काठमाडौं, १० फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हिन्दुराष्ट्रको मागसहित १ हजार ६१ जनाको हस्ताक्षर बुझाइएको छ ।
ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकको समापन कार्यक्रम चलिरहँदा बिहीबार कांग्रेस नेता तथा वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानका संयोजक शंकर भण्डारीले हिन्दुराष्ट्रसहितको माग गर्दै १ हजार ६१ जनाको हस्ताक्षर सभापति देउवालाई बुझाएका हुन् ।
गत सोमबारबाट चलेको महासमिति बैठकमा पहिलो दिनदेखि नै हस्ताक्षर संकलन अभियान सुरु गरेका थिए । उक्त अभियानमा सहभागी हुँदै पूर्वमहामन्त्री डा.शंशाक कोइरालासहित ४२ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।
तर, बैठकको समापनका बेला हस्ताक्षर बुझाइए पनि चार दिन चलेको बैठकको एजेण्डाको रुपमा छलफल भने भएन ।
न्युज कारखाना
काठमाडौं, १० फागुन ।
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर सरकारी र सार्वजनिक जग्गा मिच्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।
गृहमन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर सम्पूर्ण सार्वजनिक तथा सरकारी जग्गाको विवरण पठाउन र कुनै संघ संस्था वा व्यक्तिले मिचेर भोग चलन गरेको भए कारबाही गर्न पनि निर्देशन दिएको हो ।
बुधबार पत्राचार गरेर गृहमन्त्रालयले कसैले सार्वजनिक तथा सरकारी जग्गा मिचेको वा गलत प्रयोग गरेको भेटिएमा सम्बन्धितउपर कारबाही अघि बढाउन निर्देशन दिएको हो ।
सार्वजनिक एवं सरकारी स्वामित्व रहेको ऐलानी, सन्धिसर्पन, गौचरन, घाट जस्ता जग्गाहरू कानुनविपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएका सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेको, दाखिल खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्यविपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको पाइएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न,’ गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको पूर्णपाठ :
नेपाल सरकारको स्वामित्वमा रहेका र नेपाल सरकारको स्वीकृतिले कुनै सार्वजनिक संस्था (प्रचलित कानून बमोजिम स्थापना भएका प्रतिष्ठान, बोर्ड, प्राधिकरण, संस्थान, विकास समिति, विश्वविद्यालय, विद्यालय, स्वास्थ्य संस्था, कम्पनी वा अन्य सार्वजनिक वा गैरसरकारी संस्था) लाई उपयोग गर्ने गरी उपलब्ध गराइएका सरकारी र सार्वजनिक जग्गा देशभर रहेका छन्।
सरकारी वा सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा गैरकानुनी वा अनधिकृत रुपमा दर्ता वा दाखिल खारेज गरी अतिक्रमण वा कब्जा गरेको एवं तोकिएको उद्देश्य भन्दा फरक प्रयोजनका लागि प्रयोग भएका विभिन्न घटनाबाट देखिएका छन् । त्यसरी अतिक्रमण वा कब्जा भएका जग्गा फिर्ता ल्याउने तथा गैर कानुनी रुपमा जग्गा अतिक्रमण वा कब्जा गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने कार्यलाई सरकारले प्राथमिकता साथ अघि बढाएको सर्वविदितै छ।
यस सन्दर्भमा कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजनिक एवं सरकारी स्वामित्व रहेको ऐलानी, सन्धिसर्पन, गौचरन, घाट आदी जग्गाहरु कानुन विपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएका सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेको, दाखिल खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्य विपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको पाइएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरी पूर्ववत सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी आदि रुपमा कायम गर्ने प्रयोजनका लागि सो सम्बन्धी सत्य तथ्य सूचना सहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन र त्यस्तो कार्य गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।
माथि उल्लेख भए बमोजिम सरकारी वा सार्वजनिक जग्गा दुरुपयोग गरी दर्ता स्रेष्ता कायम गर्ने गरी निर्णय गरेको र सो को आधारमा दाखिल खारेज गरेको वा हक स्वामित्व कायम गरेको वा त्यसरी कायम भएको स्वामित्वबाट बिक्री वितरण गरेको, समय तोकी वा नतोकी भोगाधिकार सृजना गरेको, धितो बन्धक राखेको आदि जुनसुकै प्रकारको गैर कानुनी काम कारबाही सम्बन्धी आफूसँग भएको सूचना वा प्रमाण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।न्युज कारखाना
नारायण प्रसाद भट्टराई
सहसचिव/प्रवक्ता
बारा, १० फागुन ।
बाराकाे पचरौता नगरपालिकाकामा एकैदिन बर्थिङ सेन्टर र वडा कार्यालय भवनको शिलान्न्यास गरिएको छ । पचरौता नगरपालिका नगर प्रमुख जलन्धर सिंहले बर्थिंग सेन्टर र वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् ।
पचरौता नगरपालिका वडा नं ७ स्थित भिखना पोखरीको डिलभित्र बर्थिङ सेन्टरको भवन र वडा न ७ को वडा कार्यालयको भवनको शिलान्न्यास गरेका हुन् । ६० लाखको लागतमा बर्थिङ्ग सेन्टर र १ करोडको लाह्तामा वडा कार्यालयको भवन निर्माण हुने नगरपालिकाले जनाएको छ ।
शिलान्याश कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहले,सुत्केरी हुन सदरमुकाम कलैया,बिरगंज अन्य छिमेकी स्थानीय तहमा पुग्नु पर्ने बाध्यताको अन्त्य गर्नको लागि बर्थिङ सेन्टर निर्माण गर्न लागेको बताए ।
“नगरपालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ”, उनले भने,“आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने हाम्रो उद्देश्य छ।”
उक्त शिलान्न्यास कार्य्रकममा पचरौता नगरपालिकाका उपप्रमुख नसिमा खातून, वडा अध्यक्षहरु लक्ष्मी यादव, बनारसी मुखिया, धेनुक मुखिया, स्थानीय नेताहरु सुरेश यादव, भैयाराम सहनी, नेवाजी अन्सारी लगायतको उपस्थिति रहेको थियो ।न्युज कारखाना
काठमाडाैं, १० फागुन ।
अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को प्रचारप्रसार अमेरिकामै बसेर गरिरहेकी छन् । उनले त्यहीँबाट विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिइरहेकी छन् ।
रेखाले निर्देशन र अभिनय गरेको फिल्म ‘मालिका’ पाँच वर्षअघि दर्शकमाझ आएको थियो । पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उनी उत्साहित छिन् । ‘मालिकापछि मैले अभिनेत्रीकै रुपमा फिल्ममा त काम गरिनँ । तर, एक दुईवटा फिल्मका गीतमा केमियो गरें’, उनी भन्छिन्, ‘फिल्ममा काम गर्ने सोच त थियो, तर बीचमा कोभिड महामारीको लकडाउनले त्यो सम्भव भएन ।’
रेखाको बुझाइमा ‘उपहार’ अमूल्य विषय हो । उनको भनाइमा ‘उपहार’ दर्शकको मन मस्तिस्कमा बस्ने गरी लेखिएको र बनाइएको छ । ‘नेपाली फिल्म नियमित हेरिरहने र कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि ‘उपहार’लाई हेर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौं । यो फिल्म हेर्दा आमदर्शकले नयाँ ऊर्जा पाउनुहुनेछ ।’
रेखाका अनुसार ‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको छ । नेपाली फिल्ममा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने उनले त्यो आरोपलाई ‘उपहार’ले गलत साबित गर्ने दाबी गरिन् । ‘हाम्रो फिल्म आँखालाई शितल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा दर्शकले पाउनुहुनेछ’, रेखा भन्छिन् ।

रेखाले ‘उपहार’मा समाज रुपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताइन् । फिल्ममा नारीमात्र होइन, पुरुष पनि पीडित छन्न् भन्ने कुरा देखाइएको उनले सुनाइन् ।
‘५–१० वर्ष यता नेपाली फिल्ममा देखिँदै आएका कथा भन्दा ‘उपहार’को कथा फरक छ । हामीले ‘हिट’ भन्दा पनि दर्शकले मनपराउने कथामा फिल्म बनाएका छौं । फिल्मको कथा, छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौं । दर्शकले तनाव मुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ’, उनले भनिन् ।
रेखाले नयाँ कलाकारसँगको सहकार्यले आफू खुशी भएको बताइन्। ‘फिल्मको प्रमोसनमा नयाँदेखि पुराना कलाकारहरुले उत्तिकै साथ दिइरहनुभएको छ । मेला, महोत्सव होस् या मिडिया अन्तरवार्तामा उहाँहरु सक्रिय हुनुहुन्छ’, रेखा भन्छिन् ।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।न्युज कारखाना
रौतहट १० फागुन।
सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्। एसपी हुमागाईंले सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटको प्रमुखको रूपमा जिम्मेवारी सम्भालेका हुन् ।
सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरी बाट सरुवा भएर आएका एसपी हुमागाईं विधिवत रूपमा बुधबार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्भालेका हुन् । २०५९ सालमा उनी इन्स्पेक्टरबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए ।
यसअघि सशस्त्र प्रहरी रौतहटका जिल्ला प्रमुख एसपी माधव रेग्मीको सशस्त्र प्रहरी बल नेपाल प्रशासन कार्यालय सीमा सुरक्षा विभाग काठमाडाैँ सरुवा भएको छ।न्युज कारखाना
मुकेश कुमार साह,रौतहट १० फागुन ।
गुजरा नगरपालिका भित्र फागुन १३ गतेदेखि १७ गतेसम्म ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा, रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।
आज गुजरा नगरपालिकाको सभाहलमा आयोजित नगर स्तरीय खोप समन्वय समिति एवं संचारकर्मीलाई अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक बिजयवावु चौधरीले नगरका ९ वटै वडामा फागुन १३ देखि १७ गतेसम्म दादुरा, रुबेलाविरुद्धको खोप कार्यक्रम चल्ने जानकारी दिए ।

उनले गुजरामा १७ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताए । उनले कक्षा १ देखी कक्षा १० सम्म पढ्ने १५ बर्ष मुनिका विद्यार्थीलाई खोप लगाइने जनाए । स्वास्थ्य संयोजक चौधरीका अनुसार १७ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य भएपनी खोप पर्याप्त रहेकोले जती बालबालिका रहेपनि सवैलाई खोप लगाईने छ । चौधरीका अनुसार स्वास्थ्यकर्मीले प्रत्येक विद्यालयमा पुगेर र खोप केन्द्रमा बसेर ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई खोप लगाउने छन् ।
खोप कार्यक्रमबारे स्वास्थ्य शाखा प्रमुख चौधरी र रंगपुर स्वास्थ्य चौकीका प्रमुख सैफुल्लाह देवानले प्रष्ट पारे । अन्तक्रिया कार्यक्रममा मन्तव्य राख्दै मा.वी मैढाका प्राधानाध्यापक राम अयोध्या चौधरी लगायतले सबै मिलेर खोप कार्यक्रम सफल पार्नुपर्ने बताए । अभिमुखीकरणमा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक,स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी तथा आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
बारा, १० फागुन ।
बाराको तामागढी सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हाल सम्म नपरेको भन्दै पीडितहरुले बिहीबार आन्दोलन गरेका छन् ।

पीडितहरुले सरकारलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी सिम्रोनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराले बिरोध गर्दै सडक बन्द गरेर आन्दोलन गरेका हुन् ।

तामागढीको प्रस्थान बिन्दुमा हुलाकी सडक बन्द गरेर उनीहरुको आन्दोलन गरिरहेका छन भने पूर्व पश्चिम लोकमार्गसमेत अवरुद्ध गर्न सक्ने भन्दै ठुलो मात्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

२०७८ चैत १८ गते निर्माण सम्पन्न भएको यस तामागढी-सिम्रौनगढ हुलाकी सडक भारत सरकारको अनुदान सहयोगमा निर्मित ३९.७५ किलोमीटर निर्माणको क्रममा सडक बिस्तारमा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो।

तर, सरकारले निर्माण सम्पन्न भएको तीन बर्ष बितिसक्दा समेत मुआब्जा नदिएपछि उनिहरु आन्दोलित भएका हुन् । आन्दोलनमा कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका पीडित सहभागी रहेका छन् ।न्युज कारखाना
काठमाडौं, १० फागुन ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसदहरुले नियमापत्ति गरेका छन् ।
बिहीबार बसेको बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले प्रधानमन्त्री प्रचण्डलाई ब्यङ्ग्य गर्दै प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेपछि सत्तारुढ दल कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरिन् ।
‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम निमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो । तयसकारण यो शब्द अश्विल भएकाले नियमापत्ति जनाएको छु’ कांग्रेस सचेतक थिङले भनिन् ।
सांसद थिङले गरेको नियमापत्तिप्रति सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । न्युज कारखाना
काठमाडौं, फागुन १० ।
ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा पहिलोपटक इन्जिनियरहरुका मुद्दाले स्थान पाएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको सांगठनिक र समसायिक प्रस्तावमा शुभेच्छुक संस्था र विकास निर्माण कार्यहर तीन सिफ्टमा सञ्चालन गर्ने भन्ने दफाहरु उपर छलफल गर्ने क्रममा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बाट प्रतिनिधत्व गर्ने महासमिति सदस्य इ.प्रकाश केसीले आफ्नो प्रस्तावहरु राखेका हुन् ।

उनले इन्जिनियरिङ क्षेत्रका सम्बन्धमा इन्जिनियरहरको क्षमता अभिबृद्दिका लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, निजी तथा गैर सरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरुको न्युनतम पारिश्रमिकमा एकरुपता कायम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्डलाई ध्यानमा राखी राज्यस्तरबाट नै नयुनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रस्तावहरु राखेका छन्।

त्यस्तै, योजना आयोग ,अर्थमन्त्रालय जस्ता महत्वपूर्ण निकायहरुमा अनिवार्य रुपमा इन्जिनियरकै नेत्रत्वमा छुट्टै प्राविधिक शाखा स्थापना गर्नुपर्ने, स्थानिय सरकारका कार्यकारी अधिकृत इन्जिनियर राख्नुपर्ने र नेपाली कांग्रेसमा र पार्टीबाट प्रतिनिधत्व गर्ने हरेक निकायहरुमा २० प्रतिशत पेशागत क्षेत्रबाट बैधानिक व्यवस्था गर्नुपर्ने प्रस्तावहरु महासमिति बैठकमा राखिएको छ ।न्युज कारखाना
काठमाडौं, १० फागुन ।
केपी ओलीलाई गद्दार भनेर अभिव्यक्ति दिएका आम जनता पार्टीका कुन्दन कुशवाह पुनः एमाले पार्टी प्रवेश गरेका छन्। आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहा एमाले प्रवेश गरेका हुन्।
ललितपुरको च्यासलस्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई केहीबेर राेकेर आयाेजित पार्टी प्रवेश कार्यक्रममा कुशवाहालगायत आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाहसँगै सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी नेकपा एमाले प्रवेश गरेका हुन्।
केही दिनअघि मात्र आम जनता पार्टीको केन्द्रीय उपमहासचिव पदमा निर्वाचित कुश्वाह यसअघि नेकपा एमालेको मधेस प्रदेश सदस्य रहेका थिए। गत प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका प्रभु साहसहित पार्टी जिल्ला अध्यक्ष त्रिभुवन साह, कुन्दन कुशवाह लगाएतले केपी शर्मा ओलिलाई गद्दार भन्दै एमालेलाई चुनावको मुखमा धोका दिएर स्वतन्त्र उमेदवारी दिएका थिए ।न्युज कारखाना