२०८३ श्रावण २१
२०८३ श्रावण २१

 

आरके श्रीवास्तव,रौतहट, ०१ कार्तिक ।

राैतहटकाे कटहरिया नगरपालिका द्वारा नेपालीहरूको महान चाडपर्व बडा दशै, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कटहरिया स्थित विवाह मण्डप भवनमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजन गरिएको थियोे । कार्यक्रममा बाेल्दै नगर प्रमुख अजय प्रकाश जयसवालले हिन्दूहरूको महान आस्थाको पर्व चलिरहेको बडा दशै र केही दिनपछि आउने तिहार, दिपावली र छठ पर्व शुभकामना व्यक्त गर्नु भएको थियोे ।

कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवाल र विशिष्ट अतिथी उप प्रमुख रिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत गाैरीशंकर कुमार सिंह रह्नु भएको थियोे । शुभकामना आदानप्रदान कार्यक्रममा वडा अध्यक्षहरू समिश बिक्रम शाह,सर्फलाल गुप्ता,जयराम साह,कार्यपालिका सदस्य मनाेज जयसवाल लगायत शिक्षक ,सुरक्षाकर्मि,कर्मचारी हरुको सहभागीता रहेको थियो ।

 रौतहट, ०१ कार्तिक ।

नेपाली काँग्रेस पार्टी गौर नगर कमिटी द्वारा नेपालीहरूको महान चाडपर्व बडा दशै, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको सभा हलमा शुभकामना आदनप्रदान कार्यक्रममा रौतहट जिल्लाकै सबभन्दा पुरानो जेष्ठ पालिकाको रूपमा चिनिएको गौर नपाका मेयर प्रत्यासी तथा नेपाली काँग्रेस पार्टीको नगर सभापति युवा नेता मोहन कुमार यादवले समाजलाई शान्तिपूर्ण वातावरण, समृद्ध समाज र सबै समुदायसँग समाजिक सद्भाव बनाएर राख्ने उदेश्यले नै चाडपर्व बर्षमा एक पल्ट आउने गर्छ तर हामी सबैलाई सन्देश दिएर जान्छ भने बताए । पर्व त्यौहारको समाजमा विभिन्न किसिमको अप्रिय घटना घट्ने गर्छ त्यस्ता क्रियाकलापलाई हामी सबै समुदायले मिलेर निराकरण गर्नुपर्छ ।चाडपर्वको समयमा गाउँघर र बजार क्षेत्र भित्र बढी फोहर मैला, होहल्ला, जाड रक्सि, लागु पदार्थको कारोबार र जुवातास खेल्ने घटना भइरहन्छ त्यसबाट सचेत भई स्वच्छ समाज निर्माण र आफै सरसफाइ अभियानमा प्रत्येक नागरिकले लाग्नुपर्छ भने उनले आग्रह गरे । समाजमा कानुन विपरीत क्रियाकलाप कसैले पर्व त्यौहारको बेला नगर्न सुझाव दिएका हुन । हिन्दूहरूको महान आस्थाको पर्व बडा दशै अहिले चलिरहेको छ भने केही दिनपछि तिहार, दिपावली र छठ पर्व समेत आउने भएको हुनाले सबैले यश पर्वलाई समाजिक रूपमा हाँसी खुशी मिलेर मनाउन मेयर प्रत्यासी यादवले अनुरोध गरे । रौतहट जिल्ला भित्र सक्रिय रूपमा विगत लामो समय देखि आफ्नो कलम चलाएर जिल्लाको विभिन्न स्तरमा पुगेर समाचारको माध्यमले परिवर्तन गर्न र गराउने भुमिका खेलिरहेको क्रियाशील पत्रकारहरूलाई महासंघले नयाँ सदस्यताबाट बञ्चित बनाएको प्रति मेयर प्रत्यासी यादवले दुख पोखेका छन । महासंघको गलत कदमकाे बिरोधमा नेपाली काँग्रेस पार्टीको केन्द्रीय नेतृत्वहरूसँग यस बारे आफूले आवाज उठाउन र सम्बन्धित निकायमा नयाँ सदस्यता दिन बारे सकेसम्मको पहल समेत गर्न उनले बताए छन् । शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल मुस्लिम संघ मधेश प्रदेश कोषाध्यक्ष सर्फराज तैयब, नेपाली काँग्रेस रौतहट क्षेत्र नं १ प्रतिनिधिसभा सचिव संजय कुमार यादव, प्रदेशसभा (क) सभापति अवधकिशोर साह, जिल्ला सदस्य गुलरेज अहमद उर्फ जियाउल, युवा नेता शेख मनिर आलम र समाजसेवी लोकेन्द्र यादव उर्फ बबलु लगायतका सहभागीता रहेको थियो ।

काठमाडौं ३० असोज, 

 रौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ।निर्वाचन आयोगले मंगलबार सूचना निकालेर २०७९ को  स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेपछि पद रिक्त भएको जानकारी दिएको हो

साह अन्य दलमा प्रवेश गरेको एमालेको केन्द्रीय समितिको निर्णय जानकारी भएसँगै पद रिक्त भएको आयोगले जनाएको छ। राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।

साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन्। थाहा खबर

३० असोज, काठमाडौं ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूआत भनेका छन् ।

सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरे ।

तर, सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् । ‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको शुरूवात हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनका अनुसार गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुल्नेछ । ‘खर्बौं खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्‍याइसकेका तिनिहरुले अब आफनो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन’ साह अगाडि लेख्छन्, ‘नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन ।’

गैरआवासीय नागरिकता वितरणले नेपाललाइए खोक्रो बनाउने उनको भनाइ छ । उनी लेख्छन्, ‘दुनियाँमा काही नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ ।’

विदेशी लगानी नेपाल ल्याउन गैरआवासीय नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मात्रै भएको उनको भनाइ छ । साहले लेखेका छन्, ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुदैँछ । यस अपराधजन्य कार्यको विरुद्ध एक भएर प्रतिवाद गरौँ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार । औनलाईन खबर

आरके श्रीवास्तव,राैतहट,असाेज २८ गते ।
राैतहट प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय अर्न्तगतका प्रहरी कार्यालयबाट शनिबार रु २ लाख १३ हजार ३ सय दश रूपैयाँ बराबरकाे भन्सार छली चोरी पैठारी गरी ल्याएका समानहरु बरामद भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक दामाेदर केसीले जानकारी दिए ।
लत्ताकपडा,खाधान्न, हाडवेयर र पितलको भाडा बर्तन लगायतका सामान मोटरसाईकिलमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको अबस्थामा प्रहरी गस्ती टोलिलाई देखि लोड रहेको सामान छाडी मोटरसाईकल लिई भागी फरार भएकोले सो स्थानमा प्रहरी टोली गई बेबारिसे अबस्थामा रहेको लत्ताकपडा,खाधान्न, हाडवेयर र पितलको भाडा बर्तन लगायतका सामानहरु बरामद गरिएकाे प्रवक्ता केसीले वताए ।
उनका अनुसार शनिबार राति ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ५ र वडा नम्बर २ स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईरहेकाे उक्त सामान बरामद गरेको हाे । बरामद सामानहरु आवश्यक कारवाहीको लागि स्थानीय मानिसहरूकाे राेहबरमा गाैर भन्सार कार्यालयमा बुझाएको प्रवक्ता केसीले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् ।
आरके श्रीवास्तव,रौतहट, असाेज २८ गते ।
पर्व नजिकिए सँगै मधेसकाे गाउँगाउँमा दुलदुल घाेडा देखिन थालेको छ । तराई मधेसमा लाेप हुँदै गएको दुलदुल घाेडा नाच अहिले गाउँघर तिर आउन थालेका छन् । काठले बनाएको घोडालाई रंगिन कागजले रङ्गीचङ्गी बनाई कम्मरमा बाँधेर नाच्ने नाचलाई दुलदुल घोेडा भन्ने गरिन्छ । तराई मधेसका भाँट समुदायले पेशागत रूपमा गर्दै आएपनि अहिले यहाँका ती समुदायले याे पेशा छाेडेपछि छिमेकी देश भारत बाट आएका दुलदुल घाेडा बालाहरू याे नाच देखाउने गरेका छन् ।
नाचेर माग्ने भएकाले ती युवाहरू यसप्रति आकर्षित छैनन् । र उनीहरूकाे रुचि पनि यसमा देखिदैन । भारत बिहारकाे माेतिहारी जिल्ला घर भएका माेमताज भाँट भन्छन् यूवाहरू यस प्रति आकर्षित नभएकै कारण लाेप हुँदै गएको छ । उनले चिन्तापनि व्यक्त गरे । हामीले अहिलेसम्म याे पेशालाई जाेगाइ राखेका छाैं ।
सदियाैंदेखि चलि आएको याे परम्परा जाेगाउन अहिले धाैधाै भईरहेकाे छ । यसरी नाच देखाए बापत किसानहरू दिएकाे चामल दैनिक करिब ५० किलाे सम्म पुग्ने गरेको भाँटकाे भनाइ छ । धान बाली लगाएर किसान फुर्सदमा भएको बेला उनीहरू आउने गरेका छन् । उनीहरू असाेज,कार्तिक,मंसिर, पुस महिनामा नाच नाचेर कमाउने गरेको बताए । पारिवारिक समूहमा आएका उनीहरू मध्ये कसैले मादल बजाउँछन् भने कसैले चामल,रूपैयाँ माग्ने गर्छन् । साथमा उनीहरू गितपनि गाउने गर्छन् । जसले स्थानीयहरू आनन्द उठाउँछन् ।
बालबालिकालाई खेलाउन तथा मनोरञ्जन गराउन मादलको सुरतालमा कृत्रिम घोडा बनेका मानिसले गीत गाउँने तथा नाच देखाउने गर्छन् । बालबालिका पनि घोडामा बस्न पाएर रमाउने गर्छन् ।

 

हनुमत कु यादव ,रौतहट, १४ गते असोज ।

रौतहट जिल्लामा भारतबाट अबैध कुखुरा ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरि नष्ट गरेको छ । जिल्लाको परोहा नगरपालिका वडा नं.८ स्थित मोतिपुर नरकटीयाको बाटो हुँदै नेपाल ल्याउदै गरेको अवस्थामा प्रहरी पक्राउ गरेको हो ।

आज प्रहरी चौकी मोतिपुर नरकटिया रौतहट बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय गौर रौतहटले जनाएको छ ।

भारतबाट अबैध रुपमा चोरि पैठारी गरी ल्याउदै गरेको १६ वटा कुखुरा बरामद गरी जनप्रतिनिधी, बुद्धिजिवी र संचारकर्मीहरु समेतको रोहबरमा आज जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङगणमा अंदाजी ३५ के.जि. बराबरको बोईलर कुखुरा नष्ट गरीएको प्रहरीले जनाएको छ ।

 

काठमाडौं, १५ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का  देखि मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश,  बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आरके श्रीवास्तव,रौतहट,१४ गते असोज

रौतहट । जिल्लाको अधिकांश पालिकाको ग्रामीण भेग गाउँ घर र हाट बजारमा संचालित कुटाइ,पिसाइ तथा पेलाइ गर्ने उधोगी व्यवसायीहरुले मापदण्ड विपरीत कम तौल भएका ढुंगा,इट्टा,फलाम लगायतका ढक तथा काठका प्लयाक र बाँस र डोरी लगायतका तराजु बनाएर नापतौलमा प्रयोग गरी गाउँ घरका स्थानिय सर्वसाधारण तथा गरीब किसान उपभोक्ताहरुलाइ ठगी गरीरहेको गुणासो बढेको छ ।

जिल्लाको ग्रामीण क्षेत्रमा संचालनमा रहेको त्यस्ता अधिकांश उधोगका सञ्चालकहरुले नेपाल सरकार तथा गुणस्तर निर्धारण तथा गुणस्तर तथा नापतौल निर्धारण विभागले तय गरेको ढक,तराजु,नाप प्रयोग नगरी आफनो किसिमले कम तौल र नाप भएका ढुंगा,इट्टा,फलामको रडको ढक प्रयोग गरि उपभोक्ताको वस्तुको तौल बढाइ घटाइ ठगी गर्ने गरेको साथै काठको पटहा÷ल्याक र डोरी तथा बास र डोरीको तराजुमा नापतौल गरी उपभोक्ता ठग्ने गरेको गुणासो स्थानियहरुको छ ।

खासगरी स्थानिय गाउँघरमा रहेका यस्ता उधोग संचालकहरुले सर्वसाधारणलाइ गर्ने गरेको अबैध तरीकाको ठगी सम्बन्धमा स्थानिय प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयको ध्यान जान जरुरी रहेको छ । शहर बजारमा कहिलेकाँही अनुगमन भएपनि ग्रामीण क्षेत्र गाउँ घर तिर स्थानिय प्रशासन र सम्बन्धित निकायको ध्यान कहिले नगएको सर्व साधारण,गरीब किसानको गुणासो रहेको छ । यसरी उपभोक्ता खुलेआम ठगिदा गुणस्तर तथा नापतौल कार्यालय विरगंज मुखदर्शक बनेर बसेको छ । कहिले अनुगमनमा आएको सुनिदैन् । आउँदा पनि अतोपतो हुँदैन् । तसर्थ यस तर्फ विभागले यथासिघ्र ध्यान दिनुपर्ने जानकारहरुले जोड दिएका छन् ।

सुरेशचन्द्र रिजाल 

श्रावणमा मलमास परेकाले ढिलागरी सोह्रस्राद्ध १३ असोज शनिबारदेखि प्रारम्भ भएको छ । देवयोनी र पितृयोनी एउटा यस्तो योनी हो, जसले टाढाबाट भनिएका कुराहरु सुन्ने, पूजा पनि ग्रहण गर्ने र टाढाबाटै गरिएको स्तुतिबाट पनि प्रसन्न हुन्छन् । देवता र पितृहरु सुगन्धित तथा भावबाट नै तृप्त हुन्छन् । जस्तै मनुष्यको आहार भएजस्तै पितृहरुको आहार भनेको अन्नको सारतत्त्व हो । जसरी गौशालामा छुट्टिएर बसेको आमालाई बाच्छीले कुनै न कुनै प्रकारले खोज्छन् भनेजस्तै मन्त्र, आहुति, द्रव्यहरुको पितृहरुले आफू निवास गरिरहेको स्थानमा कुनै न कुनै प्रकारले पुगिरहेका हुन्छ ।

 

आफ्नो पितृहरुको तिथिअनुसार श्राद्ध गरेपछि पितृ प्रसन्न भएर गर्ने परिवारमा उनीहरुको सन्तानको आयु वृद्धि भएर जान्छ भने धनधान्य सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । महर्षि याज्ञवल्क्यले आफ्नो याज्ञवल्क्य स्मृतिमा लेखेका छन्– पितृहरु श्राद्धबाट नै तृप्त हुन्छन् र तृप्त आत्माले दिएको आशिर्वादले हाम्रो आयु, धन, विद्या, स्वर्ग, मोक्ष, राज्य एवं अन्य सबै सुखभोग गर्न पाउने छन् ।

 

श्राद्धचन्द्रिका नामक पुस्तकमा कर्मपुराणको मध्यभागमा  श्राद्धभन्दा ठूलो अरु कुनै पनि कुराहरुबाट नहुने उल्लेख गरिएको छ । त्यसैले हरेक मनुष्यले जसरी भए पनि श्राद्धको कर्म गर्नु नै पर्ने कुरा शास्त्रले अह्राएको छ ।
स्कन्दपुराणको नगरखण्डमा बताइएको छ कि– श्राद्धमा प्रयोग भएका कुनै पनि वस्तुहरु व्यर्थ नजाने भएकोले श्राद्ध अवश्य गर्नु पर्ने बताइएको छ । हाम्रो धर्मशास्त्रमा श्राद्धसम्बन्धी कुराहरु यति धेरै विस्तारमा बताइएको छ कि श्राद्धमा गरिने सानोभन्दा सानो कुराको सूक्ष्म मीमांसा र समीक्षा गरिएको छ । श्राद्ध माता, पिता एवं अन्य पूर्वजहरुको निमित्त श्रद्धापूर्वक गरिने दान नै श्राद्ध हो ।

शास्त्रमा भनिएको पनि छ–

देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।
पितृनुद्दिश्य विप्रेभ्यो दत्त श्राद्धमुदाहृतम् ।।

शास्त्र अनुसार पिताको श्राद्ध पुत्रले नै गर्नुपर्ने बताइएको छ । यदि छोरा नभएको अवस्थामा पत्नीबाट पनि श्राद्ध गर्नु पर्ने नियम बताइएको छ । पत्नी नभएको अवस्थामा भाइ र यदि भाइको पनि अभाव भएमा जामाता (ज्वाईं) पनि श्राद्धका अधिकारी हुन्छन् । आमाको श्राद्ध पिताको श्राद्धसँग नै गर्नुपर्ने हुन्छ ।

 

मत्स्यपुराणका अनुसार श्राद्ध गर्नका लागि सबैभन्दा राम्रो समय मध्याह्नकाललाई मानिन्छ । श्राद्ध गर्ने समयमा तीन कुरा अत्यन्त आवश्यक हुन्छन् । रीस, अपवित्रता र हतारलाई त्याग गरी शुद्धपवित्र भावनासहित गर्नुपर्ने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

श्राद्धकर्ताले ताम्बुलभक्षण, तेलमालिस, उपवास तथा अन्यत्रबाट ल्याइएको अन्न पनि खान निषेध गरिएको छ । श्राद्धभोजन गर्ने व्यक्तिहरुले पनि २ पटक भोजन गर्नु नहुने र श्राद्धको दिन यात्राको लागि पनि वर्जित गरिएको छ ।

 

त्यसैगरी दान लिन, हवन गर्न, हिंसादि कर्ममा लिप्तता पनि शास्त्रनिषिद्ध गरिएका छ । श्राद्धमा प्रयोग गरिने अन्नको बारेमा पनि शास्त्रमा व्यापक रुपमा चर्चा गरिएको छ । श्राद्धको दिन कालो दाल, तील, जौँ, सामा, चामल, दूध, मह, गौँ, चिनी, कपूर, अमला, कटहर, अनार, नरिवल, सुपारी, तुलसी, कागती, पीपल लगायतका वस्तुहरुको प्रयोग गर्नु अत्यन्त राम्रो हुने कुरा उल्लेख गरिएको छ । उक्त पुराणका अनुसार सात्विक अन्न वा फलबाट पितृलाई तृप्त गराउनु पर्ने कुरा बताइएको छ ।

भनिएको पनि छ– श्राद्धका अवसरमा कदम्ब, कबेडा, बेलपत्र, करवीर, रातो तथा कालो रंगका पूmल एवं धेरै बस्ना आउने सबै फूलहरु श्राद्धमा वर्जित गरिएको छ ।

श्राद्धका लागि उपयुक्त मानिएको कमल, मालती, जुही, चम्पाका साथै बास्ना आउने सेतो पूmलहरु तथा तुलसी या भृङ्गराजको प्रयोग गर्न हुने बताइएको छ । श्राद्धचन्द्रिका नामक ग्रन्थमा केराको पातमा भोजन गर्न नहुने तर श्राद्ध बाहेकका अन्य क्रियाकलाप भने गर्न हुने करा उल्लेख  गरिएको छ । श्राद्ध–भोजनका लागि पात्रको रुपमा सुन, चाँदी, काँस, तामा र पातलाई सर्वोपरि मानिएको छ । त्यसैगरी आसनका रुपमा रेसमी वस्त्र, ऊन, काठ, कुशको आसनलाई उत्तम मानिएको छ । निषिद्ध काठका रुपमा पलाँस, वर, पीपल, मौवा आदिको आसनमा बसेर भोजन गर्न नहुने कुरा बताइएको छ ।

 

वैदिक परम्परा अनुसार श्राद्धका चार विधि वर्णन गरिएको छ । ती पिण्डदान, हवन, तर्पण, ब्रह्मण भोजन हुन् । यो नियम अनुसार सम्भव भएमा पिण्डदान र हवन गर्न सकिनेछ । यदि असम्भव अवस्थामा पिण्डदान पनि छाड्न सकिन्छ तर तर्पण र ब्राह्मणभोजन गराउनु पर्ने हुन्छ । तर्पण र ब्राह्मणभोजनलाई मुख्य अंग मानिएको छ । पितृहरुको नाममा कहि पनि गर्न े  नसक्नेले तिथि परेको दिनमा ब्राह्मणभोजन र दक्षिणादान मात्र गरे पनि पितृहरु तृप्त हुन्छन् भन्ने कुरा मार्कण्डेय पुराणमा बताइएको छ । कुनै पनि प्रकारको पितृकार्य नगर्नेहरुका लागि पितृहरुले लाचार भएर उक्त परिवारको रक्तपान गर्दछन् भन्ने कुरा पनि बताइएको छ ।

 

आश्विन कृष्ण पक्षको प्रतिपदादेखि औँसीसम्म ब्रह्माण्डको ऊर्जा तथा त्यो ऊर्जासँग पितृहरुको प्राण पृथ्वीमा व्याप्त हुन्छ । पितृपक्षमा पितृहरु श्राद्ध, तर्पण पाउने आशामा आप्mनो सम्बन्धित श्राद्धकर्ताको घरमा सूक्ष्म शरीरले घुमीरहन्छन् । तसर्थ १६ दिन, ११ दिन, ७ दिन, ५ दिन, ३ दिन अथवा १ दिन श्राद्ध तर्पण गर्ने विधान छ । शक्ति एवं परिस्थितिअनुसार १ दिन त अनिवार्य नै गर्नुपर्दछ ।

अन्यथा पितृहरु श्राद्धकर्ताको पुण्यहरण गरी दारुण नामको श्राप दिएर निरास हुँदै जान्छन् भन्ने कुरा निर्णयसिन्धुमा बताइएको छ ।

वृश्चिके मसतीक्रान्ते पितरौ देवतैः सह ।
निःश्वास्य प्रतिगच्छन्ति श्रापं दत्वा सुदारुणम् ।।

 

(लेखक सुरेशचन्द्र रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् ।)

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।