सिन्धुली, वैशाख २८ गते ।
सिन्धुलीमा रक्षा संवाददाता अभिमूकरण कार्यक्रम सम्पन्न भएको छ । श्री मध्य पूर्वि पृतना हेड क्वाटर अन्तर्गत श्री ९ नम्बर बाहिनी अड्डा माझिटार ब्यारेकमा सञ्चालित चारदिने तालिम आज (बिहिबार) समापन्न भएको हो । राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रम श्री मध्य पूर्वी पृतना हे.क्वा.का पृतनापति उप रथी प्रेम ध्वज अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

अभिमूखिकरण कार्यक्रममा सेनाको काम, कर्तव्य, अधिकार र नेपाली सेनाले देशको रक्षाको अलावा राष्ट्रिय सम्पदा संरक्षण, विकास निर्माणको काम लगायको विभिन्न क्षेत्रमा सेनाको महत्वपूर्ण भूमिका बारे जानकारी गराईएको थियो । विदाई समारोह कार्यक्रमलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै पृतनापति अधिकारीले यस प्रकारको कार्यक्रमले फरक व्यवसायीक विशेषता तथा जिम्मेवारी बोकेको नेपाली सेना र सञ्चारकर्मीबीचको पारस्परिक सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

उनले भने नेपाली सेनाले काम गर्दै आएको अधिकार गर्दै राष्ट्रिय सुरक्षा, विकास निर्माण, प्रकृति संरक्षण तथा विश्व शान्ति प्रवर्द्धन जस्ता अति नै संवेदनशिल विषयमा सकारात्मक जनाधार श्रृजना गर्ने कार्य केवल सञ्चार जगतले काम गर्न सक्दछ । कार्यक्रम सहभागीहरूले गहिरो अभिरुचि र सक्रियता सहभागीतालाई दृष्टिगत गर्दा विषयवस्तु सम्बन्धि आधारभूत ज्ञान हासिल प्राप्त भएको भनी विश्वास व्यक्त गर्नु भयो ।

उनले भने यस कार्यक्रम पश्चात् आउँदा दिनहरूमा नेपाली सेना सम्बन्धित समाचार संकलन तथा संप्रेषणमा सहजता र स्पष्टता र सिघ्रता प्रदान हुँने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा नम्बर ९ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शक्तिजंग वस्नेत लगायतको सहभागिता रहेको थियो । चार दिनसम्म सञ्चालन भएको रक्षा संवाददाता अभिमुखि कार्यक्रममा हे.कवा.बाट आएका प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए ।

दोलखा, रामेछाप, सिन्धुली, महोत्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र सप्तरी गरि १२ जिल्लाका १९ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । सहभागी सबैजना प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो ।साथै ऐतिहासिक सिन्धुली गढि युद्व संग्रहालयमा पत्रकारहरुको टोलीलाई भ्रमण गराईएको थियो ।
आर.के.श्रीवास्तव,गरुडा, बैशाख २८ गते ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ मा पौष्टिक अहार पैकेट वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर २ स्थित रहेको शितलपुरमा गर्भवती महिलाहरुलाई पौष्टिक अहार पैकेट वितरण गरिएको हो । मधेश प्रदेश सरकारको सहयोगमा उपलब्ध भएका समानहरू न.पा.को वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्ध राय यादव (संजय) को अध्यक्षतामा बिहिबार एक कार्यक्रमका बीच करिब सयौँ जना भन्दा बढी गर्भवती महिलाहरूलाई चार किसिमको पौष्टिक अहार पैकेट वितरण गरिएका छन् ।
आमा स्वस्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ , त्यस पछी हाम्रो समाज स्वस्थ र मजबूत हुन्छ भन्ने मुल उदेश्यलका साथ मधेश प्रदेश सरकारद्धारा प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्धा राय यादवले बताएका छन् ।
गर्भवती महिलाहरू पहिलाको तुलनामा गर्भ रहेको अवस्थामा पोषिलो खानेकुराहरू बढी खानुपर्ने बताउँदै पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष यादवले बताए ।
त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेका हुँन् । उक्त पौष्टिक खानेकुरा वितरण कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य प्यारेलाल यादव, स्थानीय रामान्नद यादव, शितलपुर स्वास्थ्य चौकिको ईन्चार्ज रमेश यादव , स्वास्थ्यकर्मी तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।
रमेशकुमार यादब, रौतहट, बैशाख २७
रौतहटको गरुडामा ३ जना दलित समुदायका नागरिकलाई सहयोग गरिएको छ । रौतहटको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनिप्रसाद जैसवालले अति गरिब बिपन्न दलित समुदायकका ३ वटा परिवारलाई सहयोग गरेका हुँन ।
नगर प्रमुख जैसवालले आफ्नो नगरबासिको हकहितलाई ध्यानमा राख्दै गरुडा नगरपालिकाको वडा नं.५ शिवनगर टोलका रामबाबु महरा, गंगाराम महरा र मुकेश रामलाई २५-२५ हजार रुपैँयाको दरले ७५ हजारको ३ वटा चेक हस्तान्नतरण करेका छन् । असाहाय निम्न बर्ग भएका जेनतेन गरि साझँ र बेलुका हातमुख जोर्ने दलित परिवारका रामबाबु, गंगारामको छोरी र मुकेश रामको बहिनीको विवाहमा खर्च गर्नको लागी नगर प्रमुख जैसवालले उनीहरुको घरमा पुगी केहि राहत पुगोस भन्ने उदेश्यले उक्त रकम बराबरको चेक हस्तान्नतरण गरेका हुँन ।
जैसवालले भने हाम्रो नगरको सम्पुर्ण मानिसहरुको जिम्मा रहेकोले सहयोग गर्ने आफ्नो उत्तरदायित्व रहेको बताए । साथै नगरबासिको लागी हरदम ढोका खुल्ला रहेको र जुनबेला आवश्यक परेको हुँदा निर्धक्क आएर सहयोग माग्न नगर प्रमुख जैसवालले आग्रह समेत गरेका छन् । हस्तान्तरण कार्यक्रममा श्यामनन्नदन सहनी, बृजकिशोर सहनी, धुव गिरी, रबिन्द्र यादबहरु लगायतको सहभागिता रहेको थियो ।
रूपेश यादव, फतुवा बिजयपुर, बैशाख २७
राष्ट्रिय तत्मा समाज नेपालको रौतहट जिल्ला अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । रौतहट जिल्लाको मध्य भागमा रहेका कहटरियाको बिवाह मण्डपमा आज (बुधबार) आयोजित भएको कार्यक्रममा तत्मा समाजलाई जोगाउँन तथा संगठनलाई बलियो बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
राष्ट्रिय तत्मा समाज नेपालद्धारा आयोजित कार्यक्रममा मदन दास तत्माको अध्यक्ष रहेको थियो । कार्यक्रमके सम्बोधन गर्दै पुर्व राष्ट्रिय अध्यक्ष राजकुमार दासले हरेक मधेश आन्दोलन लगाएत हरेक कार्यहरूका अग्रसर रहेता पनि तात्मा जातीलाई सरकारले अधिकारमा कटौति गरि तत्मा जातिलाई पछिल्लो स्तरमा मुल्यांकन गरिएको युवा नेता दासले बताए । उनले सबै तात्माहरुलाई कसैको कुरामा नलागि मिलेर काम गर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय तत्मा समाज नेपाल रौतहट जिल्लाका बरिस्ठ उपाध्यक्ष झगरू दास, उपाध्यक्ष रामबाबु दास, देवाहि गोनाहि नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष बिष्मु दास, जिल्लाका तत्मा तथा मेयर प्रत्यासी रामप्रबेश दास, योगेन्द्र साह लगाएतको सहभागीता रहेको थियो ।
आर.के.श्रीवास्तव, रौतहट, वैशाख २६ । रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा नगर प्रमुख प्रेमलाल साहले बर्थिङ्ग सेन्टर भवनको शिलान्यास गरेका छन् । मंगलबार एक कार्यक्रमकाबीच वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष वीरबहादुर साहको अध्यक्षतामा नगर प्रमुख साहले उक्त बर्थिङ्ग सेन्टर शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको कुल २५ लाखको लागतमा स्वास्थ्य चौकी धरहरीको प्राङ्गणमा चार कोठे भवनको नगर प्रमुख साहले शिलान्यास गर्नु भयो । निर्माण हुने नयाँ चारवटा भवनमा एउटा कोठामा ल्याबका समाग्रीहरु राखिने वडा अध्यक्ष साहले बताए ।
धरहरीमा बर्थिङ्ग सेन्टर नहुँदा यहाँका स्थानीयहरूलाई शिवनगर,गौर,चपुर लगाएतका ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो तर भवन निर्माण भएपछि उक्त समस्या समाधान हुने भएको छ । धरहरीमा पहिलो पटक बर्थिङ्ग सेन्टर शिलान्यास भएपछि वडावासी लगायत आसपासका बासिन्दाहरू लाभान्वित हुने वडा अध्यक्ष साहले जानकारी दिनुभयो । उपभोक्ता समिती मार्फत दुई महिना भित्र निमार्ण कार्य संम्पन हुनुपर्ने वडा अध्यक्ष साहले जानकारी दिन भयो ।
कार्यक्रममा भवन निर्माणको उपभोक्ता समितिका अध्यक्ष जहरुल देवान, कोषाध्यक्ष सगरी देवी सचिव बिनोध साह लगायत स्थानीय तथा भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
इन्दीप कोइराला,बारा, २६ वैशाख ।
बाराको निजगढमा जेठ पहिलो साता अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा जेठ ४ गतेदेखि अन्तर्राष्ट्रियस्तरको गढीमाई तेक्वान्दो प्रतियोगिता हुन लागेको हो ।
गत ६ जेठसम्म आयोजना गर्न लागिएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, कोरिया र जापानका खेलाडीले सहभागिता जनाउने भएका छन् । मधेस प्रदेश तेक्वान्दो संघका अध्यक्ष पेमासिद्धि लामाले ६ वटा देशका दुई सय ४० खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिए ।
प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लामाले गेरोगी फाइटतर्फ एक सय ८० र पुम्सेतर्फ ६० जना खेलाडीले प्रतिस्पर्धा जनाउनेछन् । अध्यक्ष लामाका अनुसार गेरोगीतर्फ १३ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुम्सेतर्फ १० वर्षदेखि १८ वर्षसम्मको विभिन्न प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नेपालबाहेक अन्य देशबाट बढीमा पाँच जना खेलाडीले सहभागिता जनाउनेछन् भने नेपालबाट आयोजकसहित सबै प्रदेशका खेलाडी सहभागी हुनेछन् । नेपाल तेक्वान्दो संघ र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप संचालन हुने प्रतियोगिता प्रविधिमैत्री हुने आयोजकको दावी छ ।
अन्तर्राष्ट्रियस्तरका रेफ्रीको उपस्थितिमा हुने प्रतियोगितालाई व्यवस्थित र विवादरहित बनाउन प्रविधि प्रयोगमा ध्यान दिएको मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाले बताए । लामाले मोफसलमा पनि विद्युतिय प्रविधिको प्रयोग गरी व्यवस्थितरुपमा खेल आयोजना गर्न सम्भव रहेको सन्देश समेत प्रतियोगिताले दिने लामाको भनाई छ । उनका अनुसार प्रतियोगितामा सहभागीमध्ये ५० जना खेलाडीको दुर्घटना विमा समेत गरिएको छ ।
प्रतियोगितालाई सफल बनाउन निजगढ नगरपालिका र महागढीमाई नगरपालिकाको मुख्य सहयोगीको रुपमा आयोजकलाई साथ दिएका छन् । संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतमले मधेस प्रदेश सरकार, राखेपसहित बाराका अन्य स्थानीयले तहले समेत सहयोग गर्नेमा आशावादी रहेको बताए ।
खेलकुदसंगै मधेस प्रदेशको पर्यटन प्रवर्द्धनसंग जोडिएका कारण पनि मधेस प्रदेश सरकारले प्रतियोगितामा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने गौतमको भनाई छ । प्रतियोगिता संचालनका लागि आयोजक करिब ५९ लाखको अनुमानित लागत राखेको छ ।
प्रतियोगिताका लागि आयोजकले अध्यक्ष लामाको नेतृत्वमा ५० सदस्यीय मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरेर तयारी गरिरहेको छ । आयोजकले अध्यक्ष लामाको नेतृत्वमा आर्थिक, हेमलाल श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता तयारी, जितसिंह लामाको संयोजकत्वमा रेफ्री, चित्रबहादुर लामाको संयोजकत्वमा स्वयंसेवक, सियाराम चौधरीको संयोजकत्वमा प्राथमिक उपचार तथा मेडिकल, नारायण शर्माको संयोजकत्वमा अतिथि सत्कार, मोहन सापकोटाको संयोजकत्वमा खाना तथा बसोबास र केन्द्रीय सदस्य गौतमको नेतृत्वमा प्रचार उपसमिति गठन गरी तयारी गरिरहेको छ ।
काठमाडौं, २६ वैशाख
सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
भरत खनाललाई प्रदेश प्रमुखको कार्यालय सुदूर पश्चिममा सरुवा गर्दै काजमा रक्षा मन्त्रालय, कृष्ण प्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमान सिंह गुरुङलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश सरुवा गरिएको छ।
कविराज पौडेल सत्य निरूपण तथा मेलमिलाप आयोग, सुरेश राउत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कुमार प्रसाद दाहाल युवा तथा खेलकुद मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका ज्ञानेन्द्र प्रसाद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह), माधव प्रसाद पोख्रेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र सुरेश न्यौपानेलाई प्रदेश नीति तथा योजना आयोग कोशीमा सरुवा गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रदिप राज अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीका बलराम निरौलालाई प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेश, त्यहाँका रामकृष्ण पुडासैनीलाई सामाजिक विकास मन्त्रालय बागमती र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाजिलमा रहेका विश्वबाबु पुडासैनीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरवारमा सरुवा गरिएको छ।
स्वास्थ्यतर्फका प्रमुख कन्सल्टेन्ट सर्जन(एघारौँ तह)का जनार्दन पन्थीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय लुम्बिनी प्रदेश, शहरी विकास मन्त्रालयका विष्णु भण्डारीलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका नविनचन्द्र अधिकारीलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णालीका देवराज निरौलालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको हो।
सहसचिव पुष्पराज शाहीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, प्रदेश प्रमुखको कार्यालय मधेस प्रदेशका राजेन्द्र पराजुलीलाई विराटनगर महानगरपालिकामा सरुवा गरिएको छ ।
भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्यतर्फ एघारौँ तहका श्रीराम लुइँटेल स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, अर्थ मन्त्रालयको अतिरिक्तमा रहेका रघुराम विष्टलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मदन दाहाललाई गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका दिपक राज नेपाललाई नेपाल ट्रष्टको कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका झक्क प्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
गृह मन्त्रालयका सहसचिव प्रदीप कुमार कोइरालाको लोकसेवा आयोग आयोग, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूर पश्चिम प्रदेशका कमल राज ढकाललाई गृह मन्त्रालय, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ गैरेलाई गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराईको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकालको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, गृह मन्त्रालयका रमेश ढकालको निर्वाचन आयोग, निर्वाचन आयोगका तुल्सी बहादुर श्रेष्ठको गृह मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका शिवराम न्यौपानेको गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान् अर्याललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुदूर पश्चिम प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ।
सामाजिक विकास मन्त्रालय कर्णालीका सन्त बहादुर सुनारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, नेपाल ट्रष्टको कार्यालयका विष्णुराज ढकाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भोजराज शर्मा(काफ्ले)लाई सामाजिक विकास मन्त्रालय, कर्णालीको प्रदेश सचिवमा सरुवा गरिएको छ।
प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका यज्ञ नाथ दाहाललाई वन तथा वातावरण मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका ध्रुवराज पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका राम प्रसाद पाण्डेलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र गृह मन्त्रालयका सुमन घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ।
राैतहट,वैशाख २६ गते
राैतहटकाे फतुवा बिजयपुर–५ सन्तपुर दाे.को वडा कार्यालय अधिकांश समय बन्द हुने गरेकाे पाईएकाे छ । वडाको आफ्नै भवन भए पनि अधिकांश समय कार्यालय बन्द रहने गरेको स्थानीय नागरिकहरूले गुनासो गरेका छन् । वडा कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि सेवाग्राहीलाई समस्या हुने गरेको स्थानीय उदय शर्माकाे गुणासाे छ । जन्म दर्ताकाे प्रमाणपत्रकाे लागि हप्ता दिन देखि वडा कार्यालय धाउँदा धाउँदा थाकिसकेकाे उनले गुणासाे सुनाए ।
आज(मंगलबार) वडा कार्यालय बन्द रहेको तस्बिर खिच्न लाग्दा स्थानीय उदय शर्मालाई वडाका कर्मचारी मुजफ्फरले कुटपिट गरेकाे पिडितले फोन मार्फत जानकारी गराएका छन् । वडाका कर्मचारीले नै सेवाग्राही माथि हातपात गर्नु गलत भएको स्थानीयले बताएका छन् । पिडितले यस विषयमा आवश्यक छानबिन गरि दाेषिलाई कार्यवाही गर्न माग गरेका छन् । वडा कार्यालयबाट प्रदान गरिने हरेक सेवा वडा कार्यालयबाट प्रदान गरिनुपर्ने भए पनि सन्तपुरमा त्यो नभएको स्थानीयको गुनासो छ ।
सेवा लिने सेवाग्राहीले कार्यवाहक वडाध्यक्ष सहिद मिया अन्सारी सँग फोन सम्पर्क गर्ने र जहाँ भेटियो त्यही सेवा आदानप्रदान गर्ने गरेको स्थानीय शर्माले बताउनुभयो । यता वडाध्यक्ष वडा सचिव हिरालाल महताेले कार्यालय समय नभनीकन सेवा प्रदान गरिरहेको बताउनुभयो । अन्य समयमा पनि आवश्यक परेको खण्डमा सेवा प्रवाह गरिरहेकाे उनले बताए । कार्यालय खुले पनि नखुले पनि सेवा बन्द नभएको वडा सचिव महताेले दाबी गर्नुभयो । साे वडामा वडा सचिव सहित ३ जना कर्मचारी छन् ।
वडा सचिव महताेलाई अन्य वडा सहित जिन्सी शाखाकाे पनि नगरपालिकाले जिम्मेवारी दिएकाे छ । काम जिम्मेवारीले व्यस्तता त हुने भईहाल्याे । तर वडाका दुई जना कर्मचारी र कार्यवाहक वडा अध्यक्ष अन्सारीकाे पनि चरम लापरबाही देखिएको छ । वडा अध्यक्ष अधिकांश समय बाहिरै हुन्छन् । वडाका कर्मचारीहरू कार्यालयमा नै बस्दैन् । यस विषयमा कुरा गर्न दुवै पक्षलाई बाेलाएकाे नि.प्रमुख प्रशाकिय अधिकृत शम्भु कुमार यादवले जानकारी गराउनु भयाे ।
राैतहट,वैशाख २६ गते
फतुवाबिजयपुर नगरपालिकामा एक मोटरसाइकलले अर्को मोटरसाइकलको पछाडीबाट ठक्कर दिए पछि आगाडी रहेको मोटरसाइल चालक गम्भीर घाईते भएका छन् । गम्भीर घाईते हुनेमा मोटरसाइकल चालक फतुवाविजयपुर नगरपालिका ६ पेरभर्वाका २० बर्षिय हरेराम बैठा रहेका छन् ।

श्री माध्यमिक विधालय कनकपुर परीक्षा केन्द्र बाट कक्षा १२ को परिक्षा दिएर घर जाने क्रममा सन्तपुर देखी पेटभर्वा जादै गरेको प्र-२- ०३-१४ प. ५१५८ नम्बरको मोटरसाईकललाई सोही नगरपालिका ७ फतुवाका ओमप्रकाश चौधरीले ना.१५ प. ३४७१ नम्बरको मोटरसाईलले पछाडीबाट ठक्कर दिएको ईलाका प्रहरि कार्यालय सनतपुर दोस्तियाले जनाएको छ । दुर्घाटनामा परी गम्भीर घाईते भएका बैठालाई समुदायीक अस्पताल कटहरियामा उपचार भईरहेको छ ।

त्यस्तै उक्त दुर्घाटनामा समान्य घाईते भएका चौधरीलाई महादेव हेल्थ सेन्टर सन्तपुरमा उपचार भईरहेकाे छ । घाईते बैठाका अवस्था गम्भीर रहेकोले थप उपचारको लागि विरगंज पठाउने त्यारी भईरहेको घाईतेका दाई दिपेन्द्र रजकले जनकारी दिए। दुर्घाटना भएका दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयाका सई बद्री कुमार रायले बताए ।