, फोटो र पासपोर्ट, बैंक स्टेटमेन्ड, कोभिड क्युआर कोड, एल्लो फिभर कार्ड लएर नगद साढे पाँच करोड ठगेको आरोप छ।
तिनै जनाले नगद लिएर दुबई हुँदै केन्यासम्म लगेर बन्धक बनाएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।
उनीहरूले हालसम्म १५ जना नेपालीलाई केन्यालगायत विभिन्न मुलुकमा लगेर बन्धक बनाएको खुलेको छ। ती पीडितबाट उनीहरूले साढे ७ करोड रुपैयाँ लिइसकेको खुलेको रेग्मीले बताए।
अनुसन्धान अनुसार पक्राउ परेका व्यक्तिहरूले पीडितलाई दुबई ट्रान्जिट गराएर केन्याको राजधानी नैरोबी लैजाने गर्थे। त्यहाँको अन्तर्राष्ट्रिय एयरपोर्टमा पुगेपछि अफ्रिकी मुलुकका एजेन्टले पीडितलाई रिसिभ गर्थे।
ट्याक्सीमा राखेर केन्याको जिम्मारमानस्थित भाडामा लिएको दुई वटा फ्ल्याटमा राखेर पीडितलाई ६ महिना बन्धक राखेको खुलेको छ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।न्युज कारखाना
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । सरावगीले गत बुधबार नै एमालेको साधारण सदस्यसमेत नरहने गरि एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई राजिनामा पत्र पठाएको भएपनि उक्त राजीनामा पत्र शुक्रबार मात्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
नेकपा एमालेका केन्द्रीय परिषद् सल्लाहकार सदस्य रहेका सरावगीले एमाले पार्टीमा आफूलाई कुनै भूमिका नदिइएको,निष्क्रिय बनाएर राखिएको भन्दै एमालेबाट राजीनामा दिएको जनाएका छन् । यसपछि आफू कुनैपनि दलमा नलाग्ने र स्वतन्त्र रुपमा समाजसेवामा लाग्नेपनि उनले बताएका छन् ।
यद्यपि उनले कुनै दलमा नलाग्ने बताएपनि उनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फेरि फर्कने चर्चा सर्वत्र छ। सरावगीले यसअघ गत बुधबार नै आफूले एमाले छाड्ने मनशाय बनाएको बताएका थिए ।
२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट वीरगन्ज महानगरको मेयरमा निर्वाचित भएका सरावगी गत स्थानीय तह निर्वचन भन्दा पहिले २०७८ साल फाल्गुन २८ गते जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए । गत निर्वाचनमा सरावगी एमालेबाटै वीरगन्ज महानगरको मेयरमा चुनाव लडेर पराजित भएका थिए । त्यसपछि उनलाई एमालेले २०७९ साल असार २७ गते एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा मनोनित गरेको थियो ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले रवि लामिछानेको बचाउ गरेका हुन् ।
ओलीले लामिछानेको विरुद्धमा कहिँ कतै उजुरी नभएको भन्दै कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको आरोप लगाए ।
उनले भने- ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन । नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन । हामीले राजीनामा मागेका छैनौ भन्नुभयो उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन । केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति
बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ ।’न्युज कारखाना
काठमाडौं- काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देही सियार गाउँपालिका-७ घर भएका २८ वर्षीय समिर सुना र सोही ठाउँका २९ वर्षीय मिलन विक रहेका छन्।
उनीहरूलाई काठमाडौं महानगरपालिका-५ मालिगाउँ क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनीहरूको साथबाट प्रहरीले ९८ लाख रुपैयाँ स्रोत नखुलेको नगद बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।
बा१३ च ४८५८ नम्बरको इको स्पोर्ट गाडीमा सवार उनीहरूको साथबाट नगद बरामद भएको रेग्मीले बताए।
दुबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले बताए।न्युज कारखाना
रौतहट २८ बैशाख। रौतहटको कटहरिया नगरपालिका ४ स्थित ४ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने एकदर्जन सुँगुर चोरी भएको छ। गएराती अज्ञात चोर समुहले स्थानिय बदरी धनखारको छोरा श्याम सुन्दर धनखारको खोर बाट एकदर्जन सुँगुर चोरी लागेका हुन्। श्याम सुन्दरको छोरीको बिहेको अवसरमा गएराती मदिरा सहितको भोजको आयोजना गरिएको थियो।
आफन्त, स्वजातियहरु तथा बाहिर बाट आएका कुटुम्बहरुको साथमा धनखार परिवार अबेर रातिसम्म खानपिन गरी सुतेका थिए। मध्य रातमा उनको घरभन्दा ५० मीटर पश्चिम रहेको खोरको ढोका फोडेर अज्ञात चोर समूहले १० वटा ठूलो ८० किलो भन्दा बढी वजन रहेको गर्भवती सुँगुर र दुर्इवटा २० किलो बराबर वजन रहेको सुँगुर चोरेर लागेको उनकी बहिनी सुगन्धी धनखारले बताएकी छिन्। आज बिहान ७ बजे घर परिवारको मानिसले खोरको ढोका खुलेको देखेर सुँगुर चोरी घटना बारे जानकारी भएको उनले बताइन्।
चोरी भएको जानकारी पाउनासाथ घर परिवार तथा टोल छिमेकका मानिस खोजि कार्यमा जुटेका छन तर सुँगुरको कुनै सुराक नलागेको सुगन्धले बताएकी छिन्।चोरी भएको सुँगुरको बजार मूल्य चारलाख २० हजार रुपैयाँ भन्दा बढी हुने स्थानिय रामचन्द्र गोसाईंले बताएका छन।
यसै बीच चोरी भएको सुँगुरको खोजी तथा अज्ञात चोर समूहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन ईलाका प्रहरी कार्यालय कटहरियामा लिखित जाहेरी दरखास्त दिसकेको उनले जानकारी दिएकि छिन्। ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बरिष्ट सई अरुण कुमार सिंहले सुँगुर चोरीको घटनाको बारेमा जिल्लामा टिपोट गराई खोजतलास सुरु गरेको बताएका छन् ।न्युज कारखाना
काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गरेको छ । षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गर्दैछ ।
अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको ‘महाजात्रा’ ले शनिवार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगञ्जमा रहेको सिनेरोयलमा ५१ औँ दिनको यात्रा पार गर्न लागेको हो ।
गत वर्ष विसं २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरू गरिएको ‘महाजात्रा’ ले अहिलेको समयमा समेत ५१ औँ दिनको यात्रा तय गर्नु सम्पूर्ण फिल्म उद्योगकै लागि खुसीको खबर रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताए ।
‘हामीलाई यो सफलताले अझैँ दायित्व बोध भएको छ । आगामी दिनमा दर्शकको भरोषालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने छौँ । षट्कोण आर्ट्समार्फत हामी आगामी दिनमा पनि स–परिवार एकसाथ हेर्न मिल्ने फिल्म ल्याउने छौँ’, निर्माता खत्रीले भने ।
उनले अन्तर्राष्ट्रियबजार बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको समेत बताए । अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले डायस्पोरामा फिल्मको खडेरी हटाउन सफल भएको जनाएको छन् । उक्त कम्पनिका अनुसार सिड्नीमा ३५ भन्दा बढी शो भईसकेको छ । यो अहिलेसम्मको सिड्नीमा कुनै नेपाली फिल्मको भएको सर्वाधिक शो हो ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ । न्युज कारखाना
काठमाडौँ । आर्थिक बर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न छलफल सुरु भएको छ । वैशाख १० गते महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को वैठकले आर्थिक बर्ष २०८१/८२ का लागि मार्गदर्शन पारित गरेपछि त्यही मार्गदर्शनका आधारमा उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा रहेको ‘बजेट तर्जुमा समिति’ले विषयगत समितिसँग छलफल सुरु गरेको हो ।
बैठकमा उपप्रमुख डंगोलले कार्यक्रम छनोट आवश्यकताको प्राथमिकीकरण गरेर तत्काल चाहिने, कार्यान्वयन गर्न सकिने योजना छान्नु पर्ने बताइन् । वैठकका निर्णयका बारेमा जानकारी गराउँदै उनले भनिन्, ‘विषयगत समितिहरुको बैठकबाट चालु आर्थिक बर्षको समीक्षा र आगामी वर्षका कार्यक्रमको प्रस्ताव ल्याउने र यसरी आएका विवरणहरुलाई संकलन तथा ढाँचामा राख्न योजना अनुगमन तथा मूल्याङ्क एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीको संयोजकत्वमा बजेट तथा अनुगमन महाशाखा प्रमुख विकास चित्रकार र मानव संशाधन विकास महाशाखा प्रमुख प्रवीण प्याकुरेल सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ ।’
बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बजेट सीमा र बजेट तथा कार्यक्रम तर्जुमा मार्गदर्शन बारे अवगत गराएका थिए ।
त्यसपछिको छलफलमा प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी., सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, राजस्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक रामजी भण्डारी, भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार र कृषि, सहकारी तथा पशुपन्छी व्यवस्था समितिका संयोजक रामजी भण्डारीले धारणा राखेका थिए ।
काठमाडौँमा भौतिक पूर्वाधारका काम गर्न सकिने समय, योजनाको कार्यान्वयन गर्न आवश्यक प्रक्रियाको चरण र अवस्था, केन्द्र र वडागत रुपमा हुने कार्यक्रमको सम्बन्ध जस्ता पक्षमा ध्यान दिनुपर्नेमा जोड दिए । यस्तै सामाजिक विकास, स्वास्थ्य, शिक्षा, वातावरणीय सुधारजस्ता आधारभूत आवश्यकताका विषयमा उनीहरुको जोड थियो ।
योजना तर्जुमा सम्बन्धी काम ‘बजेटको पूर्व तयारी’ हरेक वर्षको मंसिर महिनाबाट सुरु हुन्छ । विषय क्षेत्रसँग सम्बन्धित सूचना संकलन र विश्लेषण गरेर स्थितिपत्र अद्यावधिक गर्ने यसको पहिलो काम हो । यो काम विषयगत विभाग, महाशाखा र शाखाले मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्छ ।
माघ मसान्तभित्र विषयगत क्षेत्र विभाजन गरेर सदस्यलाई जिम्मेवारी दिनुपर्छ । यो जिम्मेवारी कार्यपालिकाले दिनुपर्छ । महानगरपालिकामा विषयगत समिति भएकाले यसको जिम्मेवारी कार्यपालिकाले समितिलाई दिइएको छ ।
फागुनबाट ‘स्रोत अनुमान र कुल बजेट सीमा निर्धारण’ को काम सुरु हुन्छ । संघ र प्रदेशबाट अनुदान र राजस्व बाँडफाँट, रोयल्टीको सीमा र मार्गदर्शन प्राप्त गर्ने, सरोकारवालासँग छलफल गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्ने, कुल बजेटको अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने, यो मार्गदर्शन विभाग, महाशाखा, शाखा तथा वडालाई उपलब्ध गराउने काम हुन्छ । महानगरपालिको यो मार्गदर्शन वैशाख १४ गते परिपत्रमार्फत पठाइसकेको छ ।
बस्ती र टोलस्तरबाट योजना छनोट तेस्रो चरणमा आउँछ । यो काम वडा समितिबाट वैशाख मसान्तभित्र सम्पन्न गर्नुपर्छ । यसपछि जेठ १० गतेभित्र वडास्तरीय योजनाको प्राथमिकता निर्धारण गर्नुपर्छ ।
पाँचौ चरणमा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गर्नुपर्छ । जेठ १५ गतेबाट सुरु हुने यस चरणमा विषयगत समिति, विभाग, शाखा, महाशाखा र विषय क्षेत्रका आयोजना र कार्यक्रमको प्राथमिकता निर्धारण गर्नुपर्छ । विषयगत समितिमा छलफल, प्राथमिकता निर्धारण र सांकेतीकरण, बजेट (राजस्व, व्यय र बित्तीय व्यवस्था) तथा वार्षिक विकास कार्यक्रमको प्रस्ताव तयार गर्ने, गैरसरकारी संघसंस्था र विकास साझेदारका कार्यक्रम समावेश गर्ने, आर्थिक विधेयक र विनियोजन विधेयकको मस्यौदा तयार पार्नुपर्छ ।
यसरी तयार पारिएका विधेयकहरु कार्यपालिकाबाट स्वीकृत गराएर असार १० गतेभित्र नगर सभामा पेश गर्नुपर्छ । यसरी पेश गरिएको प्रस्तावलाई असार मसान्तभित्र सभाबाट पारित गराउनु पर्छ । यसरी योजना तर्जुमाका चरण पूरा हुन्छ । न्युज कारखाना