२०८३ बैशाख १५
२०८३ बैशाख १५

काठमाडौं, १४ फागुन ।

बारामा एउटा वर्कसपमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगर रहेका छन्

निगढ-७ बजारमा रहेको उनको वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किँदा सोमबार मध्यान्ह उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा दिउँसो साढे १ बजे मृत्यु भएको न्यौपानेले बताए।

यस्तै, घाइते हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय सूर्यबहादुर थापा घाइते भएका छन्। उनको सामुदायिक प्रसूति गृह बारामा उपचार भइरहेको छ।

यस्तै, पर्सा वीरगन्व महानगरपालिका-९ बस्ने ३४ वर्षीय फिरोद देवान घाइते भएका छन्। उनको बयोधा अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।

यस्तै, वीरगन्ज-९ कै २० वर्षीय रितु रजक घाइते छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, भारत गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत रामघडजाका २० वर्षीय अरविन साह घाइते भएका छन्। उनको बयोधा अस्पतालमै उपचार भइरहेको न्यौपानेले बताए।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिकाअनुसार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन १ (१) को लागि हुने उपनिर्वाचनका लागि आउँदो २४ चैतमा मनोनयन दर्ताको लागि समय निर्धारण गरिएको छ ।

साथै २७ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने तालिकामा उल्लेख छ ।

यही १६ फागुनदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २२ चैतमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए । साथै दल दर्ताका लागि २४–३० फागुनसम्म समय तोकिएको छ ।

.
यसबारे जारी आयोगको विज्ञप्तिको पूर्णपाठ 

इलाम जिल्ला प्रतिनिधि सभानिर्वाचन क्षेत्र नं.२ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभानिर्वाचन क्षेत्र नं. १ मा मिति २०८१वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगबाट आज मिति २०८० फागुन १४ गते निर्वाचन कार्यतालिका स्वीकृत भएको छ। स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मिति२०८० फागुन १६ गतेदेखिमतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि मिति २०८० फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिईसूचना प्रकाशन गरिनेछ।
आज स्वीकृत गरिएको कार्यतालिका अनुसार २०८० चैत्र २२गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनागरी मिति २०८० चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। निर्वाचन कार्यक्रम अनुसारमिति २०८० चैत्र २४गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र२७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ। साथैमिति २०८० चैत्र २८गतेदेखि २०८१ वैशाख १२ गतेसम्मप्रचारप्रसारको अवधि रहनेछ। मिति २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदानहुनेछ।

डा. थानेश्वर भुसाल
उपसचिव एवम् सहायक प्रवक्ता
न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

सत्तारुढ कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले आरोपप्रत्यारोको शृङ्खलाले सदनमा मूल विषय छायाँमा परेको बताएका छन् ।

 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले केही दिनयता सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदबीच चलेको आरोपप्रत्यारोपले मूल विषय छायाँमा परेको बताएका हुन् ।

आरोपप्रत्यारोपले मूल विषय छायाँमा पर्ने भएकाले आयोगले पोलेको, सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए ।

‘विगत केही दिनदेखि यताकोले उता बसेको दागी देख्ने, उताकोले यता बसेको दागी देखाउने दोहोरी चलिरहेको छ । यही पाराले न संसद राम्ररी चल्ने भयो । मूल विषय पनि छायाँमा पर्ने भयो । अब यसो गर्न लगाऔँ,’ उनले भने, ‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तिायारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऊँ । अनि सहकारी ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ । यति गर्न सकेदेखि के होला ? निर्दाेष भए फर्केर आउनुहोला, फूलमाला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड व्यहोर्नुहोला । अलि अलि सफा गर्न सकेदेखि अनि बडोमजाले यहाँ मिटरब्याजकोबारेमा, दूधको किसानले दूधको मूल्य नपाएकोबारेमा, एनसेलको प्रतिवेदनबारे जमेर सार्थक छलफल गर्न सकिन्थ्योहोला । होइन भने यताकोले उता देखाउने, उताकोले यता देखाउने दोहोरी चलिनै राख्ने भयो । ”न्युज कारखाना

काठमाडौँ, १४ फागुन ।

नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका खेलाडीको २०२४ को सेन्ट्रल कन्ट्रयाक अनुमोदन गरेको छ ।

फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय समितीको बैठकले पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक अनुमोदन गरेको हो ।

क्यानको सेन्ट्रल कन्ट्रयाक अनुसार पुरुष खेलाडीहरुले ग्रेड ए मा एक लाख, बी मा ७० हजार, सी मा ५५ हजार, डी मा ३५ हजार र इमार्जिंग क्याटोगरीमा ३५ हजार मासिक पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

त्यसै गरी महिला क्रिकेटरहरुले ग्रेड ए मा ५० हजार, बी मा ३५ हजार, सी मा ३० हजार, डी मा २५ हजार र इमार्जिंग क्याटोगरिमा २० हजार मासिक पारिश्रमिक पाउने क्यानले जनाएको छ ।

सेन्ट्रल कन्ट्रयाक पाउने खेलाडीको सूची: 

पुरुष क्रिकेटर:

ग्रेड ए- रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल ।
ग्रेड बी- कुशल मल्ल, गुल्शन झा, भिम सार्की, ललित राजबंशी, आरिफ सेख र अविनाश बोहोरा ।
ग्रेड सी- विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी ।
ग्रेड डी- पवन सराफ, सागर ढकाल, अनिल शाह, विवेक यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ ।
इमर्जिङ क्याटोगरि- दिपेश कँडेल, रुपेस सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ति र हेमन्त धामी ।

महिला क्रिकेटर- 

ग्रेड ए- इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर ।
ग्रेड बी- कविता कुँवर ।
ग्रेड सी- पुजा महतो र अश्मिना कर्माचार्य ।
ग्रेड डी- अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल ।
इमर्जिङ क्याटोगरी- सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबी पोदार, सृष्टि जैसी, सम्झना खड्का र सना प्रविन ।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

संसदमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेस गरिएको छ ।

सोमबार बसेको प्रतिनिनधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्मा पेस गरेको हो ।

साथै सोमबार नै राष्ट्रिय सभामा पनि अर्थमन्त्री महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभामा अर्थमन्त्री महतले उक्त प्रस्तावबारे जानकारी गराइरहेकाले राष्ट्रिय सभा बैठक सोमबार नै बस्नेगरी २१ मिनेटका लागि स्थगित गरिएको छ । न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएपछि आपत्ति जनाएको छ ।

सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई दुई दिनको समय दिँदा पनि नजरअन्दाज गरिएको आरोप लगाए ।

सभामुखबाटै रुलिङ भइसक्दा पनि प्रधानमन्त्री प्रचण्डले जवाफ नदिएको भन्दै उनले यसरी बैठक अघि बढ्न नसक्ने बताए ।

बालकुमारीसहित विभिन्न घटना तथा मिटरब्याजीको समस्या समाधानका विषयमा सरकारको जवाफ माग्दै एमालेसहित प्रतिपक्षी दलले सरकारको जवाफ मागेको छ । न्युज कारखाना

रौतहट १४ फागुन।
मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुईलाख रुपैया ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ।

डिआईजी पोखरेलको निर्देशनमा आरोपीद्वय जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव प्रहरी हिरासतमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषामा दुवैजनामाथि आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शिर्षकमा दुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले बताएका छन।

आइतबार नै जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थमाएर दुबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रवक्ता एसएसपी महतोले जानकारी दिएका छन्।

महोत्तरीको महोत्तरी गाउँपालिका- ५ घर भएका सहायक हवलदार दीपेन्द्र र सुनसरी जिल्लाको देवागन्ज गाँउपालिका २ घर भएका प्रहरी जवान रोशन मिलेर जनकपुरका एकजना व्यापारीसँग यही ८ फागुनमा विभिन्न ब्राण्डको ३१ थान मोबाइल खरिद गरेका थिए।

पछी मोबाईल फिर्ता गर्ने भनेर व्यापारीसँग दुईलाख रुपैयाँसमेत लिएर पटकपटक माग गर्दा पनि फिर्ता नगरेपछि बाध्य भएर पीडित व्यापारीले १३  फागुनमा उनीहरू विरुद्ध प्रदेश प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।

उजुरीपछि सहायक हवल्दार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि उनकै बयानको आधारमा सोहि दिन जनकपुर उमनपा ७ अन्जनीमाई कुटी को उत्तर पोखरीको डिलमा तल झाडीमा स्यानो रातो ब्यागमा लुकाई छिपाई राखेको उक्त ३१ थान मोबाईल र दुईलाख मध्ये ९५ हजार रुपैयाँ उनीहरूको रोहवारमै बरामद भएको थियो।

 

दुईदिनको अनुसन्धान पछि हिजोदेखि कार्वाही प्रक्रिया सुरु गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जारीहरेको सूचनामा उल्लेख गरिएको छ।

डिआईजी पोखरेलकै सक्रियतामा केही दिनअघि रौतहटस्थित सरस्वतीको मूर्ति बिसर्जनको बिषयमा उत्पन्न हिन्दू मुस्लिमबीचको सम्प्रदायिक झगडा सहजरूपमा मिलाइएको थियो।न्युज कारखाना

रौतहट, १४ फागुन ।

लामो समयदेखि आफूले दुध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरू मारमा परेका छन् ।

 

नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको साढे ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । यस्तै विभिन्न निजी डेरीहरुले रौतहटका किसानबाट लगेको दुधको ३ करोड पैसा दिन सकेका छैनन् ।

दुधको पैसा समयमा नआएपछि रौतटका दूध उत्पादक किसानहरुले आन्दोलनका कार्यक्रम तय गरेका छन् । रौतहटको गरुडा भन्दा उत्तरी भेगका किसानले उत्पादन गरेको दुध बेचेको साढे ८ करोड रुपैयाँ डेरीहरुले नतिरेपछि दुध उत्पादक किसानहरु समस्यामा परेका हुन्

 

दुध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार रौतहटका दूध उत्पादक किसानहरूले फागुन १४ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको छ । त्य

 

स्तै दुध उत्पादक किसानहरूले १७ गते पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा २ घण्टा चक्काजाम गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताइएको छ ।

 

यो कार्यक्रम देशभरका ७७ वटै जिल्लामा दूध उत्पादक किसानहरुले गर्ने रौतहट जिल्ला दुध उत्पादक संघका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

त्यति गर्दा पनि सुनवाई नभए देशभरका दूध उत्पादक किसानहरूले २१ गते काठमाडौँस्थित माइतीघर मण्डलामा सरकारको विरुद्ध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

 

रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ । रौतहटमा उत्पादन भएको दुध हेटौंडा स्थित नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसी र विभिन्न निजी डेरीहरुले लाने गरेका छन् ।

 

दुध बेचेको पैसा समयमा डेरीहरुले भुक्तानी नगरेका कारण रौतहटमा दुध उत्पादनमा सक्रिय किसानहरुले पशुलाई दाना खुवाउने पैसा समेत नभएको गुनासो गरेका छन् ।

 

विगत छ महिनादेखि दूधबिक्री गरेको पैसा नपाएपछि व्यवसायिक रुपमा पशुपालनमा लागेका किसानहरुलाई घर चलाउन नै समस्या भएपछि उनीहरुले आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् ।

छ महिनासम्म दूधको पैसा नदिएका निजी तथा सरकारी स्वामित्वका डेरीहरुले समयमा किसानले उत्पादन गरेको दुध समेत खरिद नगर्दा किसानहरु दुध फाल्न बाध्य भएको उनीहरूको गुनासो रहेको छ ।

 

दुध बेचेको पैसा समयमा नआउँदा व्यवसायिक रुपमा ठूलो संख्यामा पशुपालन गर्दै आएका रौचाटका किसानहरु मारमा परेका छन् ।

सरकारले आफूहरूको समस्या समयमा समाधान नगरेका कारण आफूहरूले बाध्य भएर विभिन्न संघर्षका कार्यक्रम गर्नुपरेको उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष अधिकारीको भनाइ रहेको छ ।न्युज कारखाना

 

बारा, १४ फागुन ।

बारा जिल्ला दुध उत्पादक सहकारी संघ लि.ले किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालद्वारा घोषणा गरेको राष्ट्र व्यापी दुग्ध किसान आन्दोलनमा एकेबद्धता जाहेर गर्दै आन्दोलन घोषणा गरेका छन् ।

संघले आज बाराको निजगढ नगरपालिकाको सभाहालमा पत्रकार सम्मेलन गर्दै दुध उत्पादक किसानको माग सम्बोधनमा नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।

 

बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. मा यस जिल्लाका ४ वटा दुग्ध उत्पादक सहकारी संस्थाका ११ हजार किसान परिवारको आवद्द छन । दुग्ध सहकारीमार्फत दैनिक ६० हजार लिटर दुग्ध संकलन गर्दै करीब ५० लाख रकम शहरको पैसा गाउँ भित्र्याउँदै ग्रामिण अर्थतन्त्र मजबुत बनाउन कृयासिल रहेको यस सघंमा रहेका दुग्ध संकलन गर्ने डेरी उद्योगहरुले यस क्षेत्रका किसानको विगत ३ महिना देखिको करीब १८ करोड रुपैयाँ भुक्तानी बक्यौता पाउन नसकेको बारा जिल्ला दुध उत्पादक सहकारी संघ लिका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

 

उनले भने,‘विभिन्न बहनामा यस भेगका किसानले अघोषित मिल्क होलिडेको सामना गरिरहेको छन्, जसले गर्दा आज बारा जिल्लाको दैनिक १२ हजार लिटर दुग्ध बिक्री भईरहेको छैन र दुध उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको हो ।’

संघले दुग्ध किसानको देशका निजी डेरी उद्योगहरुद्वारा बारा जिल्ला भित्रका सहकारी मार्फत विगत ३ महिनादेखि बाँकी रहेको रकम रु. १८ करोड भन्दा बढी दुग्धको रकम अबिलम्ब भूक्तानी गराउनु पर्ने, हाल किसानले भोगिरहेको मिल्क होलिडे तुरुन्त बन्द गराउनु पर्ने, अनियमित रुपमा आयातित दुग्ध एवं दुग्ध जन्य पदार्थहरुलाई पूर्ण बन्द गराई मौज्दात रहेका दुग्ध जन्य पदार्थ नेपाल सरकारको कुटनीतिक पहलद्वारा अन्तर्राष्ट्रिय बजारमा अबिलम्ब बिक्री गर्ने व्यवस्था गरिनुपर्ने, दुग्ध किसानलाई यस पेशामा जोगाई राख्न कृषि कर्जामा अनुदान कार्यक्रम विगत वर्षमा झैं यथासिघ्र उपलब्ध गराउनुपर्ने, उत्पादन लागत घटाउने कार्यक्रम अभियानका रुपमा सञ्चालन गराउनुपर्ने, पशु आहार र पशु औषधीमा भैरहेको मूल्य बृद्धि नियन्त्रण गरी अनुदानको व्यवस्था गरिनु पर्ने, दुग्धमा प्रति लिटर ५ रूपैयाँ नुदान सबै प्रदेशका किसानले पाउनुपर्ने, निर्यातित दुग्ध जन्य पदार्थमा अनुदानको व्यवस्था गराउनुपर्ने, दुग्ध तथा दुग्ध जन्य पदार्थ निर्यातका लागि खोरेत लगायतका रोग मुक्त घोषणा गर्ने र बिमा कार्यक्रमलाई प्राथमिकतामा राखि पशु बिमाको रकम तुरुन्तै प्राप्त हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन ।

दुधको भूक्तानी नपाएसम्म आन्दोलन गर्नै दुग्ध सहकारी संघको चेतावनी

 

यसैबीच, केन्दीय दुग्ध सहकारी संघ लिले दुधको भूक्तानी दिन सरकारले आनाकानी गरेको भन्दै विरोध स्वरुप दुग्ध उत्पादक किसानहरुले नेपाल भरी बन्द गर्ने चेतावनी दिएका छन् ।

भुक्तानी यथाशिघ्र उपलब्ध गराउन माग गर्दै पटक पटक भएको आन्दोलन र नेपाल सरकारसँग भएको सम्झौतामा सरकार गम्भीर नभएको केन्दीय दुग्ध सहकारी संघ लि नेपालका सचिव थानेश्वर सापकोटाले बताए । उनले भने,‘नेपाल सरकारसँग मिति २०८० मंसिर २६ गते सम्झौता भएकोमा उक्त सहमती कार्यन्वयन नभएको र दुध उत्पादक किसानको माग सम्बोधनमा सरकार गम्भीर सामेत देखिदैन । उता भारतीय दुधले बजार पाउँदा स्वदेशमा उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको रकम समेत नपाएको हुदाँ आन्दोलन बहेक अन्य कुनै बिकल्प नभएका करण हामी आन्दोलन गर्नै बाध्य छाैं।’

६६ जिल्लाका एक हजार सात सय पचास बढी सहकारी आवद्घ रहेको केन्दीय दुग्ध सहकारी संघ लिको समेत सहभागितामा दुग्ध उत्पादक कृषकहरुले दुग्ध बिक्री वापत पाउनुपर्ने रकम भूक्तानी लगायतका विषयमा फाल्गुन १७ गते १० बजेदेखि १२ बजेसम्म सबै जिल्लाका राजमार्गमा शान्ति पूर्ण रुपमा चक्का जान गर्ने, फाल्गुन २१ गतेदेखि माईतीघर मण्डलामा माग पूरा नभए सम्म धर्ना तथा विरोध प्रदर्शन गर्ने, मुलुकका १५ वटा किसान संगठनद्वारा घोषित सम्पूर्ण आन्दोलनलाई सशक्त बनाई वृहत किसान आन्दोलनद्वारा घोषित मागहरु पूरा गर्न निरन्तर आन्दोलित हुने जानाएको छ ।

 

संघले मुलुक भरीका दुग्ध किसानको पेशागत हकहित संरक्षणका लागि घोषित आन्दोलनलाई सशक्त बनाउन योगदान गर्ने र आन्दोलनलाई साथ समर्थन, सहभागिता तथा सकरात्मक विचार प्रवाहका लागि राजनितीक दल, संघ संस्थाहरु, किसान महानुभावहरु, सहकारी कर्मीहरु, जनप्रतिनिधीहरु एवम् आम जनतालाई अनुरोध समेत गरेको छ ।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

प्रतिनिधिसभा बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

 

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।

 

राष्ट्रियसभामा उत्पति भएको बिधायन सबन्धी बिधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको बिधयेक टेबुल गरिनेछ ।

 

साथै, उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पति भएको बिधुत ब्यापार बिधेयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१÷८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।