२०८३ श्रावण २१
२०८३ श्रावण २१

काठमाडौं, २४ साउन ।

२८ जनाको ज्यान जाने गरी भएको गौर हत्याकाण्डको १७ वर्षपछि छानबिन गर्ने सहमति भएपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको छ । मंगलबार सरकार र गौर हत्याकाण्ड संघर्ष समितिबीच पाँच बुँदे सहमति भएपछि जसपालाई सरकार छाड्न दबाब बढेको छ । उसलाई सरकारबाट बाहिरिन र समर्थन नै फिर्ता लिन दबाब बढेको हो ।

७ चैत २०६३ मा रौतहटको गौरस्थित सुगर मिल्स मैदानमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीबीच झडप हुँदा घटनास्थलमा २७ माओवादी कार्यकर्ता मारिएका थिए भने उपचारका क्रममा एकजनाको मृत्यु भएको थियो ।

आमसभाको कार्यक्रम एकैदिन एकै स्थानमा तोकिएपछि दुई पार्टीबिच झडप हुँदा सो हताहती भएको थियो । तर, अहिले माओवादी नेतृत्वको सरकारले समितिसँग घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति गरेर आफूविरुद्ध षड्यन्त्र गरेको जसपाको बुझाइ छ । यसबारे जसपाले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

तर, रौतहटबाट मधेश प्रदेशका पूर्वमन्त्री तथा जसपा नेता योगेन्द्रराय यादव नेतृत्वको टोली काठमाडौं आएर सरकारबाट बाहिरिन दबाब सृजना गरेको छ । यादवको टोलीले आफूविरुद्ध षड्यन्त्र भइरहेकाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएर संघर्ष उत्रिन नेतृत्वलाई दबाब दिइरहेको छ । यसबारे अध्यक्ष उपेन्द्र यादवले सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् भने देउवाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् ।

गौर घटना माओवादीको ज्यादतीको विरोध सर्वसाधारण व्यक्तिले गरेको प्रतिकार रहेको पूर्वमन्त्री योगेन्द्रराय यादवले बताएका छन् ।

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रिनुपर्ने भन्दै उनले भनेका छन्, ‘‘जसपाले प्रचण्डलाई दिएका समर्थन फिर्ता लिई संघर्ष गर्नुबाहेक अर्को कुनै विकल्प छैन । गौर घटना माओवादीका  ज्यादतीका विरोधमा सर्वसाधारणले गरेका प्रतिकार थियो। उपेन्द्र यादव र मधेशी नेताहरुलाई घेर्ने र सिध्याउने षडयन्त्रको भण्डाफोर गर्न सक्नुपर्छ ।’

 

कृष्ण तिवारी ,साउन २३ गते ।

रौतहटका सुख्खा क्षेत्रलाई सिचाइको ब्यवस्था,लम्पिस्किन रोगका विरुद्ध खोपको ब्यवस्था, बाढी पीडितलाई राहत, पुनःस्थापना तथा भौतिक संरचनाको पुनःनिर्माणको माग गर्दै नेकपा(एमाले) रौतहट जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय गौरमा पुगेर नेकपा (एमाले)केन्द्रीय सदस्य रेखा झा ,अजय गुप्ता ,प्रदेश कमिटी उपसचिव आरती भन्डारी,प्रदेश कमिटी सदस्यहरु अखिलेश्वर चौधरी,जयचन पटेल,अंशु सिंह,गौरिशंकर जैसवाल,प्रेमशंकर यादव जिल्ला संयोजक सचिदानन्द शाह,प्रचार बिभाग प्रमुख रुपेश पटेल लगायत जिल्ला कमिटी सदस्यहरु,पालिका पदाधिकारीहरु सहितको टोलीले रौतहटको सुख्खा क्षेत्रमा सिचाइ को ब्यवस्था गर्ने ,किसानलाई क्षतिपूर्ति र राहत तथा माग गर्दै ज्ञापनपत्र बुझाएको हो । प्रधानमन्त्री सँग नदीहरूको नियन्त्रण, खानेपानी, विद्युत, सडक, पुल लगायतका बिग्रिएका संरचनाहरूको तत्काल पुनःनिर्माण गर्न पनि एमाले रौतहट जिल्ला कमिटीले ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा लम्पिस्किन रोगको विरुद्ध खोपको ब्यवस्था, नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्ने, बिग्रेका मोटरबाटो मर्मत गरी सञ्चालन गर्न योग्य बनाउनुपर्ने,अस्थाई झोलुङ्गे पुल बनाउनुपर्ने लगायतका माग गरिएको छ ।

आरके श्रीवास्तव,रौतहट,साउन २४ गते ।
रौतहटको बौधीमाइ नगरपालिकामा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सेवा बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिकाको सरमुजवा स्थित स्वास्थ्य चौकीमा किशोर किशोरीहरुलाई लागि अभिमुखिकरण आयोजन गरिएको थियो । बौधीमाइ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम आयोजन गरेको थियो । कार्यक्रम नगर प्रमुख प्रदिप यादवको प्रमुख आतिथ्यतामा भएको थियो ।
युवा किशोररकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले यौन स्वास्थ्य र शिक्षासम्बन्धी कार्यक्रम भएको हो । स्वास्थ्य संस्था प्रमुख रामाशंकर दासको अध्यक्षतामा भएको कार्याक्रममा नगर प्रमुख यादवको प्रमुख आतिथ्यता थियो भने नगर उपप्रमुख प्रमिला देवी जैसवालको विशिष्ट अतिथि रहनु भएको थियो । सो अवसरमा अतिथीहरु योजना प्रमुख उमेश झा ,स्वास्थ्य संयोजक तार्केश्वर प्रसाद पटेल ,स्वास्थ्य सह संयोजक राकेश प्रसाद यादव ,महिला स्वास्थ्य स्वयंम सेविकाहरु,सरमुजवा स्वास्थ्य चौकीका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो । सि.अ.हे.ब. कौस्तुभमणी साहले सञ्चालन गरेको कार्यक्रममा विशेष पहल र स्वास्थय शाखाको विशेष सहयोगमा कार्यक्रम सन्चालन तथा सम्पन्न भएको बुभिएको छ ।

 

रौतहट,साउन २४ गते ।

रौतहट । बाढी पिडितलाई राजेश कुमार गिरीको सहयोगमा र सृजनात्मक सामाज काल्याण केन्द्र नेपालको आयोजनामा रौतहटको विभिन्न भागमा बाढी पिडित परिवारलाई राहत सहयोग गरेका हुन ।

अरिवल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा गएको बाढीले जनसमुदायमा घरवारको क्षति भएको खबर सुन्न साथ सामाज सेवी गिरी र विवेक शर्माले उक्त राहत जिल्ला प्रशासन कार्यालयको अनुमतिमा राहत वितरण गरेका हुन् । बाढीबाट प्रभावित राजदेवी नगरपालिका वार्ड नम्बर २ हजमिनिया टोलका सुकुमबासी विपन्न प्रमोद ठाकुर र धमेन्द्र महतो, मौलापुर नगरपालिका मर्यादपुर बिनवाटोलका राजकिशोर मुखिया विनको घर बाढीले पुर्णरुपमा भत्केको खबर प्रप्त भए अनुसार राहत दिन गिरी र शर्माको टोली त्यहाँ पुगी राहत उपलव्ध गराएका हुन् ।

वहाँहरु सहयोग स्वरुप यो कार्यको सुरुवात गरेका हुन भने बाढिबाट पिडित परिवारहरुलाई सम्पर्क गर्न अनुरोध गरेका हुन र साथै यस्तो आपतको घडीमा सहयोग गर्न चाहने सहयोगी मन भएका दाताहरुलाई पनि यस महा अभियान संलग्न भई सहयोग गर्न वहाँहरुले अपिल गरेका हुन । भारी पानीको कारण रौतहटको राजदेवी, गौर, राजपुर, ईशनाथ लगायतका नगरपालिकाहरुमा बढि प्रभावित भएका छन् ।

ओम प्रकाश यादव, रौतहट ,साउन २२ गते ।
नवलपुरका एक व्यक्तिबाट रौतहटका किसानहरु नराम्ररी ठगिएका छन् । नवलपुर जिल्लाको कावासोती घर भएका बलराम ढकाल नामका व्यक्तिले रौतहटका मकै खेती गर्ने सयौ किसानहरुलाई लाखौं ठगि गरेको पाइएको छ । ढकालले एकसाता भित्रमा भुक्तानि दिने भनी जिल्लाको विभिन्न पालिकाका २ सय भन्दा बढी किसानहरुबाट १ करोड भन्दा बढीको मकै उधारो लगेर अहिले भुक्तानी दिन आनाकानी गर्न थालेपछि उधारोमा मकै बिक्री गरेका किसानहरु समस्यामा परेका छन् । एकसातामै मकैको रकम भुक्तान गरिदिन्छु भनी झुक्कयाएर ढकालले २०८० सालको बैशाखमै मकै लगेको भएपनि अझै भुक्तानी दिन नसक्दा आफुहरु ठुलो समस्यामा परेको ठगीमा परेका किसानहरुले बताएका छन् ।
२०८० साल बैशाख मसान्तमा ढकालले रौतहटको गुजरा, परोहा, राजपुर लगाएत विभिन्न पालिकाका २ सय ६५ जना किसानहरुबाट करोडौंको मकै उधारोमा लगेको थियो । पीडित किसानहरुका अनुसार एक सातापछि मकैको सबै पैसा दिने भनी ढकालले यहाँका किसानहरुबाट १ करोड भन्दा बढीको ४ सय टन मकै खरिद गरेर लगेको थियो । जिल्लाको परोहा नगरपालिकामा रहेको गणपति इन्टरप्राइजेजको माध्यमले ढकालले उक्त मकै खरिद गरेका थिए । ढकालले नवलपरासीको रामग्राममा आफैले सञ्चालन गरेको जनता एग्रो एण्ड फिड प्राइबेट लिमिटेडको लागि भनी उक्त मकै खरिद गरेर लगेको थिए । ढकालले उधारोमा करोडौंको मकै लगेर अहिले भुक्तानी दिने डरले सम्पर्क विहिन जस्तै बनेको पीडित किसानहरुको भनाई छ । आफुहरुबाट लगेको मकैमध्ये ढकालले २७ लाख रुपैया मात्र भुक्तानी दिएको र उनले ५४ लाख रुपैया भुक्तानी दिन अझै बाँकी राखेको गणपति इन्टरप्राइजेजका सञ्चालक विवेक पटेलले बताएका छन् । उक्त बाँकी ५४ लाख रुपैया दिन ताकेता गर्दा ढकालले पैसा दिनुको सटा उल्टै आफुहरुलाई ज्यान मार्ने धम्की दिने गरेको पटेलले बताए । ढकालबाट आफु पनि ठगिएको गुजरा नगरपालिका वडा नं. ४ कनकपुरका शेख सफिउल्लाहले बताएका छन् । ढकालले धेरै भरोसा र विश्वास दिलाएर एकसातामै भुक्तानी दिन्छु भनी आफुहरुबाट लाखौंको मकै उधारोमा लगेको एक वर्षभन्दा बढी दिन भएपनि भुक्तानी दिन विभिन्न बहाना बनाउँदै आलटाल गर्दै आएको पीडित किसान सफिउल्लाहले दुखेसो गरे ।
आफुहरु ठुलो लगानी र दुख तथा परिश्रम गरी खेतमा उब्जाएको मकै ढकालले सितैमा लगेर पैसा नदिएपछि आफुहरु नघरको न घाटको भएको उनले बताए । आफुहरुको बाँकी रहेको रकम भुक्तानी गरिदिन ढकाललाई बारम्बार तोकता गर्दा उल्टै कुटपिट गर्ने, अंगभंग गरिदिने, ज्यान मार्ने धम्की दिने जस्ता डरत्रास देखाउने गरेका कारण आफुहरु निकै त्रसित भएको उनले बताए । गुजरा नगरपालिका वडा नं ५ का किसान अब्दुल हमिद अन्सारीले पनि ढकालबाट आफुहरु नराम्ररी ठगिएको बताउँछन । आफुहरु ढकालबाट गठीमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा केहिदिन अघि उजुरी दिदा प्रहरीसंगको छलफलमा ढकालले ५ हजार रुपैया मात्र दिएको किसानलाई ५ लाख रुपैयाँ दिएको छु भन्दै झुठो बोल्ने काम गरेको अन्सारीले बताए । किसानहरुको बाँकी पैसा नदिने नियतका साथ ढकालले झुठो बोलेपछि त्यो छलफल निषकर्षमा नपुगेको उनले बताए । प्रहरी प्रशासनले पनि ढकालबाट आफुहरुको बक्यौता रकम चुक्ता गराउन खासै चासो नदेखाएको किसानहरुको आरोप छ । ढकाल विरुद्ध आफुहरु ठगी सम्बन्धी मुद्दा दिएको बताउँदै किसानहरु अब चाहि छिटै न्यालयबाट न्याय पाउनेमा आशावादी रहेको बताए ।
ढकालले रौतहटमा मात्र नभई तराई मधेशका विभिन्न जिल्लाका मकै किसानहरुलाई यस्तै उधारोमा मकै लगी गठि गर्दै आएको बताइएको छ । एकसातामा भुक्तानी गरिदिने भनी ढकालले किसानहरुबाट उधारोमा लाखौं करोडौंको मकै लग्ने गरेको र पछि भुक्तानी दिन आनाकानी गर्ने, विभिन्न बखेडा झिक्ने, उल्टै कुटपिट गर्ने, विभिन्न धाकधम्की देखाउने, ज्यान मार्ने, मोवाईल स्वीच अफ गरी सम्पर्क विहिन हुने जस्ता काम गर्ने गरेकोले उनलाई पक्राउ गरी हदैसम्मको कार्यवाही गर्न रौतहटका पीडित किसानहरुले प्रशासनसंग माग गरेका छन् ।
यस विषयमा बलराम ढकालसंग प्रतिक्रिया उनले आफुमाथी कुनै किसानको बक्यौता रकम नरहेको भन्दै घुमाउरो पारामा जवाफ दिएका छन् । आफुले रौतहटको गुजरा नगरपालिकाको कनकपुर घर भएका उमाशंकर तिवारीसंग मकै खरिद गरेर लगेको स्वीकार गर्दै ढकालले किसानको ५४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी राखेको रकमको विषयमा जवाफ दिन चाहेनन् । तर ढकालसंगै आएको उनको मैनेजर राजकुमार उप्रेतीसंग कुरा गर्दा साहु ढकालले गणपति ईन्टरप्राइजेजका सञ्चालक विवेक पटेलसंग नै उधारोमा मकै लगेको र पछि कति रकम लेनदेन भयो भन्ने बारोमा आफुलाई केही थाहा नभएको उनले बताए । ईन्टरप्राइजेज मार्फत बलराम ढकालसंग मकै बेचेका किसानहरुको धेरै पैसा भुक्तानी गर्न ढकालले बाँकी राखेको कुरा आफुले सुनेको तर किसानको कति पैसा तिर्न बाँकी छ भन्ने कुरा जानकारी नभएको उप्रेतीले बताए ।
राैतहट,साउन २२ गते ।
राैतहटकमे दक्षिणी भेग ईशनाथ नगरपालिकामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरिएको छ । “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी वडा समिति नम्बर ६ ईशनाथ नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चाैकी जयनगर रौतहटको सहयोगमा आईतवार दिउँसो कार्यक्रम गरिएको थियाे । ईशनाथ नगरपालिका वडा नम्बर ०६ स्थित जयनगर टोलमा सोही वडाका स्थानिय, भद्रभलादमी,बालबलिका समेत गरी अन्दाजी २० जना मानिसहरुको सहभागितामा जातिय छुवाछुत तथा भेदभाव सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।

 

राैतहट,साउन २२ गते

राैतहटकाे राजदेवीमा लागु औषध तथा मानव बेचबिखव सम्बन्धी जनचेतनामूलक सम्पन्न भएको छ । “समुदाय-प्रहरी साझेदारी”कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी वडा समिति नम्बर ८ राजदेवि नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चाैकी बेलबिछवा रौतहटको सहयोगमा आईतवार साे कार्यक्रम गरिएको थियाे । कार्यक्रममा सोही वडाका स्थानिय, भद्रभलादमी, बालबलिका समेत गरी अन्दाजी २० जना मानिसहरुको सहभागितामा लागुऔषध तथा मानव बेचबिखव सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।

ओम प्रकाश यादव,साउन २१ गते, रौतहट ।
जिल्ला कारागार रौतहटमा क्षमता भन्दा करिव दोब्बर कैदीबन्दी राखिएपछि व्यवस्थापनमा ठुलो समस्या देखिएको छ । जिल्ला कारागार गौरको क्षमता २ सय जनाको मात्र भएपनि हाल उक्त कारागारमा ३ सय ६८ जना कैदीबन्दी रहेका छन् । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या आएको जिल्ला कारागार कार्यालय गौरका प्रमुख (जेलर) मणिभुषण साहले बताएका छन् ।
भवन अभाव हुँदा क्षमता भन्दा लगभग दोब्बर कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ । प्रयाप्त भवन नहुँदा कैदीबन्दीहरुले एउटै कोठामा क्षमता भन्दा धेरै बस्नु पर्ने बाध्यता रहेको कारण उनिहरुको व्यवस्थापन गर्न समस्या भइरहेको जेलर साहले बताए ।
क्षमता भन्दा बढी कैदीबन्दी भएपछि कैदीबन्दीहरुलाई खाने, बस्ने, सुत्ने, लत्ता कपडा, शौचालयको अभाव छ भने राशन, विद्युत, खानेपानी र स्वास्थ्य उपचारमा समस्या हुने गरेको जेलर साहले बताए । उनले भने, “कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहँदा सबै भन्दा बढी सुत्नका लागि समस्या हुने गरेको छ।” पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर साहले बताए ।
जेनतेन गरेर केही स्थानीय तहको सहयोगमा आफुले जिर्ण भवनलाई थोरै व्यवस्थित गरेपनि अझै सुधार तथा मर्मतका काम धेरै गर्न बाँकी रहेको उनले बताए । वर्षाको पानीको निकास नहुँदा वर्षाको समयमा कारागार कार्यालय भित्र पानी जम्ने गरेको र त्यही जमेको पानीमा कैदीबन्दी बस्न बाध्य हुँदै आएको समेत उनले बताए । क्षमता भन्दा बढी कैदी बन्दी राखिएकोले पानी खान र नुहाउन समेत समस्या हुने गरेको कैदीबन्दीहरुको गुनासो छ । कारागार भवन धेरै जिर्ण भएकोले आफुहरु बर्षाको समयमा रातीमा राम्ररी सुत्न समेत नपाउने गरेको कैदीबन्दीहरु बताउँछन् । सबैभन्दा ठूलो समस्या शौचालयको रहेको उनिहरुको भनाई छ् ।
विहान शौचालय जादा घण्टौसम्म पालो कुर्नुपर्ने अवस्था रहेको उनीहरु बताउँछन् । यस्तै खाना खानको लागि समेत घण्टौ लाइनमा बस्नुपर्ने र सुत्नलाई समेत पालो कुर्नुपर्ने अवस्था रहेको कैदीहरुको गुनासो छ । कैदीको संख्या क्षमता भन्दा बढी हुँदा कोचिएर बस्नुपर्ने बाध्यताका कारण कैदीबन्दीमा विभिन्न किसिमका सरुवा रोगहरुको संक्रमण हुन सक्ने खतरा समेत उतिकै छ ।
पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागारलाई भ्याइनभ्याइ छ । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय रौतहट तथा कारागार विभागलाई समस्याबारे जानकारी गराउँदै आए पनि सुनवाइ नभएको बताइन्छ । आजभन्दा ९१ वर्षअघि वि.सं. १९८९ सालमा स्थापना भएको जिल्ला कारागार कार्यालय रौतहट अहिले संरक्षणको अभावमा दिनप्रतिदिनि जीर्ण बन्दै गएको छ ।
यस आर्थिक वर्ष २०७९÷०८० मा स्थानीय सरकार र विभिन्न दातृ निकायको सहयोगमा कैदीबन्दीको सुविधाका लागि थप तिन वटा शौचालय निर्माण गरिएको छ भने कैदीबन्दीको फोन गर्ने ठाउँ, खाना खाने ठाउँलाई मर्मत गरी व्यवस्थित गरिएको छ । त्यस्तै १५ थान पंखा, दुई वटा पानी तान्ने मोटर, हाते पम्प एक थान र २० वटा त्रिपाल कैदीबन्दीहरुलाई विभिन्न श्रोतबाट उपलब्ध गराइएपछि उनिहरुलाई थोरै राहत भएको जिल्ला कारागाार कार्यालयले जनाएको छ ।
कृष्ण तिवारी,रौतहट,साउन २१ गते ।
जिल्ला वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष रामप्रवेश दास तत्माले आज कार्यभार सम्हालेका छन् । उनलाइ डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कुमार कर्णले कार्यकक्षमा स्वागत सम्मान गर्नु भएको हो । उनलाइ मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार लोसपाका नेता तथा कटहरिया नगरपालिकाका मेयर पदका प्रत्यासी समेत रह्नु भएका दास जिल्ला बन पैदावर तथा आपूर्ति समिति रौतहटको अध्यक्षमा मनोनीत हुनु भएको थियो । मधेश प्रदेश,प्रदेश वन ऐन २०७७ को दफा ९४ को प्रावधान अनुसार गत साउन १८ गते मन्त्रीस्तरीय निर्णय अनुसार समितिको अध्यक्षमा दासलाइ मनोनित गरिएको थियो ।
मधेश प्रदेश सरकारको उदेश्य अनुरुप प्रचलित ऐन कानुनको परिधिभित्र रही जिल्ला वन पैदावार आपूर्ति समितिबाट वन पैदावारको सहज आपूर्ति र न्यायोचित वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेर मन्त्रालयले उनलाइ यो जिम्मेवारी दिएको हो । पदभार ग्रहण गरे लगतै अभिव्यक्ती दिदै उनले, अब जनताले सहजरुपमा काठ पाउने प्रतिबद्धता जनाएका छन् । उनले खासगरी आपूर्ति समितिको कार्य क्षेत्र र उदेश्य अनुरुप सर्वसाधारणलाइ सर्वसुलभ तरिकाले बिना झंझट काठ आपूर्ति गरिने बताउनु भयो ।
घरायसी प्रायोजनको काठ आपूर्ति गर्नु पर्ने भएपनि त्यस्तो नभएको पाएको छु । अब त्यस्ता विकृति लाइ अन्त्य गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यालयको अवस्था पनि भद्रगोल रहेकोले सुधार गरिने बताउनु भयो । काठको विचौलिया लाइ पनि पाखा लगाउने बताए । साउन २८ गते पहिलो बैठक बसी कर्मचारीको पारिश्रमीक लगायतको विषयमा छलफल गर्ने बताउनु भयो । काठ वितरण गर्नु पूर्व अनुगमन गरि आवश्यकता अनुसार वितरण गरिने बताउनु भयो । फस्ट टै«क हिसाबले जनताले कसरी काठ पाउने छन् त्यसमा आफू लागने बताए । यसमा मेरो भूमिका अग्रणी रुपमा रहने उनको भनाइ छ । काठ वितरणमा विचौलिया,तस्कर र व्यापारीहरुको चलखेल पूर्णरुपमा निस्तेज पार्ने धारण व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,रौतहट,साउन २० गते ।
स्थानिय सरकार आफूलाइ स्थापित गर्नमा सफल भएको राजपुर नगरपालिकाका नगरप्रमुख मो.डा.राजिक आलमले बताउनु भएको छ । श्री मावि बैरियाको बिधालय नव निर्मित भवनको समुद्धघाटन गर्ने क्रमममा वहाँले यस्तो बताउनु भएको हो । देशमा संघ,प्रदेश र स्थानिय गरी तीन तहको सरकार छ । कुरा सब सरकारको आउँछ,तपाइहरुले देख्न सक्नु हुन्छ एक स्थानिय सरकारले कति काम चलिरहेको छ ।
प्रदेश सरकारले त्यती काम गरेको देखिदैन् । एउटा पालिकाले टेण्डर गरेर करोडौंको विकास निर्माण गरिरहेको छ । तर प्रदेश सरकारको कुनै ठूलो योजना देखिएको छैन् । अहिले प्रदेश सरकारको अहिले अवस्था पुरानो जिविस जस्तो भएको आरोप लगाउनु भयो । सानो सानो विकास निर्माण गर्छ,१० लाखको ढलान गर्छ त कतै गेट बनाउँछ ।
प्रदेश सरकार सँग कुनै भिजन र उदेश्य नरहेको बताउनु भयो । स्थानिय तहको सरकारको २०७२ सालको संविधानमा जुन परिकल्पना गरिएको थियो । स्थानिय सरकार आफूलाइ स्थापित गर्नमा सफल भएको बताउनु भयो । स्थानिय सरकार जति मजबुत भयो त्यती नै हरघरमा सिंह दरबार आएको महसुस हुनेमा ठोकुवा गर्नु भयो ।
राजपुर नगरपालिका विकास निर्माणको क्रममा बिधालय भवनको निर्माण हुनु १२ कक्षा सञ्चालनको लागि सहज हुनु रहेको बताउनु भयो । सामुदायिक बिधालयको शिक्षाको अवस्था सुधार गर्न आफूले बिधार्थीसँग मेयर कार्यक्रम सञ्चालमा पनि ल्याएको जानकारी गराउनु भयो । यसलाइ निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।
साथै उनले एसइइमा राम्रो अंक ल्याउने बिधार्थीहरुको प्रोत्साहन गर्नको लागि छात्रवृतिको व्यवस्थापन गर्ने जानकारी गराउनु भयो । नगरपालिकामा टेक्निकल इन्सटीच्यूटको स्थापना गर्ने प्रतिबद्धता जनाउनु भयो । यस वर्ष कृषि क्षेत्रलाइ विशेष प्राथमितामा राखेर काम गर्ने बताउनु भयो । कृषि क्षेत्रमा बिगत वर्षमा केही काम मात्रै भएको बताउँदै यसपाली मूल उदेश्य सिंचाइको व्यवस्थापन गर्ने रहेको बताउनु भयो । कृषि पोलतार विस्तार गर्ने वहाँको प्रतिबद्धता रहेको थियो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।