२०८३ बैशाख १६
२०८३ बैशाख १६

 फल्गुण।३।वृन्दावन,रौतहट ।

माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने सरस्वती पूजा तथा वसन्त पञ्चमीको अवसरमा बुधबार वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले आफ्नो पालिका भित्रका सम्पूर्ण विधालयहरुमा सरस्वती माताको पुजा स्थलमा पुगी सरस्वती पुजा गरेर  वसन्त पञ्चमी मनाउनु भएको छ।

No description available.

बुधबार नगर प्रमुख कुर्मीले आफ्नो पालिका अन्तरगतको विभिन्न विधालय तथा शैक्षिक संस्थामाहरुमा अनुगमन तथा दर्शन गर्दै  उनले बिद्यालयलाई विद्याको मन्दिर ठानिने र विद्याकी देवी सरस्वतीको मन्दिर विद्यालय परिसरमा निर्माण हुँदा यसले बालबालिकालाई पठन लगावमा केन्द्रित गर्न बल पुग्ने अपेक्षा लिए। र विद्यार्थीहरूले सरस्वती वन्दना गर्दै भगवतीसँग विद्या, बुद्धि र विवेक प्राप्तिको इच्छा राखेका थिए ।

No description available.

शिक्षाकी अधिष्ठात्री देवी मानिने सरस्वतीलाई विशेषतः विद्यार्थी, कलाकार तथा सृजनाका क्षेत्रमा लागेका मानिसहरूले पुज्ने प्रचलन रहँदै आएकोछ भने सरस्वती पूजालाई श्रीपञ्चमी तथा वसन्त पञ्चमीको नामले पनि चिन्ने गरिन्छ ।

No description available.

नगर प्रमुख कुर्मीले बिधार्थीहरुको हौषसलाका निम्ति नगर भित्रका  हरेक बिधालयहरुमा आयोजित सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रमको लागि मा.वि.तहका बिधालयलाई,२५ हजार, नि.मा.वि. लाई १५ हजार र प्रा.वि.तहका बिधालयलाई १० हजार गरि सरस्वती पुजामा सहयोग स्वरूप रकम प्रदान गर्नुभएको छ।

No description available.

बुधबार निरक्षण तथा अनुगमन गर्ने क्रममा नगर प्रमुख कुर्मी लागायत सो पालिकाका प्रमुख प्रसासकिय अधिकृत रनजय पटेल,शिक्षा संयोजक उपेन्द्र महतो र नगरपालिकाका ईन्जिनियर दिलीप यादवको साथै विभिन्न शिक्षा प्रेमी तथा बुद्धिजीवीहरुको सहभागीता रहेको थियोे ।

No description available.

 

राैतहट,फाल्गुन ३।

वृन्दावन नगरपालिका वडा नम्बर -५ नगरकटियामा रहेको श्री राम जानकी आधारभुत विद्यालयमा चार कोठे विद्यालय भवनको निर्माण को लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

बुधबार वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले सरस्वती पुजा तथा वसन्तपन्चमीको अवसर पारी एक कार्यक्रमका बिच सो भवनको शिलान्यास गरेका हुन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार र नगर स्तरीय योजनाको २२ लाख ५० हजार गरि जम्मा ४५ लाखको लागतमा बन्ने सो भवनमा ब्रान्डा सहित ४ ओटा कोठाको निर्माण हुने भएको छ।

शिलान्यास पश्चात् नगरप्रमुख कुर्मीले,मानव जीवन जिउन र नगर र देश लाई समृद्ध बनाउनको लागि शिक्षा अपरिहार्य रहेकोले आफू शिक्षालाई विशेष प्राथमिकतामा राखेर अगाडि बढीरहेको बताए।

सोही कार्यक्रममा बोल्दै नगर प्रमुख कुर्मी, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको २२ लाख ५० हजार रकमले दुईवटा कोठा मात्रै पुगिरहेको तर सो विधालयमा चार ओटा कोठाको खाँचो रहेको कारणले गर्दा वडा अध्यक्ष फेकु दास लगायत समस्त बिधालय परिवार र स्थानीय जनताको आग्रहले आफुले आफ्नो नगर स्तरीय योजना बाट २२ लाख ५० हजार दिएर सो कार्य सम्पन्न गर्ने उदेश्यले सो शिलान्यास सम्पन्न गरेको बताउनुभयो ।

नगर प्रमुखको सो सराहनीय कार्यले त्यहाँका स्थानीय अत्यन्तै अर्षित भएका छन् भने सो बिधालयमा अध्यनरत बिधार्थीहरु अब नयाँ भवनमा अध्यन गर्न पाउने भएकोले खुशी व्यक्त गरेका छन्।

उक्त भवनको शिलान्यास कार्यक्रममा नगर प्रमुख कुर्मी लागायत सो वडाका वडा अध्यक्ष फेकु दास र प्रमुख प्रसासकिय अधिकृत रनजय पटेल, शिक्षा संयोजक उपेन्द्र महतो,जिन्सी शाखा तथा स्वास्थ्य शाखा प्रमुख रासनरायण पटेल,योजना प्रमुख हरिदुलाल र नगर पालिकाका ईन्जिनियर दिलीप यादव,कमलेश कुश्वाहाको साथै विभिन्न शिक्षा प्रेमी तथा बुद्धिजीवी र स्थानीयहरुको सहभागीता समेत रहेको थियोे।

आम्सटर्म, २ फागुन ।

नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री ड्राइस भान एग्ट र उनकी श्रीमती युजीन कानूनी इच्छा मृत्युबाट निधन भएको छ । दुवै जना लामो समयदेखि बिरामी थिए ।

 

चिकित्सकको सहयोगमा दुवैले अन्तिम सास फेरेका छन् र अन्तिम क्षणसम्म एकअर्काको हात समातेर साथ दिएको घटनाले यतिखेर नेदरल्याण्डमा शोकको अवस्था छ ।  नेदरल्याण्ड्सको एक कानूनी अधिकार संगठनका अनुसार उनीहरुलाई नजिकैको चिहानमा गाडिएको थियो ।

 

यूजीनले आफ्नो पूर्व पत्नीलाई धेरै माया गर्थे। केही वर्षअघि युजीनले भनेकी थिइन्– उनी अझै पनि मलाई मेरी केटी भन्छन् ।

 

श्रीमान एग्ट १९७७ देखि १९८२ सम्म नेदरल्याण्ड्सको प्रधानमन्त्री थिए। उनी क्रिस्चियन डेमोक्रेट पार्टीका सदस्य थिए। नेदरल्यान्ड्समा सन् २००० मा इच्छामृत्युलाई कानुनी मान्यता दिइएको थियो। यसअन्तर्गत  ‘निको नहुने रोगबाट पीडित वा स्वास्थ्यमा सुधारको सम्भावना नभएको’ व्यक्तिले इच्छा मृत्युका लागि अनुरोध गर्न सक्नेछन् ।

 

मिडिया रिपोर्टका अनुसार ६८ वर्ष सँगै बसेपछि एग्ट र युजीनले आफ्नो मृत्युको समय र दिन आफैं तय गरेका थिए । यस अवधिमा चिकित्सकहरूको प्यानल उपस्थित थियो।

 

एग्गेटलाई सन् २०१९ मा ब्रेन हेमरेज भयो। त्यही क्रममा उनले एउटा सेमिनारमा मन्तव्य दिइरहेका थिए । कयौं पटक पार्टीको सीमा नाघ्ने गर्थे । त्यसैले पनि विरोध भएको थियो । यही कारणले उनले २०१७ मा पार्टी छाडेका थिए ।  उनी इजरायलका विरोधी र प्यालेस्टाइनका कट्टर समर्थक थिए। यी दम्पतीका तीन सन्तान रहेका छन् ।

नेदरल्याण्डमा इच्छामृत्युः

नेदरल्याण्डमा इच्छा मृत्युको लागि स्वीकृति प्राप्त गरेपछि डाक्टरहरूले सामान्यतया सम्बन्धित व्यक्तिको घरमा अन्तिम मिनेट प्रक्रिया गर्छन्। यस क्रममा बिरामीलाई विशेष प्रकारको इन्जेक्सन दिइन्छ र केही मिनेटमै उनको सास रोकिन्छ।

 

विशेष कुरा यो हो कि यो मामिला मृत्यु पछि पनि छानबिन हुन्छ। चिकित्सकको अलिकति पनि लापरवाही देखिए १२ वर्षसम्म कैद हुनसक्छ । २०२२ मा नेदरल्याण्डमा कुल ८५०१  मानिसहरूले यस कानूनी विधि मार्फत आफ्नो जीवन बलिदान दिएका छन् । न्युज कारखाना

दुबइ, २ फागुन ।

संयुक्त अरब इमिरेटसमा बनेका हिंदू मंदिरको १४ फरवरीमा भारतको पीएम नरेंद्र मोदी उद्घाटन गर्ने भएका छन ।

 

सो मन्दिर निर्माण संस्था बिएपीएसले आफ्नो आधिकारिक टविटर ह्यान्डलबाट भिडियो सेयर गरेको छ। जहाँ यस भिडियोमा मन्दिरको निर्माण कसरी भयो ? भनेर देखाउने प्रयास गरिएको छ ।

 

मन्दिर निर्माण गर्ने बापिएस स्वामि नारायण संस्थाले हिन्दु मन्दिरको निर्माण निकै तीव्र गतिमा भएको बताएको छ । कोभिडको समयमा मन्दिर प्रशासनले यूएई र भारतबाट अरब इमिरेट्समा धेरै मानिसहरूलाई मद्दत गरेको थियो ।  मन्दिरको निर्माण सम्पन्न हुनुअघि नै चाडपर्वमा हजारौं मानिस मन्दिर परिसरमा भेला हुन थालिसकेका छन ।

 

अरब इमिरेट्समा करिब ७०० करोडको लागतमा गुलाबी बालुवा र सेतो संगमरमरले हिन्दू मन्दिर निर्माण गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो मन्दिरको उद्घाटन १४ फेब्रुअरीमा गर्ने छन् । उदघाटन अघि मन्दिरमा विभिन्न अनुष्ठान गरिने छ ।

 

यो मन्दिर सुरुमा अरब इमिरेट्सको अबु मुरिखा क्षेत्रमा ५.४ हेक्टर जमिनमा बनाइएको थियो । मन्दिर परिसरलाई पछि सामुदायिक हल र पार्किङ क्षेत्रहरू समावेश गर्न १० हेक्टरमा विस्तार गरिएको थियो। मन्दिरमा स्थापित सबै मूर्तिहरू हातले बनाएर कोरिएका छन्।

 

एक समाचार अनुसार मन्दिर निर्माण गर्ने बिएपिएस स्वामि नारायण संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख स्वामी ब्रह्मविहारीदासले भने, ‘सद्भाव र सहिष्णुता युएईको आत्मा हो।’ उनका अनुसार सो मन्दिरले दुई देशबीच शान्ति प्रवर्द्धन गर्ने बताए । यो यूएई र भारत बीचको घनिष्ठ सम्बन्धको प्रतीक पनि हुने उनको भनाइ छ ।

 

यस मन्दिरको शिलान्यास सन् २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए, अब उनले नै यस मन्दिरको उद्घाटन पनि गर्नेछन् । सो हिन्दू मन्दिरको उचाइ १०८ फिट रहेको बताइएको छ । मन्दिरमा ४० हजार घनमिटर संगमरमर र १ लाख ८० हजार घनमिटर बालुवा ढुङ्गा प्रयोग गरिएको छ । मन्दिर वैदिक वास्तुकलाको आधारमा डिजाइन गरिएको हो।
न्युज कारखाना

काठमाडाैं, २ फागुन ।

वसन्त पञ्चमी अर्थात सरस्वती पुजाकाे धार्मिक महत्व ठूलो रहेकाे छ । प्रत्येक वर्ष माघ शुक्ल पक्षको पञ्चमीका दिन वसन्त पञ्चमी मनाइन्छ । यस दिन कला, वाणी र विद्याकी देवी माता सरस्वतीको पूजा आराधना गरिन्छ । देवी माताको पुजा गर्नाले बौद्धिकता बढ्छ र कलात्मक गुण बढ्छ भनिन्छ । यस वर्ष बसन्त पञ्चमी फागुन २ गते परेकाे छ ।

 

यस वर्ष वसन्त पञ्चमीका दिन रेवती र अश्विनी नक्षत्रको शुभ संयोग बनिरहेको छ । बसन्त पञ्चमीका दिन माता सरस्वतीको जन्म भएको जनविश्वास छ । यस्तो अवस्थामा माता सरस्वतीको पूजा मन्दिरमा मात्र होइन, शैक्षिक संस्थामा पनि गरिन्छ । वसन्त पञ्चमीमा पूजा गर्ने भक्तहरूले कुन कुराको विशेष ख्याल राख्नुपर्छ र के-कस्ता कुराहरूबाट बच्नुपर्छ, जान्नुहोस्।

बसन्त पञ्चमीमा के गर्ने र के नगर्ने रु
 

– वसन्तपञ्चमीको दिन नुहाई नगरी खाना खानु राम्रो मानिदैन । यस दिन बालबालिकालाई नुहाई नगरी विद्यालय पठाउनु हुँदैन ।

– यस दिन कालो रंगको लुगा लगाउनु हुँदैन । पहेँलो रङलाई माता सरस्वतीको प्रिय रङ मानिन्छ, त्यसैले बसन्त पञ्चमीको पूजामा पहेँलो रङको ठूलो महत्व छ । यस दिन देवी सरस्वतीलाई पहेंलो फूल चढाउनु पनि धेरै शुभ मानिन्छ र उहाँलाई पहेँलो रंगको प्रसाद चढाउन सकिन्छ।

 

– यस दिन बच्चाहरूलाई पूजामा बसाउनु धेरै शुभ मानिन्छ। माता सरस्वतीको पूजा गर्दा बालबालिकालाई पहेँलो वस्त्र लगाउनु पर्छ ।

 

– यस दिन पहेँलो रंगको चामल चढाउनु अति शुभ मानिन्छ। पहेंलो लड्डू र पेठा पनि भोगको रूपमा चढाउन सकिन्छ र प्रसादको रूपमा वितरण गर्न सकिन्छ।

 

– वसन्त पञ्चमीको दिन बोलीमा नियन्त्रण गर्ने भनिएको छ । यस दिन कसैलाई गाली गर्नु हुँदैन र मनमा नराम्रो विचार ल्याउनु हुँदैन।

 

– यस दिन तामसिक भोजन त्याग्नु पर्छ। तपाईंले रूखहरू र बोटबिरुवाहरूलाई नोक्सान गर्नबाट जोगिनु पर्छ र आफ्नो नोटबुक र किताबहरू सम्मानपूर्वक राख्नुहोस्। न्युज कारखाना

काठमाडौं, २ फागुन ।

ज्ञान, बुद्धि, प्रतिभा, स्मरण शक्ति, वाक शक्ति, सोच र निर्णय शक्ति प्राप्त गर्ने एकमात्र सरल उपाय देवी सरस्वतीको पूजा गर्नु हो । कोही ज्ञान आर्जन गरेर कवि बन्न चाहन्छन्, कोही गायक बन्न चाहन्छन्, कोही लेखक बन्न चाहन्छन् वा निजामती सेवामा भर्ना हुन चाहन्छन् भन्ने फरक कुरा हो । तर यी सबै क्षेत्रहरू सरस्वतीद्वारा मात्र शासन गरिन्छ। त्यसैले हरेक क्षेत्रमा उहाँको आशीर्वाद आवश्यक छ।

 

सरस्वतीको जन्मसँगै पृथ्वीमा ज्ञानको शुरुवात भयो। सरस्वती प्रकट भएको दिन बसन्त पञ्चमी थियो। यस वर्ष यो पर्व १४ फेब्रुअरी बुधबार हो । कुनै पनि शिक्षा सम्बन्धी वा नयाँ पाठ्यक्रम बसन्त पञ्चमीमा सुरु गर्नुपर्छ। आजको दिन शुभ समय अज्ञात भएकाले विवाह तथा कुनै नयाँ कार्यको थालनी गर्न सकिनेछ । यो ज्ञानको उत्सव हो। सकेसम्म ज्ञान हासिल गरौं। जति धेरै ज्ञान हुन्छ, जीवनको सङ्घर्ष त्यति नै सजिलो हुँदै जान्छ।

सरस्वती पूजाको शुभ समयः 
पञ्चमी तिथी २ फागुन राती २ बजेर ५४ मिनेटमा सुरु हुनेछ र अपरान्ह १२ः२० बजे समाप्त हुनेछ। यस्तो अवस्थामा उदयतिथि अनुसार फागुन २ गते मात्रै बसन्तीको पर्व मनाइने भएको छ । यस दिन लाभ र अमृत मुहूर्त बिहान ७ बजेदेखि ९ बजेसम्म हुनेछ ।

 

शुभ योग मुहूर्तः साँझ ५–१५ देखि ६–१५ सम्म।

 

बसन्त पञ्चमी पूजा विधि

१. बसन्त पञ्चमीको दिन बिहान उठेपछि सबैभन्दा पहिले पृथ्वी मातालाई छुनुहोस् र नमन गर्नुहोस्।
२. नुहाईसकेपछि पहेँलो रंगको कपडा धारण गर्नुहोस्, पहेँलो रङलाई समृद्धि र ऊर्जाको प्रतीक मानिन्छ।
३. माता सरस्वतीको मुर्तिलाई गंगा जलले धुनुहोस् र पहेँलो वा सेतो रंगको कपडा लगाउनुहोस्।
४. माता सरस्वतीको मूर्तिमा चन्दनको तिलक, बेसार, फलफूल, फूल, रोली, केसर र चामल चढाउनुहोस्।
५. आमालाई दही र हलवा र बुन्डी लड्डु चढाउनुहोस्।
६. सरस्वतीको चरणमा कलम र किताब राखेर ‘ऊँ ऐं ऐं ऐं महासरस्वत्याय नमः’ १०८ पटक जप गर्नुहोस् । न्युज कारखाना

काठमाडौं, २ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।

 

पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो उदघाटन गरेको सो अधिवेसनमा आज २० वटा समुहले आ-आफ्नो प्रस्तुति दिनेछन् ।
महासचिव देवप्रसाद गुरुङले हिजो गठन गरिएका २० वटा समूहले प्रस्तावित बिधानमा छलफल गरिसके पछि आज प्रस्तुतिकरण हुन लागेका हो । अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकि दिएका छन।

 

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ । न्युज कारखाना

काठमाडौं, २ फागुन ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहको छ।

 

दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि सुदुरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने कोशी र मधेस प्रदेश लगायत  बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी,  बागमती र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ। न्युज कारखाना

काठमाडौं,१ फागुन ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीका एक शिक्षिकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

कास्कीको पोखरा महानगरपालिका–८ को श्रीराम प्राथमिक विद्यालयको प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध आज मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

शिक्षक शर्माले भारतको उत्तर प्रदेशबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेस गरी शिक्षक पदमा नियुक्त भएको अख्तियारले जनाएको छ।न्युज कारखाना

भक्तपुर १ फागुन ।

भक्तपुर युवा टिम गोल्मढी भक्तपुर ७ को आयोजनामा तेश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलन गरी यो वर्ष फागुन १८ गतेदेखि २६ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरिएको जानकारी गराइयो । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित महेश्वरी खेल मैदानमै हुनेछ।

आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा प्रथम हुने विजेतालाई एक लाख २५ हजार र द्धितीय हुने उपविजेता टिमलाई ६५ हजार नगद पुरस्कार दिने निर्णय भएको जानकारी गराए। प्रतियोगितामा सहभागी हुने टिम क्लवले दर्ता शुल्क १२ हजार पाँंच सय तोकिएको उनले जनाए। खेल अवधिभर खेलाडीहरूको विमाको जिम्मेबारी आयोजक टिमले लिने उनले सुनाए।

पत्रकार सम्मेलनमा युवा टिमका संस्थापक अध्यक्ष एवम् सल्लाहकार विश्वराम कवां, अर्का सल्लाहकार एवम् भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसी, पूर्व अध्यक्ष  तुल्सीराम ग्वाछा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टिमका सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले प्रतियोगिताका विविध विषयहरुबारे चर्चा गरे।

प्रत्येक वर्ष निरन्तर दुई पटकसम्म सफलतापूर्वक प्रतियोगिता गरेको युवा टिमले तेश्रो संस्करण आयोजना गर्ने जानकारी गराएको हो । भक्तपुरमा फुटबलमय वातावरण सिर्जना गर्ने उद्देश्यअनुरुप तेस्रो संस्करणको प्रतियोगिता गर्ने निष्कर्षमा आयोजक टिम पुगेको बताइयो । प्रतियोगितालाई सफल बनाउन गत वर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ।

भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन मित्रता अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो। टिमले पहिलो पटक  २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला पहिलो भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । दोश्रो पटक २०७९ फागुन ५ देखि १३ गतेसम्म सफलतापूर्वक सम्पन्न गरेको थियो।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।