पर्सा, ८ फागुन ।
पर्सामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नेगरी ५ बुँदे सहमति भएको छ ।
रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर सोमबार वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फूयू जारी गरेपछि उत्पन्न समस्या समाधान गर्न ५ बुँदे सहमति गरिएको हो ।
मंगलबार बसेको सर्वपक्षीय छलफलमा वीरगञ्जसहितका स्थानमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नेगरी ५ बुँदे सहमति भएको हो ।
यही हुन् सहमति जुटेको ५ बुँदा
१. सयौँ वर्षदेखि कायम रहेको जात–जाती, भाषा, धर्म, समुदाय सम्प्रदायबीचको एकतालाई अझ मजबुत गराई नेपाली जनतावीचको सुसम्वन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने सामूहिक प्रतिवद्धता गर्ने ।
२. एकअर्काको आस्थाको केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै यस्ता स्थान तथा धार्मिक स्थलहरुमा नाराबाजी, जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने । यस किसिमका गतिविधि गर्ने जो सुकैलाई प्रचलित कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्ने ।
३. जिल्लाभित्र खुलमखुला रुपमा डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुश निकाल्ने लगायतका कृयाकलाप गर्नेविरुद्ध कानुन बमोजिम कारबाही गर्न प्रशासनसमक्ष अनुरोध गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने ।
४. जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सदभाव विगार्ने एवं दृन्दलाई उक्साउने प्रकारका अवान्छित गतिविधिहरु, धार्मिक सम्प्रदायिक याली, जुलुश, बन्द हडताल लगायतका कुनै पनि गतिविधिहरु कुनै पनि संघ, संस्था एवं समुदायले नगर्ने । यसमा सबै राजनितिक दल, स्थानीय तह, नागरिक समाज, संघ, संस्था एवं सरोकारवालाहरुले सहयोग गर्ने ।
५. सामाजिक सञ्जालमा कुनै पनि जात, धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने गराउने उपर प्रशासनबाट कानुन बमोजिम कडा कारवाही गर्ने ।न्युज कारखाना
सर्लाही, ८ फागुन ।
सर्लाहीको बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । सर्लाहीकोे पहिचान र बागमती नगरपालीकाको गौरवको रुपमा हुन लागेको शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्घाटनका लागि फागुन १२ गते उद्घाटन गर्न माओबादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सर्लाही आउने भएका छन् ।
नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक गुणस्तरमा उल्लेख्य सुधार गरेको बागमती नगरपालिकाले फागुन १२ गते शनिबार वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरेको बागमती नगरपालिकाले जनायको छ । “शिक्षा, स्वास्थ्य, रोजगार, त्यसैकालागि पूर्वाधार” भन्ने मूल नारा सहित सामुदायिक विद्यालयहरुको रुपान्तरण अभियान अन्तर्गत बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल पुरीले बताए ।

शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन नगरपालिकाले शैक्षिक महोत्सव आयोजना गरियको बागमती नगरपालिका नगर प्रमुख भरत थापाले बताए । उनका अनुसार समुदाय र अभिभावकको अपनत्वमा सामुदायिक विद्यालय रुपान्तरण गर्ने ऐतिहासिक आन्दोलन हुने र नेपालमै पहिलो पटक सामुदायिक विद्यालयका तीन हजार भन्दा बढी विद्यार्थीहरुको सहभागितामा एकै पटक सामुहिक नृत्य प्रस्तुत समेत गर्ने तयारी भएको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम कार्कीले जानकारी दिए ।
एक दिन हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनी शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने छ । बागमती नगरपालिकाले नगरभित्रका समुदायलाई सामुदायिक विद्यालयसँग जोड्ने प्रयास स्वरूप १० हजार अभिभावकको आ–आफ्नो सांस्कृतिक झल्किने भेषभुषामा झाँकी सहितको प्रस्तुति रहनेछ । हरेक विद्यालय,टोल र वडाबाट आ-आफ्नो सांस्कृतिक पहिचानको पोशाक तथा नाचगानसँगै हामी सुधार गछौं, हाम्रो विद्यालय“ जस्ता नारा सहित अभिभावक उपस्थित रहने बागमती नगरपालिकाको शिक्षा शाखा मीनप्रसाद उपाध्यायले बताए ।
विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने भएकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सवमा उपस्थित हुन पनि नगरपालिकाको शिक्षा शाखाले अनुरोध गरेको छ । वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने करिब २५ लाख खर्चलाग्ने अनुमान गरिएको बागमती नगरपालिकाले जनाएको छ ।न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
राप्रपा लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गौतमबुद्ध साझेदारी वनमा व्यवस्थापन समितिको अध्यक्ष रहँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहितका व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यादवसँग २९ लाख १२ हजार १९३ रुवैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरी विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए। आर्थिक वर्ष २०७४/२०७५ र आर्थिक वर्ष २०७५/२०७६ मा ३७ हजार क्युफिट काठ काटेर ठेक्का स्वीकृति गर्ने क्रममा वन कर्मचारीहरूसँग मिलेमतो गरी यादवसमेतले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।
मुद्दा दायर भएकामा तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्कीलगायत छन्।न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । सोही क्रममा बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका छन् ।
बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै उनले तर, यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न भनेका हुन् ।
‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु । किन, एकछिन मोबाइल नहुँदा केही हुन्छ र ? मसँग मोबाइल छैन त भएको छ त, चलेको छ त,’ ओलीले कडा स्वरमा भने, ‘कराउन दिने हो, मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि । अलिकति बैठकमा अनुशासन राखौँ न हो ।’ न्युज कारखाना
काठमाडौँ, ८ फागुन ।
क्यानडा- ११ ले नेपाल ए लाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको क्यानडा- ११ ले ४९.५ ओभरमा अलआउट हुदै २४० रन बनाएको हो ।
क्यानडाका लागि श्रेयस मोभ्भाले सर्बाधिक ६८ रन बनाएका थिए । त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए ।
त्यसैगरी नेपाल ए का बलर शहाब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २-२ विकेट लिएका थिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए ।न्युज कारखाना
रौतहट ८ फागुन ।
रौतहटको गुजरा नगरपालिका–५ स्थित जनजागृति आधारभूत विद्यालयको अभिभावक भेला चौथोपटक पनि स्थगित भएको छ ।विद्यालय व्यावस्थापन समिति गठनका लागि विद्यालयमा सोमबार भएको अभिभावक भेला बिना कुनै निर्णय स्थगित भएको थियो । व्यवस्थापन समितिका लागि अभिभावकहरूबाट दुईजना महिला छनौट गर्ने विषयमा अभिभावकबीच सामन्य भानभन हुँदा चौथोपटक अभिभावक भेला स्थगित गरिएको थियो।
शिक्षा नियमाबली २०५९ को दफा १२ को उपदफा १ को खण्ड क बमोजिम बोलाइएको अभिभावकहरूबाट दुईजना महिला सदस्यसहित चारजना छनौट गर्नुपर्ने कानुनी व्यवस्था छ ।
अभिभावकहरूबाट चारजना महिलाको नाम आएको र चारैजना समितिमा बस्ने अडान लिएको र दुईजनामा सहमति गर्न भनेपछि सामान्य भनाभन भएको थियो । अभिभावक नै नभएको व्यक्ति समर्थक हुन नपाउने प्रश्न उठेपछि विवाद भएकोमा शिक्षक प्रतिनिधि एवं नगर शिक्षा संयोजक शिवमंगल साहले भेला स्थगित गरेको प्राध्यानाध्यापक आमानुल हकले बताए ।
निर्वाचन प्रक्रियामा नगई सहमतीय प्रक्रियाबाट सदस्य छनौट गर्ने प्रयास जारी रहेको क्रममा चौथोपटक सहमतिको वातावरण नदेखिएपछि अर्को सूचना नआएसम्मको लागि अभिभावक भेला स्थगित गरिएको प्रधानाध्यापक हकले जानकारी दिए ।
स्थानीय अभिभावक संजय साहले षड्यन्त्रपूर्वक अभिभावक भेला पटक पटक स्थगित गर्दै आएको आरोप लगाएका छन् । विद्यालयमा कार्यरत शिक्षकहरू विद्यार्थीको अध्ययनअध्यापनतर्फ ध्यान नदिएर दिनभरि गफ गरि बस्ने गरेको बताउँदै विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कार्य गर्ने गरेको आरोप लागेको छ ।
शिक्षाको स्तर बढाउने कार्य नगरी राजनीतिक गर्ने गरेको शिक्षकलाई विद्यालयबाट हटाउनुपर्ने स्थानीय अभिभावकहरुले माग गरेका छन् । हरिहरपुरका राम आशिष साहले केही शिक्षकहरू स्वयं विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको आरोप लगाए ।
उक्त विद्यालयको अभिभावकमध्ये ७५ प्रतिशत अभिभावक व्यवस्थापन समिति गठन गराउन प्रयासरत छन् । तर, केही जनप्रतिनिधि आफ्नो नजिकको मानिसलाई समितिको अध्यक्ष बनाउन विभिन्न षडयन्त्र गरेर पटकपटक अवरुद्ध गर्दै आएको पूर्व गाविस अध्यक्षसमेत रहेका साहले बताए ।
जनजागृति आधारभूत विद्यालय हरिहरापुरमा लामो समयदेखि विद्यालय व्यवस्थापन समितिको अभावमा पठनपाठनदेखि विद्यालयको सम्पूर्ण अवस्था दयनीय भएको अभिभावकले गुनासो गर्दै आएका छन् ।न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवताविरुद्धको अपराधमा सजाय घटाउन नहुने बताएका छन् ।
मंगलबार एमालेको केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले मानवताविरुद्धको अपराधको मुद्दामा सजाय घटाउन नहुने बताएका हुन् । स्वच्छचारी ढंगले मानवताविरुद्धको अपराधमा सजाय घटाउने कार्य भएको भन्दै उनले यसप्रति आपत्ति जनाए ।
पीडितको पक्षमा आफूहरु रहेको भन्दै उनले पीडितलाई केन्द्रमा राखेर शान्तिप्रक्रिया टुंग्याउनुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा शान्तिप्रक्रिया टुंग्याउन खोज्दा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेको उनको भनाइ छ ।
न्युज कारखाना
काठमाडौं, ८ फागुन ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन् । अहिले उनले बैठकलाई सम्बोधन गरिरहेका छन् ।

मंगलबारदेखि बिहीबारसम्म तीनदिन बैठक चल्नेछ । न्युज कारखाना

काठमाडौं, ८ फागुन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले निवेदन दिएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नहुने बताएकाा छन् ।
सामाजिक सञ्जालमार्फत् उनले भ्रष्ट शासकहरूसमक्ष निवेदन दिएर, ज्ञापनपत्र बुझाएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नहुने बताएकाक हुुन् ।
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका पक्षधरहरुले संयुक्त रुपमा आन्दोलनमा उत्रिनुपर्ने उनको भनाइ छ ।
‘भ्रष्ट शासकहरु समक्ष निबेदन दिएर, ज्ञापनपत्र बझाएर, अनुनय विनय गरेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुँदैन, हुनसक्दैन । गत १७ वर्ष हामीले त्यो अभ्यास गरिसकेका छौं।त्यो प्रयास काम लागेन। अन एक्लैएक्लै वा आ–आफ्नो ढंगबाट आन्दोलन गरौँ भन्नु प्रकारान्तरले भ्रष्ट व्यवस्थालाई निरन्तरता दिनु हो। राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको आन्दोलनलाई तुहाउने काम गर्छ। त्यसैले सबै राष्ट्रवादीहरुले एकठाउँमा उभिएर,एउटै मोर्चा बनाएर जानुपर्छ,अर्को विकल्प छैन,’ उनले भने ।
न्युज कारखाना
रौतहट, ८ फागुन ।
जिल्ला प्रशासन कार्यालय रौतहटले सामाजिक सद्भाव कामय राख्न अपील गरेको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विज्ञप्ति जारी गरेर सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् । सर्वपक्षीय छलफलको निर्णयअनुसार ईशनाथ–७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ती विसर्जन गरिएको भन्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् ।
‘मिति २०८०।११।०५ गते ईशनाथ न.पा.–७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादको सम्बन्धमा मिति २०८०।११।०७ ग प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रतिनिधि सभा सदस्य माननीय किरण कुमार साह, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव, प्रदेश सभा सदस्य माननीय मो. जैद आलम, संविधान सभा सदस्य माननीय सुरेन्द्र जसयवाल, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी बल नं.२ मधेश प्रदेशका सशस्त्र प्रहरी नायब, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालयका अनुसन्धान निर्देशक, ईशनाथ नगरप्रमुख कौशल्या देवी, राजपुर नगरप्रमुख डा. मो. राजीक आलम, ईशनाथ नगरउपप्रुख मो.प्रवेज, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु तथा सम्पूर्ण राजनितिक दलका प्रतिनिधिहरु, विभिन्न पदका प्रत्यासीहरु, हिन्दु मुस्लिम दुवै समुदायका अगुवाहरु, नागरिक समाज, पत्रकार, संचारकर्मी एवं सम्बन्धित सरोकारवाला पक्षहरु समेत सम्मिलित सर्वदलीय÷सर्वपक्षीय बैठकबाट छलफल भई सरस्वती पूजाको मूर्ती विसर्जन तत्काल गर्ने निर्णय भए बमोजिम शान्तिपूर्ण एवम् सौहार्दपूर्ण वातावरणमा अन्यन्तै हर्षोल्लास साथ मूर्ती विसर्जन गर्ने कार्य सम्पन्न भएकोमा उल्लेखित महानुभावहरुले सामाजिक सद्भाव राख्ने कार्यमा निर्वाह गर्नुभएको अहम् भूमिकाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै अगामी दिनहरुमा समेत यस्तै साथ सहयोगको अपेक्षा राख्दछौँ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्युज कारखाना