काठमाडौं, १० फागुन ।
नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ ।
गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँचवटा प्रतिवेदनमाथी हिजो समुहगत छलफल सकिए पछि आज सभापति शेरबहादुर देउवासहितले जवाफ दिनेछन ।
गोदावरी, ललिलपुरमा जारी महासमिति बैठक सभापति देउवाको जवाफसहित आजै सम्पन्न हुने प्रचार बिभाग प्रमुख मिन बिश्वकर्माले जानकारी दिए । उनका अनुसार हिजाको समुहगत छलफल पछि तीन ठाउँवाट सुझाव संकलन गरिएको थियो । जसअनुसार गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना र अर्को थप हलमा ९० जना सदस्यहरूले सुझाव दिएका छन । सो सुझावको आज सभापति देउवा, उपसभापति पुर्णबहादुर खडका र महामन्त्री गगन थापालगायतले जवाफ दिने कार्यक्रम रहेको छ ।
महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको थियो । जसअनुसार उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन पेश गरे पछि बिभिन्न समुह बनाइ छलफल गरिएको थियो ।
हरेक सदस्यलाइ ५ मिनेट समयमा धारणा राख्न दिइएको थियो । जसकाे जवाफ दिएर महासमिति बैठक समापन गरिने भएकाे छ ।न्युज कारखाना
काठमाडौं, १० फागुन ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। साथै गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी, मधेश र बागमती प्रदेश लगायत पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी र मधेश प्रदेश लगायत पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।न्युज कारखाना
काठमाडौं १० फागुन ।
सर्वोच्च अदालतले राजनीतिमा आरक्षणको माग गर्दै दायर रिटलाई अग्राधिकार दिएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहुँच नै स्थापित हुन नसक्ने निर्वाचन पद्धतिले अन्यायमा परेको भन्दै दायर रिटलाई अग्राधिकार दिइएको सर्वोच्च प्रशासनले जनाएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालका अध्यक्ष माया गुरुङ्ग समेत पाँच जनाले दायर गरेको रिट चाँडो टुङ्गो लगाउनु पर्ने प्रकृतिको देखिदा अग्राधिकार प्रदान गरिएको अदालतले जनाएको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले दिएको आदेशमा लेखिएको छ,‘प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा चाँडो टुङ्गो लगाउनु पर्ने प्रकृतिको देखिँदा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरिदिएको छ।

नियमानुसार पेस गर्नु।’ इजलासले म्याद सूचना तामेल भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीहरूले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ। ‘यसमा के कसो भएको होरु निवेदनको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने होरु माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद, प्रमाण सहित म्याद सूचना तामेल भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीहरूले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नुहोला भनी आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी रितपूर्वक तामेल गराई लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नुहोला’आदेशमा लेखिएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सम्बन्धी नेपालमा विद्यमान कानुनहरू संशोधन गर्ने अभियानको एउटा महत्त्वपूर्ण ऋखंला अनुसार विभेदकारी निर्वाचन ऐन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले बताए। सूचीकृत अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायलाई आरक्षण दिए जस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पनि राजनीतिमा आरक्षणको माग गरेको उनले बताए। संविधान लागु भएको आठ वर्ष बितिसक्दा समेत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट, सङ्घीय संसद्, प्रदेश सभा समेतमा उपस्थिति नै शून्य रहेको छ।
मायाको पहिचान नेपालका अध्यक्ष माया, उपाध्यक्ष देवेन्द्रबहादुर खत्री ९मधु०, सचिव सुरेन्द्र पाण्डेसहित पाँच जनाले गत बुधवार सर्वोच्च अदालत परमादेश समेत माग गरेर रिट दायर गरेका थिए। रिटमा शुक्रवार सुनुवाइ भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय संसद् सचिवालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको रिटमा राज्यका विभिन्न तहको निर्वाचन मार्फत जनप्रतिनिधिको हैसियतमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूहको प्रतिनिधित्व हुन नसकेको उल्लेख गरिएको छ।
ओम प्रकाश यादव गरुडा समाचारदाता फागुन ९ गते, रौतहट ।
रौतहटको बृन्दावन नगरपालिकाको एक विद्यालयको पोखरीमा करोडौंको लागतमा कलापतिमाइको विशाल मन्दिर निर्माण हुने भएको छ । वृन्दावन नगरपालिका वार्ड नं -६ स्थित श्री रूपा नेपाली पाल माध्यमिक विधालय सखुअबा धमौराको नाममा दर्ता रहेको शिशवा, कमलपटी र चमनपुरको बिचमा रहेको पोखरीमा कलापतीमाईको मन्दिर निर्माणका लागि आज शिलान्यास गरिएको छ ।
बृन्दावन नगर प्रमुख बिनोद प्रसाद कुर्मिले आज बुधबार एक कार्यक्रम बीच उक्त मन्दिरको शिलान्यास गरेका हुन । सो ठाउँमा देविको बास रहेको र पोखरीको डिल भित्र मन्दिरको स्वरुप पटक पटक देखा परेकोले कलापातिदेविको मन्दिर निर्माण गर्न लागिएको जनता समाजवादी पार्टी नेपालका युवा नेता राजकुमार दास तत्माले जानकारी दिएका छन । धार्मिक र सामाजिक काममा लगनशील रहेका युवा नेता दासकै पहलकदमिमा सो मन्दिर निर्माण हुन लागेको छ ।
करोडौंको लागतमा अत्याधुनिक सुबिधा सम्पन्न मन्दिर निर्माण हुने उनले बताए । मधेस प्रदेशका दलित बिकाश समितिका सदस्य समेत रहेका जसपा नेता राजकुमार दासका अनुसार उक्त कलापतीमाई देवीको मन्दिरको पुरानो इतिहास रहेको छ ।
नेता दासले भने, उक्त ठाउँमा पहिला बरगजको विशाल रुख थियो, त्यहाँ अहिले पनि असाढ महिनामा त्यस पोखरी नजिक रहेका किसानहरू अनिवार्य रुपमा पूजापाठ गरेपछि मात्र खेतिपाती गर्ने चलन छ ।, उक्त देवीलाई नमानी अटेरि गर्नेलाइ नोक्सानी हुने गरेको उनले बताए । देवीलाई पुजा गर्ने पुजारी सुखाडी साहका अनुसार त्यस पोखरीको डिल भित्र मन्दिर रहेको स्वरुप पटक पटक देखेपछि उक्त ठाउँमा मन्दिर निर्माण गर्न शिलन्यास गरिएको हो ।
शिलान्यास कार्यक्रमको अवसरमा नगर प्रमुख बिनोद प्रसाद कुर्मी , समाजसेवी राजकुमार दास तत्मा , गजेन्द्र प्रसाद पाल, रामबाबु दास, संजय कुमार साह, पूर्व मुखिया तथा मेयर प्रत्याशी बैनाथ राउत भेडिहर, पूर्व वडा अध्यक्ष जयमंगल पण्डित,समाजसेवी रमज्ञा ठाकुर, तेजनारायण ठाकुर ,भूपेन्द्र दास, परशुराम ठाकुर लगायत सयौं ब्यक्तिहरुको उपस्थिति रहेको थिए। मन्दिरको शिलान्यास धमौरा मठका पुजारी रामचन्द्र दासका उत्तराधिकारी महराजि विन्दा दासको कर कमलबाट सम्पन्न भएको नेता राजकुमार दासले जानकारी दिएका छन् ।
चितवन, ९ फागुन ।
इयुको सहयोगमा क्रीएसन नेपालले ग्रीन सिफ्ट परियोजनाको भब्य शुभारम्भ गरेका छन ।
बुधबार भरतपुरमा आयोजित एक भब्य कार्यक्रमको बिच सो परियोजनाको समुदघाटन गरिएको हो । बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री मसिना खड्का र बिशिस्ट अतिथी इयुका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले सामुहिकरुपमा परियोजनाको उदघाटन गरिन ।
ग्रीनसिफ्ट परियोजना वाग्मती, मधेस र लुम्बिनी प्रदेशका प्रत्येकका ३-३ स्थानीय तह गरी जम्मा ९ स्थानीय तहमा चार बर्षसम्म सञ्चालन हुनेछ। यस परियोजनाको प्रमुख उदेश्य सर्कुलर अर्थतन्त्रमा न्यायोचित संक्रमणलाई प्रवर्द्धन गर्नु रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथी वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले नेपालमा फोहोरमैला व्यवस्थापन र फोहोरमैला मजदुरको समस्या समाधानका लागि क्रीएसन नेपालले गरेको सामूहिक प्रयासको प्रशंसा गर्दै खुशी व्यक्त गरिन् । उनले आगामी वर्षहरूमा यस परियोजनाले ल्याउने सकारात्मक परिवर्तनहरू हेर्न उत्सुक रहेको बताउँदै परियोजनालाई पुर्ण कार्यान्वयन गर्न बागमती प्रदेश सरकार पूर्ण रूपमा सहयोग गर्ने बताइन ।
त्यस्तै, कार्यक्रमका बिशिस्ट अतिथि नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलको सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले प्लाष्टिक फोहोरको परिक्रमा प्रवर्द्धन गर्न युवाहरूको जीवनशक्तिलाई सदुपयोग गर्नु पर्ने बिषयमा जोड दिइन । उनले भनिन, यो परियोजना युरोपेली संघको प्राथमिकताको विषय हो। तीन प्रदेशको ९ स्थानिय तहमा आगामी चार वर्षको अवधिमा संचालित परियोजनाबाट रुपान्तरणका प्रयासहरू देख्न आफु आतुर रहेको आशा ब्यक्त गरिन ।
त्यसैगरी, पूर्व संघिय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले आयोजनाको शुरुवात गज्जब लागेको बताउँदै आफू यसले ल्याउने सकारात्मक परिणाम हेर्न आतुर रहेको बताए ।
क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सबैको सामूहिक र करुणामा आधारित प्रयासको महत्त्वलाई जोड दिँदै नेट(जिरो कार्बन नेपालका लागि प्लास्टिक फोहोरको सर्कुलरिटी प्रवर्द्धन गर्न संस्थाको समर्पणलाई पुष्टि गर्दै इयु र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनले यस परियोजनाबाट सकारात्मक परिणाम ल्याउन आफ्नो टिमले कुनै कसर बांकी नराख्ने प्रतिबधता ब्यक्त गरे ।
कार्यक्रममा क्रिएशनबाट ग्रीनसिफ्ट नेपालका प्रोजेक्ट लिड युनिश घिमिरेले परियोजनाको क्षेत्रहरू, परियोजनाको उद्देश्य लक्षित समूह र लाभार्थीहरू र परियोजनाको समयरेखा, विस्तृत घटक र गतिविधिहरूबारे जानकारी गराएका थिए । उनले समग्र परियोजना र यसले चार वर्षमा हासिल गर्ने लक्ष्य के हो भन्ने कुराको सार प्रस्तुत गरे ।
यसैगरी इम्प्याक्ट हबका कार्यकारी निर्देशक पद्माक्षी राणाले परियोजनामा आफ्नो भूमिका प्रस्तुत गरेकी थिइन । त्यस्तै, आड्रा नेपालका आयोजना प्रबन्धक कबीररत्न स्थापितले पनि आयोजनामा आफ्नो भूमिका बारे बिचार ब्यक्त गरे । कार्यक्रममा सामाजिक उद्यमी अनिल चित्रकारले विशेष मन्तब्य राख्दै दिगो भविष्यका लागि युवाको महत्वमा जोड दिए ।
कार्यक्रममा परियोजना संचालन हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सबैका लागि दिगो भविष्यको प्रवर्द्धनका लागि युवाहरुको महत्व र यस्ता योजनाहरु थप गर्नुपर्नेमा जोड दिए । क्रिएशन नेपालकी महासचिव सुजाता कोइराला सहित अध्यक्षतामा हाम्रो वेस्ट स्मार्ट स्कूलका विद्यार्थी प्रतिनिधिले प्रमुख अतिथी तथ विशिष्ट अतिथिहरूलाई न्यानो स्वागतका गरेका थिए ।
इयुको सहयोगमा संचालित यस परियोजनाका प्रमुख नेतृत्वकर्ता तथा कार्यान्वयनकर्ताको रुपमा क्रीएसन नेपाल रहेको छ भने यसका अन्य कन्सोर्टियम साझेदारहरूका रुपमा रेस्टलेस डेभलपमेन्ट, र युथ इनोभेसन ल्याब रहेका छन ।
सो अबसरमा प्लाष्टिक सर्कुलरिटीप्रति हाम्रो प्रतिबद्धता देखाउँदै क्रिएशन क्षेत्रीय कार्यालय भित्रको मटेरियल रिकभरी फेसिलिटीको भ्रमणको साथ कार्यक्रम अनौपचारिक सत्रमा सारिएको थियो। क्षेत्रीय कार्यालयको मैदान पनि कन्दुक इन्डस्ट्री, इको(रिभाइभ, क्लिनिट नेपाल जस्ता विभिन्न १० वटा क्लाइमेट स्मार्ट उद्यमी स्टलहरूले भरिएको थियो, जसले आफ्नो पर्यावरणमैत्री र दिगो उत्पादनहरू प्रदर्शन गर्दै थियो, जसमध्ये एउटा स्टलले हाम्रो ज्याकेटहरू प्रदर्शन गर्ने क्रिएशनको स्टल पनि थियो।न्युज कारखाना
काठमाडौं, ९ फागुन ।
राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पवित्रा सुनारलाई प्रदान गरिएको छ। पुरस्कारको यो चौथो संस्करण हो।
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष प्रदान गरिने २० हजार रुपैयाँ राशिको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदकमध्येबाट नागरिक दैनिकमा कार्यरत सूर्यविनायक ३ भक्तपुरका पवित्रा सुनारलाई छनोट गरिएको हो।
आज कावासोती २ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा एक कार्यक्रमकाबिच पुरस्कार वितरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य बिन्दु पौडेलले क्यान्सर न्यूनीकरण गर्न सबै एकजुट हुनुपर्ने बताइन्।
खानपानकै कारण क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई सचेत गराउन आवश्यक रहेको उनको भनाइ छ। क्यान्सर सचेतना तथा हिंसा न्यूनीकरणमा संस्थाले गरेको कामको प्रशंसा गरिन्। उनले पुरस्कार राशि बढाउन तथा संस्थालाई बलियो बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
क्यान्सर पीडितहरूलाई सरकारले दिने रकम बढाउन आफूले पहल गर्ने उनले बताइन्। यस्तै कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष गोकुल पराजुलीले सरकारले जनचेतना बढाउन सके क्यान्सर नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे।
यस्तै कार्यक्रममा बोल्दै प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा. विनोद पौडेलले जीवनशैली परिवर्तन गर्न सकेमा क्यान्सरजन्य रोग नियन्त्रण गर्न सकिनेमा जोड दिए। करिब ९० प्रतिशत मानिस खानपानमा ध्यान नदिँदा क्यान्सरजस्तो घातक रोगको सिकार भएको बताए । स्वस्थ जीवनशैली अपनाउने र निरन्तर योग र ध्यान गर्न सकेमा नसर्ने रोगको जोखिम कम गर्न सकिने उनले बताए।
पछिल्लो समयमा महिलाहरूको स्तन, पाठेघर क्यान्सर पनि बढ्दो रहेकाले यसबारे जनचेतना जगाउन सके मात्र पनि क्यान्सरका बिरामीको सङ्ख्या कम हुने चिकित्सकहरूको भनाइ छ। यस्तै कार्यक्रममा कावासोती नगरपालिका २ का वडाध्यक्ष शिव पाण्डे, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालगायतले स्वर्गीय राधा बस्यालले लामो समयसम्म पत्रकारितामा पुर्याएको योगदानको चर्चा गर्दै क्यान्सर जस्तो भयावह रोगबाट बच्न जनस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको बताए।
आफू रोगसँग लडिरहेको अवस्थामा पनि समाजप्रति गरेको उहाँको योगदानलाई भुल्न नहुने भन्दै क्यान्सर तथा हिंसामा परेका व्यक्तिको पत्रकारिताबाट नै न्यूनीकरण गर्न सकिने बताए । कार्यक्रममा फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले सरकाले क्यान्सर पीडितलाई उपचारकालागि दिने रकम बढाउनुपर्नेमा जोड दिए।
क्यान्सरको उपचार महँगो भएकाले सरकारले दिने एक लाख रुपैयाँ कम भएको बताए । सरकारले क्यान्सर पीडितको तथ्याङ्क नहुँदा नीति समेत बन्न नसकेको बताए । साथै सुर्तीजन्य पदार्थको करबाट सङ्कलन भएको रकम क्यान्सर सचेतनामा लगाउनुपर्ने बताए।
बस्यालले सन् २०५० सम्ममा नेपालमा क्यान्सरका रोगी ९१ प्रतिशतले बढ्ने डब्लुएचओको प्रक्षेपणलाई गम्भिरताकासाथ लिन पनि आग्रह गरे । सरकारले उपचारात्मक भन्दापनि रोग लाग्नै नदिने नीति लिनुपर्ने उनले बताए। वि.सं. २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एकदशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी थिइन्।
समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाउनुभएकी बस्यालको निधनपछि फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिएका छन्।

समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाउनुभएकी बस्यालको निधनपछि फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिएका छन्।न्युज कारखाना
काठमाडौं, ९ फागुन ।
नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन नेताहरूले राखेका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल भएको छ।
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले मंगलबार प्रस्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरूले समूह बनाएर छलफल गरेको जानकारी दिए।
बुधबार बन्दसत्रमा धारणा राख्न नपाएका महासमिति सदस्यहरूले बिहीबार धारणा राख्ने छन्। बिहीबार बिहान ८:३० बजेदेखि सबै महासमिति सदस्यहरू एउटै हलमा रहनेछन्।
सातै प्रदेशमा सभापतिहरूले समूहबाट निस्केको निषर्क राख्नेछन्। दिउँसो साढे २ बजेदेखि महासमिति बैठकको समापन समारोह हुने उनको भनाइ छ।न्युज कारखाना
बारा, ९ फागुन ।
पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट बुधबार रौतहट बौधीमाई नगरपालिका दुई जना घाइते भएका छन्।
बाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका ३ मटेर्वा गाउँका ३० वर्षीय कृष्ण साहा बनिया र ३५ वर्षीय राजु साहा बनिया घाइते भएको हुन्।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडक खण्ड स्थित पिलुवा नजिक मोटरसाइकलमा सवार उनीहरुलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते कृष्ण साहा बनियाले बताए।
बाघले आक्रमणपछि सडकमा लडेका उनिहरुलाइ त्यस रुटमा चल्ले बसका रहेका यात्रुले थप उदार गरेको कारण बाघ पुनः जंगलमा भागेको थियो।
बाघको आक्रमणमा परी राजुको दायाँ हात, बायाँ खुट्टा र टाउकोमा चोट लागेको छ। चालम कृष्णको भने सडकमा लडेको हुदा दुवै हातमा चोट लागेको छ।
घाइते दुबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।न्युज कारखाना
काठमाडाैं, ९ फागुन ।
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ परेका छन् । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-५ दुरसंचारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही नगरपालका-५ किसिपडी बस्ने बारा महागढीमाई नगरपालिका-४ घर भएका २४ वर्षीय दिलिप कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने ३९ वर्षीय सविन दाहाल र सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय विवेक गुप्ता रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले से.५ प २०९६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै कैलारी गाउँपालिका-३ शिबरत्नपुरस्थित जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ गोबरैला बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदर्थसहित पक्राउ गरेको हो ।
सिरहाकाे सिरहा नगरपालिका-१७ काली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ मिलिग्रामसहित मिर्चैया नगरपालिका-११ सियापुर बस्ने २२ वर्षीय सुरेन्द्र कुमार महरा समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले प्रदेश २-०१-००१ प ५९४६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय राजकुमार स्याङ्बो, २४ वर्षीय पलगु राजकुमार स्याङ्बो र २३ वर्षीय राम कुमार स्याङ्बो रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले ग.२३ प ६४३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजकुमार र पलगुको साथबाट करिब ३६ किलो गाँजा र बा.प्र.०३-००५ प ८९८४ नम्बरको मोटरसाइकलमा सवार राम कुमारको साथबाट करिब १८ किलो गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुरकाे भिमदत्त नगरपालिका-९ ब्रह्मदेब बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम १५ मिलिग्रामसहित भारत बरेली रसोला तालिब हुसेईन महल्ला बस्ने ३५ वर्षीय रहद अहमदलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध ब्यूरो महेन्द्रनगर र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरकै कृष्णपुर नगरपालिका-७ रेलडण्डी कलुवापुर बस्ने ३० वर्षीय नरेन्द्र चुनारालाई अवैध लागूऔषध चरेश २१ ग्राम ६३ मिलिग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले चुनारले आफ्नै घरमा संचालन गरेको नरेन्द्र मदिरा बिक्री केन्द्रबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
बाँकेकाे राप्तिसोनारी गाउँपालिका-८ गल्लिकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका-५ बस्ने २७ वर्षीय रमेश बडुवाल र २८ वर्षीय गोपाल बम रहेका छन् । प्रहरी चौकी ढकेरीबाट खटिएको प्रहरीले लु.९४ प १२९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेकै बैजानाथ गाउँपालिका-१ राराबस्ति बस्ने २६ वर्षीय रामलाल भन्ने निकेश रावललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सडकमा हिड्डुल गरिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकाे मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित सोही नगरपालिका-५ घैलाडुब्बा बस्ने २८ वर्षीय मनिष राईलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.२७ प ३८७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राईलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । न्युज कारखाना
राैतहट, ९ फागुन ।
गढिमाई नगरपालिका मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्याक्टर पल्टिएर दुई जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनामा ट्रयाक्टर चालक रौतहट गढिमाई–९ का ५५ वर्षीय जयलाल सहनी र ५० वर्षीय रामनाथ सहनी मृत्यु भएको हाे । उनीहरुलाई पचारका लागि सिटीअस्पताल गरुडा लैजाँदा चिकित्सकले परीक्षणपछि मृत घाेषणा गरेका हुन् ।
मृतकको शव परीक्षण लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको गढिमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीले बताए ।
बुधबार बिहान ११ बजे सर्लाही बरहथवा न.पा. १५ नहर स्थित समनपुरबाट हजरिया तर्फ आउँदै गरेको नम्बर नखुलेकाे उक्त ट्याक्टर हुँदा गम्भीर घाइते भएका १७ वर्षीय आकाश सहनी र ७ वर्षीय किसन सहनीलाई प्राथमिक उपचारपश्चात थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको नायव उपरीक्षक खनालले बताए ।
उक्त ट्याक्टमा १७ जना सवार रहेका थिए । जसमध्य दुई जनाको मृत्यु र ७ जना घाइते भएका छन् । घाइतेमध्य एकजना उपचारपछि घर फर्किएका छन् । बाँकीकाे उपचार प्रादेशिक अस्पताल गाैरमा उपचार भइरहेको ईलाका प्रहरी नायव उपरीक्षक खनालले बताए । बाँधमा विपरीत दिशा तर्फबाट आइरहेका मोटरसाइकललाई साइड दिने क्रममा ट्याटर बाँधबाट तल खसेकाे थियाे । न्युज कारखाना