२०८३ श्रावण २१
२०८३ श्रावण २१

 

काठमाडौं, ७ साउन ।

यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन् । छिरिङले यसै फिल्ममार्फत् नेपाली फिल्ममा डेब्यु गर्न लागेकी हुन् ।

 

छिरिङले यसअघि शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरेकी छन् । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।

 

छिरिङले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम समेत राखेकी छन् । उनले ५६ सय मिटरको उचाईमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी हुन् ।

 

यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् ।

 

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

 

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।

 

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

 

यो फिल्ममा दयाहाङ र बुद्धि अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइटसका लागि माग बढिरहेको निर्माण पक्षको दाबी छ । फिल्मको छायांकन तिहारलगतै सुरु गरिने बताइएको छ ।

 

फिल्मको वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।

 

अछाम, ७ साउन ।

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ।

 

जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर घाटतिर जादै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ बिक रहेका छन्। दुर्घटनामा परेर ३३ जना घाइते भएका छन्।

 

घाइतेमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ। घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको नजिकको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घुम्तिमोडमा ट्याक्टर मोड्ने समयमा दुर्घटना भएको हो।

 

धनगढी, ७ साउन ।

कैलालीको धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

 

धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय विरेन्द्र खड्कासहित तीन जना पक्राउ परेका हुन्।

 

लागूऔषधसहित तीनै जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

 

कञ्चनपुर, ७ साउन।

कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ। नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

यसैबीच भीमदत्त नगरपालिका–१३ दोधारा चादँनी झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम फालेका युवकको प्रहरीले खोजी गरिरहेको छ।  कृष्णपुर नगरपालिका–६ का २८ वर्षीय जनक भट्टले गए राति नौ बजे झोलुङ्गे पुलबाट हाम फालेका थिए।

काठमाडौं, ७ साउन ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको अनुसन्धानबाट खुलेका कारण पक्राउ गरिएको हो। ललिता निवास प्रकरणमा हालसम्म २१ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए।

 

काठमाडौं, ७ साउन।

पोल्‍याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  कञ्‍चनपुरको कृष्णपुर नगरपालिका-२ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका-१  बस्‍ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन्।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले  बानेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए।

जोशीले पोल्याण्ड पठाइदिन्छु भन्‍दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

 

सुर्खेत, ७ साउन ।

वीरेन्द्रनगर नगरपालिक-१४ राम्चे बस्ने ४० वर्षीय गोविन्द दर्लामीलाई अवैध भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घरबाट  उक्त भरुवा बन्दुक फेला उनलाई पक्राउ गरेको हो ।

 

उता  कैलालीकाे कैलारी गाउँपालिका-६ खरुवाखेडा बस्ने ५२ वर्षीय नारायण प्रशाद चौधरीलाई भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग हुने ६६ पिस फलामको छर्रा, बारुद ४ डिब्बा र सिसाका टुक्राहरू १० पिससहित प्रहरीले पक्राउ गरेको छ ।

 

चौधरीको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

 

काठमाडाैं, ७ साउन ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । धादिङकाे गल्छी गाउँपालिका-७ बुद्वपार्कस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब १० केजीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा नवलपरासी सुनवल नगरपालिका-१२ बस्ने ३६ वर्षिय ईन्द्र बहादुर डाला मगर र १९ वर्षीय आशिष विक रहेका छन् । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई गाडीको प्रतीक्षा गरिरहेको अवस्थामा उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

धादिङकै बेनिघाट गाउँपालिका-५ बिशालटारबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२० मालेपाटन बस्ने २० वर्षीय भुमिजङ खड्का, धादिङ निलकण्ठ नगरपालिका-६ घर भई पोखरा न्युरोड बस्ने २८ वर्षीय सुमन लम्साल र ओखलढुङ्गा लिखु गाउँपालिका-४ घर भई पोखरा लेकसाइड बस्ने ३४ वर्षीय विकास बस्नेत रहेका छन् । प्रहरी चौकी बेनिघाटबाट खटिएको प्रहरीले ग.१८ प ७११३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

 

कैलालीकाे धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ बस्ने ३७ वर्षीय वीरेन्द्र खड्कासमेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

 

याँनदिल्ली, ७ साउन ।

चीनले हालै तिब्बतका धार्मिक नेता दलाई लामासँग सम्पर्क गरेको छ।

 

साउथ चाइना मर्निङ पोस्टका अनुसार दलाई लामाले करिब एक साताअघि चिनियाँ नेताहरूले आफूसँग सम्पर्क गरेको बताएका थिए। यद्यपी, यो कहिले भयो र चीनसँग के वार्ता भयो ? त्यो भने उनले खुलाउन चाहेनन ।

 

दलाई लामाले यसअघि आफू वार्ताका लागि सधैं तयार रहेको बताए पछि चीन सरकारले सम्पर्क गरेको बताईएको छ ।

 

दलाई लामाले भारतमै बसेर ‘तिब्बत सरकार’ चलाईरहेका छन । । यसलाई तिब्बतको निर्वासन सरकार पनि भनिन्छ। हालै यो सरकारकी मन्त्री नोर्गिन डोल्मा जापान भ्रमणमा गएकी छन् । त्यहाँ उनले चीनले दलाई लामासँग अनौपचारिक रूपमा ब्याकडोर वार्ता गरिरहेको र यो निकै महत्त्वपूर्ण रहेको पनि पुष्टि गरेका थिए । दलाई लामाले आफ्नो जीवनकालमा तिब्बतको समस्याको समाधान खोज्नेमा हामी सबै सहमत छौं भन्ने सन्देश निरन्तर दिए पछि चीन सम्पर्कमा आएको हुन सक्ने जनाईएको छ ।

 

यसअघि आफ्नो जन्मदिनको अवसरमा दलाई लामाले भनेका थिए– ‘चीन अब परिवर्तन हुँदैछ र म उनीसँग कुरा गर्न तयार छु । मलाई भेट्न चाहनेले तिब्बतको समस्या समाधान गर्न आउन सक्छन् । हामी पूर्ण स्वतन्त्रता चाहँदैनौं। धेरै वर्ष पहिले हामीले निर्णय गर्यौं कि हामी चीनको हिस्सा रहनेछौं।’

 

अहिले चीनले पनि तिब्बती जनताको मनोबल निकै बलियो भएको महसुस गरेको उनले जनाएका छन् । ‘त्यसैले अब तिनीहरू संबाद गर्नका लागि मसँग आउने छन भन्नेमा म बिश्वस्त छु ।’

 

मुम्बइ, ७ साउन ।

क्रिस्टोफर नोलनको फिल्म  ‘ओपेनहाइमर’ मा एक इन्टिमेट सीनमा भगवद् गीता देखाएको भन्दै विवाद सुरु भएको छ ।

वास्तवमा फिल्मको एक अंतरंग दृश्यमा मुख्य अभिनेता सिलियन मर्फी भागवद् गीता पढिरहेको देखाए पछि बिबाद सुरू भएको हो ।

यो दृश्यप्रति दर्शकले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरूले यो दृश्य निकै आपत्तिजनक रहेको बताउँदै हटाउनु पर्ने माग गरेका छन् । ‘यो हाम्रो धार्मिक ग्रन्थको अपमान हो’ उनीहरूले भनेका छन ।

केही प्रयोगकर्ताहरूले भने यसको लागि भारतीय सेन्सर बोर्डलाई जिम्मेवार ठहराए। सेन्सर बोर्डले कसरी सिनेमा हलमा रिलिज गर्न अनुमति दिएको हो रु उनीहरूले प्रश्र गरेका छन्र । यस्तो दृश्य पास गर्ने बोर्डका सदस्यले लाज मान्नु पर्छ उनीहरूले भनेका छन ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो अन्तरंग दृश्यको के आवश्यकता थियो ? एक अद्भुत फिल्म हो तर म यो दृश्य देखेर धेरै निराश भएँ।

अर्का प्रयोगकर्ताले टिप्पणी गरे, ‘ओपेन हाइमरको एउटा दृश्यमा एक नग्न केटीले गीता ल्याउँछिन् र त्यसपछि ओपेनहाइमरले इन्टिमेट सीनको बेला पढ्छिन्। मेरो विचारमा यो धेरै अपमानजनक छ।’

यसअघि फिल्म समीक्षक सुचित्रा त्यागीलाई दिएको अन्तर्वार्तामा सिलियनले भगवद् गीताको उल्लेख गरेका थिए । उनले भनेका थिए, ‘यस चरित्रको तयारीका लागि मैले भगवद् गीता पढेको थिएँ । मलाई यो धेरै प्रेरणादायक लाग्यो।’

यो फिल्म वैज्ञानिक जे रोबर्ट ओपेनहाइमरको जीवनमा आधारित छ । ओपेनहाइमरलाई हिन्दू महाकाव्यमा ठूलो चासो थियो। यस्तो अवस्थामा रियल लाइफको सन्दर्भलाई लिएर निर्देशकले भागवत गीताका उद्धरणहरू पनि फिल्ममा समावेश गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।