२०८३ श्रावण २१
२०८३ श्रावण २१

सिरहा ११ असोज। सिरहामा नापी कार्यालयको कर्मचारीहरुले सेवाग्राहीसँग खुलेआम  घुस रकम लिएर काम गर्ने गरेका पाइएको छ। लहानस्थित नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग किताकाट, ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरु आफैँले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो।

नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सेटिङमा सेवाग्राहीसँग घुस लिएर मात्र कागजी प्रक्रिया अगाडि बढाउने गरेको पीडित सेवाग्राहीहरु बताउँछन्। लामो समयपछि किताकाट खुलेकाले सेवाग्राहीको चाप बढेकाले नापी र मालपोतबाट हुने सबैखालका काम विनाघुस नहुने नाम उल्लेख नगर्ने सर्तमा धनगढीमाई नगरपालिकाका एक सेवाग्राहीले बताए।

उनले भने, ‘म सामान्य कित्ताकाटको लागि सबै प्रक्रिया पुर्‍याएर बिहानै कार्यालाय पुग्दा पनि ४ बजेमात्र कित्ताकाट गरिदिए। ६ घण्टा लगाएर ४ बजेमात्र नक्सा हातमा पर्‍याे ।  तर, सबै कागजात हुँदा र प्रक्रिया पूरा गरेर बुझाउँदा काम गराउन घुस दिनु पर्‍याे । घुस दिएका कारण बल्ल ४ बजे काम भयाे  । घुस नदिएकाे भए काम नै नहुने रहेछ । नापी कार्यालयले समयमा काम नगरिदिँदा जग्गा पासको काम पनि त्यसदिन हुन सकेन।’

गोलबजार नगरपालिका-६ का अर्का सेवाग्राही जग्गा कित्ताकाटकोलागि गत सुक्रवार बिहान १० बजे कार्यालय पुगे पनि कार्यालय बन्दहुने समयमा मात्र नक्सा उनको हातपर्‍याे। तयार भएको नक्सासहितको कागजात लिन अमिन (सर्वेक्षक) गैन महतोलाई घुसबापत दुई हजार रुपैयाँ दिनुपरेकाे  उनकाे आराेप छ ।

‘मेरो भरदिन त्यहि काममा बबित्यो, तर ति सर्वेक्षकले मसँग अतिरिक्त रकम नलिएसम्म कागजात नै दिएन। मैले पनि कति हैरानी झेल्नु भनेर अन्तमा दुई हजार रकम दिएँ,’ उनले न्युज कारखानासँग भने ।

लामो समयपछि किताकाट खुलेकाले नापी र मालपोतमा सेवाग्राहीको भिडभाड लाग्ने गरेकाले त्यसको फाईदा उठाउँदै अमिनहरुले अतिरिक्त रकम माग्ने गरेका छन्। उनीहरुले सेवाग्राहीलाई भिडको बहाना देखाउँदै आज काम नहुनेभन्दै फर्काउने र अतिरिक्त रकम नदिनेको काम ढिलो गर्ने गरेको सेवाग्राहीहरुको गुनासाे छ।

घुस खुवाउन नसक्ने सेवाग्राही सेवाबाटै बन्चित हुने स्थिति रहँदा नापी कार्यालय लहानका प्रमुख नापी अधिकृत संजय कुमार सिंह भने पन्छिन खाेजे । कार्यालयमा भएकाे अनियमितता र घुस लेनदेनले सेवाग्राही मर्कामा परेकाे विषयमा आफू जानकार नरहेकाे भन्दै पन्छिएर कर्मचारीमाथि आराेप लगाउँदै सिंहले भने,  ‘उनको (अमिन गैन महताे) व्यवहार अलिक ठिक छैन । तपाईंले मलाई जानकारी गराउनु भयो । म उनलाई सम्झाईदिउँला ।’

 

अधिकृत सिंहकै अभिव्यक्ति र गत ६ भदौमा यस कार्यालयमा कार्यरत अमिन दिपरञ्जन यादव १० हजार घुससहित समातिनुले पनि घुस लेनददेन तथा अनियमिततामा कार्यालय प्रमुखलगायतका मिलोमतो रहेको पुष्टि गर्छ।

सिरहाका अधिकांश भीडभाड हुने अडाहरु मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार, जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सेवाग्राहीहरु ठगिने गरेको गुनासाे आउने गरेकाे छ ।

 

काठमाडौं, ११ असोज । महोत्तरीको सोनमा गाउँपालिका–५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित सितामढी जयनगर ग्रामपंचायत–११ बस्ने २४ वर्षीय बलविन्द्र महतो रहेका छन्। उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पेस्तोलसहित सोही पेस्तोलमा लाग्ने गोली एक राउण्ड, किल्ला उक्काउने रड दुई थान र पेचकस एक थान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारेको जनाइएको छ।

साथै बीआर ५५ ए २७२५ नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाइएको छ।

 

काठमाडौं, १२ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली  देखि सामान्यतया मौसम सफा रहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्गको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

जनकपुर, ११ असोज । आज मधेस प्रदेशमा सार्बजनिक बिदा दिईएको छ ।

 

मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा र्दिएको हो ।

 

प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा असोज ११ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

काठमाडौं, १० असोज । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् ।

 

नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका हुन् ।

 

चीनमा जारी १९ औं एसियन खेलकुदमा मंगोलियाविरूद्ध मैदानमा उत्रेका ऐरीले जम्मा ९ बल मै अर्धशतक पूरा गरेर विश्वकिर्तिमान बनाएका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका छन्  ।

 

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियालाई कमजोर टिमको रुपमा लिईदै आएको छ । कमजोर टिमको फाईदा उठाउँदै ऐरीले पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

 

१० बलको सामना गर्दा उनले ८ छक्का हिर्काए पछि उनको बिश्व किर्तिमान कायम भएको हो ।

 

पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडकाे हाे  ।

काठमाडौं, १० भदौं । नेपालले क्रिकेटमा चारवटा विश्व किर्तिमान बनाएको छ ।

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले चारवटा विश्व किर्तिमान बनाएको हो ।

 

मंगोलियालाई २ सय ७३ रनले पराजित गरेर नेपालले  टी–२० अन्तर्राष्ट्रिय खेलमा रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हासिल गरेर यो किर्तिमान कायम गरेको हो ।

 

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएर विश्व किर्तिमान कायम गरेको थियो ।

 

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिदै नेपालले ती किर्तिमान कायम गरेको हो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो ।

 

जारी खेलमा नेपालले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ, यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका रेकर्ड थियो ।

 

यता, नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको किर्तिमान कायम गरेका छन, उनले ९ बलमै अर्धशतक पुरा गरेर सो रेकर्ड कायम गरेका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका हुन्  ।

 

उता, कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गरेर नयाँ विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले ३४ बलमा शतक पुरा गरेका छन । यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान कायम रहेको जनाईएको छ ।

काठमाडौं, १० असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश,गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

कोशी,  बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्गको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

सागर संगम ठाकुर ,रौतहट असोज ८ गते
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले सरकारले अपरिपक्व शिक्षा विधेयक ल्याएर देशमा द्वन्द निमत्याएको आरोप लगाएको छ । गृह जिल्लाको गृह नगरपालिका मौलापुरमा वडा नं.७ पथराबुधराम टोल (नन्कार) मा नव निर्मित बिधालय भवनको उदघाटन गर्दै पुर्वमन्त्री समेत रहेका अध्यक्ष साहले यस्तो बताएका छन । सरकारले संसदमा ल्याएको विधेयकले शिक्षकहरुको पेशागत हकहितको सुनिश्चित नगरेको भन्दै यो विधेयकले राहत शिक्षक, बालबिकास शिक्षक, नीजि शिक्षक, मदरसा शिक्षक, गुम्बा शिक्षकहरुलाई चिन्न नसकेको बताए ।
समाज र राष्ट्र उन्नयनमा महत्वपूर्ण योगदान गर्ने शिक्षकहरुप्रति राज्य यति धेरै उदाशीन, गैर जिम्मेवार एवं लापरवाह बन्न मिल्दैन वहाँले भने । अपुग पारिश्रमिक, भविष्यको अनिश्चितता र न्युनतम साधन–स्रोतको भरमा नीजी शिक्षकहरुले उत्पादन गरेको जनशक्ति उन्नत हुने तर अर्बौं लगानी रहेको सार्वजनिक शिक्षा तुलनात्मक रुपमा यति धेरै कमजोर हुने विषयप्रति राज्य र सम्बद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ ।
शिक्षा सेवा आयोग पास गरेर आएका, तुलनात्मक रुपमा राम्रो तलब सुविधा र सुरक्षित जागिर भएका बहुसंख्यक सरकारी शिक्षकहरु किन स्वयं आफुँमाथि भरोसा गरेर आफ्ना सन्तानहरुलाई सरकारी विद्यालयमा पढाउदैन यसको जिम्मेवार जवाब सरकारी शिक्षकले दिनुपर्छ कि पर्दैन ?, संविधान विरोधी शिक्षा विधेयक खारेज हुनुपर्छ कि पर्दैन?, लापरवाह र गैरजिम्मेवार शिक्षकहरु कानुनको अधिनमा बस्नु पर्छ कि पर्दैन ? “ भनेर उहाँले प्रश्न गर्नुभयो । मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथि आजपा अध्यक्ष साह द्धारा नव निर्मित बिधालय भवनको नाम परिर्वतन गरि श्री राम जानकी अधारभुत बिधालय नामाकरण गरिएको छ । उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिद्वय आम जनता पार्टीका उपमहासचिव एवं पुर्व प्रदेश सभा सदस्य मा.कुन्दन कुशवाहा र आजपाका प्रवक्ता चन्द्र भूषण साह रहनु भएको थियोे ।
बिधालय भवनको लाग्तबारे मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह जानकारी गराउनु भयो । उक्त कार्यक्रममा अतिथिको रुपमा मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र प्रसाद यादव,आजपाको मधेस प्रदेश ईन्चार्ज सुधिर यादव, आजपाका रौतहट जिल्ला ईन्चार्ज त्रिभुवन साह अमर,केन्द्रीय सदस्य मनोज यादव,भोला पाण्डे श्री भग्वान पटेल ,मौलापुर नगरपालिकाका प्रवक्ता एवं दलित नेता चन्देश्वर बैठा, वडा नं.३ का अध्यक्ष महेश कुशवाहा, वडा नं.५ का वडा अध्यक्ष चन्द्रशेखर साह, वडा नं.७ का वडा अध्यक्ष रामपुकार साह, वडा नं.८ का अध्यक्ष श्री परशन यादव, वडा नं ९ का श्री पुजन साह,कार्यपालिका सदस्य,बिधालयका सम्पूर्ण शिक्षक शिक्षाका लगाएत लगायतका जनप्रतिनिधि एवं राजनीतिक नेतृत्व सहित सयौंको संख्यामा अभिभावक, विद्यर्थी, शिक्षक र कर्मचारीहरुको उत्साहवर्धक सहभागिता रहेको थियो ।

सर्लाही, ८ असोज । सर्लाहीको विष्णु गाउँपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

विष्णु गाउँपालिका–६ स्थित भित्री सडकमा बीआर ३०एडी ९८७२ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया सुनिता देवीको मृत्यु भएको हो।

पैदल हिँडिरहेकी सुनिता मोटरसाइकलको ठक्करबाट सिकिस्त घाइते भएकी थिइन्। घाइते सुनितालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याएपछि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्कर दिने मोटरसाइकलसहित चालक सोही ठाउँका १८ वर्षीय आकाश मण्डल प्रहरी नियन्त्रणमा रहेका छन्।

काठमाडौं, ९ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै, भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ।

 

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्गको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।