२०८३ श्रावण २६
२०८३ श्रावण २६

 

काठमाडौं, ५ जेठ

सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालय खारेजी  गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरू एक आपसमा गभिने वा खारेज गर्ने बताए ।

खारेज भएका वा गाभिएका संस्थाको जनशक्ति र सम्पत्ति व्यवस्थापन गर्न आवश्यक कानुनी व्यवस्थापन गर्ने उनले बताए ।

अध्ययनको आधारमा बन्द वा रुग्न भएका सार्वजनिक संस्थाको पुनःसंरचना, पुनर्स्थापना, पुनरोउत्थान गरिने उनको भनाइ छ ।

 

काठमाडौं, ५ जेठ ।

सरकारले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने जानकारी दिएका हुन् ।

साथै उनले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने पनि जानकारी दिए ।

 

काठमाडौं, ५ जेठ ।

सरकारले वर्षायाममा ५० र हिउँयाममा ३० युनिटमात्र विद्युत् खपत गर्नेलाई निःशुल्क गर्ने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मासिक रुपमा वर्षायाममा ५० युनिट र हिउँयाममा ३० युनिटमात्र विद्युत खपत गर्नेलाई निःशुल्क गर्ने जानकारी दिएका हुन् ।

साथै ग्यासबाट खाना पकाउने अवस्थालाई विद्युत् प्रयोगबाट विस्थापन गर्ने नीति सरकारले लिने उनले जानकारी दिए ।

 

काठमाडौं, ५ जेठ ।

सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएकाे छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

 

काठमाडौं, ५ वैशाख

सरकारले वर्षा याममा मासिक ५० युनिट र हिउँदमा ३० युनिटम्म विद्युत उपभोग गर्ने उपभोक्तलाई नि:शुल्क विद्युत वितरण गर्ने घोषणा गरेको छ ।

संसदमा संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त बताएका हुन् ।

नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले अबको दुई वर्षभित्र सबैको घरमा विद्युतको पहुँच पुर्‍याउने घोषणा गरेका छन् ।

 

काठमाडौं, ५ वैशाख

सरकारले इन्टरनेटको माध्यमबाट गरिने विज्ञापन तथा अन्य कारोबारलाई करको दायरमा ल्याउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन् ।

शुक्रबार संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन तथा अन्य कारोबारलाई नियमन र करको दायरमा ल्याइने बताए ।

 

काठमाडौं, ५ वैशाख

नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको जस्तो रहेको टिप्पणी गरेका छन् ।

सरकारले प्रस्तुत गरेको नीति कार्यक्रमपछि प्रतिक्रिया दिँदै सांसद भट्टराईले उक्त कुरा बताएका हुन् ।

‘यो नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको छ । प्राण नभएको छ । कुनै सपना छैन । आजको तमाम मुलुकले भोगेको समस्या समाधान गर्ने कुनै नीति छैन,’ सांसद भट्टराईले भने ।

 

उदयपुर, ५ जेठ

उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएपछि स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयले टिपरमा आगजनी गरेका हुन् ।

मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करले स्थानीय नवराज रानामगरकी ४ वर्षीया छोरी एन्जिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदन भण्डारी राजर्माग हुँदै बेल्टारबाट रामपुरतर्फ जाँदै गरेको टिपरले बालिकालाई मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टारबाटमा दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

घटनापछि टिपर र चालक कटारी नगरपालिका–२ का २३ वर्षीय टुकराज तामाङलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।

टिपरको ठक्करले बालिकको मृत्यु भएपछि आन्दोलित स्थानीयले मदन भण्डारी राजर्माग हुँदै पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश–२–०१–००१ क ००२४ को अर्को टिपरमाथि आगजनी गरेका छन् ।

 

सिन्धुली, ५ वैशाख

प्रहरीले नेपाली कांग्रेस महासमिति सदस्य कृष्ण मुरारी गुरुङलाई ठगी आरोपमा पक्राउ गरेको छ । करिब साढे ९ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सिन्धुली गोलन्जोर गाँउपालिका वडा नम्बर ४ घर भएका वर्ष ४३ वर्षीय गुरुङलाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले गुरुङलाई विभिन्न व्यक्तिको नगद तथा सुनसहित करिब ९ करोड ६० लाख रुपैयाँ विभिन्न प्रलोभन देखाई ठगी गरेका आरोपमा पक्राउ गरिएको जनाएको छ ।

प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार उनले सुरेश केसीसँग पटकपटक गरी नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन, देउ बहादुर गुरुङबाट २०७४ सालमा तीस लाख लिएको र सरिता गुरुङलाई आफूसँग गाडी भएको र सो गाडी बिक्रीमा रहेको र बैंकमा २० लाख रकम तिर्नुपर्ने र त्यसपछि गाडी आफूले पाउने भन्दै छलेर रकम लिई फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसूरमाकाठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

 

बुटवल, ५ वैशाख

लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लुकिछिपी लागूऔषध (ब्राउन सुगर) को कारोबार गर्ने बुटवल उपमहारनगरपालिका-१९ पत्थरगंज मिलनटोलमा बस्दै आएकी स्याङजाकी ४१ वर्षीय माया गुरुङ र बुटवल ११ मा बस्दै आएका ४० वर्षीय नारायणप्रसाद सिंजापतीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

नयाँ बसपार्कमा शंकास्पद अवस्थामा हिडेका सिंजापतीको शरीर खानतलासी गर्दा लागूऔषध फेला परेको र अनुसन्धान गर्दा गुरुङले कोठाभाडा लिएर बस्दै आएको ठाउँबाट लागूऔषध भेटिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा खटेको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूबाट १२ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र ‘स्पाशमोइक’ लेखिएको ३३ वटा क्याप्सुल बरामद गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।