२०८३ श्रावण २१
२०८३ श्रावण २१

चन्द्रपुर,भदौ ०५ गते ।

रौतहटका समाजसेवी तथा युवा व्यवसायी जनकराज भारतीले आफु आवद्ध विभिन्न संघ संस्थाबाट राजिनामा दिएका छन् । भारतीले एक विज्ञप्ति जारी गर्दै विगतमा आफ्नो पृष्ठभूमी व्यापारी,व्यवसायी रहेको र पछिल्लो समयमा आफ्नो व्यवसायी संचालनमा नरहेकोले व्यवसायीको रुपमा आफ्नो पहिचान देखिएकोले आजकै मितिदेखि लागु हुने गरि चन्द्रपुर नगर उद्योग बाणिज्य संघको महासचिव पदबाट राजिनामा दिएको घोषणा गर्दछु, विज्ञप्तिमा भनिएको छ । उहाले व्यवसायीको हकहितका लागि आफु सक्रिय रुपमा लागेको र व्यवसायीकै सहयोगमा आफु महासचिव समेत हुन सफल भएको बताउनुहुदै आफु महासचिव हुदा नगर उद्योग बाणिज्य संघको लागि सक्दो सहयोग गरेको र संघको भवन निर्माणको आफुले दिलोज्यान दिएर भवन निर्माण सम्पन्न गर्नका लागि सहयोग जुटाउने काममा कुनै कसर बाकी नराखेको बताउनुभयो । उहाले आजैका मितिदेखि रौतहटको चन्द्रनिगाहपुरमा संचालनमा रहेको गुन्जन सूचना तथा सहकारी लिमिटेडको सचिव पदबाट समेत राजिनामा दिनुभएको छ । उहाले विज्ञप्ति प्रकाशित गरि आफ्नो व्यक्तिगत समस्या देखाउदै राजिनामा दिएको बताउनुभएको छ । यसबारे जनकराज भारतीसंग कुरा गर्दा आफु पछिल्लो समयमा व्यवसायमा सक्रिय रुपमा सहभागी नरहेका कारण व्यवसायीमाझ आफुलाई खल्लो महसुस गरेकोले आफुले राजिनामा दिएको बताउनुभयो । अवका दिनमा आफु सक्रिय रुपमा व्यवसायमै लाग्ने समेत बताउनुभयो । आप्mनो पहिचान व्यवसायी भएकोले अव व्यवस्थित र राम्रो लगानीमा बजारमा नया स्वरुपमा प्रस्तुत हुने बताउनुभयो ।

आरके श्रीवास्तव,रौतहट,भदौ ०४ गते ।
मधेश प्रदेशमा पछिल्लो समय पत्रकारहरु माथि लगातार आक्रमणको घटनाहरु घटन थालेका छन् । यस्ता घटनाहरुले पत्रकारहरु असुरक्षित छन् भने पुष्टी हुन थालेको छ । सोमबार पनि रौतहटमा यस्तै घटना घटेको छ ।
जिल्लाको बृन्दावनमा रहेको एक अबैध क्रसर उद्योग संचालकले पत्रकार कुटपिट तथा दुर्ववहार गरेका छन् । सो नगरपालिकाको वडा नम्बर १ मा रहेको शिवम् क्रसर उद्योगको विषयमा समाचार संकलनका लागि गएका एक जना पत्रकार माथि आक्रमण भएको छ ।
हिमालय टिभीका रौतहट संवाददाता राकेश यादव माथि क्रसरका कर्मचारीले हातपात गर्नुका साथै क्यामेरा समेत तोडफोड गरेको खबर छ । बागमती खोला किनारामा अबैध रूपमा क्रसर उधोग संचालन भएको बिषयमा पत्रकार यादव समाचार संकलनका लागि त्यहाँ पुगेका थिए ।


पत्रकार यादव माथि हातपात गर्ने क्रसरका कर्मचारी राजदेव ठाकुर ,मशेस चौधरी र राधेश्याम ठाकुरलाई पक्राउ गरि थप अनुसंधान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडा डिएसप ओमप्रकाश खनालले जानकारी गराउनु भयो ।
यस विषयमा नेपाल पत्रकार महासंघ रौतहटका सभापती प्रेमचन्द्र झाले वृन्दावन नगरपालिकामा संचालित शिवम् क्रशर उद्योगको रिपोर्टिङ गर्ने क्रममा नेपाल पत्रकार महासंघ रौतहटका जिल्ला कार्य समिति सदस्य यादव माथि क्रसर संचालकले गरेको कुटपिट तथा दुर्ववहार गरेको र क्यामरामा पनि क्षती पुर्याएको घटना प्रति गम्भीर आपत्ति जनाउनु भएको छ । साथै उनले पत्रकार कुट्नेलाई हदैसम्मको कारबाही गर्न स्थानीय प्रशासनसंग अनुरोध गर्नु भएको छ । यदि दोषीलाई उन्मुक्ति दिन खोजेमा कडा आन्दोलनमा उत्रिन वाध्य हुने उनको भनाइ छ ।
यता नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य शिव पुरीले क्रसर माफियाको कुटपिट बाट घाइते पत्रकार राकेश भाइको शिघ्र स्वास्थ लाभको कामना गर्नु भएको छ । साथै सप्तरीमा सौरभ यादव, महोतरीमा विजय कुमार सिंह गरि ३ जना पत्रकार पछिल्लो एक सातामा दुर्ववहारमा परे, कुटिए, क्यमरा फुटाइएको छ । मधेश प्रदेशमा फेरि पत्रकार असुरक्षित भएको उनको भनाइ छ । यसप्रति नेपाल पत्रकार महासंघ लाइ गम्भीर रुपमा ध्यानकर्षण गराएका छन् ।

प्रेमचन्द्र झा,भदौ ०३ गते
रौतहट । महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौका महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलले मुदाको अनुसन्धान अभियोजन र न्याय निरुपण गर्दा कर्मकाण्डको रुपमा नलिन अनुरोघ गरेका छन। सरकारी वकिलको कार्यालय रौतहटको नवनिर्मित कार्यालय भवनको उदघाटन गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता पोखरेलले सहि ठाउमा न्याय परेको छ कि छैन पटक पटक हेर्न सरकारी वकिलहरुलाई सुझाव दिएका छन । प्रक्रिया पूरा भयो भने उदेश्यले कहिल्य पनि मुद्दालाई नहेर्न महान्यायाधिवक्ता पोखरेलले सचेत समेत गराए । विभिन्न मुद्दामा दसिको रुपमा पक्राउ परेका वा जपथ गर्ने अभियानको रुपमा रहेका गाडी ,माल समानहरुलाई सम्बन्धित व्यक्तिको अनुहार मात्र हेरेर होईन , राष्ट्रिय अर्थतन्त्रलाई ध्यानमा राखेर न्याय निरुपण गर्न सुझाव दिएका हुन ।
महान्यायाधिवक्ता पोखरेलले भने करोडौको गाडी जफत गर्ने प्रकृयामा सडाई रहेको हुन्छौं , दुई वर्ष पछाडी उसको कुनै पार्ट पुर्जा काम लाग्दैन । तस्कर , अपराधीको सम्पत्ति नष्ट भयो भनी हामी मख्ख हुन्छौं तर त्यहीँ गाडी उसैले किन्न जादा नेपाली रुपैयाँ कतिको बाहिरिएको हुन्छ त्यसमा हामीले कहिल्यै विचार गरेका छौ उनको प्रश्न थियो ।
नवनिर्मित भवनको उदघाटनसंगै अवसर र चुनौती थपिएको बताउदै महान्यायाधिवक्ता डा।पोखरेलले साधन स्रोतको उपलब्धता र कार्य सम्पादनको गुणस्तरीयता मापन गर्ने प्रकृया यसले संग सगै ल्याएको बताए।क्षमतावान र निश्पक्ष भई न्याय निरुपनको काम गर्नु नै ठुलो चुनौतिको विषय भएको बताउदै महान्यायाधिवक्ता डा।पोखरेलले साईबर अपराध र चेक अनादरको मुद्वा जिल्ला अदालतले हेर्ने सरकारले निर्णय गरि सकेपछि पनि चुनौति थपिएको बताए ।

महान्यायाधिवक्ताको कार्यालय काठमाडौका सह महान्यायाधिवक्ता सुर्य राज दाहालको अध्यक्षतामा भएको सो उदघाटन समारोहमा उच्च सरकारी वकिलको कार्यालय बिरगंजकासह न्यायधिवक्ता राम कुमार थापा ,रौतहट जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद मरासिनी ,प्रमुख जिल्ला अधिकारीधर्मेन्द्र कुमार मिश्र ,नेपाल वार एसोसिएसन अध्यक्ष नन्दकिशोर साह र जिल्ला सरकारी वकिलकार्यालयका प्रमुख बद्री बहादुर कार्किले शुभकामना मन्तव्य राखेका थिए ।

रु ३ करोड ३३ लाखको लागतमा सिएम चन्डी मुन्ना जेवि काठमाडौले ठेक्का सकार गरि एक सय १४ दिन पहिले नै तीन तल्ले भवनको निर्माणकार्य पूरा गरेका छन । समय अगावै कार्य सम्पन्न गरे वापत निर्माण कम्पनीका प्रतिनिधि प्रमोद यादवलाई प्रमुख अतिथि महान्यायाधिवक्ता पोखरेलले दोसल्ला ओढाई सम्मान गरका छन् ।

आरके श्रीवास्तव,रौतहट,भदौ ०२ गते ।
रौतहटको मध्य भाग गरुडामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याबसन रौतहट द्धारा एक दिवसीय जिल्ला स्तरीय हाजरि जवाफ प्रतियोगीता कार्यक्रम २०८० सम्पन्न भएको हो । गरुडा स्थित रहेको श्री न्यू डिभाईन लाइट सेकेण्डरी इंग्लिश बोर्डिङ्ग स्कूल गरुडा ४ मा सो कार्यक्रम गरिएको थियो ।


कार्यक्रमको प्रमुख अतिथीको रुपमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवाल,विशिष्ट अतिथी उपप्रमुख पुनम चौधरी,वडा अध्यक्ष रामबिनोद साह रह्नु भएको थियो ।


राष्ट्रिय निजि तथा आवासीय विधालय एसोसिएसन नेपालका अध्यक्ष तथा डिभाईन लाइट स्कूलका प्रधानाध्यापक बिगन राय यादवको अध्यक्षामा कार्यक्रम भएको थियो । सो प्रतियोगितामा नेशनल प्याबसनमा आबद्ध १४ वटा स्कूलहरु सहभागि भएका थिए ।


प्रतियोगितामा चिरञ्जिवी नारायणी सुकदेव चौक स्कूल,गौतम गोबिन्द धनाडी,ज्योती पराडाइस मौलापुर,श्री ज्ञान कुञ्ज इनर्वा,कलाकुञ्ज इंगलीश बोर्डिङ्ग औरैया,सुशान्त इंगलीश बोर्डिङ्ग स्कूल,अन्नपूर्ण स्कूल मौलापुर,मिड रौतहट आवासीय बिधालय,द्धान एकेडेमी औरैया,हिमालयन इंगलीश बोर्डिङ्ग स्कूल दोही गोनाही,सरस्वती ज्योती इंगलीश बोर्डिङ्ग स्कूल दिपही, र देवपती आदर्श बाल बिधालय यमुनामाइ सहभागी रहेको थियो ।


प्रतियोगीतामा श्री न्यू डिभाईन लाइट सेकेण्डरी बोर्डिङ्ग स्कुलले प्रथम, ज्ञानकुञ्ज इंगलिस बोडीङ्र्ग स्कूल वौधिकाई नगरपालिका २ इनारवा द्वितिय, प्यूस एकेडेमी इशनाथ डुमरिया तृतिय स्थान हासिल गर्न सफल भएको छ ।


पुरस्कार दिएर विद्यार्थीहरुमा एउटा नयाँ उत्प्रेरक जगाएको हुनाले उनीहरुलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरिएको अध्यक्ष यादवले बताउनु भयो । सो अवसरमा नेशनल प्याबसनका जिल्ला उपाध्यक्ष जितेन्द्र पटेल,कोषाध्यक्ष सुरेन्द्र चौधरी,सचिव उधो राय यादव,प्रदेश पर्यवेक्षक विजय कुमार यादव,गरुडा नपाका शिक्षा संयोजक सरोज गौतम, नेशनल प्याबसनमा आबद्ध बिधालयका प्रिन्सीपल संस्थापक,शिक्षक शिक्षिका,बिधार्थी,अभिभावक तथा भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

 

हनुमत कुमार यादव,गाैर,भदौ ०१ गते ।

नेपाल स्वयंसेवक संघ मधेश प्रदेश द्वारा आरती शाहका हत्यारालाई कारबाही गर्न मांग सहित रौतहटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमंत्री लाई ज्ञापनपत्र बुझाईएको छ । दाइजो नल्याएको निहुँमा हत्या गरिएकी जनकपुरकी आरती शाहको परिवारप्रति ऐक्यबद्धता जनाउँदै दोषीलाई छिट्टै कानूनी दायरामा ल्याउन नेपाल सरकारसँग नेपाल स्वयंसेवक संघ मधेश प्रदेशले माग गरेको छ ।

 

संघले रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमंत्री लाई एक ज्ञापनपत्र बुझाएका छन् । प्रत्येक नेपाली नागरिकको न्याय पाउने अधिकार नेपालको संविधानमा सुनिश्चित गरेको हुदाहुदै पनि दाइजोको निहुमा गरिएको हत्याको घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन माग गरेको हो । सरकारले कुनै सुनुवाई नगरी अभियुक्तलाई जोगाउने नियत राखेर पीडित परिवारको आन्दोलन समाप्त पार्ने गरी सरकारको निर्देशनमा प्रहरीद्वारा गरिएको ज्यादती, शोषण, दमनप्रति स्वयंसेवक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महिला प्रहरी हुदा हुदै आन्दोलनमा बसेका मिला लाई पुरुष प्रहरीले शरीरका संवेदनशील अंगमा हात लगाई गाडि भित्र हालेको घटना समाजिक संजाल व्यापक रुपमा देखिएको नेपाल सरकारका गृह मंत्रालयको आदेशमा आन्दोलनकारी लाई पक्राउ गर्न गएका पुरुष प्रहरीले महिला माथी गरेको दुर्व्यवहार प्रति घोर निंदा गर्दै दोषी प्रहरी माथी कार्यवाही गर्न समेत स्वयंसेवक संघले मांग गरेका छन् ।

मृतक शाहको न्यायका लागि माइती पक्ष काठमाडौँको माइतीघरमा धर्ना बस्न थालेको ६४ दिन बितिसक्दा समेत सरकारले बेवास्ता गरेको संघकी प्रवक्ता पूजा पाठक तिल्सिनाले बताएकी छिन् । मृतक शाहको न्यायका लागि संघकी प्रवक्ता तथा प्रदेशका फोकल पर्सन पूजा पाठक र जिल्लाका फोकल पर्सन राकेश कुमार यादवले संयुक्त रूपमा प्रजिअ मार्फत प्रधानमंत्री लाई ज्ञापन सौंपेका छन् ।

 

 साउन ३२ गते, रौतहट ।

रौतहटको कृष्ण माध्यमिक विद्यालय बाल्चनपुरमा पहिलो पटक माध्यमिक तह कक्षा ११ को पढाई संचालन हुने भएको छ । चन्द्रपुर नगरपालिका–१० बाल्चनपुर स्थित रहेको कृष्ण माध्यमिक विद्यालयले कक्षा ११ को पढाई संचालनका लागि अुनमती प्राप्त गरेपछि यसै शैक्षिक शत्रदेखि पढाई संचालन हुने भएको छ ।

बिहीवार विद्यालयको प्रांगनमा आयोजित एक कार्यक्रमका बीच चन्द्रपुर नगरपालिकाकी उपमेयर जयमाला देवी चौधरीले कक्षा ११ को उद्घाटन गरेकी छन् । उपमेयर चौधरीले उद्घाटन गरेसंगै यसै शैक्षिक शत्रदेखि कृष्ण मावि बाल्चनपुरमा कक्षा ११ को पढाई सञ्चालन हुने भएको छ । २०४९ सालमा माध्यमिक तह कक्षा ९–१० संचालन गरेको उक्त विद्यालयलाई नगरपालिकाले कक्षा ११ को पढाई संचालन गर्न अनुमती प्रदान गरेको छ ।

माध्यमिक तहसम्मको विद्यालय संचालन तथा अनुमती स्थानिय सरकारको क्षेत्राधिकारभित्र पर्ने हुदाँ चन्द्रपुर नगरपालिकाको कार्यालयले उक्त कृष्ण माविलाई कक्षा ११ को पढाई संचालन गर्न अनुमती प्रदान गरेको हो । चालु शैक्षिक शत्रबाट कक्षा ११ को पढाई संचालन हुने भएपछि त्यस क्षेत्रका अभिभावक, विद्यार्थी खुसी भएका छन् । यसअघि नजिकमा कक्षा ११, १२ को पढाई हुने विद्यालय नहुँदा त्याका विद्यार्थीहरुलाई कक्षा ११, १२ पढ्न चन्द्रनिगाहपुर लगाएतका ठाउँमा जानुपर्ने बाध्याता थियो ।

तर अब बाल्चनपुरमै कक्षा ११ को पढाई हुने भएपछि चन्द्रनिगाहपुर धाउनुपर्ने विद्यार्थीहरुको बाध्यता अन्त्य भएको शिक्षक उपेन्द्र मिश्राले बताएका छन् । कृष्ण माध्यमिक विद्यालय बाल्चनपुर एसईई परिक्षामा तिन पटक विद्यार्थीहरुलाई सबैभन्दा बढी अंक दिलाई जिल्लामै उत्कृष्ट भएको विद्यालय हो । कृष्ण माध्यमिक विद्यालय बाल्चनपुरले २०७२, २०७३ र २०७८ सालमा एसईईमा सबैभन्दा बढी अंक प्राप्त गरी विद्यार्थीहरुलाई उतिर्ण गराएर जिल्लामै प्रथम स्थान हासिल गरेको थियो ।

 

३२ साउन, महोत्तरी ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी दलका  उच्च तहका नेताहरु सुन काण्डमा संग्लन भएको दावी गरेका छन ।

 

उच्च स्तरिय छानविन समिती वनाएर अगाडि बढदा अर्थमन्त्री देखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छनविन समिती नबनाएको उनकाे तर्कसमेत छ ।

 

उधोग बाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिबेशनमा सहभागी हुन महोत्तरी आईपुगेका सचिव भट्टराईले संसद अवरुद्ध आफुहरुको रहर नभएको पनि बताएका छन । `एमालेले गरेको संसद बैठक अवरुद्धलाई लिएर धेरैले थुप्रै प्रश्न उठाएका छन,´ उनले भने, `हाम्रो माग एउटै हो उच्च स्तरिय छानविन समिती बनोस, निष्पक्ष छानबिन हाेस् ।´

 

उच्च स्तरिय छानविन समितीले गृहमन्त्रीलाई समेत नछोडने भएकाले प्रधानमन्त्री प्रचण्डले नै यसलाइ रोकेको सचिव भट्टराईको आरोप छ । २०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएको हुनाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिविधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको वताए । मिसन २०८४ निर्वाचन केन्द्रित भएको बताउदै उक्त निर्वाचनमा स्थानिय देखि संघसम्म एमालेको नै बहुमत हुने भट्टराईले जिकिर गरेका छन् ।

 

 

 रौतहट,साउन ३१ गते ।

रौतहटको गरुडा नगरपालिकाका निर्वाचित १८ जना महिला जनप्रतिनिधिहरुलाई महिला नेतृत्व सम्बन्धि ३ दिने मध्यवर्ती तालिम आज गरुडाको आशिर्वाद होटलमा सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजना तथा आइएफपिएस सहकार्यमा शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत विगत वर्ष देखि नै यस्ता तालिमहरु विभिन्न सत्रमा सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रमको उदघाटन तथा समापन सत्रमा गरुडा नगरपालिकाका नगर उप प्रमुख पुनम चौधरी तथा माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासको उपस्थिति रहेको थियो । २०२२ को जनवरी(फेब्रुअरी सम्म नेपालको मधेश प्रदेशका २८ नगरपालिकामा स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै

राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको छ तालिमको समाप्न सत्र बोल्दै उप प्रमुख चौधरीले यस्ता सराहनीय कार्य गरेकोमा माण्डवीलाई धन्यवाद दिनुका साथै भविष्यमा यस तालिमबाट महिला जनप्रतिनिधिहरुले सिकेका ज्ञानहरुलाई अवश्य नै व्यवहारमा लागु गरी समग्र नगरपालिकाको विकासमा नै सहयोग पुर्याउनेमा आफु विश्वसत रहेको बताईन।

यस कार्यक्रम अन्तर्गत गरुडा नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो । मध्यावर्ती तालिममा नैतिकवान नेतृत्व, समस्याको विशलेषण, तथ्याँक सँकलन आवधिक तथा व्यवस्थापन र दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिको बारेमा छलफल गरिएको थियो ।

महिला जनप्रतिनिधिहरुमा पहिलाको भन्दा अझ यस तालिमले नेतृत्व क्षमताको विकास गरेको तालिममा सहभागि महिला जनप्रतिनिधि पुनम रामले जानकारी गराउनु भयो । मध्यवर्ती तालिममा गरुडा नगरपालिकाको १८ जना निर्वाचित महिला जनप्रतिनिधहरुको सहभागिताको साथै माण्डवीका अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिक्षकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।

 

मञ्जय राम,कटहरिया,साउन ३१ गते ।

रौतहटमा एक जना ब्यक्तिको मृत अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लामा एक हप्ता नपुग्दै अर्को एउटा शव गाउँकै झाडीमा फेला परेको हो ।

जिल्लाको उत्तरी भेग कटहरिया नगरपालिकाको वडा नम्बर ९ डुमरियाका बुनिलाल माझीका छोरा अन्दाजी वर्ष २० का टिमन भनिने रामआन्नदी माझी रहेको प्रहरीले जानकारी दिए । माझीको शव आज बिहान बलुवा गाउँको नजिकै रहेको झाडीमा फेला परे पछि स्थानियले प्रहरीलाई खबर गरेको थियो ।

त्यस पछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनाल नेर्ततवको टोली घटना स्थलमा पुगी जाचँमुचुल्का उठाएको थियो । शवको प्राकृतिक हेर्दा समान्य चोट पटक लागेको हुनाले पोष्मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको र घटना बारे अनुसन्धान भईरहेको खनालले बताउनु भयो ।

यस घटनाको सम्बन्धमा अनुसन्धान जारिरहेकाले थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यो भन्दा पहिला गौर नगरपालिकाको वडा नम्बर ८ पुरेन्वाका अन्दाजी ३५ बर्षिय प्रहरी हवलदार सुशील राउतको शव गौर पुलमुनिबाट मृत अबस्थामा फेला परेको थियो ।

हनुमत कुमार यादव,रौतहट २९ गते साउन ।
रौतहट जिल्लाको गौर नगरपालिका -८ पुरेन्वामा खाल्डोमा डुबेर मृत्यु भएको एक शव बरामद भएको छ । परेमी राउत को छोरा अन्दाजी ३५ वर्ष को शुसिल राउतको खाल्डोमा डुबेर मृत्यु भएको फेला परेको छ । साउन २७ गते शनिवार को रति ९ बजे देखि नै बेपत्ता रहेको र आज गौर को बरहबा खोलाको सोतिमा पुरेन्वाको स्कुल स्थिति रहेको पुल मुनी आज बिहान सोमबार को दिन लास फेला परेको छ |
उनका परिवारजनहरु दुई दिन देखि खोजी तलाश गरिरहेको थियो । आज एकासी मृत अवस्थामा शव फेला परेपछी शोकाकुल बनेका छन् । राउत करीब १६ वर्ष भन्दा बढी नेपाल प्रहरीमा रही हवल्दार बनेका थिए । राउतको मानसिक स्थिति खराब भए पछी उनलाई बर्खास्त गरिएको थियो ।
बर्खास्त भएको बेला उनी विरगंज कार्यरत थिए । बर्खास्त बारे उनी मुद्दा पनी खेपी रहेको परिवारजनले बताएका छन् । राउतको ५ वटा बालबच्चाहरु रहेको छ । उनका सबै भन्दा ठुला छोरा रहेको जो चाही घर बाहिर नै बस्ने गर्दछ । उनी बर्खास्त भए पश्चात ज्याला मजदुर गरी जिवनको पार्जन गरिरहेको परिवार जनको भनाई रहेको छ । राउतका मृत शरीर लाई प्रहरीबाट बुझी हिन्दू रितीरीवाज अनुसार कृयाकर्म गरीएको पारिवारिक स्राेतले जनाएको हाे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।