२०८३ श्रावण १४
२०८३ श्रावण १४

आरके श्रीवास्तव,रौतहट,जेठ ०९ गते
रौतहटको बौद्धीमाइ नगरपालिकामा भिडियो एक्सरे आजदेखि सञ्चालनमा आएको छ । सो नगरपालिकाको वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकी इनरवारीमा सोमबार एक कार्यक्रमका बिच वडा अध्यक्ष तुरन्तनारायण यादवले समुद्धघाटन गरेका हुन् ।

सो भिडियो एक्सरे सञ्चालनमा आएपछि स्थानियहरु लाभाविन्त हुने भएका छन् । ग्रामीण क्षेत्रमा सेवा पाउने भएपछि स्थानियहरुले वडा अध्यक्ष यादव लाइ धन्यवाद पनि ज्ञापन गरेका हुन् । भिडियो एक्सरे मेसिन सेवा सुचारु भएपछि गर्भमा रहेको बच्चाको अवस्था पता लगाउन सहज हुने भएको छ । भिडियो एक्सरे सेवा सुचारु भएछि वडा भरीका महिला, बृद्धबृद्धा लगायतका बिरामीलाइ थप सहज हुने वडा अध्यक्ष यादवले बताउनु भयो । यस अघि भिडियो एक्सरे सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । अब उपरान्त सो समस्या समाधान हुने भएको छ ।
सेवा सुचारुपछि ग्रामीण क्षेत्रका नागरिकलाइ आर्थिक भार कम हुने र समयमै गर्भमा बच्चाको अवस्था थाहा नपाउँदा आमा र बच्चालाइ हुने जोखिम कम गर्न समेत सहयोग पुग्ने वडा अध्यक्ष यादवले बताउनु भयो ।

त्यस्तै इनरवारीमा गर्भवती महिलाहरुलाई पौष्टिक अहार पैकेट वितरण गरिएको हो । मधेश प्रदेश सरकारको सहयोगमा उपलब्ध भएका समानहरू न.पा.को वडा नम्बर ४ का वडा अध्यक्ष तुरन्तनारायाणको अध्यक्षतामा सोमबार एक कार्यक्रमका बीच करिब सयौँ जना भन्दा बढी गर्भवती महिलाहरूलाई चार किसिमको पौष्टिक अहार पैकेट वितरण गरिएका छन् ।

आमा स्वस्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ , त्यस पछी हाम्रो समाज स्वस्थ र मजबूत हुन्छ भन्ने मुल उदेश्यलका साथ मधेश प्रदेश सरकारद्धारा प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको बौधीमाइ नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष यादवले बताएका छन् ।

गर्भवती महिलाहरू पहिलाको तुलनामा गर्भ रहेको अवस्थामा पोषिलो खानेकुराहरू बढी खानुपर्ने बताउँदै पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष यादवले बताए ।

त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेका हुँन् । उक्त पौष्टिक खानेकुरा वितरण कार्यक्रममा स्वास्थ्य संयोजक तारकेश्वर पटेल,स्वास्थ्यकर्मी तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,जेठ ०९ गते
रौतहटको कटहरिया नगरपालिकामा अहिले धमाधम टावर लाइट जडान भइरहेको छ । सो नगरपालिकाको वडा नम्बर ८ पिप्रा पोखरिया स्थित वडा कार्यालय नजिकै रहेको श्री राम चौकमा टावर लाइट जडान भएको छ । आफनो वडाभरी उज्जयालो बनाउने अभियान अन्तर्गत नै टावर लाइट जडान गरिएको वडा अध्यक्ष समिश बिक्रम शाहले जानकारी गराउनु भएको हो ।

टावर लाइट जडान भएपछी उज्ज्यालो भएको र गाउँको आकर्षण समेत बढेको छ । उज्जयालो भएको कारण अपराधिक क्रियाकलापमा कमि आउने स्थानीयहरुको भनाइ रहेको छ ।


अँध्यारोमा अपराधिक कार्य र गतिवीधी हुने सम्भावना रहेकोले चोरी , लुटपाट जस्ता कार्यमा न्यूनीकरण ल्याउने लक्ष्यको साथ बती लगाइएको वडा अध्यक्ष शाहको भनाइ रहेको छ ।


सो गाउँको एक मात्र चौकको रुपमा विस्तार हुँदै गएको र त्यहाँ टावर लाइटको आवश्यकता देखिएकोले हाल एउटा बक्ती लगाइएको वडा अध्यक्ष शाहले बताए ।


टावर लाइट जडानले शान्तिसुरक्षा, सामाजिक सुरक्षालाई चुस्तदुरुस्त राख्न र सौन्दर्य अभिवृद्धि गर्ने उदेश्य रहेको छ । नगरस्तरीय योजना बाट टावर बती जडान गर्न लागिएको हो । टावर लाइट अग्लो र धेरै क्षेत्र समेटने गर्दछ । जसमा अण्डर ग्राउण्ड विद्युत लाईन प्रयोग गरिएको हुन्छ । टावर लाइट जडान भएपछि सो वडाको मुख्य चौक को रुपमा मानिने ठाउँमा उज्जयालो भएको छ । टावर बक्ती जडान भएपछि स्थानियहरुले वडा अध्यक्ष शाहलाइ धन्यवाद पनि ज्ञापन गरेका छन् ।

सुधा देव
सप्तरी, ८ जेठ । एक हप्ताभित्र सप्तरीमा हत्या गरिएको अवस्थामा दुई युवकको शव फेला परेको छ ।  हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा सोमबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

२५ वर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएपछि स्थानीय त्रसित छन् । अहिलेसम्म शवको पहिचान हुन सकेको छैन । घटनाको  विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाइ छ ।

यसअघि गत ३१ वैशाखमा शम्भुनाथ नगरपालिका–२ बस्ने मो.लुकमानको २४ वर्षीय छोरा मो.तफेजुलको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलले आफ्नो नेतामा उपेन्द्र यादवलाई चयन गरेको छ । सोमबार संसदीय दलले पार्टी अध्यक्षसमेत रहेका यादवलाई नेतामा चयन गरेको हो ।

 

यसअघि दलको नेतामा चयन भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि दलको नेताको पद रिक्त रहँदै आएको थियो ।

 

गत १० वैशाखमा भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित यादव दलको नेतामा चयन भएका हुन् ।

काठमाडौं, ८ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो । टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा रहेका छन् ।

नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखनाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो ।  जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ ।

काठमाडौं, ८ जेठ

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई संगठित ठगी र राज्यविरुद्धको कसूर मुद्दा चलाउन राय दिएको बताइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार मुद्दामा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौंलाई बुझाएको हो ।

मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ भने एक जनाको नाम खुलेको छ । अरु दुई जनाको भने नामथर र ठेगानासमेत खुलेको  छैन ।

अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ विगो माग दाबी गर्न राय दिइएको प्रहरीको भनाइ छ ।

आरके श्रीवास्तव, रौतहट, जेठ ८ गते ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ स्थित रहेको प्रसिद्ध धार्मिक स्थल शिवनगर धाम महादेव मन्दिरमा स्नान घर र शौचालय निर्माण हुने भएको छ । सो मन्दिरमा दर्शानार्थीहरुका लागि ब्यवस्थित चेन्जिङ्ग रूम (स्नान घर) र शौचालय निर्माणका लागि आज (सोमबार) को एक कार्यक्रमका बीच गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनीप्रसाद जयसवाल र वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनोद साहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

सो मन्दिरमा श्रद्धालुहरुको घुँइचो हुँदै आएको तथा देश विदेशबाट भक्त जनहरु दर्शन गर्न शिवनगर मन्दिरमा आउने गरेका छन् । तर मन्दिरामा व्यवस्थित शौचालय नरहेको मध्यनजर गर्दै आज स्नान घर र शौचालय भवनको शिलान्यास गरेको गरुडा नगरपालिकाका नगर प्रमुख जयसवालले बताएका छन् ।

उनका अनुसार नगर स्तरिय योजनाबाट २० लाखको लागतमा शौचालय र चेन्जिङ्ग घर निर्माण हुन लागेको उपभोक्त्ता समितिका अध्यक्ष रामाकान्त राउतले जानकारी गराएका हुन् । शिलान्यास कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष कृष्णनन्दन सहनी , वडा सदस्यहरु, स्थानीय बुद्धिजीवी डा.नन्दकिशोर झा, एमाले नेता करिमुल्लाह, शिव मन्दिरको महन्त कृष्णदेव गिरि, कार्यपालिका सदस्य द्रुव गिरि, भुपु.मुखिया रामाकान्त राउत, कार्यपालिका सदस्य ध्रुव साह, वडा नम्बर ६ का अध्यक्ष रामबाबु चौधरी तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।

 

अशोक पहाडी,रौतहट,७ जेठ ।

ढुंगा मुनी लुकाएर लादै गरेको अवस्थामा सशस्त्र प्रहरीले सालको गोलिया बरामद गरेको छ । चन्द्रपुर नगरपालिका वडानं ३ को गैडाटारबाट लोड गरेर चन्द्रपुर १० स्थित बालचनपुरको एक चिरान मिलमा लाँदै गरेको अवस्थामा ट्रेक्टर बरामद भएको हो ।

बालचनपुरमा चिरान मिल संचालन गरेर बसेका मुकेश साहले पाँच थान सालको गोलिया ट्रेक्टर लोड गरेर त्यस माथि ढुंगा राखेर लाँदै गरेको सुराकीका आधारमा सन्तपुर स्थित सशस्त्र बेसका प्रहरी सहायक निरीक्षक हवल्दार साह कानुको नेतृत्वको टोलीले ना ४ त ८३६६ नम्बरको काठ लोड ट्रेक्टर बरामद गरेर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको हो ।

ट्रेक्टर चालक चन्द्रपुर १० का २३ बर्षका फिरोज मन्सुरी पक्राउ परेपनि ट्रेक्टर धनी तथा चिरान मिल संचालक मुकेश साह भने सशस्त्र प्रहरीलाई देख्ना साथ भागेका थिए । वन कर्मचारी र बाटोमा पर्ने सन्तपुर प्रहरी चौकी

,डुमरिया प्रहरी चौकीलाई मिलाएर साहले यस भन्दा पहिला पनि ढुंगाले छोपेर सालको गोलिया चोरी गर्ने गरेको स्थानीयको भई रहेको छ । बरामद भएको ५० क्युफिट काठ ट्रेक्टर र चालक माथि आवश्यक अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा सशस्त्र वन रक्षक तथा जम्दार बिनोद श्रेष्ठले बताए ।

तराई एक्सप्रेस

 

प्रेमचन्द्र झा,राैतहट,जेठ ०७ गते

गाैर भन्सार कार्यालयमा स्थानियको सिन्डिकेट बाट चल्ने गरेको स्थानिय कर्मचारीहरुले आरोप लगाएका छन । गाैर भन्सार कार्यालयको एजेन्टका रुपमा रहेका केही एजेन्टले नै दादागिरी चलाएका हुन। एक कर्मचारीले भने “दादा” ले नचाहदैमा गाैर वडा नम्बर १ का केही परिवार वाहेक न लिलाम सकार गर्न पाउंछ ।

लिलामी सकार गरि सकेका समान समेत उठाउन सक्दैन्न। हामी सुचना टांस गरि रहेका हुन्छाै तर भन्सार एजेन्ट रुपी दादाको दहसतले गाैर बाहिर मानिसको सहज आवागमन नै छैन । भित्र आएर पनि के गर्ने समान लिन सकदैन । लिए पनि बाहिर लैजान सकदैन उनले भने । भन्सार विभागले दिएको राजश्व उठाउने लक्ष्य समेत यसै कारणले पूरा भईरहेको छैन ।कमि कमजोरीले ताेकेको राजश्व नउठनु देशकै आर्थिक नोक्सानी भईरहेका छन ।

भन्सारमा समान उठाउन अघाेषित सिन्डिकेट ताेडन सराेकारवालाकाे गम्भीर ध्यानाकर्षण हुन जरुरी रहेकाे कार्यरत कर्मचारीले माग गरेका छन । विभिन्न मुद्दामा पक्राउ गरि लिलाम लागि थन्क्याएर राखिएको करिब २ हजार माेटर साईकलले अस्तव्यस्त भएका छन ।गाैर भन्सार क्षेत्रमा रहेको प्रहरी चाैकी मोटर साइकलले पुरिएका छन ।

२१लाखको १३ सय बोरा युरीयामल १० लाख रुपैयामा लिलाम गरे पछी गाैर भन्सार कार्यालय निकै चर्चा पाएका छन । सो घटना बारे जिल्ला प्रशासन कार्यालय राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सहितले अनुसन्धान गरिरहेका छन ।

गाैर भन्सारको मल लिलामीमा समेत भन्सार एजेन्ट पवन साहले ठुलो चलखेल गरि हाल फरार रहेको जिल्ला प्रशासन कार्यालय राैतहट स्रोतले बताए । यसबारे भन्सार प्रमुख वादेव नेपाल संग बुझदा यहाँ दुई जना एजेन्ट छन । पवन साह र काैसल साह दुवैको कमिकमजोरी बारे सूक्ष्म तवरले अनुसन्धान हुने वताए ।

 

चन्द्रपुर,८ जेठ ।

जिल्लाको चन्द्रनिगाहपुरमा रहेको माछापुछ्रे बैकको शाखाबाट एक सेवाग्रहीको ९ लाख रकम गायब भएको छ । आईतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालीका(३ का रामेश्वरराय यादबको खाताबाट रहस्यमय तरिकाले रकम ९ लाख गायब भएको हो । अघिल्लो दिन सम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो । पुर्व वडा अध्यक्ष समेत रहेका यादवको खाताबाट एकाएक रकम गायव भएपछि दिनभर ठुलो संख्यामा आएका स्थानीय बासिन्दाले बैंक घेराउ गरेका थिए ।

बिहिबार बिहान उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमाजम्मा गर्न चेक (क्लिरियन्समा) दिएका थिए । शुक्रबार दिउसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाईलमा म्यासेज समेत आएको थियो । आईतबार ८ लाखको चेक लिएर साट्न गएका यादबको खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले जानकारी दिए पछि उनी मुर्छित भए ।

त्यस पछि उनी बैंकको शाखा प्रमुख रामजी दासलाई भेटर खाताबाट कसरी पैसा गायब भयो भनेर सोध्न थाले । प्रमुख दासले ह्याकरले पैसा लगेको जवाफ दिए । ‘ह्याकरले यादबको खाताबाट पैसा तानेको छ,‘दासलेभने,‘यसमा हामि केही गर्न सक्दैनौ ।’ सेवाग्रहीको खाताबाट रकम गायब भएको जानकारी पाए पछि पनि प्रमुख दास जिम्मेवारीबाट पन्छिन खोजेका छन् ।

दासले खातावालाई आफै पत्ता लगाउनु भने पछि बैंकमा पिडितका आफन्तले केही बेर होहल्ला गरेका छन् । त्यस पछि बैंकमा तनाब भएको थियो । साझ सम्म पिडितका आफन्तहरु ठुलो संख्यामा बैंकमा जम्मा भएका छन् ।
ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगे पछि घट्ना बारे अनुसन्धान थालेको जनायो । पिडित यादबले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाए ।

‘मेरो खाताबाट पैसा गायब भएको भनेर बिहानै जानकारी गराउदा समेत बैंक प्रमुख दासले बेवास्ता गरेका छन्,‘उनलेभने,‘खाताबाट धमाधम रकम निस्कदा बैंकले रोक्न सकेन् । यसैमा मिलोमतो छ ।’ यादबको खाताबाट पैसा निकालीएको सुचना पाए पछि प्रमुख दास चुप बसेका थिए । त्यस पछि पिडित आक्रोसित बनेका हुन् ।

उनको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाईल प्रयोग गरि रकम निकालेको पाइएको छ । यादबको खाताबाट निकालेको रकम सिटिजन, सानीमा बैंकमा टूान्सफर भएको प्रमुख दासले जानकारी दिए । बैंक स्टेटमेन्ट माग्दा समेत बैंकले आनाकारी गरे पछि शंकाको घेरामा राख्दै गायब भएको पैसा खोज्न दबाब दिएको हो । ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपि एकनारायण कोईरालाले यादबको खातबाट रकम गायब भएको बारे अनुसन्धान थाल्ने बताए । ‘हामि अतिनै सम्बेदनसिल भएर घट्नाको अनुसन्धान थाल्छौ,’ उनलेभने,‘यसमा जसजसको सलग्नता भेटिन्छ सबैलाई कानुनको दायरामा ल्याउछौ ।’

घट्ना बारे मधेशप्रदेशका डिआईजी जनक भटराईले समेत चासो देखाएका छन् । बृन्दावन नगरपालीकाका पूर्व मेयर रामस्नेही राय याबद एमाले नेता प्रेम शंकर यादब लगायत पिडितका आफन्तहरुले बैक प्रमुख दास जवाफदेही नभएको भन्दै माथिल्लो निकायमा जाने बताएका छन् । पिडित बै.क कर्मचारी बिच राती १० बजे सम्म पनि सहमती हुन नसकेपछि आज सहमती र अनुसन्धानको प्रक्रिया अगाडी बढाउने गरी राती कुरा मिलेको थियो ।तराई एक्सप्रेस

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।