आरके श्रीवास्तव,रौतहट,१४ गते साउन
रौतहट । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ८७५ साना उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा घरेलु तथा साना उधोग कार्यालय गौर रौतहटमा ८७५ नयाँ साना उद्योग दर्ता भएका हुन् ।
यस अवधिमा ७५९ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख जयकान्त झाले जानकारी गराए । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ ९४७ नयाँ दर्ता भएका छन् भने १ हजार २ सय ७१ वटाको नवीकरण भएको छ ।
गत आव २०७८÷७९ मा १६९७ साना उद्योग दर्ता भएका थिए । कार्यालय प्रमुख जयकान्त झाका अनुसार सो अवधिमा ५ सय १३ साना घरेलु उद्योगको नवीकरण भएका थिए । वाणिज्यतर्फ १ हजार ६ सय ९२ नयाँ दर्ता भएका थिए भने ८ सय ८५ नवीकरण भएका घरेलु तथा साना उधोग कार्यालय गौर रौतहटले जनाएको छ ।
गत आवको तुलनामा यस आवमा ८२२ साना उधोग दर्ता कम भएको कार्यालय प्रमुख झाले बताउनु भयो । यसको प्रमुख कारण बैंकले ऋण प्रवाह बन्द गर्नु रहेको उनको भनाइ छ । गत आव २०७८÷७९ मा बैंकले ऋण प्रवाह गरिरहेको कारण उधोग दर्तामा बृद्धि भएको थियो ।
कार्यालयका अनुसार आव २०७७÷७८ मा १७२८ साना उधोग र वाणिज्य तर्फ २१४७ दर्ता भएको थियो । सो आर्थिक वर्षमा २ करोड ४८ लाख ६० हजार १ सय राजश्व संकलन भएको थियो ।

कार्यालयले आव २०७९/८० उधोग तर्फ बाट ६७ लाख ५८ हजार २०० र वाणिज्य तर्फ १ करोड २ लाख ७७ हजार ८ सय ५० राजश्व संकलन गरेको छ । यसरी कार्यालयले आव २०७९/८० मा कुल १ करोड ७० लाख ३६ हजार ५० रुपैयाँ राजश्व संकलन गरेको छ ।
कार्यालयले गत आव २०७८÷७९ मा उधोग तर्फ बाट ९८ लाख ९ हजार १५० र वाणिज्य तर्फ १ करोड १३ लाख ५२ हजार २ सय राजश्व संकलन भएको थियो । यसरी कार्यालयले आव २०७८/७९ मा कुल २ करोड १४ लाख ४३ हजार ६ सय राजश्व संकलन गरेको थियो । यस हिसाबले राजश्व संकलन पनि घटेको छ ।
चन्द्रपुर,गुजरा,वृनदावन,कटहरिया र गढिमाइ नगरपालिकामा लगायत स्थानमा साना उद्योग÷व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढि रहेको कार्यालय प्रमुख झाले बताउनु भयो ।
उनका अनुसार दर्ता भएकामध्ये उधोग मध्ये अधिकांश कृषि फर्म रहेको बताए । कृषि फर्म मात्रै ७५ प्रतिशत दर्ता भएको उनको भनाइ छ । त्यस्तै २५ प्रतिशतमा फर्निचर,पार्लर ,मोटरसाइकिल मर्मत लगायतका व्यवसायहरु रहेका छन् ।
घरेलु तथा साना उधोग कार्यालयले उधमशिलता कार्यक्रममा २ सय ४,सिपमूलक तालिम एडभान्स तर्फ १ सय ५,भगतसर्वजित तर्फ सिलाइ,कटाइ,कम्प्यूटर तालिम १२३ र नियमित तर्फ ३ सय १ जनालाइ तालिम प्रदान गरेको छ ।
आ.व.२०७९÷८० मा एडभान्स तर्फ गरुडा,कटहरिया,गौर नगरपालिका, भगतसर्वजित तर्फ गौर ,चन्द्रपुर,कटहरिया र दुर्गाभगवती गापामा, नियमित तर्फ गौर,चन्द्रपुर नपा र उधमशिलता गौर,चन्द्रपुर नपा र दुर्गाभगवती गापामा तालिम संचालन भएका छन् ।
कार्यालयको आव २०७८÷७९ मा बेरुजू नरहेको र आव २०७९/८० आलेप र मलेप हुन बाँकी रहेको जानकारी गराइएको छ । कार्यालयमा स्विकृत दरबन्दी ९ जना रहेकोमा पदपूर्ति संख्या ४ रहेको र रिक्त पद संख्या ५ रहेको जनाइएको छ ।
आव २०७९÷८० मा चालु तर्फ अन्तिम २ करोड ३७ लाख ६२ हजार ४ सय बजेट रहेकोमा २ करोड १९ लाख २ हजार ८१४ बजेट निकास भइ ९२.१७ प्रतिशत बजेट खर्च भएको छ । जबकी पूँजिगत तर्फ ३ करोड १ लाख ८७ हजार ४ अन्तिम बजेट रहेकोमा २ करोड ४७ लाख १६ हजार १५० निकासा भइ ८१.८८ प्रतिशत बजेट खर्च भएको हो ।
रौतहट जिल्लामा हालसम्म ११ हजार ३ सय ४३ साना घरेलु उद्योग दर्ता भएको छ भने १३ हजार ९ सय ९६ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।
आरके श्रीवास्तव,रौतहट,१४ गते साउन
रौतहट । जिल्लाका निर्माण व्यवसायीहरुले आज एक घण्टा धर्ना दिएका छन् । केन्द्रिय सर्कुलर अनुसार निर्माण व्यवसायी संघ रौतहटमा आबद्ध व्यवासायीहरुले धर्नामा बसेका थिए ।
आइतवार जिल्ला प्रशासन कार्यालय रौतहट अगाडि निर्माण व्यवसायीको प्रतिनिधिहरुले बिहान १० बजे देखि ११ बजे सम्म धर्नामा बसेका थिए । देशभरिको ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडी बस्ने क्रममा रौतहटमा पनि उनीहरु बसेका थिए ।
उनीहरुले निर्माण कार्याको काँकी भुक्तानी,म्याद थप,मूल्य समायोजन,उपभोक्ता समिति खारेजी,अव्यवहारिक माइलस्टोन खारेज,बीमा निर्देशिका २०७८ खारेज,सार्वजनिक खरिद एन तथा नियमावली तुरुन्त संशोधन ,खरिद नियमावली नियम ६ लाइ कडाइका साथ लागू लगायतका ९ बुँदे माग राखेर प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

केन्द्रीय कार्यक्रम अनुसारनै देशैभरीका जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिएको निर्माण व्यवसायी संघ रौतहटका महासचिव श्रीकान्त यादवले बताएका छन् ।
केहि दिन अघि निर्माण व्यवसायी संघ रौतहटले सबै आयोजनाहरुको एकमुष्ट म्याद थप गर्न र योजनाको भुक्तानी माग गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियो ।
स्मरणियहोस् रौतहट र सर्लाहीमा विभिन्न पुल, सडक लगायतका निर्माणको काम गरेबापतको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी संघ रौतहटको अगुवाइमा असार ३१ गते कार्यालयको मूलगेटमा तालाबन्दी गरिएको थियो । सडक डिभिजन कार्यालयले एक महिनाभित्र व्यवसायीहरूको रकम भुक्तानी दिने प्रतिबद्धतापछि ताला खोलिएको निर्माण व्यवसायी संघ रौतहटले जनाएको थियो ।
आरके श्रीवास्तव,रौतहट,साउन १४ गते ।
रौतहट । गौर हत्याकण्डका अपराधीलाई कारबाहीको माग सहित मोटरसाइकल र्याली निकालिएको छ । बीभत्स गौर हत्याकाण्डका पिडीतहरुलाई न्याय दिलाउन अनिश्चितकालीन धर्नामा बसेका शहीद परिवारको समर्थनमा रौतहटमा आज विशाल मोटरसाइकल र्याली निकालिएको छ ।
गौर हत्याकाण्डका पिडित संघर्ष समितिको आयोजना र आम जनता पार्टीको सहयोगमा बृहत् मोटरसाइकल र्याली निकालिएको हो । जिल्ला सदरमूकाम गौर बाट सुरु भएको र्यालीमा गाउँगाउँ बाट हजÞारौंको संख्यामा मानिसहरु सहभागि रहेको गौर हत्याकाण्डका पिडित संघर्ष समितिको संयोजक रुपसागर उपाध्यायले जानकारी गराउनु भयो ।
गौरबाट सुरु भएको र्याली चन्द्रपुरमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाइ सम्बोधन गर्दै आजपाका केन्द्रिय उपाध्यक्ष बद्रि न्यौपाने लगायतका वक्ताहरु गौर हत्याकाण्डका पिडितले न्याय पाउनु पर्ने र पिडकलाइ कानुनको दायरामा ल्याउन एक स्वरमा माग गरेको आजपाको भातृसंगठन आइटि आर्मीका महासचिव सुमन यादवले बताएकी हुन् ।

हत्याकाण्डमा मुछिएका दोषिहरुलाई कारवाही गराउनका निमित्त भोली सोमबारदेखि आजपाले अनिश्चितकालिन रौतहट बन्दको घोषणा पनि गरेको उनले बताइन् । यता आजपाका राष्ट्रिय अध्यक्ष एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले ऐतिहासिक र्यालीमा हजÞारौंका संख्यामा सहभागी हुने न्यायप्रेमी छविलाई माथि उठाउन सक्रिय साथ, सहयोग र सहभागिता जनाउनु हुने सबै सबैप्रति हार्दिक आभार सहित विशेष धन्यवाद व्यक्त गर्नु भएको छ ।
गौर हत्याकाण्डका पिडित संघर्ष समितिले साउन १ गते प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाउदै गौर हत्याकाण्डमा तत्कालिन समयमा परेको किटानी जाहेरीको आधारमा पिडकहरु विरुद्ध कारवाही सुरु नगरिएमा चरणबद्ध रुपमा आन्दोलनमा जाने जानकारी स्थानीय प्रशासनलाई गराएको थियो ।

गौर हत्याकाण्डको छानविनको माग गर्दै पिडित परिवारले शनिवार देखि धर्ना सुरु गरेका छन् । गौर हत्याकाण्ड पिडित संघर्ष समितिको आयोजनामा जिल्लाको चन्द्रनिगाहपुरमा आज दोस्रो दिन आइतवार जारी रहेको छ । उनीहरुले अनिश्चतकालीन धर्ना दिएका हुन् ।
रौहतटमा जसपा सहितका सताधारी दल र आजपा पार्टी यतिखेर आमनेसामने भएका छन् । आजपाले साउन १५ गते देखि रौतहट बन्दको घोषणा गरेको छ भने सर्वदलिय संघर्ष समितिले कुनै पनि हालतमा रौतहट बन्द हुन नदिने चेतावनी पनि दिइरहेका छन् । भोली रौतहटमा के हुने हो त्यो हेर्न बाँकी नै छ ।
बज्जिकाञ्चल,रौतहट,साउन १४ गते ।
रौतहट बन्दको कार्यक्रम स्थगित भएको छ । गौर हत्याकाण्ड पीड़ति संघर्ष समितिले आवहान गरेको अनिश्चतकालीन रौतहट बन्द कार्यक्रम हाललाइ स्थगित गरेको हो। आज अबेर साँझ एक बिज्ञप्ती जारी गर्दै बन्द कार्यक्रम स्थगित गरिएको जानकारी गराएको हो ।
संघर्ष समितिकी संयोजक रुपसागर देबी उपाध्यायद्धारा हस्ताक्षरित बिज्ञप्तीमा केही राजनैतिक पार्टीहरू मुठभेड़ खडा गर्न उत्सुक रहेको र खुलेआम अर्को गौर हत्याकाण्ड दोहराउने धम्की दिइरहेको जनाइएको छ । बिज्ञप्तीमा संघर्षको कार्यक्रमलाई परिमार्जन गरेको उल्लेख गरेको छ । समितिको धर्ना कार्यक्रमलाई भने यथावत राखी रौतहट अनिश्चितकालीन बन्दको कार्यक्रमलाई तत्कालका लागि स्थगित गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

आरके श्रीवास्तव,रौतहट, १३ गते साउन ।
पछिल्लो समय गौर हत्याकाण्डको विषयलाइ लिएर रौतहट तातेको छ । गौर हत्याकाण्डको छानविनको माग गर्दै पिडित परिवारले आज(शनिवार)देखि धर्ना सुरु गरेका छन् । गौर हत्याकाण्ड पिडित संघर्ष समितिको आयोजनामा जिल्लाको चन्द्रनिगाहपुरमा अनिश्चतकालीन धर्ना दिएका हुन् । आम जनता पार्टीको सहयोगमा उनीहरुले आजबाट धर्ना कार्यक्रम थालेको सो पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सांसद प्रभु साहले जानकारी गराउनु भएको हो । ‘
आज भन्दा १७ बर्ष अगाडी भएको अमानवीय र क्रुर गौर हत्याकाण्डको बिषयलाई लिएर केही दिन देखी रौतहट तातेको छ । ज्ञापनपत्र बुझाउने,धर्ना,प्रर्दशन गर्ने जस्ता कामहरु भइरहेको छ । २०६३ चैत्र ७ गते जिल्ला सदरमुकाम गौरमा राइस मिलमा आयोजित सभालाइ विथोलन खोजदा हिंसात्मक घटना घटेको थियो । उक्त घटनामा २८ जना मारिएका थिए । त्यही घटनाको विषयलाइ लिएर आजपाले गत हप्ता जसपा अध्यक्ष उपेन्द्र यादवलाइ पक्राउ गरी कार्यवाही गर्न प्रर्दशन सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनप बुभाएका थिए ।
लगतै रौतहट सरदमुकाम गौरमा ६ दलले काउण्टर गर्दै शक्ति प्रर्दशन गरेको थियो । सर्वदलिय/सर्वपक्षिय संघर्ष समिति रौतहटको आयोजनामा मंगलवार प्रर्दशन गरिएको थियो । गत हप्ता आम जनता पार्टी जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष यादवको विरोध गर्दै प्रदर्शन गरेका थिए ।
त्यस्कै काउण्टरमा ६ दलीय गठबन्धनले पनि प्रदर्शन गरेको थियो । प्रर्दशनपछि आयोजित कोणसभामा ६ दलिय मोर्चाका नेताहरुले विभिन्न हत्याकाण्डमा संल्गन रहेको आरोप लगाउँदै सांसद प्रभु साहलाइ पक्राउ गर्न माग गरेका थिए । मोर्चाले पनि सिडियो कार्यालयमा ज्ञापनपत्र पनि बुझाएको थियो ।

माओवादी र जनमत पार्टीले छोडयो सर्वदलिय÷सर्वपक्षिय संघर्ष समितिको साथ गौर हत्याकाण्डको छानबिनको मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र र जनमत पार्टी बिभाजित भएको छ । उक्त हत्याकाण्डका बिषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहदाँ रौतहटमा भने माओवादी र जनमत पार्टी बिभाजित भएको हो । जिल्ला इन्चार्ज समिर भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रष्टा पारेका छन् ।
ती दुवै पार्टीले आम जनसमुदाय, सञ्चारकर्मी तथा पार्टी पंक्तिका मित्रहरुलाई भ्रम पार्ने र भ्रमित हुने कार्य प्रति सतर्क रहनु हार्दिक अनुरोध समेत गरेका छन् । त्यस्तै जनमत पार्टीका जिल्ला इन्चार्ज ब्रिजकिशोर यादवले आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको स्पष्ट पारेका छन् ।
दुइ दलले सर्वदलिय/सर्वपक्षिय संघर्ष समितिको साथ छोडे पछि अब उनीहरुको साथमा नेपाली काँग्रेस,जनता समाजवादी पार्टी,लोसपा र एकिकृत समाजवादी पार्टी रहेको छ । स्रोतका अनुसार आम जनता पार्टीले गौर हत्याकाण्ड पिडित संघर्ष समितिको ब्यानरमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । सो समितिको ब्यानरमा भोलीबाट आम जनता पार्टीले जिल्लामा मोटरसाईकल रैली तथा जिल्ला बन्दको आवहान समेत गरेको छ ।

मञ्जय राम,कटहरिया,साउन १३ गते ।
आज बिहानै देखि राैतहट सहित देशकाे विभिन्न स्थानमा पार्नी परिरहेकाे छ । धेरै दिन पछि वर्षा हुँदा राहत महसुस भएको छ । किसानहरूले राहत पाएका छन् । पानी नपर्दा किसानहरू लाई समस्या उत्पन्न भएको थियाे ।
हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी,
बागमती र मधेश प्रदेशका पश्चिमी भु-भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आरके श्रीवास्तव,रौतहट,साउन १३ गते ।
रौतहट । फतुवा बिजयपुर नगरपालिकाको केन्द्र रुपमा रहेको बिजयपुरमा वृक्षारोपण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ८ स्थित बिजयपुर बजारमा वृक्षारोपण गरिएको छ । बिजयपुर बजार व्यवस्थापन समितिले इप्रका देखि स्कूल सम्म वृक्षारोपण कार्यक्रम गरेको छ ।
बिजयपुरलाइ हराभरा बनाउनुको साथै वातावरण र पर्यावरण जोगाउन मदत पुगोस् भन्ने उद्देश्यले बजार व्यवस्थापन समितिले सो क्षेत्रमा ५०।६० वटा सोप्लानटको वृक्षारोपण गरेको हो । यसरी वृक्षारोपण कार्यले पर्यावरण जोगाउन सहयोग पुग्ने बिजयपुर बजार व्यवस्थापन समितिका उपाध्यक्ष अबरारुल हकले बताउनु भयो ।

थोरै लगानीकामा भएपनि जनप्रतिनिधीहरुको ध्यानाकर्षण गराउनका लागि आफूहरुले वृक्षारोपण कार्यको थालनी गरेको बताए । अब उपरान्त जनप्रतिनिधीहरुको यस तर्फ ध्यान जाओस् भन्ने आफूहरुको चाहना रहेको उनले बताए ।
ड्राममा माटो भरेर त्यसै भित्र बृक्षारोपण भएको उनले जानकारी गराए ।बजारलाई शाैन्दर्यीकरण गर्नका लागि ड्राममा राख्दा यसलाइ पछि पनि उचित स्थानमा व्यवस्थापन गर्न सक्ने हिसाब विरुवा रोपिएको उनले बताए ।
वृक्षारोपण गरेर यसलाइ संरक्षण गरि नमुनायोग्य काम गरेर देखाउने हकले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सो अवसरमा इलाका प्रहरी कार्यालय बिजयपुरका इन्चार्ज प्रहरी निरिक्षक अरविन्द कुमार साह,सशस्त्र प्रहरी बल बिजयपुर बेश क्याम्पका इन्चार्ज राजेस आचार्य , शिक्षक संघका नगर अध्यक्ष राधेश्याम प्रसाद यादव, बिजयपुर बजार ब्यवस्थापन समितीका पदाधिकारीहरु उपस्थिती रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,१२ गते साउन
मुस्लिम समुदायलाई मोहरम पर्व शान्तिपूर्ण,मर्यादित,व्यवस्थित र सुरक्षित तवरले मनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ। कार्यालयले सूचना निकालेर जिल्लामा वर्षौं देखि विभिन्न धर्म सम्प्रदाय समुदायले मनाउने पर्वहरु शान्तिपूर्ण र हर्षेउल्लासका साथ मनाउदै आएकोले यो पर्व पनि शान्तिपूर्ण मनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र द्धारा हस्ताक्षरित सूचनाको पालना गरिदिन मुस्लिम धर्मावलम्बीहरुसँग आग्रह गरिएको छ। मोहरम पर्व मनाउने सिलसिलामा पर्वको नाममा सार्वजनिक स्थलहरुमा कुनै पनि किसिमको घरेलु हातहतियार खुकुरी,तलवार,भाला,फर्सा प्रर्दशन नगर्न,नगराउन जिल्ला प्रशासन कार्यालले अनुरोध गरेको छ ।
साथै सो सूचनाका अवज्ञा गरि जिल्लाको शान्ति सुरक्षालाइ विथाेल्ने कुनै पनि अवाञ्छित र गैर कानुनी कार्या गरेको पाइएमा प्रचलित कानून कमोजिम कारवाही गर्ने व्यहोरा जानकारी समेत गराइएको छ ।
ओम प्रकाश यादव,रौतहट,साउन ११ गते
रौतहटको जय किसान बहुप्राबिधिक शिक्षालय धरहरीले ओभरसियर, आइटी र कृषि विषयको शुल्क घटाएको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिका–९ धरहरी स्थित रहेको उक्त बहुप्राबिधिक शिक्षालयले तिन वर्षे ओभरसियर, आइटी र कृषि विषयको अध्ययन अब ५० हजारमा मात्रै गराउने निर्णय गरेको छ ।
शिक्षालयले यसअघि ओभरसियर, आइटी र कृषि विषयको अध्ययन अध्यापन गराए वापत ९८ हजार शुल्क लिदै आएकोमा ९८ हजार शुल्कलाई घटाएर ५० हजार पुरयाएको छ ।
शिक्षालयले ओभरसियर, आइटी र कृषि विषयको अध्ययन अध्यापनको लागि यो भन्दा अघि ९८ हजार रुपैयाँ शुल्क लिदै आएको थियो । तर ९८ हजार शुल्क चर्को भएको भन्दै विद्यार्थीहरुले घटाउन माग गरेपछि सो शुल्क घटाएर ५० हजार कायम गरिएको बहुप्राबिधिक शिक्षालय धरहरीले जनाएको छ ।
बिहीवार जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख र जय किसान बहुप्राबिधिक शिक्षालयका प्रतिनिधिहरुको बसेको बैठकले ओभरसियर, आइटी र कृषि विषयको अध्ययन अध्यापनका लागि लाग्दै आएको ९८ हजार शुल्कलाई घटाएर ५० हजार कायम गर्ने निर्णय गरिएको छ ।
शुल्क घटेसंगै विद्यार्थीहरुले अब जय किसान बहुप्राबिधिक शिक्षालयमा ३ वर्षे ओभरसियर, आइटी र कृषि विषयको अध्ययन ५० हजार रुपैयाँमै गर्न पाउने भएका छन् । एकै पटक ४८ हजार रुपैयाँ शुल्क घटेपछि विद्यार्थीहरु निकै हर्षित भएका छन् ।
ओभरसियर, आइटी र कृषि विषयको अध्ययन शुल्क ९८ हजार धेरै महंगो भएको भन्दै विद्यार्थीहरुले घटाउन बारमबार माग गरेपछि उनिहरुको सहजताका लागि शुल्क घटाइएको जय किसान बहुप्राबिधिक शिक्षालय धरहरीका शिक्षालय प्रमुख धनोज कुमार यादवले बताएका छन् ।
चर्को शुल्ककै कारण विद्यार्थीहरु यहाँ पढन आउन नमानेका कारण समेत विद्यार्थीको संख्या दिनप्रतिदिन घटदै गएको कारणले पनि शुल्क घटाउने निर्णय गरिएको शिक्षालय प्रमुख यादवले बताए ।
शुल्क घटेसंगै ओभरसियर, आइटी र कृषि विषय पढ्न चाहने विद्यार्थीहरुको पहिलो रोजाई नै जय किसान बहुप्राबिधिक शिक्षालय धरहरी हुने र विद्यार्थीहरुको संख्या समेत बढदै जाने विश्वास गरिएको उनले बताए ।
अन्य ठाउँको तुल्नामा यहाँ कम खर्चमै ओभरसियर, आइटी र कृषि विषय पढ्न पाउने भएको हुँदा खासगरी यहाँ आर्थिक स्थिती कमजोर भएका अति गरिव तथा विपन्न परिवारका विद्यार्थीहरु प्राविधिक विषय अध्ययन गर्न बढी आउने गरेको शिक्षालय प्रमुख यादवले बताए ।
यस बहुप्राबिधिक शिक्षालय धरहरीमा अहिले ३ वर्षे ओभरसियर, आइटी र कृषि विषय पढ्ने विद्यार्थीको संख्या ३ सय १५ रहेको छ ।
केही वर्ष अघि मात्रै रौतहटको धरहरीमा बहुप्राबिधिक शिक्षालय स्थापना भएपछि अहिले रौतहट सहित बारा, पर्सा, सर्लाही, महोतरी लगाएत विभिन्न जिल्लाबाट विद्यार्थीहरु ओभरसियर, आइटी र कृषि विषय पढ्न जय किसान बहुप्राबिधिक शिक्षालय धरहरीमा आउने गरेका छन् ।
पहिला जिल्लामा बहुप्राबिधिक शिक्षालय नहुँदा यहाँका विद्यार्थीहरुलाई ओभरसियर, आइटी र कृषि विषय पढ्न भरतपुर, काठमान्डु लगाएत ठाउँमा जानुपर्ने बाध्याता रहेको थियो ।
तर धरहरीमा स्थापना भएको सो शिक्षालयमा कृषिदेखि ओभरसियर सम्मका प्राविधिक विषयहरू पढाइ भइरहेका छन् ।