२०८३ जेष्ठ ५
२०८३ जेष्ठ ५

 

रन्धिर साह, रौतहट, जेठ २० ।

रौतहटको कर्कचमा धमाधम सडक ढलना कार्य सुरु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको र्ककच गाउँमा शुक्रबारदेखी ढलान कार्य सुरु गरेको हो ।

शहरि विकास मन्त्रालयद्धारा गत आर्थिक वर्ष २०७९ र ०८० का लागि आएको सडक निमार्णको बजेटबाट जेठ १९ गतेदेखि देवाही गोनाही नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष अनिलकुमार झाले करिब ८ सय मिटरमा रहेको कर्कच, उचिडिह र गोनाहीजाने बाटोको ढलान कार्य सुरु गरेका छन् ।

उनका अनुसार सो कार्य असारको १५ गते भित्र सकिने गरि सुरु गरेका हो । लामो समयदेखि यो सडकलाई ढलान गर्ने मेरो चाहना आज पुरा भएको पुर्व वडा अध्यक्ष झाले बताए । सो सडकका बारेमा ढलान हुँनु भन्दा पहिलादेखि नै चर्चा परिचर्चा हुन थालेको र अब ढलान प्रक्रिया सुरु भएसंगै स्थानीयबासीहरु पनि धेरै खुसी भएको सोही गाउँका स्थानीय भाग्यनारायण झाले बताए ।

उनका अनुसार यो सडकले गाउँको विकासमा साकारात्मक भूमिका खेल्ने छ । यस्तै पुर्व वडा अध्यक्ष झा भन्छन्, हाम्रो योजना भनेकै गाउँलाई सहर बनाउनु हो, सोही अनुरुप आज पनि सडक ढलान कार्यलाई अगाडी बढाएका छौँ । छिटै गाउँका सबै कुना कुनामा ढलान भएको सडक देखिने छ, उनको भनाइ छ ।

यो सडक खण्डले गाउँ र बजारलाई जोडने काम गर्छ । यसको प्रत्य रुपमा किसानलाई भाइदा हुँने उनले बताए । कार्यक्रममा समाजसेवी युवा नेता राजकुमार साह, प्रभास (गम्भिरा) साह, देवाही गोनाही नगरपालिका वडा नम्बर ६ का वोड सदस्य जय राम साह, सोही वडाका सचिव अनुठा महतो, किशोरी हजरा तथा भुनेसर साह सहित स्थानीयहरुको सहभागिता रहेको थियो ।

   

 

 न्युयोर्क, १८ जेठ ।

एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् ।

 

टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै बिश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका हुन ।

 

पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढदा उही समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको को शेयर २.७ प्रतिशतले घट्न पुगेको थियाे । जुन घटाईले मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स यस वर्ष शीर्ष स्थानको लागि दुवै बिचमा प्रतिस्पर्धा चल्दै आएको जनाएकाे छ । जसअनुसार कहिले एलोन मस्क र कहिले बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा रहदैँ थिए। तर, यो वर्ष लामो समयसम्म बर्नार्ड अर्नाल्ट नै विश्व कै धनी व्यक्ति बन्दा मस्क भने दोस्रो स्थानमा झरिरहेका थिए ।

 

अर्नाल्ट ७४ वर्ष पुरानो फ्रान्सेली बिलासिताका समानका व्यापारी हुन, जाे सन् २०२२ को डिसेम्बरमा मस्कलाई पछि पार्दै पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका थिए । अर्नाल्टले एलभीएएच नामक कम्पनि छ, जसका विश्व प्रसिद्ध लुइस भिटन, फेन्डी र हेनेसी लगायतका महंगो फेसनका ब्रान्डहरू उत्पादन हुन्छन् ।

 

ब्लूमबर्ग समाचार एजेन्सीका अनुसार चीनको महत्त्वपूर्ण बजारमा सुस्त आर्थिक वृद्धिका बीच विलासिता समानको खपत घटन पुगेकाे छ। जसकाकारणा उनकाे अप्रिलदेखि करिब १० प्रतिशतले सेयर घटन पुगेकाे थियाे ।

 

अर्नाल्टको कुल सम्पत्तिबाट एकै दिनमा ११ अर्ब डलरको नोक्सान भएको थियो। अहिले बुधबारसम्म उनको कुल सम्पत्तिमा ५ अर्ब २५ करोड डलरकाे नोक्सानी भएको छ । अहिले बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर छ  तर पनि यो वर्ष मात्रै उनको सम्पत्ति २४.५ अर्ब डलरले बढन पुगेको छ ।

 

पुन: विश्वकै धनी व्यक्ति बनेका एलोन मस्कको सम्पत्ति भने १९२ अर्ब डलर पुगेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बुधवार एलोन मस्कको कुल सम्पत्ति १.९८ बिलियन डलरले बढेको हो । साथै, यो वर्ष उनको कुल सम्पत्तिमा पनि ५५.३ अर्ब डलरले बृद्धी भएको छ ।

 

नयाँ दिल्ली, १८ जेठ ।

भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य लिएको जानकारी दिएका हुन् ।

फुकोट कर्णाली र तल्लो अरुणको विद्युत् आयोजनामा सहयोग गर्ने सम्झौता भएको र यसले नेपालको विद्युत् क्षेत्रको विकास सहयोग पुग्ने प्रधानमन्त्री मोदीले बताए ।

प्रधानमन्त्री प्रचण्डको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको जानकारी दिँदै उनले पछिल्लो ९ वर्षमा भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनेको बताए ।

नेपालको विकासका लागि सिर्सिया र झुलाघाटमा पुल निर्माणमा भारतले सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताए ।

 

नयाँ दिल्ली, १८ जेठ ।

नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत सहमत भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिने जानकारी दिएका हुन् ।

रक्सौलदेखि अमलेखगञ्जसम्म रहेको पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्‍याउने प्रधानमन्त्री मोदीको भनाइ छ । साथै सिलगुडीबाट झापासम्म पनि पेट्रोलियम पदार्थको पाइपलाइन बनाउने उनले जानकारी दिए ।

चारदिने भारतको औपचारिक भ्रमणका लागि बुधबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र मोदीबीच बिहीबार भेटवार्ता भएको हो । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

 

राैतहट,जेठ १८ गते

राैतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा पौष्टिक आहार पैकेट वितरण गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर १ स्थित स्वास्थ्य कार्यालय घुसुकपुरमा गर्भवती महिलाहरुलाई पौष्टिक अहार पैकेट वितरण गरिएको छ ।

मधेश प्रदेश सरकारको सहयोगमा उपलब्ध भएका समानहरू स्वास्थ्यकर्मी रमेश कुमार यादवले बिहिवार एक कार्यक्रमको बीच लगभग ४२ जना गर्भवती महिलाहरूलाई चार किसिमको पौष्टिक अहार पैकेट वितरण गरेका छन् ।

आमा स्वास्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ त्यस पछी हाम्रो समाज स्वस्थ र मजबूत हुन्छ भन्ने मुल उदेश्यलका साथ मधेश प्रदेश सरकार बाट प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको फतुवा विजयपुरकाे स्वास्थ्यकर्मी यादवकाे भनाई रहेकाे छ ।

गर्भवती महिलाहरूले अरुबेलाको तुलनामा गर्भ रहेको वेलामा पोषिलो खानेकुराहरू बढी खानुपर्छ भन्नेजानकारी गराउनका लागि पौष्टिक आहार वितरण गरिएको यादवले बताउनुभयो ।

त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेको छ ।

 

नयाँ दिल्ली, १८ जेठ ।

भारतको भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झण्डा देखाएर नेपाल–भारत कार्गो रेल सेवाको उद्घाटन गरिएको छ ।

 

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झन्डा देखाएर कार्गाे रेल सेवा उद्घाटन गरेका हुन् ।

 

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

योसँगै अब भारतबाट नेपालमा कार्गोमार्फत सामान ल्याइनेछ । साथै बथनाहबाट पहिलोपटक कार्गो बोेकेको रेल विराटनगरको कस्टम यार्डमा आइसकेको छ ।

 

नयाँ दिल्ली, १८ जेठ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद समाधान हुने बताएका छन् ।

चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार दिउँसो हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले   नेपाल–भारत सीमा विवाद समाधान हुने बताएका हुन् ।

 

नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने प्रधानमन्त्री मोदीको भनाइ छ ।

‘हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ ।  यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ,’ मोदीले संयुक्त पत्रकार सम्मेलनमा भने ।

 

नयाँ दिल्ली, १८ जेठ ।

नेपालल भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको छ ।

भारतको चारदिने भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको जानकारी दिएका हुन् ।

हैदरवाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको जानकारी दिएका हुन् ।

 

काठमाडौं, १८ जेठ ।

नेपाली कांग्रेसका महामन्त्री आफ्नो पार्टी  अफ्ठ्यारोमा अवस्थाबाट गुज्रिएको बताएका छन् ।

छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट जितेर संघदेखि प्रदेश स्थानीय तहसम्मको नेतृत्व लिँदा कार्यकर्ताको निराशा बदल्न नसकेको बताएका छन् ।

 

आमकार्यकर्ताको पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएकाले पार्टीहितका लागि नेतृत्वदायी भूमिकाबाट बाहिर परे आफू तयार रहेको बताउँदै उनले सभापति शेरबहादुर देउवा यसका लागि तयार हो भनेर प्रश्नसमेत गरेका छन् ।

 

सबैले नेतृत्वले ठिक ढंगसँग काम गर्न नसकेको गुनासो आइरहेको बताउँदै महामन्त्री थापाले भने, ‘हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ। पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न ? उहाँ तयार हुनुहुन्छ ?’

जहाँबाट समस्या भएको छ त्यहीँबाट समाधान नखोजे पार्टी बन्न नसक्ने उनको भनाइ छ ।

 

काठमाडौं, १७ जेठ

नेपालमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घण्टामा गरिएको ७४० वटा नमुना परीक्षणमा जम्मा चार जना कोरोना संक्रमित भेटिएका हुन् । सोही समयमा चार जना संक्रमण मुक्त भएका छन् ।

दैनिक संक्रमण घट्दै गएको समयमा नेपालमा कोभिडका सक्रिय संक्रमित पनि घट्दै गएका छन् । हाल देशभर जम्मा २२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।