२०८३ जेष्ठ ३
२०८३ जेष्ठ ३

काठमाडौं, १२ असार । जनता समाजवादी पार्टी, नेपालको बिद्यान अधिवेसन जारी छ ।

गत आइतवार देखी सुरु भएको बिद्यान अधिवेसन पुर्ववतः तालिका अनुसार आज समापन हुदैँछ ।

 

आजको बैठकमा  मस्यौदा बिद्यान माथी समुहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ ।

 

गत आइतवार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा बिद्यानमा हिजो १० वटा समुहमा समुहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० वटा समुहवाट समुहगत धारणा राखे पछि अधिवेसनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संसोधनसहित बिद्यान पारित गर्ने कार्यसुची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।

 

उनका अनुसार प्रस्तावित बिद्यानमा ७० बर्षे उमेर हदको प्राबधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रिय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाईएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रिय समिति सदस्य हुन कम्तिमा पाँच बर्ष पार्टी सदस्यता लिएको पाँच बर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको बिद्यान प्रस्तुत भएको छ ।

 

उक्त मस्यौदा बिद्यानमा छलफलका लागि ४ सय २० केन्द्रिय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाईरहेका छन् ।

काठमाडाैं, १२ असार । प्रतिनिधि सभाकाे बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बाेलाइएकाे छ ।

 

मंगलवारकाे बैठकमा बिनियाेजन बिधेयक माथीकाे छलफल जारी रहनेछ । साेही क्रममा बिनियाेजन (बजेट) बिधेयक माथी उठेका प्रश्रकाे जवाफ सबन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाइ निरन्तरता दिइएकाे संसद सचिवालयले जनाएकाे छ ।

 

जसअनसार मंगलबारकाे  बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

 

प्रतिनिधि सभाको हिजाेकाे बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधि सभा सदस्यहरूले मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले जवाफ दिएका थिए ।

 

काठमाडौं, ११ असार । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदनमार्फत साधारण सदस्यताका लागि अप्लाइ गर्न सकिने छ ।

कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । साधारण सदस्यता वितरण गरिने विगतमा प्रचलन थिएन । साधारण सदस्यता प्राप्त गरेको व्यक्तिले एकवर्ष पछि क्रियाशील सदस्यता पाउने विधानको प्रावधान छ ।

काग्रेसको सदस्यता लिनको लागि पार्टीको साइटमा उपलब्ध गराइएको फर्म भर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि नाम, जन्ममिति, इमेल आइडी, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, ठेगाना, ब्लड गु्रप, भाषा, पेशा प्रदेश, जिल्ला लगायतको विवरण भर्नुपर्दछ ।

 

साथै, पासपोर्ट आकारको तस्वीर, नागरिकताको अघिल्लो भाग र पछाडीको फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि २० रुपैयाँ तोकिएको छ ।

मुकेश कुमार यादब

सिरहा, ११ असार। सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परका छन् ।

मिर्चैया नगरपालिका ८ घरभई खानेपानीमा सुरक्षा गार्डको काम गर्ने करिव ४५ वर्षीय किशोरी राय कुर्मीलाई धारीलो हतियार प्रहार गरी शरीरको विभिन्न भागमा काटीएको अवस्थामा आज कार्यालय परिसरभित्रै शव फेला परेको हो ।

कार्यालयका पदाधिकारी विशेष कामले सुनसरीको इटहरी जान गाडीलिन जाँदा रगताम्मे अवस्थामा सुरक्षा गार्ड देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिनसक्ने प्रहरीको भनाई छ ।
लाशलाई प्रादेशिक अस्पताल सिराहामा पोष्टमार्टम गराई परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान भईरहेको बताए ।

कृष्ण तिवारी ,रौतहट, असार ११ गते ।
रौतहटको कटहरिया नगरपालिकाकाले उत्कृष्ट काम गर्ने कर्मचारीहरु लाइ सम्मान गरेको छ । नगरपरिषदको अवसरमा नगरपालिकाकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख अजय प्रकाश जयसवाल, उप प्रमुख रिता देवी यादव र प्रमुख प्रशासकीय अधिकृत राम प्रकास साहले कर्मचारीहरुलाइ नगद पाँच हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कटहरिया नगरपालिकाको ८औं नगरसभा अधिवेशन कार्यक्रममा ७ (सात ) जना नगरपालिका भित्र कार्यरत कर्मचारीलाई नगर प्रमुख अजय प्रकाश जयसवाल र नगर उपप्रमुख रिता देबी यादव द्वारा सम्मानित हुने कर्मचारीहरुमा योजना प्रमुख रामनरेश यादव, पञ्जिकरणका प्रमुख हरिन्द्र प्रसाद यादव, जिन्सी शाखा प्रमुुख सन्तोश साह, शिक्षा सह संयोजक सुरेन्द्र ठाकुर, कम्पुटर अपरेटर धिरज साह , कार्यालय सहयोगी अभिसेख कुमार सहित ७ जना लाई ५ हजार नगद र दोसल्ला ओढाई सम्मान गरेको छ ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले कर्मचारीलाई सम्मान गरिँदा उत्कृष्ट काम गर्न हौसला मिल्ने बताए ।


कर्मचारीले राम्रो काम गरेर हरेकले सम्मान ग्रहण गर्नुपर्ने उनको सुझाव छ । ‘इमानदारिता र लगनशीलता कर्मचारीको बहुमूल्य गहना हो, त्यसैले निजामति कर्मचारीले आफूले पाएको जिम्मेवारीलाई जागिरका हिसाबमा मात्र लिनु हुँदैन, जागिरलाई जिम्मेवारीका हिसाबले लिन सक्नुपर्छ,’ मेयर अजय प्रकाशले भने ।
प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले अनुशासन र कामले नै कर्मचारीको मूल्यांकन हुने भएकाले आफ्नो दायित्व र जिम्मेवारी निभाउनु पर्ने बताए । उनले सरकारी नीति निर्देशनमा रहेर सेवाग्राहीलाई सेवा दिनु नै कर्मचारीको पहिलो काम, कर्तव्य भएको धारणा राखे । ती कर्मचारीहले सर्वोत्कृष्ट सम्मान पाउँदा काम गर्ने जिम्मेवारी अझै बढेको महसुस भएको बताए ।

काठमाडौं, १२ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली  रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  बागमती , गण्डकी र कर्णाली  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना  रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना  रहेको छ।

 

देशको केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको  तथा मधेश प्रदेशका केही तथा कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको  समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग र हावाहुरीका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

 

 

 

आरके श्रीवास्तव,रौतहट,असार ११ गते
रौतहटको कटहरिया नगरपालिकाले बजेट ल्याएको छ । सोमबार कटहरिया नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । कटहरिया स्थित नगरपालिकाको प्रांगणमा बजेट अधिवेशन बोलाईएको थियो । नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका सभापती रामअयोध्या प्रसाद यादव रह्नु भएको थियो । नगरपालिकाले आठौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४१ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । तर एकदिन ढिलै भएपनि नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जनप्रतिनिधीहरु बिच कुरा नमिल्दा आइतवार बजेट आउन सकेको थिएन् । धेरै उत्साहका साथ सम्पन्न भएको आठौं नगरसभा बाट कटहरिया नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगरप्रमुख जयसवालको आदेशाअनुसार प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले बजेट वक्तव्य पढेर सुनाउनु भएको थियो ।

नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४१ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो । नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ४१ करोड ९६ लाख १६ हजार ३ सय रुपैयाँको बजेट पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी गराउनु भयो । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगायतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको साहले बताए ।

सो नगरपालिकाको संघिय वितिय समानीकरण अनुदान ११ करोड १७ लाख,संघिय शशर्त चालु अनुदान १७ करोड १० लाख,संघिय सरकार शशर्त पूजिगत रु १ करोड १५ लाख,संघिय राजस्व बाँडफाँड अनुदान ९ करोड ५२ लाख ७२ हजार ३ सय,संघिय सरकार सम्पूरकमा ५० लाख,विक्तिय समानिकरण(प्रदेश सरकार) २० लाख र आन्तरिक राजस्व रु १ करोड र चालु आ.व. २०७९।८० को खर्च हुन बाँकि २० लाख गरि कुल ४१ करोड ९६ लाख १६ हजार ३०० रुपैयाँ बराबरको बजेटको आयको प्रक्षेपण गरिएको छ ।


कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरू,जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा खाभ्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारको नीति तथा कार्यक्रम र १५ जेठमा प्रस्तुत गरेको आगामी वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभ्ने निर्णयप्रति रास्वपाले भर्त्सना गरेका हुन् ।

राजनीतिक आन्दोलनबाट स्थापित संवैधानिक निकायलाई खारेज गर्ने सरकारको निर्णय लोकतन्त्रमाथिको प्रहार भएको भन्दै उनले उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरे ।

काठमाडौ,  ११  असार । नेपाली बजारमा सोमबार पनि सुनको भाउ उकालो लागेको छ।  साेमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

साेमबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। आइतबार पनि तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

रौतहट, असार १० गते ।

रौतहटको गुजरा नगरपालिकाको आठौं नगर सभा कार्यक्रम आइतबार सम्पन्न भएको छ । संबिधानको नियम अनुसार आज अन्तिम दिन रहेको बजेट प्रस्तुती कार्यक्रममा आइतबार सबै पालिकाहरुले नगर सभा कार्यक्रम आयोजना गरि सम्पन्न गरेका छन्, भने धेरै जसो पालिकाहरुको समय थपिएको छ ।

 

सोही नियम अनुसार गुजरा नगरपालिकाले समयमै आफ्नो नगर सभा सम्पन गरेको छ । गुजरा नगरपालिकाका नगर प्रमुख संतलालप्रसाद चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको नगर सभाले चालु आर्थिक वर्ष २०८० । ०८१ मा नगरको समग्र बिकासका लागि ५६ करोड १४ लाख ३१ हजार ५ सय सहितको बजेट प्रस्तुत सार्वजनिक गरेका छन् । सो सिमा भित्र रही आव २०८० र ०८१ को निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।

चालु आर्थिक वर्षमा नगरको चौतर्फी बिकासका लागि गुजरा नगरपालिकाले आफ्नो ८ औं नगर सभाबाट ५६ करोड भन्दा बढीको बजेट सर्वसहमतिले पारित गरेको हो । नगर सभामा समानीकरण, शसर्त अनुदान, राजस्व ब्यब्स्थापन, आन्तरिक आय, शिक्षा, सिचाई, स्वास्थ्य लगायत गरी सो रकम प्रस्तुत गरेको थियो ।

यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, बिधुत, भौतिक पूर्वाधार निर्माण लगायतलाई बिशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारीले बताए । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख रतन लामाकी बिशिष्ट आतिथ्य तथा ९ वटै वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।