२०८३ श्रावण २०
२०८३ श्रावण २०

पुस ०६ गते

सर्वोच्च अदालतमा शुत्रबारदेखि २० जना न्यायाधीशले काम सुरु गरेका छन् । लामो सययपछि सर्वोच्चमा नयाायधीशको संख्या २० पुगेको हो । अझै एक जना न्यायाधीश नियुक्ति गर्न बाँकी छ । नवनियुक्त ६ जना न्यायाधीशदले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका थिए । यसैले सर्वोच्चमा शुक्रबारदेखि नवनियुक्तसहित २० न्यायाधीशको इजलास सुरु भएको हो । सर्वोच्च प्रशासनका अनुसार नवनियुक्त ६ न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल शुक्रबारदेखि इजलासमा बसेका छन् ।  पोखरेल र ढकाल कानुन व्यवसायी पृष्ठभूमिका हुन् भने बाँकी चार न्यायाधीश उच्च अदालतमा कार्यरत छँदै नियुक्त गरिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरूलाई शपथ खुवाएलगत्तै सर्वोच्च अदालतमा बोलाएर छलफलसमेत गरेका थिए । इजलासमा बस्नुअघि प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशले आफ्ना अनुभव सुनाएका थिए ।  उनीहरूको नियुक्तिसँगै डेढ वर्षपछि सर्वोच्चमा ठूलो संख्यामा इजलास बसेको छ ।

संविधान जारी भएयता सर्वोच्च अदालतमा सबभन्दा ठूलो संख्यामा न्यायाधीशले मुद्दा हेर्न लागेको यो दोस्रोपल्ट हो । यसअघि २०७६ वैशाख ६ गतेदेखि पाँच न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा नियुक्ति हुँदा पूर्ण संख्या २१ जनाको इजलास लागेको थियो ।

पुस ०६ गते

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम पूर्व सांसद गोविन्दबिक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनित गरेका छन् ।

शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गर्दै बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् । केही दिनअघि राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन् । राप्रपाका संस्थापक सदस्य शाह पछिल्लो समय नेकपा एमालेमा आबद्ध थिए ।

 

आरके श्रीवास्तव,राैतहट,०६ गते पुस ।

ईलाका प्रहरी कार्यालय कटहरियाकाे नयाँ प्रहरी प्रमुखमा अरूण कुमार सिंह सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन् ।

ईलाका प्रहरी कार्यलय कटहरियामा नयाँ प्रहरी प्रमुखमा अरूण कुमार सिंह सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन् । सिंह ईलाका प्रहरी कार्यालय कटहरियामा आएपछि नयाँ रणनीति तथा कार्यनीति अबलम्बन गरेर नयाँ कार्ययोजना बनाई शान्ती सुरक्षामा कमी कमजोरी हुन नदिन कडाका साथ लाग्नु भएको हाे । सिंह आएपछि कटहरिया बजारमा प्रहरीले शान्ति सुरक्षाका गतिविधिलाई ह्वात्तैे बढाएको हो ।

उनले प्रहरी चेकिङ लाइ कडा बनाएका छन् । प्रहरीकाे सामाजिक अपराध नियन्त्रणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारीताका साथ बढाउने उनले बताएका छन् । उनको सक्रियताले कटहरियामा शान्ति सुरक्षामा मजवुत बनाउने स्थानीय बासिहरुको अपेक्षा छ । कटहरियाको शान्ति सुरक्षाको लागि यहाँका नागरिकसँग हातेमालो गरेर अघि बढ्ने प्रहरी बरिस्ठ नायब निरिक्षक सिंहले बताएका छन् ।

यसका अलावा उनले प्राथमिक केन्द्र कटहरिया नियम विपरीत काम गरिरहेका ठेकेदार लाई ध्यानाकर्षण गराई नियमपूर्व काम गराउन पहल समेत गर्नु भएको छ । साथै सिंहले कार्यभार सम्हाल्ने वितिकै तस्करहरूमा हडकम्प नै मचेकाे छ । तस्करी नियन्त्रण तर्फ पनि उनले कडाइका साथ लाग्नु भएको हाे । जसले गर्दा तस्करहरूमा भागाभाग भएको हाे । पछिल्लो समय कटहरियामा चाेरीकाे घटनामा वृद्धि भएको थियो । त्यसलाई पनि न्यूनीकरण गर्ने तर्फ लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।

पुस ०६ गते

हमासले बन्धक बनाएकाहरूलाई रिहाइ गर्न गम्भीर प्रयास भइरहेकाे अमेरिकाले बताइरहेका बेला हमासले भने यसलाई खारेज गरेकाे छ । हमासले गाजामा युद्ध अन्त्य गर्न इजरायल सहमत नभएसम्म बन्धकहरूकाे रिहाइ सम्भव नरहेकाे बताएकाे हाे ।

अरबी भाषाकाे एक विज्ञप्तिमा हमासले भनेकाे छ, ‘प्यालेस्टाइनका जनताले आक्रमण बन्द नभएसम्म बन्धक वा बन्दीहरूको आदानप्रदानको बारेमा थप वार्ता सुरु नगर्ने निर्णय गरेका छन् ।’

इजिप्टको कायरोमा युद्धविरामका लागि वार्ता भइरहेको छ । बुधबार भएको वार्ताले कुनै नतिजा निस्कन सकेको छैन । वार्तामा हमासले केही दिनको युद्धविराममा सहमत नहुने बताएको हाे ।

नोभेम्बरको अन्तमा छ दिनको युद्धविरामको क्रममा हमासले प्यालेस्टाइनी कैदीहरूसँगको आदानप्रदानमा १ सय ५ बन्धकहरूलाई रिहा गरेको थियो । गाजामा अझै पनि १ सय २० जना इजरायली बन्धक रहेको बताइएकाे छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनले इन्धन सकिएको कारण उत्तरी गाजामा अहिले कुनै अस्पतालले काम नगरेको जनाएको छ । गाजामा हमास विरुद्ध अभियान चलाउँदै आएको इजरायली सेनाले गाजा शहरमा हमास नेताहरूसँग जोडिएको अर्को सुरुङको नेटवर्क फेला पारेको बताएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी २ सय ४० जनालाई बन्धक बनाएको थियो । यस आक्रमणमा १ हजार २ सय भन्दा बढी इजरायली मारिएका थिए ।

इजरायलको आक्रमणबाट गाजामा हालसम्म २० हजार मानिसको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा फेरि एकपटक युद्धविराममा मतदान गर्ने तयारी भइरहेको छ ।

पुस ०६ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विराट एक्स्पोको उद्घाटन गर्दैछन् । प्रधानमन्त्री दाहालले आजबाट विराटनगरमा सुरु हुने ‘विराट एक्स्पो’को उद्घाटन गर्न लागेका हुन् । 

यसअघि बिहान १० बजे प्रधानमन्त्रीले दाहालले सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नेछन् । 

मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहनेछ ।

आयोजकका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी गरी कुल २४० वटा स्टल रहने छन् ।

पुस ०६ गते

नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो ।

तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ ।दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

 

 राैतहट,पाैष ५ गते राैतहट।

मीडिया फार बॉर्डर हार्मनीको निमण्त्रणामा नेपालका पूर्व राजदूत लोकराज बरालकाे नेतृत्वमा एक नेपाली टोली भारतको मुजफ्फरपुर पुगेको छ । टोलीले मुजफ्फरपुरमा भारतका राष्ट्रपिता महात्मा गांधी र लोकनायक जयप्रकाश नारायण सग जोडीएका स्थानहरुको स्थलगत अध्ययन अवलोकन गरेका छन ।

नेपालका पूर्व राजदूत सामाजिक, राजनीतिक विश्लेषक प्रोफेसर लोकराज बराल र वरिष्ठ पत्रकार चंदकिशोर झा अध्ययन अवलोकनकाे हिसाबले भ्रमणमा आएको मीडिया फार बॉर्डर हार्मनीका संस्थापक अध्यक्ष अमरेन्द्र तिवारीले बताए । खासगरी लोकनायक जयप्रकाश नारायणको आंदोलनकाे सहयोगी रहेका समाजवादी‌ राजनीतिक, विचारक सच्चिदानंद सिन्हा संग मुशहरी मनिकामा भेटी जेपी आंदोलनको बारेमा जानकारी लिएका छन ।

यसको साथै बिहारको ऐतिहासिक शिक्षास्थल लंगट सिंह कॉलेज परिसरकाे भ्रमण पनि गरका छन । सो अवसरमा कालेजका प्रार्चाय डा ओपी रायले कॉलेज काे इतिहासिक विकास क्रम तथा वर्तमान स्थितिबारे जानकारी दिएका थिए । टोलीले कॉलेज परिसरमा रहेका गांधी कूप, गांधी पार्क , डॉ राजेंद्र पार्क र साहित्यकार रामधारी सिंह दिनकर पार्कको भ्रमण समेत गरेका छन । भारत नेपाल मैत्री सम्बन्धलाई लिएर पत्रकारहरुको संगठन मीडिया फार बार्डर हार्मोनी राम्रो प्रयास गरि रहेकोमा नेपाली टोलीले सराहना गरेका छन ।

जसको फलस्वरुप दुबै देशको बिचको सम्बन्ध र मजबूत बनाउन सहयोग पुगेको मीडिया फार बॉर्डर हार्मनीका अध्यक्ष तिवारीले दाबी गरेका छन । नेपालकाे विकासमा भारत काे ठुलाे योगदान पुर्व राजदुत बरालले बताए । मीडिया फार बॉर्डर हार्मनी का वैशाली जिलाध्यक्ष पत्रकार प्रभात कुमारकाे नेतृत्वमा रहेका भारतिय पत्रकारहरुकाे टोलीले नेपाली टोलीलाई माला गमछाले स्वागत गरेका थिए ।

 

 

जनकपुरधाम  पुष ५          

: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताएका छन्।

नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा बिहीबारदेखि जनकपुरधाममा सुरु भएको प्रथम मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले सङ्यीयता, समावेशिता र परिछल्ला उपलब्धिमाथिको प्रहार रोक्न पनि कांग्रेस र मधेस बलियो हुनुपर्ने बताए।

देउवाले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न अपनाइएका निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल सरकार बनाउन नसक्ने हुँदा गठबन्धन गर्नुपरेको बताए। उनले पार्टीभित्रको अविश्वास र अन्तर्घातलाई रोकेर एकताबद्ध हुनसके कांग्रेसलाई थप ठूलो पार्टी बनाउन सकिने धारणा राखे। त्यसका लागि सबैले एकजुट भएर पार्टी संगठन निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ।

त्यस्तै महामन्त्री गगनकुमार थापाले देशमा बढ्दै गएको कुशासनका कारण जनतामा निराशा बढेको र त्यसलाई आशामा बदल्न कांग्रेसले नै अग्रसरता लिनुपर्ने बताए। पछिल्लो समय बढेका आक्रोसका आवाजलाई विभिन्न कोणबाट समीक्षा गरे पनि त्यस्तो तागत जनअसन्तुष्टिका कारण प्राप्त भइरहेको भन्दै महामन्त्री थापाले त्यसलाई सम्बोधन गर्न काम गरेर देखाउनुको विकल्प नभएको बताए।

‘जनता रिसाएका छन्। बेथिति बढेको छ, व्यवस्थाले काम गर्न सकेन भन्ने आरोप छ। तर, त्यसको जिम्मा कसले लिने हो? चार प्रदेशमा मुख्यमन्त्री, सात प्रदेशमा कांग्रेससहितका सरकार, सबैभन्दा बढी पालिकामा कांग्रेसकै जनप्रतिनिधि छन्। त्यसैले हामीले बोलेर होइन काम गरेर देखाउनुपर्छ,’ महामन्त्री थापाले भने।

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले मधेसमा संघीयताका लागि उठेका नारा कांग्रेस नेतृत्वले सुनेकै कारण तत्कालीन अवस्थामा देशमा संघीयता आएको भन्दै यसको रक्षाको दायित्व पनि मधेस र कांग्रेसको काँधमा रहेको बताए। उनले मधेसमा कांग्रेस बलियो भएका बेला देशले कांग्रेसको नेतृत्व पाएको र त्यही तागतमा सधैं परिवर्तन सम्भव भएको बताए।

 

 

पुष ५ गते

नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न शहर हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्ने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको जानकारी गराएका थिए । अधिकारीका अनुसार कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ । कार्यक्रममा बोल्दै अधिकारीले अमेरिकामा रहेका नेपालीलाई कार्यक्रममार्फत् मनोरञ्जन गराउनेसँगै सिपसहित नेपाल फर्कन आह्वान गर्ने उद्देश्य रहेको पनि जानकारी गराए ।

कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका विनोद अधिकारीले अगाडि भने, ‘यो कार्यक्रम भनेको परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ  ।’

यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल,मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला,सन्तोष थापा सहभागी हुनेछन् ।

पत्रकार भेटघाटमा बोल्दै कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र विभिन्न अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यो पटकको यात्रा विशेष रहेको बताए ।

‘अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव छ । तर हास्य कलाकारको टोलीसँग मात्र मेरो पनि यो पहिलो कार्यक्रम हो । कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत पनि छौँ,’ उनको भनाइ थियो ।

उनले एक समय अमेरिका यात्राकै क्रममा के गर्छस् भनेर सोधिँदा स्ट्यान्ड अप कमेडियन हुँ भन्दा उनीहरुले दिएको सम्मानले यो पेशाप्रति नै गर्व लागेको पनि अनुभव सुनाएका थिए ।

‘अमेरिकाले मलाई हरेक यात्रामा केही न केही दिएको छ । यो पटक पनि केही न केही लिएर आउने अपेक्षामा छु,’उनले भने ।

कार्यक्रममा बोल्दै भरतमणि पौडेलले महजोडीपछि हास्य कलाकारको टोली मात्र यति लामो भ्रमणमा निस्कन लागेको बताउँदै परम्पराको निर्वाहसँगै नयाँ दर्शकसँग भेट्न पाउने उत्साह रहेको जनाएका थिए ।

कार्यक्रममा अमेरिकामा भ्रमणमा रहेका बाँकी सहभागीले पनि आआफ्ना अनुभव सुनाएका थिए । भ्रमणका दौरानमा उनीहरुले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घन्टाको रहने जनाएका थिए ।

एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन,न्युयोर्क,बोस्टन,न्युहेम्पसायर,कोलराडो,सिकागो,मिसिगन,ह्युस्टन,डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स,, सानफ्रान्सिस्को आदि ठाउँका कार्यक्रम तय भइसकेको र बाँकी शहरका लागि पनि सम्झौताको क्रम जारी रहेको कार्यक्रममा जानकारी गराइयो ।

पुष ५ गते

बुढानिलकण्ठ नगरपालिका-१२ कपनस्थित पसि लमु तामाङको मोलम रेष्टुरेन्टमा जुवातास  खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत ५ जनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार २ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ४० वर्षीय शुशिल श्रेष्ठको हाम्रो खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ५० रूपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।