२०८३ बैशाख २२
२०८३ बैशाख २२

रौतहट,१५ गते जेठ । रौतहटको कटहरिया नगरपालिकामा आइपीभी खोप कार्यक्रमस दोस्रो चरणमा सञ्चालन हुने भएको छ । ‘आइपीभी खोप कार्यक्रम २०८१’ पूर्ण रूपमा सफल बनाउन अभिमूखिकरण कार्यक्रम गरिएको हो । कटहरिया नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पोलियो रोग उन्मूलनका लागि पालिका स्तरीय सरोकारबालाहरु सँग सो कार्यक्रम गरिएको हो । No description available.दोस्रो चरणमा कटहरिया सँगै बौधीमाइ ,राजपुर, इशनाथ, गौर राजदेवी, देवाही गोनाही, कटहरिया, माधवनारायण र परोहा नगरपालिकामा २१ देखि २६ गते सम्म सञ्चालन हुने भएको छ । २०७३ वैशाख १ गतेदेखि २०७५ असोज मसान्तभित्र जन्मिएका बालबालिकाहरूलाई आइपिभी खोप लगाउने योजना रहेको कार्यक्रममा जानकारी गराइएको हो । No description available.कार्यक्रममा नगर प्रमुख अजय प्रकाश जयसवाल लगायत सहभागीहरुले यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सक्दो योगदान दिन आग्रह गरेका थिए ।

वीरगंज,१६ गते जेठ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग सरकारसंग गरेका छन् । आर्थिक नगरी वीरगंजलाई आर्थिक राजधानी घोषणा गरी सरकारले सोही अनुसार यहाँ लगानी गर्नुपर्ने माग समेत उनले गरेका छन् । आजपा पर्सा जिल्ला कमिटीले आज वीरगंजको टाउनहलमा आयोजना गरेको ‘वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ बृहत भेलालाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन् । Open photoवीरगंजबाट देशको कुल राजस्व मध्ये ८० प्रतिशतभन्दा बढी उठने गरेको छ । मुुलुककै आर्थिक नगरी वीरगंजबाट सबैभन्दा बढी राजस्व उठने गरेको बताउँदै उनले ढिला नगरी सरकारले यथासिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताए । ‘बीरगंज देशकै आर्थिक नगरी हो । यहाँ सबैभन्दा बढी आर्थिक कारोबार हुन्छ, सरकारको राजस्व पनि अन्तभन्दा यहाँबाट धेरै उठने गरेको छ ।Open photo आर्थिक नगरी वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारले ढिला गर्नुभएन् । यथासिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्छ’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले यहाँबाट राजस्व उठाउने र अन्त गएर लगानी गर्नु हामीलाई स्वीकार्य छैन् । वीरगंज आर्थिक राजधानी हो र यहाँ त्यही अनुसार सरकारले लगानी पनि गर्नुपर्छ ।’ बारा, पर्सामा देशकै सबैभन्दा बढी उधोग व्यापार हुने ठाउँ हो ।Open photo जसको केन्द्र भनेको वीरगंज हो । वीरगंजमा सरकारले न्यनू लगानी गरिरहेको बताउँदै उनले आर्थिक नगरीको बिकासका लागि सरकारले बढी भन्दा बढी बजेट दिनुपर्ने माग समेत गरे । तर हालै आएको सरकारको बजेटले समेत न्याय नगरेको बताउँदै उनले वीरगंजलाई आजपाले जसरी पनि आर्थिक राजधानीको रुपमा घोषणा गराएर सोही अनुसार बिकासका आयोजना पनि ल्याउँने बताए । Open photoवीरगंजलाई आर्थिक राजधानी घोषणा गराउन आजपाले पहल थालेको बताउँदै अध्यक्ष साहले त्यसका लागि यहाँका उधोगी, व्यापारी, नागरिक समाज, बुद्धिजिवि, जनप्रतिनिधि, राजनीतिक दल लगायतका सबैको साथ सहयोगको आवश्यकता रहेको बताए । सबै मिलेर एकढिका भई अगाडी बढने हो भने सरकारले आर्थिक राजधानीको रुपमा घोषणा गरेर बिकासका आयोजना पनि सोही अनुसार दिने उनले बताए । देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजस्व उठने ठाउँका साथै उधोग व्यापार सबैभन्दा बढी भएको वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँन सरकारलाई दबाब दिने उदेश्यले आयोजित भेलामा सहभागिलाई उनले धन्यवाद व्यक्त गरे ।Open photo भेलामा उधोगी, व्यापारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, बुद्धिजिवि, नागरिक समाज सहित बिभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलामा सहभागिहरुले वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउनका लागि आजपाले पहल गरेकोमा धन्यवाद दिदै त्यसका लागि संघर्षमा समेत उत्रिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

राैतहट,१५ गते जेठ । देशमा सबैभन्दा कम साक्षरता रहेको जिल्लाका तिन विद्यालय देशमै उत्कृष्ट देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकालेको माध्यमिक शिक्षा परीक्षासम्बन्धी तथ्यांकमा रौतहटका तिन सामुदायिक विद्यालय उत्कृष्ट देखिएका हुन् । कम्तीमा एक सयभन्दा बढी विद्यार्थी सहभागी गराई तिस प्रतिशतभन्दा बढी विद्यार्थीले औसत स्तरीकृत अंक (जिपिए) ३.२ वा सोभन्दा माथि प्राप्त गर्ने सामुदायिक विद्यालय देशभरमा १५ रहेकामा रौतहटका तिन विद्यालय परेका छन् । मन्त्रालयको स्रोतमा १५ विद्यालयमध्ये रौतहटका विद्यालय माथिल्लो दशभित्रै परेका छन् । देशमा मावि गरुडाले तेस्रो स्थान प्राप्त गरेको छ । १८८ विद्यार्थी एसइइमा समावेश गराएको गरुडा नगरपालिका ४ स्थित माध्यमिक विद्यालयले ६१.१४ प्रतिशत विद्यार्थीसहित देशमा तेस्रो स्थान हासिल गरेको हो । विद्यालयका प्रधानाध्यापक प्रभु राउत पटेलले विद्यालयमा शिक्षक विद्यार्थी अनुपात नमिलेको भए पनि शिक्षक विद्यार्थीहरुको परिश्रमका साथै आफ्नो योजनाबद्ध शैक्षिक योजनालाई कार्यरुप दिँदा विद्यालयले शैक्षिक उपलब्धि हासिल गरेको बताएका छन् । यसै गरी ४४१ विद्यार्थीलाई एसइइमा सहभागी गराउँदै जुद्ध मावि गौर ५२.८३ प्रतिशत विद्यार्थीसहित देशमा पाँचौँ तथा २४८ विद्यार्थीलाई एसइइमा सहभागी गराउँदै सरस्वती मावि पिपरा भलोहिया ४७.९८ प्रतिशत विद्यार्थीसहित देशमा सातौँ स्थान ग्रहण गरेका छन् । देशका १५ उत्कृष्ट विद्यालयमा मधेश प्रदेशको अन्य जिल्लाका कुनै पनि विद्यालय परेका छैनन् ।

रौतहट,१३ गते जेठ । रौतहटमा गर्मीले बालबालिकाहरु विधालयमै मुर्छित हुन थालेपछि विदा दिन स्थानिय सरकारलाइ शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले अनुरोध गरेको छ । विधालयहरुमा गर्मी विदा व्यवस्थापन सम्बन्धमा एउटा पत्र पठाउँदै यस्तो आग्रह गरेको हो । पछिल्लो केही दिनदेखि गर्मी अत्यधिक बढेपछि बिधालयमै बिधार्थीहरु बेहोस् हुुन थालेपछि बिधालय बन्द गर्न भनिएको छ । केही दिनदेखि बढेको गर्मीका कारण पठनपाठनमा समस्या भएपछि विद्यालयमा बिदा दिन परिपत्र गरिएको इकाइ प्रमुख राम विनय कुमार सिंहले जानकारी गराएका हुन् । परिपत्रको मध्य नजर गरि जिल्लाको कटहरिया नगरपालिका र फतुवा बिजयपुर नगरपालिकाले गर्मी विदा दिएको छ । कटहरिया नगरपालिका नि.प्रमुख प्रशासकिय अधिकृत रामनरेश प्रसाद यादवले दिएको जानकारी अनुसार जेठ १६ गते बुधवार देखि जेठ १८ गते शुक्रवार सम्म वर्षे विदाबाट कट्टा हुनेगरि विधालय बन्द गरिएको जानकारी गराएका हुन् । यस्तै फतुवा बिजयपुरका प्रमुख प्रशासकिय अधिकृत वकिल पाल द्धारा हस्ताक्षरित सूचनामा जेठ १६ गते बुधवार देखि जेठ १८ गते शुक्रवार सम्म बिधालय बन्द गर्न नगरभरिका सामुदायिक तथा संस्थागत बिधालयको नाममा विदा दिन पत्र जारी गरेका छन् । पछिल्लो केही दिनदेखि रौतहटसँगै मधेस प्रदेशमा अत्यधिक गर्मी बढेको छ । रौतहटमा दैनिक ४१ डिग्रीभन्दा माथि तापक्रम रहने गरेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि आगामी केही दिनसम्म रौतहट सहित तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

राैतहट,१३ गते जेठ । नेकपा एमाले कोशी प्रदेशका प्रदेश सभा सदस्य मिना श्रेष्ठले जब सम्म महिला र पुरुष बीचको समानता कायम नभए सम्म महिला माथि हुने हिंसा विभेदको अन्त्य नहुने बताएका छन्। रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा पत्रकार संग कुरा गर्दै पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव रुपमा काम गरेकी प्रदेश सांसद श्रेष्ठले महिला संग गर्भ देखी नै विभेद हुने गरेको बताए। इटहरी उप महानगर पालिका वडा नम्बर ६ घर भएकी प्रदेश सांसद श्रेष्ठ २०४६ साल देखी राजनीतिक क्षेत्रमा लागेको बताइन। महिला जुन सुकै चुनौतीको सामना गर्न सक्षम रहेको बताउदै अवसर नपाएर महिला पछाडी परेको जिकिर गरे। राजनीतिक क्षेत्रमा आउदा घर परिवार समाजको तिखो आलोचनाको शिकार हुनु पर्ने उल्लेख गर्दै विभेद हटाउन महिला शिक्षित र आत्मनिर्भर हुनु पर्ने धारणा राखे। नेकपा एमाले को बर्गीय संगठन जनसंस्कृतिक मंचको सदस्य बाट राजनीतिक यात्रा शुरु गरेकी श्रेष्ठ वडा कमिटि, नगर कमिटि, क्षेत्रीय कमिटि हुदै जिल्ला कमिटि देखी केन्द्रिय बिभाग सम्मको जिम्मेवारी निर्वाह गरेको बताए। नेपालमा बिभिन्न कालमा भएको संघर्ष, आन्दोलनले सत्ता परिवर्तन भएपनि महिला प्रति हेर्ने दृष्टिकोणमा अहिले सम्म चाहे जतिको परिवर्तन हुन नसकेको भनाइ उहाको रहेको छ। पितृ सतात्मक सोचले जरो गाडेको समाजमा महिला प्रति बिभिन्न बहानामा दमन शोषण विभेद गर्ने कार्य जारी नै रहेको उल्लेख गरे। राजनीतिकमा महिलालाइ धेरै नै समस्याको चुनौतीको सामना गर्नु पर्ने बताउदै प्रदेस सांसद श्रेष्ठले अवसर पाए महिलाले पुरुष जस्तै कार्य गरेर देखाउन सकिने दावी गरे। बुबाको क्रियामा बसेको बेला रौतहट आएकी सांसद श्रेष्ठले विभेद, हिंसा अन्त्य गर्न महिलाले पूर्ण रुपमा सक्षम हुनु पर्ने जरुरी रहेको बताए। कोशी प्रदेश सरकारले महिलालाइ कानुनी रुपमा अधिकार सुनिश्चित गर्नको लागी दलित, मुस्लिम, आदिबासी जनजाती लगायत बिभिन्न जातीय आधारमा आरक्षणको कानुन बनाउन लागिएको जानकारी गराए। प्रदेश सांसद श्रेष्ठले भने आफु राजनीतिकमा आउदा पारिवारिक, सामाजिक आलोचनाको समाना गर्नु परेको थियो महिला हुदैमा यो गर्न पाउदैन त्यो गर्न पाउदैन भन्न नमिल्ने बताए। भनाइमा महिलालाइ सबै क्षेत्रमा सहभागिता हुनु पर्ने भने पनि व्यवहारिक रुपमा कुनै राजनीतिक दलले पूर्ण रुपमा लागु गर्न नसकेको टिप्पणी गरे। राजनीतिक, आर्थिक सामाजिक रुपमा महिला सबल सक्षम र साशक्त नभए सम्म महिला प्रति गरिने विभेदको अन्त्य नहुने तर्क उहाको रहेको छ।

रौतहट,११ गते जेठ । आम जनता पार्टी (आजपा)ले बिजुली र पानी निशुल्क गराउ संघर्ष गर्ने निर्णय गरेको छ । रौतहटको पतुवा बिजयपुरमा बसेको आजपाको नगरकमिटीको बैठकले बिजुली र पानी नि:शुल्क गराउन संघर्ष गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले बढदो लुट एवं भ्रष्टाचारको बिरुद्धमा कडारुपमा संघर्ष गर्ने निर्णय समेत भएको छ । बैठकमा संगठन निर्माण एवं विस्तारका बारेमा ठोस योजनामा समेत छलफल भएको छ । पार्टीको नगर कमिटीको कार्यालय सञ्चालनमा ल्याउँने, पार्टीको नगरकमिटीका जनवर्गीय संगठनहरु निर्माण गर्ने, प्रत्येक वडा कार्यालयमा पार्टीको वडा कमिटी निर्माण गर्ने लगायतका निर्णय बैठकले गरेको छ । आजपा फतुवा बिजयपुर नगरकमिटीका अध्यक्ष बिजय यादवको अध्यक्षतामा बसेको बैठकमा नगरकमिटी इन्चार्ज प्रदिप पटेल , पार्टीका स्थायी कमिटी सदस्यहरु कान्ति देवी महतो, संजय यादव,नगर उपाध्यक्ष शेरबहादुर पटेल, पुर्व वडा अध्यक्ष ब्रह्ममा यादब, दीपा नारायण साह, दीपा नारायण चौधरी , नगर उपाध्यक्ष रधाकानत यादव, मुस्लिम मोर्चाका केन्द्रिय महासचिव शेख मोविन्, महिला मोर्चाका केन्द्रीय सचिव सुनिता देवी महतो,दलित मोर्चाका केन्द्रिय सचिव रमा शंकर पासवान, आइटी आर्मीका नगर इञ्चार्ज रामशरण यादव, आइटी आर्मीका नगर अध्यक्ष गोपाल साह, सानु भुजेल, रामअधार पटेल, युवा नेता मुकेश साह, प्रमोद पासवान, रामकिशोर साह, रामानन्द यादव,रामाकन्त साह, सहदेव हजार प्यारेलाल यादव लगायतका लगायतको विशेष सहभागिता रहेको थियो । बिभिन्न निर्णय सहित संघर्ष एवं पार्टी निर्माण गर्ने निर्णय गरेको आजपाले मधेस प्रदेशमा अहिले अपुग शिक्षक एवं बिषयगत शिक्षक बिद्यार्थीको अनुपातमा हुनुपर्ने माग गर्दै संघर्षका बिभिन्न कार्यक्रम जारी राखेको छ । मधेस प्रदेशका आठ वटै जिल्लामा आजपा निकटको आम बिद्यार्थी मोर्चाले बिद्यार्थी अनुपातमा बिषयगत र अपुग शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै बिभिन्न कार्यक्रम गरिरहेको बिद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,१० गते जेठ । 

बज्जिका भाषाका अन्वेषक एवम् साहित्यकार संजय साह मित्र कृत बज्जिका भाषाको पहिलो बुद्ध महाकाव्यको लोकार्पण भएको छ । आज बिहिवार एक कार्यक्रम बीच साे महाकाव्यकाे लोकार्पण गरिएको छ ।

भगवान् गौतम बुद्धको २५६८ औं जयन्तीको अवसरमा आकृति क्रिएसन हेटौडा मकवानपुरको आयोजना तथा बज्जिका साहित्य संगम गरुडा ४ रौतहटको व्यवस्थापनमा साे कार्यक्रम भएको थियोे ।

कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह कानु, पुर्ब प्रमुख जिल्ला अधिकारी डाक्टर कमलेश्वर प्रसाद सिन्हा,बज्जिका अभियन्ताहरू शिवचन्द्र साह,रामचन्द्र महताे कुशवाहा र शैली देवी ठाकुरले संयुक्त रुपमा महाकाव्यको लोकार्पण गरेका हुन।

मधेस प्रदेशको तेस्रो ठूलाे भाषाकाे रूपमा रहेको बज्जिका भाषाकाे याे महाकाव्य लाेकार्पण कार्यक्रममा वक्ताहरूले साहित्यीक क्षेत्रमा ठूलाे धमाकाकाे संज्ञा दिएका छन् ।

बज्जिका भाषाको विकास संरक्षणको लागि निरन्तर रुपमा कलम चलाउदै आएका संजय साह मित्रले लेखेका पहिलो बज्जिका भाषाको बुद्ध महाकाव्यको लोकार्पण गरिएको हो।

 

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख साहले मातृभाषा बज्जिकालाइ राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा पुर्याउने उदेश्यले गरिएको यो रचनाले बज्जिका भाषाको विकासमा थप उर्जा प्रदान हुने विश्वास व्यक्त गरेका छन्।

बुद्ध महाकाव्यको रचनाकार संजय साह मित्रले २०७८ सालको कोरोना भाइरसको प्रचण्ड प्रकोपको बेला घरमा बस्नु पर्ने अवस्था सृजनाले रचना गर्ने मनमा जिज्ञासा उठे पछि बज्जिका भाषामा बुद्धको जीवनमा आधारित महाकाव्यको रचना गरेको बताए।

वज्जिका भाषामा बिभिन्न लेख, रचना, कविता, खण्ड काव्य, कहावत, लगायतको रचना गरी सकेका साहित्यकार साहले बज्जिका भाषामा पहिलो पटक महाकाव्यको रचना गरेर पाठक माझ ल्याउन पाउदा हर्शित भएको बताए।

५५ अध्याय २४० पृष्टमा विस्तार गरिएको महाकाव्य बज्जिका भाषिको लागि उपयोगी हुने रचनाकारको विश्वास रहेको छ।

कार्यक्रमकाे अध्यक्षता रामअविकासले गरेका थिए । भने कार्यक्रम सञ्चालन किसुन दयाल यादव गरेका थिए ।

काे हुन् संजय साह मित्र ? 

वि.स.२०३० सालमा साविक गेडही गुठी हाल गरूडा नपा २ मा पिता अच्छेलाल साह र माता अनुरगियादेवी कनुइनकाे काेख बाट जन्मिएका मित्रले नेपाली साहित्य र इतिहासमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन् ।

वि.स.२०६१ सालमा पच्चीस डेङ बज्जिका कविता संग्रह बाट पुस्तक लेखन सुरू गरेका उनको  एक दर्जन कृतिहरू प्रकाशनमा छन् ।

उनलाई दुई वटा ठूलाे उपाधी पनि दिईएकाे छ । २०७७ सालमा बज्जिका समृद्धि समाज सर्लाही द्वारा बज्जिका शिराेमणी र २०७४ सालमा मधेस संस्कृतिक प्रतिष्ठान राैतहट द्वारा मधेशरत्न उपाधी हासिल गरेका छन् ।

उनलाई धेरै पुरस्कारहरू प्रदान गरिएको छ भने दर्जनौं सम्मानपत्र द्वारा सम्मान गरिएको छ ।

जेठ ८ गते, रौतहट जनता समाजवादी पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज मंगलवार एकैसाथ प्रतिनिधि छनौट गरिएको छ । आउदो जेष्ठ २८,२९ र ३० गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको लागि रौतहटबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउमा आज बसेको जसपाको बैठकले चारवटै क्षेत्रका लागि विभिन्न नेतालाई प्रतिनिधि छनौट गरेको जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन् । क्षेत्र नम्बर १ बाट मधेस प्रदेशका पुर्व कृषि राज्य मन्त्री एवं जसपा नेपालका केन्द्रिय सदस्य योगेन्द्र राय यादव, केन्द्रिय सदस्यहरु किरण ठाकुर, चुल्हाई यादव, बिश्वनाथ पटेल, राघो राय यादव, पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी राय, माधव नारायण नगरपालिकाका पुर्व मेयर बिरेन्द्र प्रसाद यादव, जयराम महतो, दिलीप यादव, सरोज कुमार यादव निवेश यादव र संगीता देवीलाई चएन गरिएको हो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट पुर्व प्रदेशसभा सदस्य रामकिशोर प्रसाद यादव, बौधिमाइ नगरपालिकाका पुर्व मेयर राजीव रंजन यादव, समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिलीप कुमार पटेल, केन्द्रिय सदस्य विवेक कुमार यादव, सुमेश्वरनाथ जयसवाल,दिपेन्द्र पटेल, शोभा सिंह, धर्मेन्द्र प्रसाद पटेल, प्रदेशसभा सदस्य शोभा देवी साह र शेख कलामलाई महाधिवेशन प्रतिनिधिको रूपमा छनौट गरिएको जिल्ला अध्यक्ष यादवले बताए । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ बाट पुर्व मन्त्री गोविन्द चौधरी, मधेश प्रदेशकि रास्ट्रीयसभा सदस्य पुजा कुमारी चौधरी, गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी, जयमंगल् राय यादव, बिन्देश्वर राय यादव, र सिकिल कुमारी यादवलाई प्रतिनिधि छनौट गरिएको हो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेश प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी राज्य मन्त्री शेख अब्बुल कलाम आजाद उर्फ शेख फुल्बाबु, हरिकिशोर साह, रामइश्वर राउत कुर्मी र रामसर्वी देविलाई सर्वसम्मती बाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको जसपा नेपालका रौतहट जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए ।

काठमाडौं,०८ गते जेठ । ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं उदयपुर जिल्ला अध्यक्ष रामकुमार चौधरीले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आज आजपा केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमका बीचमा केन्द्रीय सदस्य चौधरीले आजपामा प्रवेश गरेका हुन् । चौधरीलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएको आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादवले जनाएका छन् । पछिल्लो समय बिभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने लहर चलेको यादवले जनाएका छन् । आजपा प्रवेश गरेका चौधरीले प्रभु साह नेतृत्वको पार्टीको नीति, विचार तथा कार्यक्रम मुलुकको परिवर्तनका लागि आवश्यक भएकाले यो पार्टी प्रवेश गरेको बताए । आजपाले भ्रष्टाचार, अनियमितता, कुशासनको बिरुद्धमा जारी गरेको संघर्षका कार्यक्रमले आफू प्रभावित भएको बताउँदै उनले समृद्ध नेपाल निर्माणका लागि पार्टीको जारी अभियानमा लाग्ने बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।