२०८३ श्रावण २६
२०८३ श्रावण २६

 

काठमाडौं, ७ जेठ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिपिम्पयाधुराको अवस्थाबारे सरकारसँग जवाफ मागेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको सीमा सुरक्षाको अवस्थासहित कालापानीकाबारेमा जानकारी मागेका हुन् ।
‘कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ? भन्दै उनले प्रश्न गरे ।

 

काठमाडौं, ७ जेठ ।

सरकारको नीति तथा कार्यक्रम माथी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज टिप्पणी गर्ने भएका छन् ।

 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै आज बिरोधसमेत जनाउने छन् ।

 

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने छन् ।

 

‘मुलुकलाई सहि दिशा दिनका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा हो, स्वीकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्ताबेज पेस हुनु दुःखको कुरा हो,’ ओलीले शनिवार बसेको संसदीय दलको बैठकमा भनिसकेका छन, ‘यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिशन त्यही हो ।’

 

बिराटनगर, ७ जेठ ।

गाँजा तस्कर पक्राउ गर्न खोज्दा एक जना प्रहरी घाइते भएका छन् ।

भारततर्फ गाँजा लैजाँदै गरेको सुचना पाए पछि पक्राउ गर्न जाँदा एक प्रहरी घाइते भएका छन ।

 

विराटनगर महानगरपालिका–१८ मुसहरी टोलबाट २२ किलोग्राम गाँजा बरामद गर्ने क्रममा प्रहरी हवल्दार घाइते भएको मोरङ प्रहरीका डीएसपी एवम प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार गाँजा फ्यालेर भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा इलाका प्रहरी कार्यालय बुधनगरका सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन् ।

 

उनको कोशी अस्पतालमा उपचार भईरहेको छ ।

 

उनका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको भए पनि सो घटनामा संलग्नहरु भने फरार हुन सफल भएका छन । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

 

भक्तपुर, ७ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको भक्तपुर नगरको अध्यक्षमा डा. राजेन्द्र कोजू निर्वाचित भएका छन् । पार्टीको शनिबार भक्तपुरमा भएका पहिलो नगर अधिवेशनले डा. कोजूको अध्यक्षतामा ५१ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा जनु न्हेमाफुकी, सचिवमा रामकृष्ण छुस्याबाग, निर्वाचित भए । त्यस्तै सदस्यहरूमा अनिता जति, रश्मी श्रेष्ठ, सुनिता महर्जन चगुठी, श्यामा नायभालगायतका छन् ।

 

अधिवेशनको उदघाटन पार्टीका केन्द्रिय उपमहासचिव गंगाराम तुलाधरले गरेका थिए । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवं जिल्ला संयोजक धु्रबराम विष्ट, पुराना कम्युनिष्ट नेता न्हुछेबहादुर ढुकुछू, पार्टी जिल्ला अध्यक्ष श्याम बस्नेतलगायले पार्टीलाई भक्तपुरको पहिलो पार्टी बनाउने योजनाका साथ अघि वढ्नुपर्ने बताए ।

 

काठमाडौ, ७ जेष्ठ ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा  यही जेठ २६ गते गर्ने भएको छ ।

 

कम्पनीले केहि दिन अघि निकालेको सुचना संशोधन गर्दै आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको छ । कम्पनीले यसअघि विशेष साधारणसभा डाकेकोमा सूचना प्रकाशित गर्दै सच्चाएर पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

 

कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाडौँको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको छ ।  सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश छन्।

 

सभाले बोनस सेयर वितरणपछि जारीपुँजी र चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने, सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ। मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने विशेष प्रस्ताव, प्रभु र महालक्ष्मी लाइफबीचको मर्जरका लागि कायम १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ।  मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु सभाले स्वीकृत गर्नेछ।  मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादी रहने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।

 

गोरखा, ७ जेठ ।

गोरखाको सहिद लखन गाउँपालिका–७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी हुँदा प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ ।

 

आइतबार बिहान ४ बजेतिर विद्युत् सर्ट भएर सल्केको आगलागीबाट स्टोरमा रहेका औषधि, अक्सिजनलगायत स्वास्थ्य सामग्री जलेर नष्ट भएको छ । केही सामान निकाल्न सकिए पनि धेरै सामग्रीमा क्षति पुगेको बताइएको छ ।

आगोलाई नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

 

काठमाडौ, ७ जेठ ।

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला सुनको मुल्य  १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला  १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबा भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

 

काठमाडौ, ७ जेठ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ । यससँगै सूचक १८७८.६८ विन्दुमा आइपुगेको छ ।

 

२ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ६६० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

 

हैदराबाद, ६ जेठ ।

गुगलका सीईओ सुन्दर पिचाईले आफ्नो बाल्यकाल बिताएको चेन्नई, भारतको घर बेचिएको छ ।

पिचाईका बाबुआमाले पुरानो घर जग्गा तमिल अभिनेता तथा निर्माता सी मणिकन्दनलाई बेचेका हुन ।

 

मदुरै, तमिलनाडुमा लक्ष्मी र रघुनाथ पिचाईको घरमा जन्मेका सुन्दर पिचाईले आफ्नो सम्पूर्ण बाल्यकाल चेन्नईमा बिताए। पिचाईले आईआईटी खड़गपुरमा भर्ना हुनुअघि यहाँ शिक्षा प्राप्त गरेका थिए। सुन्दर २० वर्षको उमेरसम्म यही घरमा बस्थे । उनी अहिले अमेरिकामा बस्छन् ।

 

यो घर कति पैसामा बेचियो, यसको जानकारी भने खुलाइएको छैन । द हिन्दु बिजनेस लाईनसँग कुरा गर्दै मणिकन्दनले भने, ‘म आफै रियल स्टेट डेभलपर हुँ। मैले करिब ३ सय घर बनाएको छु । सुन्दर पिचाईले हाम्रो देशलाई गौरवान्वित बनाएका छन् । उहाँ बस्ने घर किन्नु मेरो जीवनको गौरवको क्षण हो।’

 

जग्गाका नयाँ मालिक मणिकन्दनले आफ्नो अनुभव बाँड्दै भने, ‘पिचाईको पहिलो सम्पत्ति भएकाले सम्पत्तिको कागजात हस्तान्तरण गर्दा उनका बुबा निकै भावुक हुनु भयो, पिचाईका बुबाले कागजी कार्य पूरा गर्न दर्ता कार्यालयमा घण्टौं धैर्यताका साथ पर्खनुभयो,’ मणिकन्दनले भने। लेनदेन प्रक्रिया पूरा हुन करिब चार महिना लाग्यो किनकि पिचाईका बुबा त्यतिबेला अमेरिकामा बस्दै आएका थिए।

यो घर किन्ने कुरा चलिरहेको बेला सुन्दरकी आमाले व्यक्तिगत फिल्टर कफी बनाएको मणिकन्दनले स्मरण गरे ।

 

पिचाई अन्तिम पटक सन् २०२१ को अक्टोबरमा चेन्नई आएका थिए । हवाईअड्डा जाने बाटोमा उनी बाल्यकालका सम्झना ताजा गर्न वाणी स्कुलसमेत पुगेका थिए ।

 

अहिले सो घर भत्काउने कार्य सुरु भएको छ । जसलाई हरियो रंगको जालीदार कपडाले छोपिएको छ  ।

 

जनकपुर, ६ बैशाख ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्ने गरी आएको बताएका छन् ।

 

जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंशा गर्न लायक भएको बताएका छन् ।

 

‘सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ’ नेपालले भने ।

 

उनले मधेस सरकारको नेतृत्व तत्काल परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्न नरहेको पनि उनले जानकारी दिएका छन् । ‘मधेस सरकारको अहिले नेतृत्व परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्न छैन, यही सरकारमा अन्य दललाई पनि समावेश गर्ने गरी अघि बढछौं’ उनले भने ।

 

नेता नेपालले रेशम चौधरीलाई जेलवाट रिहा गर्नका लागि पहलकदमी भईरहेको पनि जनाएका छन् । ‘सर्वोच्च अदालतको पैmसालाले रेशम चौधरीको रिहाईका लागि केही अबरोध गरेको छ तर अर्को बिकल्प खोजी गरी रिहा गर्ने कोशिशमा हामी रहेका छौ ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।