२०८३ श्रावण २६
२०८३ श्रावण २६

 

काठमाडौं ।

सरकारले प्रेस काउन्सिलाई सञ्चार मिडिया काउन्सिल बनाउने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिलाई सञ्चार क्षेत्रको अनुगमन गर्ने बलियो संचनाका रुपमा विकास गर्न नयाँ कानुनमार्फत् मिडिया काउन्सिल बनाउने  जानकारी दिएका हुन् ।

 

काठमाडौं, ५ जेठ ।

सरकारले काठमाडौंसहितका नदी किनारासहित सरकारी जग्गा खाली गराउने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकासहितका स्थानका नदी किनारासहितका सरकारी जग्गा खाली गर्ने जानकारी दिएका हुन् ।

नदी किनारामा रहेकाहरुको उचित स्थानमा स्थानान्तरण गरेर जग्गा खाली गर्ने राष्ट्रपति पौडेलले जानकारी दिए ।

 

 

काठमाडौं, ५ जेठ ।

सरकारले जनकपुरधामको जानकी मन्दिर र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने जानकारी दिएका हुन् ।

नेपालको सम्पदाको संरक्षण गर्दै पर्यटनको क्षेत्रको विकासमा सरकारले काम गर्ने उनले जानकारी दिए ।

 

काठमाडौं, ५ वैशाख

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ठोककुरा नभएकाले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ठोस कुरा केही पनि नसमेटिएको बताए ।

यसबारे सदनमा छलफल हुने उनको भनाइ छ । ‘आजको अवस्थालाई ठोस रुपमा सम्बोधन गर्नेगरी नीति कार्यक्रम आएको छैन । यसमा सैद्धान्तिक छलफल गर्न आवश्यक छ,’ उनले भने ।

काठमाडौं, ५ जेठ । नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटासहित २० जना नेता चीन प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उनीहरु शुक्रबार चीन प्रस्थान गरेका हुन् ।

सापकोटा नेतृत्वको २० सदस्यीय माओवादी नेताहरु सम्मिलित टोलीले चीनमा रहँदा विभिन्न कार्यक्रम र छलफलमा सहभागी हुनेछ ।

सो टोलीले तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को अवलोकन  भ्रमण गर्नेछ छ । उक्त टोली १८ जेठमा स्वदेश फर्कने कार्यक्रम  छ ।

 

काठमाडौं, ५ जेठ ।

राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले भ्रष्टाचार नियन्त्रणका लागि चारवटा उपाय प्रस्तुत गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि चारवटा उपाय पेस गरेका हुन् ।

 

जसअनुसार पहिलो भ्रष्टाचारको नेक्सस् तोड्नुपर्ने बताए । यसमा केही राजनीतिज्ञ, केही उच्च कर्मचारी र विचौलियाबीचको नेक्सस् तोड्नुपर्ने उनको भनाइ छ । यसका लागि अनुसन्धान निकायले उनीहरुमाथि निरन्तर निगरानी राख्दै अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

 

दोस्रोमा लामो समय र बारम्बार एउटै व्यक्तिलाई शक्ति केन्द्रमा राख्न नहुने भ्रष्टाचार नियन्त्रणका चार उपाय प्रस्तुत गर्दै देवले भने । यसले भ्रष्टाचार नियन्त्रणमा जालो च्यात्न सकिने उनको बुझाइ छ ।

तेस्रोमा नेपाल प्रहरी तथा अपराध अनुसन्धान इकाइलाई दलीय प्रभाव पार्न नहुने उनले बताए । एसियामै अनुन्धानमा अब्बल सावित भएको नेपाल प्रहरी र अन्य अपराध अनुसन्धान इकाइलाई दलीय प्रभाव पर्न दिन नहुने भन्दै उनले यसले पनि भ्रष्टाचार नियन्त्रणमा सफलता दिने दाबी गरे ।

भ्रष्टाचार नियन्त्रणका लागि अन्तिम तथा चौथौ उयायमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचना र नियुक्ति प्रक्रिया बदल्नुपर्ने बबताए ।

 

काठमाडौं, ५ जेठ । 

चलचित्र विकास बोर्डले आगामी असार १,२ र ३ गते दाङकाे घोराहीमा आयोजना गर्न लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवमा सहभागिताको लागि चलचित्र माग गरेको छ ।

 

बोर्डले एक सूचना जारी गर्दै बालबालिकासँग सम्बन्धित शिक्षामूलक तथा सन्देशमूलक चलचित्रहरुको प्रदर्शनी गरिने कार्यक्रमको लागि केही शर्तहरुसहित सार्वजनिक प्रदर्शनका लागि उपलब्ध गराउन आह्वान गरेको हो ।

महोत्सवमा सहभागी हुन जेठ १५ गतेभित्र चलचित्र विकास बोर्डमा निवेदन दिनुपर्ने बोर्ड प्रवक्ता के.एल. बुढाथोकीले बताए । निवेदनका साथमा जाँच प्रमाणपत्रको प्रतिलिपि पनि पेस गर्नुपर्नेछ । वृत्तचित्र, कथानक वा लघु चलचित्रले सहभागिता जनाउन सक्नेछन् । छनोटमा परि प्रदर्शन भएका चलचित्रहरुलाई प्रोत्साहन स्वरुप बोर्डको निर्णयबाट केहि रकम समेत उपलब्ध हुने बताइएको छ ।

 

महोत्सवमा चलचित्रहरुको प्रदर्शनी सँगै चलचित्रज्ञान सम्बन्धि हाजिरीजबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ । महोत्सवको दौरान ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र सांस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन हुने प्रवक्ता बुढाथोकीले बताए ।

 

बालबालिकाहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडी बढाउने, बालबालिकाहरुलाई चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बाल चलचित्र महोत्सवहरुमा नेपालका बालबालिकाहरु तथा उनीहरुले बनाएका चलचित्र सहभागी गराउन मद्दत पुऱ्याउने, आदि उद्देश्यहरुका साथ राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।

 

इन्दीप कोइराला,बारा, ५ वैशााख ।

मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्‍याउने उद्देश्यले बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेशले पहिलो दिनको खेलमा अग्रता बनाएको छ ।

पहिलो दिनको पाँचवटा तौल समुहको सम्पन्न प्रतियोगितामा मधेश प्रदेशले दुई स्वर्ण, दुई काश्य र एक रजत पदक हासिल गरी पहिलो दिन टिम प्रथम बनेको हो । पुरुष ४० किलो तौल समूहमा नादिम हुसैन र ४३ किलो तौल समुहमा सिद्धार्थ प्रजापतिले स्वर्ण पदक हात पारेका हुन ।

 

त्यसैगरी पुरुष ४८ किलो तौल समूहमा लुम्बिनीका जस्मिन चौधरी,  महिला ४० किलोतर्फ कर्णालीकी ललिता बुढा र महिला ४३ किलोमा बागमतीकी सदीक्षा कार्कीले स्वर्ण पदक हात पारेका हुन ।

 

प्रतियोगितामा नेपालका ७ प्रदेश सहित भारत, बंगलादेश, कोरिया, जापानका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको उद्धघाटन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादबले गर्नु भएको थियो ।

 

आयोजक मधेश प्रदेश तेक्वान्द्यो संघका अध्यक्ष पेमासिद्धी लामाको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिब दिपराज गुरुङ, राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव एवं सितेरियो कराते महासंघका अध्यक्ष युवराज लामा, निजगढ नगरपालिकाका पूर्व नगरप्रमुख सुरेश खनाल, पूर्व उपप्रमुख लिलादेवी लामिछाने, संघका महासचिव राजकुमार लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

 

५९ लाख कुल लागत रहेको प्रतियोगिताको मुख्य निर्णायकमा राखेपका तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा रहेका छन् भने निर्णायकहरुमा अन्तर्राष्टिय निर्णायक रवीन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी, नविना बुढाथोकी मगर लगायतका रहेका छन् ।

जिरोगीतर्फ पुरुष ७ र महिला ६ गरी १३ तौल समूह र पुम्सेतर्फ जुनियर १० वर्षको सिगल, १२ बर्ष डबल र १४ वर्षको ग्रुप गरी तीन तथा सिनियर पुम्सेतर्फ १८ वर्ष तल र माथि महिला पुरुष गरी चार टिम गरी २० ईभेन्टमा प्रतियोगिता भइरहेको छ  ।

 

भैरहवा, ५ जेठ ।

मिटरब्याजीको सम्पत्ति शुद्धीकरण गरी छानबिन गर्नुपर्ने पीडितहरुले आयोगसँग माग गरेका छन् ।  मिटरब्याजीबाट पीडितहरुको समस्या बुझ्दै सुझाव संकलनमा रुपन्देही आएको आयोगका पदाधिकारीहरुलाई पीडितले आफूहरुकाे मजबुरीको फाइदा साहुहरुले उठाउँदै अनाधिकृत रुपमा सम्पत्ति जोड्दै गएकोले छानबिन गर्नुपर्ने माग गरेका हुन्छ ।

 

नेपाल सरकारले गठन गरेको मिटरब्याजी (अनैतिक लेनदेन) छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा सदस्यहरु गणेशबाबु  अर्याल र उत्तमराज सुवेदीसहितको टोलीले मिटरब्याज समस्या समाधान तथा आगामी रणनीतिबारे सरोकारवालाहरूसँग छलफल गरेको छ ।  मिटरब्याजका प्रकृति र सो समाधान कसरी गर्नेबारे विभिन्न जिल्लामा पुगेर रायसुझाव सङ्कलन गर्ने क्रममा सो टोली बिहीबार भैरहवा आएको हो ।

पीडितहरुले मिटरब्याजीको नाम दिँदा समेत प्रशासनले पीडितलाई न्याय दिनुको साटो उनीहरुको संरक्षण गर्ने गरेको आरोप लगाए । भैरहवामा जिल्ला प्रशासन कार्यालय अगाडि नै ठेला व्यवसाय गर्दै आएका रमानन्द बनिया, राजेश बनिया लुम्बिनीका प्रदिप कुमार मौर्य, मर्चवार क्षेत्रबाट केशबनन्द बनिया, कृपानन्द बनिया  लगायतका मिटरव्याजी रहेको नाममा दर्जार्नौ निवेदन दिँदा समेत प्रशासनले कुनै कारवाही नगरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष उमेश कोरीले भने ।

मिटरब्याजीका कारण रुपन्देहीका धेरै व्यक्तिको उठीबास भएको, कतिले आत्महत्या गरेको समेत बताए । सहभागीहरूले ब्याजमा पैसा लिनेदिने कार्य शदीयौंदेखि आपसी समझदारीमा हुँदै आएको तर अहिले आएर ऋणीलाई ठग्ने उद्देश्यले मिटरब्याज र करेन्ट ब्याज साहुहरूले अनेक प्रकारको कारण देखाउँदै प्रशासनको मिलेमतोमा फसाउने गरेको  उनले बताए । समस्यामा पर्दा ऋण लिइन्छ, साँवा र व्याज पनि तिरेको र तिर्ने भने पनि सोविपरीत साहुहरूले गलत काम गर्दै आएकाले समस्या सृजना भएको बताएका अध्यक्ष काेरीले पीडितहरुले ऋणीले लेनदेन गर्दा साहुले बनाएको कपाली तमसुक, दिएको खाली चेक तथा जग्गाजमीन दृष्टिबन्ध गरी ऋण लिने गरेका जानकारी दिए । सावा भन्दा बढि पैसा साहुहरुले असुल गरे पनि चेक बाउन्स र तमसुककै आधारमा पीडितलाई सताउने गरेको अध्यक्ष कोरीको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जाँचबुझ आयोग गठन हुनु अगावै रुपन्देहीमा ४० वटा उजुरी दर्ता भएका थिए, जसमध्ये १२ वटा मेलमिलाप भइसकेको बताए । ४ वटा अदालतमा गएको र २४ वटा छलफलकै क्रममा रहेको बताए । अहिले आयोग गठन भएर अध्यादेश जारी भएपछि २९० वटा निवेदन दर्ता भएकोमा ती मध्ये १६७ वटा कम्प्युटर प्रणलीमै दर्ता भइसकेको बताए । ७ गते सम्म निवेदनको समय रहेकोले निवेदनहरु अझै थपिँदै गएको छ, यसका लागि प्रशासन कार्यालयले जनशक्ति नै खटाएको प्रजिअ पाण्डेले भने ।

 

नेपाल सरकारले निर्देशन गरेअनुसार जिल्ला प्रशासन कार्यालयले  मिटरब्याजीपीडितहरूको हकमा सार्वजनिक सूचना निकालेर निवेदनका लागि अनुरोध गरेको छ ।  मिटरब्याजपीडितका अनुसार साहुहरुले यौन शोषण, मानसिक तनाव, धाक धम्की, कुटपिट, उठीबास, शिक्षामा रोकथाम, लिएको रकम दोब्बर तेब्बर पारेर असुल गर्ने, साहुले मनलागी कागज बनाउन लगाउने, तमसुक नबनाई जमिन खोस्ने, पीडित माथि उल्टै मुद्दा हाल्ने, जमिन र पैसा दुबै लिएर पनि तमसुक नच्यात्ने लगायतका गतिविधि गर्दै आएका छन् ।

 

मुम्बई, ५ जेठ ।

बलिउडमा हालसम्म सबैभन्दा बढी कमाई गर्न सफल फिल्म ‘पठान’मा शाहरुख खान र सलमान खानको एकसाथ उपस्थिति दर्शकका लागि उत्कृष्ट स्वाद बन्यो ।

 

उनीहरुको एक्सन सिक्वेन्सलाई दर्शकले उत्तिकै मनपराए । अब यो फिल्मपछि शाहरुख र सलमान यशराज फिल्मस अन्तर्गत स्पाई युनिभर्सको आगामी स्पाई थ्रिलर फिल्म ‘टाइगर ३’मा एकसाथ देखिँदैछन् । ‘पठान’मा सलमानको केमियो भए जस्तै ‘टाइगर ३’ मा शाहरुख केमियो गर्दैछन् ।

 

फिल्म निर्माताले फिल्मको एक एक्सन दृश्यका लागि ३० करोड रुपैंयाँ खर्च गरेका छन् । फिल्ममा शाहरुख र सलमानको यो एक्सन दृश्य एक बाइक चेज सिक्वेन्सको हुनेछ ।

 

फिल्म ‘पठान’मा दुवैले शाहरुख र सलमानको एक्सन दृश्य एक रेल भित्र भइरहँदा ‘टाइगर ३’मा भने उनीहरुले एक पुलमा एक्सन कला देखाउनेछन् । यो एक्सन दृश्य फिल्मकै सबैभन्दा ठूलो एक्सन दृश्य हुने बताइएको छ । तर यो दृश्यमा फिल्मका मुख्य भिलेन इमरान हासमी र प्रमुख अभिनेत्री कटरीना कैफ भने देखिने छैनन् ।

 

हालका दिनमा यो एक्सन दृश्य मड आइलेण्डमा खिचिरहिएको छ । एक्सनका लागि एक ठूलो सेट बनाइएको छ । जसमा ५ दिन सुटिङ भइसकेको छ भने अब करिब ८ दिनमा सुटिङ पुरा हुनेछ । यो सेटका लागि निर्माताले ३० करोड रुपैंयाँ खर्च गरिसकेका छन् । फिल्ममा मनीष शर्माको निर्देशन छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।