




काठमाडौं ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले साम्प्रदायिक गतिविधिमा लागेको गम्भिर आरोप लगाएका छन् । मधेस विरोधी साम्प्रदायिक गतिविधिमा लागेका प्रधानमन्त्री ओलीको कदमको साहले भत्र्सना समेत गरेका छन् ।
आजपा अध्यक्ष साहले आज आफ्नो फेसबुक पेजमा एक स्टाट लेख्दै प्रधानमन्त्री ओलीको मधेस विरोधी साम्प्रदायिक गतिविधिको विरोध गरेका छन् । सरकार आफैले बनाएको बिधार्थी–शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी बिधार्थीको भविष्य बर्वाद गरिरहेको आरोप साहको रहेको छ ।
ओली सरकारको साम्प्रदायिक हर्कत भन्दै साहले अगाडी लेखेका छन्, ‘पहाडी जिल्लाहरुमा १८ बिधार्थीमा १ शिक्षकको दरले शिक्षक दरबन्दी बितरण गरेको ओली सरकारले मधेसमा १०० बिधार्थीको अनुपातमा १ शिक्षकको ब्यवस्था गरेकोछ । जसको कारण आज मधेसमा शिक्षक दरबन्दीको अभावमा एउटा कक्षा कोठामा १०० देखि ३०० सम्म बिधर्थी कोचेर पठनपाठन गर्न बाध्य छ ।’
विधार्थी अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलनरत आम विद्यार्थी मोर्चाको माग सम्बोधन गर्नुको साटो प्रधानमन्त्री ओली सरकारले उल्टै राणाकालीन शैलीमा तर्साउने हर्कत गरिरहेको साहले जनाएका छन् । ओली सरकारले राणाकालीन शैलीमा तर्साउने र साम्प्रदायिक गतिविधि नसच्याए बंगलादेश जस्तै उनको सरकार ढाल्न विधार्थीहरु सडकमा आउँने र त्यसलाई सरकारले रोक्न नसक्ने उनले जनाएका छन् ।
‘आफैले बनाएको बिधार्थी–शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी बिधार्थीको भविष्य बर्वाद गरिरहेकोछ । यस साम्प्रदायिक विभेदका बिरुद्ध आम बिधार्थी मोर्चाले प्रत्येक जिल्ला मार्फÞत सरकारलाई ‘बिधार्थीको अनुपातमा शिक्षक दरबन्दीका लागि’ ज्ञापनपत्र बुझाएको र शिक्षा मन्त्रीलाई विशेष ध्यानाकर्षण गराई शैक्षिक आन्दोलन अगाड़ी बढ़ाई रहेको सन्दर्भमा उक्त जायज मागहरूलाई सम्बोधन गर्नुको सट्टा ओली सरकारले उल्टै राणाकालीन शैलीमा तर्साउने जुन हर्कत गरिरहेको छ, त्यो निन्दनीय छ’ आजपा अध्यक्ष साहले लेखेका छन्, ‘ओली सरकारको यस मधेस विरोधी साम्प्रदायिक कुकर्मको सर्वप्रथम भत्र्सना गर्दछु र आन्दोलनकारीलाई तर्साउनु भन्दा पनि सरकारी मापदण्ड अनुसार शिक्षक दरबन्दीको ब्यवस्था गर्न विशेष माग गर्दछु । अन्यथा नेपाली जनता बंगलादेश झै सड़कमा उत्रिन बाध्य हुने बिश्वास प्रकट गर्दछु ।’
पछिल्लो समय आजपा निकटको आम विधार्थी मोर्चाले मधेस प्रदेशमा विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै चरणबद्ध आन्दोलनमा छ । मधेसका सयौं विद्यालयमा बिधार्थी मोर्चाले संगठन बिस्तार गरेको छ । अहिले बिधार्थी मोर्चाका अध्यक्ष विवेक साह सहितका बिधार्थी एवं पार्टीका नेताहरु संगठन गठन, पुनर्गठन गर्दै संघर्षका कार्यक्रम अनुसार अगाडी बढी रहेका छन् । जसकारण ओली सरकार तर्सिएको छ र आन्दोलन दबाउ साम्प्रदायिक हर्कत गरिरहेको आरोप विधार्थी मोर्चाका अध्यक्ष विवेक साहले लगाए ।
आजपा मधेस प्रदेश कमिटीले समेत शिक्षकको माग गर्दै आम शैक्षिक हडतालका साथै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका बिभिन्न कार्यक्रम गरिरहेको छ ।
आजपाले मधेसका जिल्लाहरुमा भदौ २५ गतेदेखी ३० गतेसम्म प्रत्येक विद्यालयहरुमा संघर्ष समिति गठन गरेको छ । मधेसका बिभिन्न जिल्ला र प्रमुख शहरहरुमा असोज २ गतेदेखी ४ गतेसम्म विद्यार्थीहरुको विशेष प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । संविधान दिवसकै दिन असोज ३ गते संविधानको अन्त्यष्टी यात्रा प्रत्येक जिल्लामा निकाल्ने र वीरगंज, जनकपुरमा विशेष प्रदर्शन गर्ने कार्यक्रम रहेको आजपाले जनाएको छ ।
यसैगरी असोज ९ गते देखी २० गतेसम्म प्रत्येक जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्थाको बिषयमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गर्ने र कार्तिक ५ गतेदेखी आम शैक्षिक हडताल गर्ने घोषणा आजपाले यस अघि नै गरिसकेको छ ।
आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारसंग पटक पटक माग गर्दा समेत सरकारले कुनै सुनुवाई नगरेका कारण बाध्यभएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए । यस बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएको तर सरकारले नसुने जस्तो गर्दै आएको आरोप उनले लगाए ।
शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था शिक्षा मन्त्रालयले नगरेको आजपा केन्द्रीय सदस्य तथा लेखक डा. हेमप्रसाद साहले जनाएका छन् ।
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।
निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।
नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।न्युज कारखाना
आरके श्रीवास्तव,राैतहट,३० गते भदौ ।
भनिन्छ गर्दा के हुँदैन ? मधेश प्रदेशकाे धेरै जसाे बिधालयहरूमा अर्काले सहयोग गरे बिधालय सुधारछु भन्ने पर्खाईमा प्रधानाध्यापक र बिधालय व्यवस्थापन समितिहरू हुन्छन् । तर आफैंले गर्दा सुधार हुँदाे रहेछ भन्ने जल्दाबल्दा उदारहण हाे श्री प्राथमिक बिधालय भिमडाबर ।

रौतहटकाे गरुडा नगरपालिका ७ भिमडाबरमा रहेकाे प्राथमिक विद्यालयका प्रधान शिक्षक रिंकु यादव आफ्नो लगन र मेहनतले विद्यालयलाई सुन्दर बनाएकी छिन् । करिब २०० विद्यार्थी नियमित रुपमा पढन आउने विद्यालयकाे विद्यार्थीलाई आफ्नो निजी लगानीमा टाइ बेल्ट प्रदान गरि बोर्डिङ जस्तो अनुभूति गराएकी छिन् ।

अभिभावकसँग नियमित रुपमा भेटघाट गर्दै आफ्नो कमी कमजोरीकाे बारेमा सल्लाह गरि सुधार गर्दै आईरहनु भएकि प्रधान शिक्षक यादव विद्यालयकाे भौतिक विकासकाे क्षेत्रमा पनि प्रगति गराएकी छिन् । एउटा एनजिओ सँग समन्वय गरी विद्यालयलाई मर्मत गराउनुका साथै नगरपालिकाकाे सहयोगले विद्यालयकाे भौतिक संरचना परिवर्तन गरि धेरै राम्रो बनाउन सफल भएकि छिन् ।

विद्यालयमा अभिभावकहरू नियमित रुपमा आउने गरेको र पढाइका साथै भौतिक र अतिरिक्त क्रियाकलाप समेतले अभिभावक सन्तुष्ट रहेकाे प्रधान शिक्षक यादवकाे भनाइ छ । आवश्यकताअनुसार विद्यालयमा स्वास्थ्य शिविर राखी विद्यार्थीकाे स्वास्थ्य परीक्षण गराई नियमित रुपमा विद्यालय खाजाकाे गुणस्तरीय बनाएका कारण अभिभावक र विद्यार्थीकाे आकर्षण विद्यालयप्रति बढेकाे छ ।

विद्यालयमा सबै घन्टी र सबै विषय पढाइ भइरहेको प्रधान शिक्षक यादवकाे भनाइ छ । निजी विद्यालयकाे सरह पढाइ र अन्य सुविधा विद्यालयमा प्राप्त भइरहेकोले अभिभावक पनि धेरै सन्तुष्ट रहेकाे यादवकाे दाबी रहेकाे छ । विद्यार्थी, अभिभावक र शिक्षक सबै सन्तुष्ट रहेकाले आफ्नो मिहिनेत सफल भएकाे प्रधान शिक्षक यादवकाे भनाइ रहेको छ ।


Oplus_131072

बज्जिकाञ्चल संवाददाता,राैतहट,२६ गते भदौ ।
वृन्दावनको सामुदायिक विद्यालयमा मेयर कुर्मीको छड्के अनुगमन गरेको छ ।
वृन्दावन नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि नगरले सक्रियता देखाएको छ । निर्वाचनका बेला मतदाताबीच शिक्षामा आमुल परिवर्तन गर्ने प्रतिबद्धता गरेबमोजिम मेयर विनोद प्रसाद कुर्मीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभएको हो ।
नगरभित्रका विद्यालयहरुमा विभिन्न बेथिति रहेको गुनासो आए पश्चात मेयर कुर्मीले निरन्तर रुपले सामुदायिक विद्यालयको अनुगमनमा रहनुभएको छ । सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरीय र विश्वसनीय बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै मेयर कुर्मी र प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर भुजेल सहितको टोलीले आज देखि वृन्दावनका विभिन्न सामुदायिक विद्यालयहरुमा छड्के अनुगमन गर्न सुरु गरेको हो ।
बुधबार मेयर कुर्मीले नमुना माध्यमिक विधालय बरगजवा,शुर्य प्रा. वि.बहुअरी,रुपानेपाली पाल मा.वि.संखुअवा धमौरा र आधारभूत विधालय नरकटिया,जनता प्रा.वि.संखुअवा,गुदर नइम प्रा.वि.भुषहा,सतार प्रा.वि.भुषहा,दलित प्रा.वि.कमलपटीमा समेत पुगेर छड्के अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा विद्यार्थी हाजिरी पुस्तिकामा नाम रहेको विधार्थी
हरुमध्ये अधिकांश अनुपस्थित हुने विधार्थीको संख्या बढी रहेको पाईएको थियो।
अनुगमनको क्रममा नगर प्रमुख कुर्मीले नगरभरीको विद्यालयहरुको भौतिक संरचनाको अवस्था,शैक्षिक गुणस्तर,विद्यार्थीको नियमितता, शिक्षकहरुको लगनशीलता, गृहकार्यको अवस्थालगायतका विषयमा जानकारी लिए । विद्यालय स्तरदेखि नै शैक्षिक गुणस्तर सुधार गर्न सकिएमात्रै गुणस्तरीय जनशक्ति उत्पादन हुने उनले बताए ।
त्यसैगरी प्रमुख प्रसाशकिय अधिकृत भुजेलले पनि सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि नगरले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिए ।उनले विधालयमा अनुपस्थित रहेको विधार्थीहरुको अभिभावकहरुलाई बोलाइ,विधालयमा विधार्थी न आउनुको कारण पता लगाई पठनपाठनमा शख्त कडाइका साथ लाग्न निर्देशन दिएका हुन्।अनुगमनसँगै हाकिम भुजेलले शिक्षक तथा विद्यार्थीहरु सित अन्तरक्रिया समेत गर्नुभएको थियो।
आरके श्रीवास्तव,राैतहट,२६ गते भदौ ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका २ नम्बर वडा कार्यालय र नेपाल विद्युत प्राधिकरण माैलापुर वितरण केन्द्रको समन्वयमा सितलपुर बैरगनिया क्षेत्रमा तार फेर्ने काम भएको छ ।

साे वडामा रहेकाे विद्युतकाे नाङ्गो तार हटाई तार फेर्ने काम भएको हाे । सुरुमा साे वडामा विद्युत् लाइन विस्तार गर्ने क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाईएकाे वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयले बताएका छन् ।

तार फेर्नुकाे साथै दुई वटा नयाँ ट्रान्सर्फमर जडान पनि गरिएको छ । साे वडामा कम भाेल्टेज रहने,बारम्बार लाईन ट्रिप हुने,पंखा घुमेकाे घुमै गर्ने जस्ता समस्याहरू रहँदै आएका थिए । नयाँ ट्रान्सर्फमर जडान भएपछि साे समस्या हटने भएको छ ।

आफनाे वडाबासीकाे लागि सधैं तयार रहने वडा अध्यक्ष यादवकाे याे कार्यलाई स्थानीयले प्रशंसा गरेका छन् । नेपाल बिधुत प्राधिकरण माैलापुर वितरण केन्द्रका अनुसार एबीसी केवलमा एउटै लट्ठा भित्र धेरै वटा तार राखिएको हुन्छ र बाहिरी कभर हुनाले छुँदा करेन्ट लाग्दैन । तर, तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको अवस्थामा करेन्ट लाग्न सक्ने भएकाले जथाभाबी नछुन उहाँको सुझाव छ ।

साे वडाकाे सडक क्षेत्रमा विद्युत् प्राधिकरणसँगको समन्वयमा सबै नाङ्गो तार हटाइएकाे वडा अध्यक्ष यादवले बताएका छन् । बाँकी रहेका तारहरूलाई पनि विस्तारै हटाईने उनले बताए ।

नाङ्गो तारमा करेन्ट लाग्ने जोखिम अत्यधिक भएकोले सर्वसाधारणकाे सुरक्षाकाे ख्याल गरि साे तार हटाउन लगाई एबीसी केवल तार लगाइएको वडा अध्यक्ष यादवकाे भनाइ छ ।
आरके श्रीवास्तव,काठमाडौँ,२३ गते भदौ ।
बज्जिका भाषाकाे एक मात्र दैनिक पत्रिका बज्जिकाञ्चल दैनिकलाई भाषा आयोग सम्मानित गरेकाे छ । भाषा आयोगकाे स्थापना दिवसकाे अवसरमा आयोगकाे कार्यालय शंखमूलमा आयोजित विशेष कार्यक्रममा बज्जिकाञ्चल दैनिकलाई सम्मानपत्रबाट सम्मानित गरिएको छ ।

बज्जिका मातृभाषा र मातृभाषा साहित्यकाे श्रीवृद्धिमा उलेखनीय कार्य गरि अमूल्य योगदान पुर्याएकाे कामकाे उच्च मूल्यांकन गर्दै भाषा आयोगकाे तर्फबाट बज्जिकाञ्चल दैनिकलाई सम्मानित गरिएको छ । नेपालमा देशभरबाट मातृभाषामा प्रकाशित हुँदै आएको पत्रिकामध्ये ११ वटा पत्रिकालाई एकसाथ सम्मानित गरिएको छ । मधेश प्रदेशबाट भोजपुरी टाइम्सकाे साथै बज्जिकाञ्चल दैनिक सम्मानित भएको छ ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री माननीय बद्रीप्रसाद पाण्डे बज्जिकाञ्चल दैनिकका सम्मानित गरेका छन् । पत्रिकाका संचालक राजु कुमार श्रीवास्तव बज्जिकाञ्चल दैनिककाे सम्मानपत्र बुझेका छन् ।साे अवसरमा मन्तव्य व्यक्त गर्दै मन्त्री पाण्डे मातृभाषाकाे सरकारी कामकाजकाे भाषा बनाउनमा प्रदेश सरकार र स्थानीय सरकारलाई जिम्मेवार हुन आवश्यक रहेको बताएका छन् । मन्त्री पाण्डे बज्जिकाञ्चल दैनिककाे साथे सबै मातृभाषाकाे पत्रिकाका अझै राम्रो सँग मातृभाषाकाे सेवा गर्न सुझाव दिएका छन् ।

साे अवसरमा श्रीवास्तव सम्पूर्ण बज्जिका मातृभाषीकाे सम्मानकाे बात रहेकाे उल्लेख गर्दै जबसम्म शरीरमा साँस रहन्छ तबसम्म बज्जिकाञ्चल दैनिकलाई प्रकाशन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

विश्व बज्जिकाकाे पहिलाे दैनिक अखबारकाे रुपमा सम्पूर्ण बज्जिकाञ्चल क्षेत्रकाे साझा आवाजकाे नारासहित प्रकाशित भईरहेकाे बज्जिकाञ्चल दैनिक नेपाल र भारतकाे सम्पूर्ण बज्जिकाप्रेमीकाे मुख्य आवाज रहेकाे छ । बज्जिका भाषा र साहित्यकाे सम्पूर्ण गतिविधिकाे प्रकाशन गर्दै प्रचारप्रसार गर्दै बज्जिकाञ्चल दैनिक बज्जिका पत्रकारिताकाे अग्रणी पत्रिका बन्नमा सफल भएकाे छ ।

नेपालकाे बज्जिका साहित्यकारकाे शनिवारका दिन र भारतीय बज्जिका साहित्यकारकाे आईतबारकाे दिनकाे अंकमा साहित्यिक गतिविधि र साहित्य सिर्जनाकाे मुख्य स्थान दिईरहेकाे बज्जिकाञ्चल दैनिकलाई राष्ट्रिय सम्मान प्राप्त भएकोले सम्पूर्ण बज्जिकाञ्चल क्षेत्रमा खुसीकाे संचार भएकाे छ ।

बज्जिका भाषाकाे साहित्यकार, बज्जिका भाषाकाे प्रेमी, बज्जिकाकाे शुभचिन्तक तथा बज्जिकाञ्चल दैनिककाे शुभेच्छुक खुसी व्यक्त गरेका छन् । रौतहटबाट प्रकाशित हुने सबै पत्रिकामा बज्जिकाञ्चल दैनिकनै पहिलाे चाेटी राष्ट्रिय सम्मानबाट सम्मानित भएकाे छ ।
आरके श्रीवास्तव,राैतहट,२२ गते ।
भाषा आयोगकाे वार्षिकोत्सवकाे अवसरमा बज्जिकाञ्चल दैनिक सम्मानित हुँदै छ । भाषा आयोगले एक पत्र पठाउँदै बज्जिकाञ्चल दैनिकलाई सम्मानित गर्ने जनाएकाे हाे ।
नेपालकाे संविधानकाे धारा २८७ अनुसार गठित शंखमूल काठमाडौँमा रहेकाे भाषा आयोगकाे ९ आैं स्थापना दिवस २०८१ काे अवसरमा मातृभाषा र मातृभाषा साहित्यकाे श्रीवृद्धिमा उलेखनीय कार्य गरि अमूल्य योगदान पुर्याएकाे उच्च मूल्यांकन गर्दै भाषा आयोगकाे तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेकाेले भदौ २३ गते उपस्थित भई सम्मानपत्र ग्रहण गर्न बज्जिकाञ्चल दैनिकलाई अनुरोध आएकाे छ ।
भाषा आयोगकाे कामु सचिव डा. लोकेन्द्र बहादुर लोप्चनद्वारा हस्ताक्षरित पत्र बज्जिकाञ्चल दैनिकलाई प्राप्त भएकाे छ ।
भाषा आयोगद्वारा सम्मानित हुनेमा बज्जिकाञ्चल प्रथम पत्रिका बन्नमा सफल भएकाे छ ।
विश्व बज्जिकाकाे पहिलाे दैनिक पत्रिकाकाे रुपमा रहेकाे बज्जिकाञ्चल दैनिक सम्पूर्ण बज्जिका मातृभाषीकाे साझा आवाज पनि रहेको छ ।
बज्जिकाञ्चल दैनिकलाई भाषा आयोगद्वारा सम्मानित गर्ने खबर प्राप्त हुने बित्तिकै सम्पूर्ण बज्जिका मातृभाषीमा खुसीकाे संचार भएकाे छ ।
बज्जिकाञ्चल दैनिक यस खुसीकाे अवसरमा सम्पूर्ण सहयोगी तथा शुभचिन्तकलाई बधाई दिएकाे छ । साथमा हामीलाई थप जिम्मेवारी महसुस भईरहेकाे भन्दै पत्रिकालाई अझै राम्रो गर्न हामी पूर्ण प्रतिबद्ध छाैं ।
कटहरिया,१९ गते भदौ ।
गर्मीबाट बच्न राैतहटकाे कटहरिया नगरपालिकाकाे एक बिधालयमा आज पंखा सहयोग गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर १ बडेडवामा रहेकाे श्री प्राथमिक बिधालयमा सेलिङ्ग पंखा वितरण गरिएको हाे ।
कटहरिया नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य मनाेज कुमार जयसवालले आफनाे व्यक्तिगत लगानीमा साे पंखाहरू उपलब्ध गराएका हुन् । एक कार्यक्रमका बिच साे बिधालयका प्रधानाध्यापक रामअयाेध्या यादवलाई ६ वटा पंखा तार बाेड सहित प्रदान गरेका हुन् ।
गर्मीका कारण बिधालयमा बिधार्थीहरू लाई पढन कठिन भईरहेकाे थियाे । साेकाे मध्यनजर गरि उनले पंखा उपलब्ध गराईदिएका हुन् । पछिल्लो समय केहि दिनदेखी मधेसमा दिउँसो अत्यधिक गर्मी बढेकाे छ ।
गर्मीबाट उकुस मुकुस भईरहेका बिधार्थीहरू अब उपरान्त राहत पाउने भएका छन् । साे अवसरमा यूवा नेता चन्देश्वर प्रसाद यादव,शिक्षक,शिक्षिका,बिधार्थीहरूकाे उपस्थिति रहेको थियो ।
रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिकाको मेयर कन्थमणि जैसवालले कानु धर्मशालाको निर्माण कार्य पूरा गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
गरुडा ५ शिवनगर धाममा कानु समाजको कुल देवता बाबा गणिनाथ गोविन्द महाराजको बार्षिक पुजामा सहभागी भई आशिर्वाद ग्रहण पश्चात मेयर जैसवालले उक्त प्रतिवद्धता जनाएका हुन् ।
शिवनगर स्थित सोहि अवसरमा अधुरो रहेको कानु धर्मशालाको अनुगमन गर्दै निर्माणको लागी ५ लाख दिने प्रतिबद्धता गरेका थिए । हरेक किसिमका धर्म तथा आफ्नो संस्कृति र सभ्यताको मान समान्न प्रति हामी सवै एकबद्ध भई शान्त र समुन्नत समाज निर्माण गर्दै बिकाशको कार्यमा सवै एकजुट हुन जरुरी रहेको मेयर जैसवालको भनाई रहेको छ ।न्युज कारखाना