नयाँ दिल्ली, १८ जेठ
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धन खडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँ दिल्ली पुगेका थिए ।
नयाँ दिल्ली, १८ जेष्ठ
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र भारतका उपराष्ट्रपति जगदीप धनखडबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल प्रचण्डले भारतका उपराष्ट्रपति धनखडसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
रौतहट , जेठ १८ गते ।
रौतहटको बाैधीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिना अस्त व्यस्त बनेको छ । केहि दिन अगाडि मात्र मंत्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्की र नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव लगायत जनतिनिधिहरुबीच आपसी तालमेल नहुदा कार्कीलाई पठाइ नया हाकिम ल्याउन दिनरात कसरत भैरहेको देखिएको छ ।
उपसचिवले नियम बिपरित कार्य नगरेको तथा नगर प्रमुखसंग कुरा नमिल्दा कार्यपालिकाले नियम मिचेर स्थानीय तहमा कार्यरत सातौ तहको कर्मचारी हुदा हुँदै पनि नगरपालिका बाहिर यमुनामाई गा.पा.का आफ्नो पायक पर्ने छैठो तहको अहेव कर्मचारी प्रमोद यादवलाई हाकिम बनाउन नगर प्रमुख यादव नगरको सम्पुर्ण कामकाज छोडी व्यस्त रहेको देखिएको छ ।
आर्थिक वर्षको अन्त्यमा बिकास निर्माणका कार्य लगायत पालिकाबाट हुने विभिन्न प्रसाशनिक कार्यहरुको चाप दिन्हु बढिरहेको अवस्थामा, संघीय तथा प्रदेश सरकारबाट आएको लाखौ,
करोडौं रकमको योजनाहरु सम्झौता समेत नभई बिकास निर्माणका कार्यहरु अस्त व्यस्त रहेको अवस्थामा उपसचिव कार्कीलाई पठाई नया हाकिम ल्याउने कार्यले सम्पुर्ण नगरबासी नै अन्यौलमा परेको स्थानीयहरुले गुनासो गरेका छन ।
एक वर्ष बित्न लाग्दा सबै पालिकाले आफ्नो वार्षिक प्रगती प्रतिवेदन पेश गरिरहेको समयमा बाैधीमाईका नगर प्रमुख यादव बिकास निर्माणका कार्यहरु समेत पूरा नगरी नयाँ हाकिमको लागि हप्तौ देखि काठमाण्डाै बसिरहेको जनगुनासो बढिरहेको स्थानीयहरुले बताएका छन।
साथै सरकारले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विधार्थीहरुको लागि सन्चालन गरेको दिवाखाजा बाैधीमाई नगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा बिगत ३ महिना देखि बन्द रहेको देखिएको छ ।
रमेश कुमार यादव,गरूडा,जेठ १८ गते
नबिल बैंकले बिहिबारदेखि गरुडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि दुई शाखाबाट सेवा प्रदान गर्दै आएको बैंकले गरुडामा थप एउटा शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयको बिहिबार एक समारोहका विच गरुडा नगरपालिकाको नगर प्रमुख (मेयर)कन्थमनि प्रसाद जैसवालले पान्समा बति बालि उद्धघाटन गर्नु भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर जैसवालले शाखाले परिस्कृत ढंगबाट ग्राहकलाई सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएका थिए ।रौतहट जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा क्षेत्रमा मात्रै बैंकको शाखा खोल्ने परिपाटीको अन्त्य गर्दै मुख्य बजार क्षेत्र बाहिरका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले शाखा सञ्चालनमा ल्याएमा खुसी व्यक्त गर्दै उनले भने,

‘नबिल बैंक देशको एउटा सर्वोत्किृष्ट वित्तीय संस्था मध्ये एक हो । लामो समयदेखि नेपालको अर्थतन्त्रमा यसले ठूलो सहयोग पु¥याउँदै आएको छ । आशा गर्छु नयाँ शाखाले बैंकको यस विरासतलाई कायम राख्छ ।’मेयर जैसवालले बैंकलाई प्रत्येक शाखाबाट ग्राहकको लागि राम्रो व्यवस्थापन गर्न आग्रह समेत गर्नु भएका थिए ।

नगर प्रमुख जैसवालले भने यो बैँक नयाँ होईन यो बैँक पनि धेरै नै पुरानो रहेको हो तर यस ठाउँमा नयाँ सन्चालन हुँदा यहाका लागी नयाँ नै हो तर यसको सेवा सुबिधा पुरानै नै हो ।
यस बैँकसंग आबद्ध रहेका ग्राहकहरु सन्तुष्ट रहेको बताउनु भयो ।त्यति मात्र नभएर बैँकको हरेक सेवा सुबिधा ग्राहकहरुमा सर्वसुलभ तरिकाबाट प्रदान गर्न आग्रह गर्नु भएका थिए ।

यस गरुडामा सबभन्दा पहिला राष्ट्रिय बाणिज्य बैँक र निर्धन लघुबित बितिय संस्थाले सेवा दिदैँ आईरहेका थिए तर आजकल अनेकौँ बैँक तथा संस्थाहरु सेवा दिईरहेको बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै नव सञ्चालित शाखाका प्रवन्धक बिश्वनाथ प्रसाद यादबले नयाँ शाखा आफैमा स्वयंपूर्ण भएको बताउँदै रौतहटमा रहेका अन्य दुई वटा शाखाझैँ यहाँबाट पनि सेवासुविधा उपलब्ध हुने बताए ।

नबिल बैंकले आजै देशभरका विभिन्न स्थानमा ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी पनि गराए । ‘आज थपिएका ३८ नयाँ शाखासँगै नबिल बैंकको देशभर २५५ वटा शाखा पुगेका छन्,’ उनले भने ।
हाल देशका विभिन्न स्थानमा २८३ वटा एटीएम पनि सञ्चालनमा रहेको उनले बताए ।साथ साथै शाखा प्रबन्धक यादबले २०८० बैशाखको अन्त्यमा ३ खर्ब ७३ अर्व डिपोजिट रहेको छ भने ३ खर्ब ३४ अर्ब लगानी समेत रहेको बताउनु भयो ।
विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै सेवाग्राहीको मनमुटुमा बस्न र मन जितन सफल रहदैँ आएको नबिल बैंक मुलुककै अग्रणी बैंक मध्येको एक हो ।

बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
कार्यक्रममा चन्द्रपुर नविल बैँकका शाखा प्रबन्धक बिरेन्द्र प्रसाद पटेल ,उधोग बाणिज्य संघ गरुडा रौतहटका अध्यक्ष हरेन्द्र प्रसाद चौधरी,नेकपा एमालेको नेता कलिमुल्लाह,

ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल ,सुनचाँदी ब्यवसाय रामजि साह ,उधोग बाणिज्य संघ गरुडा रौतहटका सदस्य संन्तोश जैसवाल ,बिजय साह ,युवा नेता शैलेस जैसवाल ,
श्याम सहनी ,कान्तिपुर पत्रिकाका रौतहट प्रतिनिधि राजेश्वर पाण्डे लगायत पत्रकारहरुको सहभागिता थियो ।

आरके श्रीवास्तव,राैतहट,जेठ १८ गते
मधेश प्रदेशका विभिन्न पालिकाका कर्मचारीहरूलाई काेपाेमिस सम्बन्धि तालिम सुरू भएको छ । महाेत्तरीकाे बर्दिवास स्थित हाेटेल रिसाेनामा आज देखि साे तालिम सुरु भएको हाे ।

ग्रामिण उधम तथा विप्रेषण आयाेजना (समृद्धि) जनकपुर करिडाेर कार्यालयकाे आयाेजनामा बिहिवार देखि मधेस प्रदेशका विभिन्न सहकारी शाखाका प्रमुख र काेपाेमिस सम्बन्धि तथ्यांक हेर्ने कर्मचारीहरू लाई तालिम दिन थालिएको समृद्धि आयाेजनाका कर्मचारी ईन्दिरा श्रेष्ठले जानकारी गराएकी हुन् ।

तालिममा राैतहट,बारा,सर्लाही,महाेत्तरी र सिन्धुली जिल्लाकाे ११ पालिका सहकारी संस्था शाखा र काेपाेमिस सम्बन्धि शाखा हेर्ने कर्मचारीहरू सहभागी छन् । तालिममा प्रशिक्षक सिएमएफका सिईओ गणेश बिष्टले प्रशिक्षण दिईरहेका छन् ।

आज पहिलाे दिन सहकारी नियमनकाे लागि संघ,प्रदेश र स्थानीय तहका संरचनाहरू बारे जानकारी गराईएकाे थियाे । साथै सहकारीकाे अवस्था पहिचान तथा काेपाेमिस संचालन सम्बन्धि महत्त्वपूर्ण जानकारी तथा छलफल गरिएको थियाे । आज देखि सुरू भएको तालिम शुक्रबार सम्म चल्ने श्रेष्ठले बताईन् ।

काठमाडौं, १८ जेठ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै परेको रिट निवेदनलाई दरपिठ गर्ने सर्वाेच्च अदालत प्रशासनको आदेशविरुद्ध निवेदन दर्ता भएको छ ।
गत शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई गत मंगलबार रजिष्ट्रार नारायाणप्रसाद पन्थीको आदेशमा दरपिठ गरिदिएको थियो । तर, उक्त आदेशविरुद्ध बिहीबार विष्टले दिएको निवेदन सर्वाेच्च अदालतले दर्ता गरेको हो । उक्त निवेदनको दर्ता नम्बर १२९६५ रहेको छ । आउँदो सोमबार छलफलका लागि बोलाएको निवेदनक विष्टले जानकारी दिए ।
‘द्वन्द्वकालको घटनालाई नियमित अदालतभन्दा पनि संक्रमणकालिन न्याय संयन्त्रले नै संबोधन गर्नु उपयुक्त हुने साथै यीनै घटनाको समग्र विषयलाई समेटेर सत्य निरुपण तथा मेलमिलाप आयोग नेपालमा उजुरी दिएको भनि निवेदक मध्येका लेनिन विष्टले निवेदनमा आफ्नो ब्यहोरा उल्लेख गरेको देखिएकोले प्रस्तुत विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट संक्रमणकालिन न्याय पद्धतिअनुसार निरुपण हुने नै हुँदा यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत प्रस्तुत निवेदन लिई आएको देखिदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता गर्न मिलेन । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपीठ गरी दिइएको छ । कानून बमोजिम गर्नु,’ दरपिठ गर्ने रजिष्ट्रार नारायाणप्रसाद पन्थीको मंगलबारको आदेशमा उल्लेख गरिएको थियो ।
उक्त आदेश बदर गरी रिट निवेदन दर्ता गर्न माग गर्दै विष्टले बिहीबार सर्वाेच्चमै निवेदन दर्ता गराएका हुन् ।
आफूहरुलाई बालावस्थामा युद्धमा प्रयोग गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाइनुपर्ने जिकीर गर्दै विष्टसहितले शुक्रबार रिट निवेदन दिएका थिए । आफूहरुलाई बाल सेनाको दर्जाबाट बञ्चित गर्ने किसिमका कार्य नगर्नु भनि विपक्षीहरुका नाममा परमादेशको आदेश जारी गर्न पनि उनीहरुले माग गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईसमेतलाई विपक्षी बनाई गत शुक्रबार दिएको रिट निवेदनमा भनिएको थियो, ‘सशस्त्र द्वन्द्वमा बाल सेना भर्ती गर्नु गराउनु हुन्न भन्ने तथ्य ढाँटी हामी जस्तालाई बालसैन्यको रुपमा भर्ती गरी हाम्रो सुन्दर भविष्य बरबाद गर्ने र युद्ध अपराधको भागीदार भै अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्ने विपक्षीद्वय पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईमाथि प्रचलित अन्तर्राष्ट्रिय कानुन बमोजिम कानूनको दायरामा ल्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आवश्यक पर्ने कार्य गर्नु र घरेलु रुपमा कानूनको दायरमा ल्याउन संयुक्त राष्ट्र संघको सुरक्षा परिषद संग समन्वय गरी संयुक्त राष्ट्र संघिय आयोग (उदाहरणका लागि रुवान्डा वा युगोस्लाभियामा स्थापित आयोग (Tribunal) स्थापित गरी कानूनी कार्यबाहीको प्रक्रिया अघि बढाउनु र सो को प्रगति विवरण सम्मानित सर्वोच्च अदालतलाइ नियमित रुपमा पेश गर्नु भनि परमादेशको आदेश जारि गरी पाउँ ।’
तर, शुक्रबार दिएको उक्त निवेदन सर्वाेच्च अदालतले दर्ता गर्न नमिल्ने भनि दरपिठ गरिदिएको हो । सोही आदेशविरुद्ध विष्टले पुनः निवेदन दर्ता गराएका हुन् ।
काठमाडौं, १८ जेठ ।
भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ताको भएको हो । यसअघि बिहीबार नै राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्प अर्पण गरेका थिए ।
बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

काठमाडौं, १८ जेठ ।
भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ताको भएको हो ।
यसअघि बिहीबार नै राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्प अर्पण गरेका थिए ।
बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।
काठमाडौं, १८ जेठ ।
भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण गरेका छन् ।

बिहीबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्प अर्पण गरेका हुन् । बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

हेटौँडा, १८ जेठ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ जाँतेमा एक महिलाले दुई छोरासहित आफूले विष सेवन गरेकी छन् ।
प्रहरीका अनुसार बुधबार साँझ ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् ।
झार मार्ने विषादी प्यारा क्वाइट डाइक्लोराइड खाएका उनीहरुलाई हेटौडा अस्पताल हुँदै राति नै चितवन मेडिकल कलेज (सीएमसी)मा लगिएको थियो । तर, उपचारका क्रममा बिहीबार बिहान छोरा जेनिसका मकवानपुर प्रहरीले जनाएको छ ।
साथै आमा सोनी र अर्काे छोरा अस्किनको अवस्था पनि गम्भीर छ । उनीहरूको आईसीयू कक्षमा उपचार भइरहेको छ । उनीहरुले विष सेवन गर्नुको कारण खुलिनसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।