२०८३ श्रावण २०
२०८३ श्रावण २०

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ। दुबै नेताबीच आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा भेटघाट भएको छ।

नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट रहेको बुझिएको छ।

भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो।

भेटमा महामन्त्री थापाले शनिबार राष्ट्रपति र आइतबार प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी गराएका थिए। न्युज कारखाना

काठमाडौँ । इरानले आफ्नो अस्तित्वमा कुनै खतरा भए त्यसको सामना गर्न परमाणु बम बनाउने चेतावनी दिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका सल्लाहकार कमल खाराजीले यस्तो बयान दिएका हुन्।

खर्राजीले भने, ‘हामीले आणविक बमको बारेमा कुनै निर्णय गरेका छैनौं, तर आवश्यक भएमा हामी आफ्नो सिद्धान्त परिवर्तन गर्न सक्छौं। यदि इजरायलले हाम्रा आणविक केन्द्रहरूमा आक्रमण गर्छ भने, हामीले आफ्नो सुरक्षाका लागि यो कदम चाल्नुपर्नेछ ।’

सन् २००३ मा इरानका सर्वोच्च नेता खामेनीले ठूलो मात्रामा विनाश निम्त्याउने आणविक हतियारलगायत कुनै पनि हतियारको उत्पादनविरुद्ध फतवा जारी गरेका थिए । तर, यसका बाबजुद सन् २०२१ मा इरानका तत्कालीन गुप्तचर मन्त्रीले पश्चिमी देशहरूको बढ्दो दबाबबीच यो फतवा उल्टाउन सकिने बताएका थिए । अल्जाजीराका अनुसार इरानले ६० प्रतिशतसम्म युरेनियम प्रवर्द्धन गरिरहेको छ ।

हतियारमा प्रयोग हुने युरेनियम ९० प्रतिशतसम्म प्रवर्द्धन भइरहेको छ । आणविक हतियारको अनुगमन गर्ने निकाय आइएइएले युरेनियमलाई थप प्रवर्द्धन गरेमा २ वटा आणविक हतियारको आवश्यकता पूरा गर्न सक्ने बताएको छ ।

यसअघि जनवरीमा संयुक्त राष्ट्रका परमाणु निरीक्षक तथा विशेषज्ञ डेभिड अल्ब्राइटले इरानको आणविक कार्यक्रमबारे ठूलो दाबी गरेका थिए । अल्ब्राइटले अहिले इरान सबैभन्दा ठूलो खतरा भएको बताएका छन् । एटम बम बनाउने टेक्नोलोजी मात्र होइन, त्यसको लागि युरेनियम पनि उपलब्ध छ । डेभिडले भनेका थिए, “आवश्यक भएमा इरानले केही हप्तामा पहिलो बम तयार गर्न सक्छ। यदि उसले चाह्यो भने ५ महिनामा १२ वटा बम बनाउन सक्छ।”

पछिल्लो डेढ महिनामा इरान र इजरायलबीच तनाव निकै बढेको छ । वास्तवमा, अप्रिल १ मा, इजरायलले सिरियामा इरानको दूतावासको भवनमा आक्रमण गर्‍यो। जसमा इरानका २ शीर्ष कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । यसपछि इरानले इजरायलसँग बदला लिने कुरा गरेको थियो ।

त्यसको १२ दिनपछि १३ अप्रिलमा इरानले ३०० भन्दा बढी मिसाइल र ड्रोनले इजरायलमाथि आक्रमण गर्‍यो। यसै क्रममा नेवातीम एयरफोर्स बेसलाई निशाना बनाइएको थियो । तर, इजरायल, अमेरिका, बेलायत र फ्रान्सले मिलेर ९९ प्रतिशत इरानको आक्रमणलाई असफल बनाएका थिए ।

यस हमलापछि इरानले आफ्नो बदला लिएको र अब विवाद चर्काउन नचाहेको बताएको थियो । तर, इजरायलले बदला लिने चेतावनी दिएको छ । आक्रमणको छ दिन पछि, इजरायलले इरान विरुद्ध बदला लियो। उनीहरुले इरानको आणविक आधार सहर इस्फाहानलाई निशाना बनाएका थिए ।

यसबाहेक इराक र सिरियामा पनि हवाई हमला गरिएको थियो । तर, यो अवधिमा खासै क्षति भएको छैन । यी आक्रमणपछि दुई देशबीचको द्वन्द्व रोकिए पनि शब्दयुद्ध जारी रह्यो । इरान र इजरायलले लगातार एक अर्कालाई आक्रमणको धम्की दिइरहेका छन् । न्युज कारखाना

काठमाडौं- नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।

साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन्।

उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे। पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए। न्युज कारखाना

काठमाडौँ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् ।

चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताएका हुन् ।

‘नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा  सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।’

पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताए ।

‘नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य रहेको छ भन्ने देखाएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।’

नेपालका अस्पतालहरूमा नर्स विरामीको अनुपातअनुसार दरवन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्रीले अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले ग्रामीण र दूरदराजमा काम गर्ने नर्सहरूका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए ।

उनले कार्यस्थलमा काममा विभेद हुने गरेको र वर्षौं काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुस्किल हुनेजस्ता समस्या भोग्नु परिरहेको समस्यालाई क्रमशः सम्बोधन गर्दै जानेगरी नीतिगत व्यवस्था गरिने बताए । न्युज कारखाना

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने छ ।

पार्टीको आज सम्पन्न हुने स्थायी कमिटीका निर्णय उपर पनि  बैठकमा छलफल हुनेछ। बैठकले आगामी जेठ १ र २ गते आह्वान गरिएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने कार्यसूची अनुमोदन गर्नेछ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।न्युज कारखाना

काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि शुक्रबार तोलामा १ लाख ३७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार २५० रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

चितवन ।  चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन् ।

विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएको हो ।

आगलागीबाट बस पूर्ण रुपमा जलेको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोवाइलसमेत लुटेर लगेको सहचालकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताएको छ ।न्युज कारखाना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।

नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ । डा. नेपाल सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि गरको टिप्पणीका कारण विवादमा परेका थिए । यस विषयमा उनले गरेको टिप्पणीप्रति राष्ट्रपति असन्तुष्ट बनेको बताइएको थियो ।

राष्ट्रपति कार्यालयले भनेको छ- ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ ।’न्युज कारखाना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ ।

बैठक पछि प्रतिक्रिया दिदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका हुन् । उनले भने-‘हामीले हाम्रो पूर्व अडान राख्यौं, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ । शु्क्रबार सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।

कांग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।

लेखकले सोमबार बस्ने संसदीय कार्यसमिति र संसदीय दलको बैठकले थप निर्णय गर्ने बताए । कांग्रेसले सोमबार अपराह्न २ बजे संसदीय दलको बैठक बोलाएको छ ।न्युज कारखाना

काठमाडौँ । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरुको बैठक बोलाएका छन् ।

सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरवारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते अपराहन्न ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रस्तुत गर्ने तालिका रहेको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।