ओम प्रकाश यादव, रौतहट,भदौ ९ गते ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सदस्य नवीन प्रसाद चौरसियाले तराई मधेशका समस्या रास्ट्रिय स्वतन्त्र पार्टीले मात्र समाधान गर्न सक्ने बताएका छन् ।
ठुल्ल ठूल्ला पुरान राजनितीक दलहरुले पटक पटक सरकारको नेतृत्व गर्दै आएपनि तराई मधेशको समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै नेता चौरसयिाले अब रास्ट्रिय स्वतन्त्र पार्टीले मात्र यहाँका सबैखाले समस्या समाधान गर्ने बताएका हुन ।
रौतहट घर भएका नेता चौरसियाले शनिवार पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएका हुन् । पुराना दलहरुकै कारण मधेशमा विकास हुन नसकेको र यहाँका जनता गरिवि तथा बेरोजगारीको चपेटामा परेको उनले आरोप लगाए ।
रास्वपाको तर्फबाट रौतहट क्षेत्र नं ३ को सांसद पदमा समेत चुनाव लडेका सांसद प्रत्याक्षी नवीन प्रसाद चौरसियाले कांग्रेस, एमाले, माओवादी लगाएतका दलले मधेश र मधेशी जनताको मतबाट पटक पटक सत्तामा गएपनि उनिहरुले मधेश र मधेशी जनताको जिवनस्तरमा कुनै परिवर्तन नल्याएको बताए ।
पुराना दलहरुले मधेशमा विकास गर्छु, यहाँको बेरोजगारी, गरिवि अन्त्य गर्छु भन्दै पटक पटक मधेशी जनतासंग मत लिएर सत्तामा गएपनि मधेशको समस्या जस्ताको त्यस्तै रहेको उनले बताए ।
पुराना दलहरुले मधेशी जनतालाई ठग्ने काम मात्र गरेको आरोप लगाउँदै नेता चौरसियाले पुराना दलको विकल्पमा उदाएको रास्ट्रिय स्वतन्त्र पार्टीले मात्र मधेशमा विकास गर्नुका साथै मधेशको बेरोजगारी, गरिवि अन्त्य गर्ने दावी गरे ।
पुराना दलहरु सरकारमा गएर आफना नेता कार्यकर्ता पाल्ने काम मात्र गर्ने गरेका कारण मधेश विकासमा पछि परेको बताउँदै उनले रास्ट्रिय स्वतन्त्र पार्टी सरकारको नेतृत्व गर्न पाए काम गरेर देखाउँने र मधेशको विकासमा कायापल्ट गर्ने दावी गरे ।
आउँदो २०८४ सालमा हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी देशकै सबभन्दा ठुलो दल बन्ने र सबभन्दा पहिले मधेशकै समस्या समाधान गर्ने उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र मधेश र मधेशी जनताको मुक्ति दिलाउन सक्ने र यहाँका सबैखाले समस्याको समाधान गर्न सक्ने भएको हुँदा कसैको प्रलोभनमा नपरी अहिले देखी नै राष्ट्रिय स्वतन्त्र पार्टीमा लाग्न उनले सबैलाई आग्रह गरे ।
रौतहट, ९ भदौं ।
बाग्मतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
शुक्रबार साँझ फेला परेको सो लासको अहिलेसम्पम हिचान खुलेको छैन ।
गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परे पछि पोष्टमार्टमका लागि गौर अस्पतालाइ लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव वाग्मती पुल नजिकैको झाडीमा फेला परेको हो । प्रहरीका अनुसार मृतकको पहिचानको लागि सूचना जारी गरिएको छ ।
ओम प्रकाश यादव, रौतहट,भदौ ८ गते ।
रौतहटको माधवनारायण नगरपालिका–९ गढोको वडा कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । वडा सचिव प्रमोद यादव विगत केहिदिन देखी वडा कार्यालयमा नआएको भन्दै स्थानीयहरुले आन्दोलित भएका छन् । वडा सचिव यादव दुईसाता देखी वडा कार्यालयमा आउँनै छाडेकोले आफुहरुको विभिन्न कामकाज प्रभावित भएको भन्दै आक्रोशित स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रेका छन् ।
वडा सचिव यादवले आफनो ठाउँमा कसैलाई पनि कार्यवाहक वडा सचिवको जिम्मेवारी नै नदिई गैरजिम्मेवारीपूर्ण तरिकाले वडा कार्यालयबाट एकाएक गायव हुँदा आफुहरु विभिन्न कामकाज प्रभावित भएकोले वडा सचिव यादवविरुद्ध आन्दोलनमा उत्रेको स्थानीय सुनिल सहनीले बताएका छन् ।
स्थानीयहरु विहीवार देखी आन्दोलन थालेका हुन् । वडा अध्यक्ष यादव कार्यालयमा नआएसम्म आफुहरुको आन्दोलन जारी नै रहने सहनीले बताए । स्थानीयहरुले वडा कार्यालयमा ताला लगाएपछि वडा कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरु पूर्णरुपमा बन्द भएको छ जसका कारण दैनिक कामकाज प्रभावित बनेको छ ।
मञ्जय राम,रौतहट,भदौ ०८ गते ।
रौतहटको गढिमाइ स्थित रहेको बागमती खोलामा पहिचान नखुलेको एक जना महिलाको शव फेला परेको छ । गढिमाइ नगरपालिका वडा नम्बर १ स्थित समनपुर पुल नजिक बागमती खोला किनारमा करिब ५०÷५५ वर्षको महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनालले जानकारी गराउनु भयो ।

शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । आज शुक्रवार साँझ बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । घटना स्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम गरिरहेको खनाले बताए । घटनाको सम्बन्धमा थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ

बज्जिकाञ्चल,रौतहट,भदौ ०६ गते ।
भारतको पन्जाबमा रोजगारको सिलसिलामा पुगेका रौहतट एक नेपालीको मृत्यु भएको छ । आफन्तका अनुसार ट्रेनको ठक्करबाट कटहरिया नगरपालिका वडा नम्बर ८ पिप्रा पोखरिया निवासी १८ वर्षीय देवकी राम कामको मृत्यु भएको हो ।
यस घटना प्रति रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले भावपूर्ण श्रद्धाञ्जली सहित गहिरो समवेदनार भारतीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । उनले ट्रेनको ठक्करबाट मृत्यु भएको खबरले स्तब्ध भएको छु । दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली सहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै उक्त घटनाको छानबिन गरि पिडित परिवारलाइ उचित क्षतिपूर्तिको ब्यवस्था गर्न भारतीय सरकारको ध्यानाकर्षन गराउदछु भन्दै सामाजिक संजालमा स्टेटस् लेखेका छन् ।
आरके श्रीवास्तव,रौतहट,भदौ ०६ गते ।
मौलपुर नगरपालिकाले ल्याएको स्थानिय पाठ्यपुस्तक “हाम्रो मौलापुर” मधेश प्रदेशकै सम्भवतः पहिलो रहेको शिक्षा संयोजक राजेन्द्र प्रसाह साहले दाबी गर्नु भएको छ । पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो बताउनु भएको छ । यस पाठ्यपुस्तकले मौलापुर नगरपालिकाको विविध विषयहरुलाइ समेटेको उनको भनाइ छ । हाम्रो यहाँको रितिरिवाज,धर्मसंस्कृती,रहनसहन,विभिन्न सम्पदाको बारेमा र गौरवका विषयका जुन चिजहरु छन् । ती सहित सम्पूर्ण चिजहरुको बारेमा हामीले जानकारी गराउने प्रयास गरेका छौं ।
बाल्यकाल देखि नै बालबालिकाहरु लाइ स्थानिय स्तरको विषयवस्तु बारे जानकारी गराउने यो पुस्तकको उदेश्य रहेको वहाँले बताउनु भएको छ । हाम्रो समाज बाट धेरै कुराहरु हराइ पनि सके र हराइ रहेका पनि छन् । ती सबै कुराहरुलाइ जगेर्ना गर्नका निमित यो पुस्तक ल्याइएको उनको भनाइ छ । पुस्तकमा मौलापुर नगरपालिकामा रहेको राम्रा राम्रा कुराहरुको बारे जानकारी गराउने प्रयास गरिएको छ । यहाँ रहेका कुरितीहरु बारे जानकारी गराउने उदेश्यले पनि पुस्तकले समेटने प्रयास गरेको छ ।
यो पाठ्यपुस्तक समग्र विषयवस्तु समेटिएको छ । यसमा हामी केही गौरवका विषयवस्तुलाइ पनि समेटेका छौ । जस्तै यहाँ रहेको पुरातात्वीक महादेव मन्दिर जसलाइ मौलापुर नगरपालिकाले विश्व सम्पदा सूचीमा राख्ने प्रयास गरि राखेको छ । र त्यो राख्ने योग्य पनि हो । हाम्रै नगरभित्रका ,हाम्रै समाजमा हुने साना कुराहरुलाइ पुस्तक मार्फ बुझाउने प्रयास हामीले गरेका छौं ।
केन्द्रिय ऐन कानुनमा स्थानिय तहले १०० पूर्णङ्गक कक्षा १ देखि ८ सम्म स्थानिय तहले पठ्यपुस्तक तयार गर्न सक्ने प्रावधान छ । त्यही अनुरुप हामीले पाठ्यक्रम तयार गरी सुरुमा कक्षा १ देखि ३ सम्म छपाइ गरि वितरण गरेका छौ । यसै आर्थिक वर्ष देखि बाँकी कक्षाका पुस्तकहरु छपाइको सकिनेछ । र अर्को शैक्षिक सत्र देखि सुरुमै कक्षा ८ सम्मकै हरे बालबालिकाको हातहातमा हाम्रो मौलापुर पाठ्य पुस्तक बाँडी सक्ने छौं । माथिल्लो कक्षाहरुको राष्ट्रिय स्तरका कुराहरलाइ पनि समेटने छौं ।
उनले भने सबै बच्चाहरुलाइ पुस्तक पुग्ने हिसाबसे छपाइ गरेका हौ । नपुग भएको खण्डमा हामीले अझै व्यवस्थापन गरी वितरण गर्ने बताउनु भयो । पुस्तकमा परिमार्जित गर्ने लैजाने पनि बताउनु भयो । हरेक अभिभावक र यस नपा बाहिरको व्यक्तीहरुलाइ पनि पुस्तक एकचोटी अध्ययन गर्न अनुरोध गर्नु भयो । यस बाट अन्य पालिकाले केही कुरा सिकेर अभिप्रेरित हुनेमा विश्वास व्यक्त गर्नु भयो ।
रामानन्द साह, देवाहीगोनाही,भदौ ०६ गते ।
इलाका प्रहरी कार्यालय देवाहीगोनाहीले परिच्यात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।
आज एक कार्यक्रमका बिच नयाँ कार्यालय प्रमुखको रुपमा आउनु भएका प्रहरी निरिक्षक कुशराम कार्कीले देवाही गोनाही नगरपालिका अन्तर्गत स्थानिय जनप्रतिनिधि,विभिन्न राजनीतिक दलका प्रतिनिधि, भद्रभलादमी,समाजसेवी,शिक्षक,पूर्व प्रहरी कर्मचारी,संचारकर्मी लगायतका विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुसंग परिचय गर्नु भएको छ ।
सो कार्यक्रममा उनले यस क्षेत्रको शान्ती सुरक्षाको अवस्था, अपराधको अवस्था,रोकथाम तथा न्यूनिकरण सम्बन्धमा छलफल तथा अन्तरक्रिया गर्नु भयो ।
प्रहरी निरिक्षक कार्कीले आफु समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराधिक घटना हुन नदिन २४ औ घण्टा सुरक्षा ब्यवस्था कडा पार्ने बताउनु भयो । कार्कीले समाजमा शान्ति स्थापना कायम गर्नको निमित राजनितिक दलहरुले पनि सहयोग गर्नु पर्ने बिश्वास ब्यक्त गर्नु भयो ।
बज्जिकाञ्चल,गौर,भदौ ०६ गते ।
आज संघीय शिक्षक फोरम नेपाल रौतहटको बैठक गौरमा सम्पन्न भएको छ । बैठक बाट गाउँपालिका र नगरपालिकाको अधिवेशन यही मिति २०८०÷०५÷३० गते भित्र सम्म सम्पन्न गर्ने निर्णय गरिएको छ ।
संघीय शिक्षक फोरम नेपालको अध्यक्ष कामेश्वर यादवको अध्यक्षतामा संघिय शिक्षक फोरम नेपालको बैठक सम्पन्न भयो ।
सो बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा पुर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, जनता समाजवादी पार्टी नेपालको जिल्ला अध्यक्ष श्याम बिहारी यादव लगायत शिक्षक फोरम नेपालको सदस्यहरुको उपस्थित रहेको थियो ।
धनगढी, ५ भदौ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदूरपश्चिम इन्चार्जमा गोविन्द चौधरीलाई तोकिएका छन्।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौधरीलाई इन्चार्ज तोकेको हो।
चौधरी सो पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हुन्।