बज्जिकाञ्चल संवाददाता,०८ गते भदौ ।
मधेश प्रदेश सरकारका प्रवक्ता एवम गृह,सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखीले “मधेश प्रदेशमा पारदर्शिता,जवाफदेहिता,समावेशिता,सुशासन र बिपद पहिचान,ब्यबस्थापन र न्युनिकरणको लागि सुशासन सम्मेलन” को आयोजना गरिएको जानकारी गराउनु भएको छ ।
प्रदेश सरकारका गृहमन्त्री राजकुमार लेखीकाे अध्यक्षतामा बसेको सुशासन तयारी बैठकले असोज २ र ३ गते जनकपुरमा हुने तय भएको हो । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था,सरोकारवाला पक्ष हरुको समन्वय र सहकार्यमा हुने सम्मेलनको तयारी बैठकमा नेपाल बौद्धिक प्रतिष्ठानको अध्यक्ष बिष्णु कुवर,युनिसेफ,प्लान इन्टरनेशनल,पिपुल इन निड लगायत अन्तरास्ट्रिय गैर सरकारी संस्था का प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
काठमाडौं, ८ भदौ ।
आम जनता पार्टी (आजपा) भ्रष्टहरुको शासन व्यवस्था भत्काउन युवा शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन् । मुलुकमा बढदै गइरहेको भ्रष्टाचा, कुशासन, कर आतंकत एवं सरकारको मनोमानी बिरुद्ध एकजुट हुन आवश्यक भएको उनले बताए ।
सिंहदरबार स्थित आजपाको संसदीय कार्यालयमा युवाहरुलाई पार्टीमा प्रवेश गराउदै आजपा अध्यक्ष साहले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउँनका लागि सडक संघर्षको बिकल्प नभएको बताए ।
‘मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, कर आतंक बढेको छ । जनताको चाहना र आवश्यकक्ता विपरित सरकारको गतिविधि छ । अहिले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक संघर्षको बिकल्प छैन्,’ आजपा अध्यक्ष साहले भने ।
राप्रपा नेपालको साउदी कमिटीका अध्यक्ष एवं पार्टी निकटको युवा संगठनका उपाध्यक्ष वीरगंज निवासी महमद शेख अताउलकको नेतृत्वमा महमद शाहेब, शेख राजाबाबु, दिनेश गुप्ता, सजाद शेख लगायतका युवा नेताहरुलाई आजपा अध्यक्ष साहले खादा लगाएर पार्टीमा प्रवेश गराए । पार्टी प्रवेश गराउदै उनले उनीहरुको राजनीतिक भविष्यको शुभकामना सहित पार्टीमा उचित जिम्मेवारी दिने बताए ।
काठमाडौं,०८ गते भदौ ।
गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका छन् ।
उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकमप्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
रौतहटका उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले सरकारसँग अनुदानको रकम छिटो भुक्तानी गर्ने माग गरेका छन्।
अध्यक्ष यादवका अनुसार, “उखु किसानहरूको मेहनत र समयको मूल्य अनदेखा गर्दै सरकारले अनुदानको रकमको भुक्तानीमा ढिलाइ गरिरहेको छ । यसका कारण किसानहरू अत्यन्तै समस्यामा परेका छन् । हामी नेपाल सरकारसँग आग्रह गर्छौं कि यो रकम तत्काल भुक्तानी गरियोस्।”
प्रदर्शनमा बोल्दै उखु उत्पादक संघ महोत्तरी जिल्लाको पूर्वअध्यक्ष उत्तम सिहं रानाले प्रत्येक बर्ष उखु ७० रुपैँया अनुदानमा पाएका थिए तर अहिले सरकारले कटौती गरेको भन्दै प्रदर्शन गरेको बताएका छन् । उनले जुन रकममा उखु पाइएको थियो अविलम्ब रुपमा सरकार ले भुक्तानी गर्नपर्ने माग गरे ।
‘७० रुपैँया जुन अनुदान रकम भन्ने थियो त्यो प्रत्येक बर्ष पाइरहेको थियो । तर यस बर्ष सरकारले कटौती गरिदिएछ । त्यसका विरुद्ध सडकमा आएका हौं । हामीले जुन पाइआएको रकम छ त्यो अविलम्ब रुपमा सरकारले भुक्तानी गरोस् भन्ने माग राखेका छौँ,’उनले भने । उखु किसानले यसअघि पनि पटक पटक आन्दोलन गर्दै आइरहेका थिए । सभार आर्थिक न्यूज
आरएन पटेल, रौतहट, भदौ ८ गते।
रौतहटको सदरमुकाम गौरमा आइतबार सर्वदलीय/सर्वपक्षीय संघर्ष समितिले विशाल विरोध र्यालीसहित जनप्रदर्शन गरेको छ । प्रदर्शनको प्रमुख उद्देश्य जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य मधेसी नेतामाथि लगाइएका मुद्दा खारेज गर्न माग गर्नु थियो । उनीहरूका अनुसार गौर घटना राजनीतिक विषय भएको भए पनि सरकार राजनीतिक प्रतिशोधको आधारमा निर्दोष नेताहरूलाई फसाउन खोजिरहेको छ ।
सर्वदलीय संघर्ष समितिको नेतृत्वमा भएको उक्त प्रदर्शनमा जसपा नेपाल, नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा नेपाल, नेकपा (एस) लगायतका नेताहरू सहभागी थिए। र्याली रामजानकी धर्मशालाबाट सुरु भई गौर परिक्रमा गर्दै मधेशी क्रान्ति चोकमा कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागीहरूले “राजनीतिक प्रतिशोध बन्द गर”, “उपेन्द्र यादवलगायत नेताहरूलाई झूठा मुद्दामा फसाउन पाइँदैन”, “गौर घटनाको निष्पक्ष छानबिन गर”, “मानव अधिकार आयोग लगायतका प्रतिवेदन सार्वजनिक गर” लगायत नाराबाजी गरेका थिए ।
मधेशी क्रान्ति चोकमा आयोजित कोणसभामा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य एवं सर्वदलीय/सर्वपक्षीय संयुक्त संघर्ष समितिका संयोजक रामकिशोर प्रसाद यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमाथि गम्भीर आरोप लगाए। उनका अनुसार भूमि सम्बन्धी अध्यादेशमा सहयोग नगरेको निहुँमा उपेन्द्र यादवसहित १३० जना निर्दोष नेताहरूमाथि सुनियोजित षड्यन्त्रपूर्वक गौर घटनासँग जोडेर मुद्दा लगाइएको हो ।
जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजीव रंजन (राजु यादव) ले समेत सरकारको नियतप्रति प्रश्न उठाउँदै भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छानबिन समितिहरूले गौर घटनाको दोष प्रभु साहमाथि देखाए पनि उनलाई नछोइ निर्दोष नेताहरूमाथि कारबाही गर्न खोज्नु अन्याय हो।” उनले चेतावनी दिए, “यदि सरकारले बलजबर्जस्ती फसाउने प्रयास गर्यो भने हामी ठूलो विद्रोहमा उत्रिनेछौं।”
कोणसभामा नेकपा एमालेका नेता बबन सिंहले पनि गौर घटनाको मुख्य योजनाकार तत्कालीन माओवादी नेता प्रभु साह रहेको दाबी गरे। उनले सरकारले साहमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग राखे। नेपाली कांग्रेसका नेता रामचन्द्र गिरीले पनि प्रभु साहकै घमण्ड, दम्भ र अहंकारले उक्त घटना घटेको टिप्पणी गर्दै सरकारलाई वास्तवीक दोषीलाई कारबाही गर्न आग्रह गरेका छन् ।
त्यस्तै, लोसपा तथा नेकपा (एस) का नेताहरूले समेत सरकारले मधेशी नेताहरूलाई फसाउन प्रभु साहको निर्देशनमा झूठा जाहेरी दर्ता गराएको आरोप लगाए ।
सर्वदलीय विरोध प्रदर्शन कार्यक्रम जसपा नेपालका केन्द्रीय सदस्य एवं सर्वदलीय/सर्वपक्षीय संयुक्त संघर्ष समितिका संयोजक रामकिशोर प्रसाद यादवकाे अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेश सांसद शोभा साह,जसपा नेपालका नेता राजाबाबु साह ,लोसपा नेता बाबुलाल साह, नेकपा एमालेका नेता बबन सिंह, नेकपा (एस) का नेता रेवन्त झा, कांग्रेस नेता रामचन्द्र गिरी, लोसपा नेता अनिल सिंह लगायत हजारौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
काठमाडौं, ७ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) परित्याग गर्दै सुभाष साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपा केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमका बीचमा साहले आजपामा प्रवेश गरेका हुन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबिर, माला लगाएर साहलाई पार्टीमा स्वागत गरेका छन् । विद्यार्थीकालदेखी नै कम्युनिष्ट आन्दोलनमा लागेका साह अखिल, युवा संघ, प्रेस चौतरी, समाजवादी प्रेस संगठन सहितका संगठनमा बिभिन्न जिम्मेवारीमा रही काम गरेका छन् ।
एमाले विभाजन भई एकीकृत समाजवादी गठन भएपछि एकीकृत समाजवादीमा लागेका साह प्रेस संगठन नेपालको केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशको जिम्मेवारीबाट यस अघि नै राजीनामा दिएका थिए । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य साह महासंघको पछिल्लो निर्वाचनमा केन्द्रीय उपाध्यक्षका प्रत्यासी थिए ।
दुई दशकभन्दा बढी समयदेखी सक्रिय पत्रकारितामा लागेका साह आम सञ्चार तथा पत्रकारिता बिषयमा स्नातकोत्तर गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विधि, बिधान, नीति र जुन उदेश्यका लागि एमाले विभाजन गरेका थिए उनले सोही अनुसार काम नगरेको आरोप साहले लगाए । संगठनमा छलफल गर्ने, निर्णय गर्ने र निर्णय भएका एजेण्डालाई कार्यान्वयन गर्नुको साटो त्यसलाई लत्याउने काम गरिएपछि सो पार्टी उनले परित्याग गरेको जनाएका छन् ।
काठमाडौं, ७ भदौ ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लाबरा (झुठो बोल्ने)को सारदार नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गरेका छन् । आजपा काठमाडौं उपत्यका विशेष कमिटीको आज काठमाडौंको कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले पार्टीले विगतमा नै कारवाही गरि निकालिसकेका व्यक्तिलाई हुदैनभएको पद भन्दै पार्टी प्रवेश गराएर झुठ र भ्रमपूर्ण कुरा गर्दै प्रचार गरिरहेको बताए ।
‘प्रधानमन्त्री र एमालेका अध्यक्ष केपी शर्मा ओलीजी भनेको लाबराहरुको सारदार हो । झुठो कुरा गर्ने, अपवाह फैलाउने, हुदै नभएको पदमा रहेको भन्दै विगतमै पार्टीले कारवाही गरिसकेकालाई पार्टी प्रवेश गर्दै भ्रमपूर्ण र झुठको प्रचारमा गर्दैछन,’ आजपा अध्यक्ष साहले भने, ‘पार्टीको विधान, नीति, कार्यक्रम बिरुद्ध लाग्ने, ठगी आरोपमा आजपाले निष्कासित गरेकालाई हुदैनभएको पदमा रहेको भन्दै पार्टी प्रवेश गराएर हल्लाफिजाउने कामले देशको कल्याण हुदैन् ।’
राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउँनका लागि सडक संघर्षको बिकल्प नभएको बताउदै उनले मुलकलाई ध्वस्त बनाउनेका बिरुद्धमा हुने आन्दोलनमा सहभागिताका लागि तयार रहन आह्वान समेत गरे । ‘अहिले राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र खतरामा छ । मुलुकलाई ध्वस्त बनाउँदै आफ्नो स्वार्थ सिद्ध गर्न खोज्नेका बिरुद्धमा सडक संघको बिकल्प छैन् । मुलुकलाई बरबाद बनाउने,
ध्वस्त बनाउनेका बिरुद्धमा सडक आन्दोलनमा सहभागिताका लागि म सबैमा हार्दिक आह्वान गर्दछु,’ आजपा अध्यक्ष साहले भने । आजपा काठमाडौं उपत्यका विशेष कमिटीका इन्चार्ज त्रिभुवन साहको अध्यक्षतामा सम्पन्न सो बैठकमा पार्टीका सहअध्यक्ष तिलक थापामगर,
उमेश कुशवाहा, धनकुमारी मगर, देवेन्द्र ठाकुर, पशाङ तामाङ, रामकेवल गुप्ता, अमर लिम्बु, रञ्जु साह, सुरेश साह, आर्या पाण्डे, देवेन्द्र ठाकु्र, निरन्जन पौडेल, राम बिष्ट लगायतको विशेष सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,०८ गते भदौ ।
रौतहटकाे फतुवा बिजयपुर नगरपालिकाले नगरवासीको घरेलु विद्युत महसुल भुक्तानीका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले अघिल्लो वर्ष १ करोड ५० लाख रुपैयाँ छुट्याएकोमा यस वर्षको कार्यपालिकाको निर्णयबाट उक्त रकम बढाइएको हो । प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवका अनुसार नगर कार्यपालिका बोर्डबाट निर्णय भई विद्युत महसुल तिर्ने खर्चका लागि २ करोड रुपैयाँ छुट्याइएको हो ।
“नगरपालिकाले सामाजिक न्याय र सेवा प्रवाहलाई प्राथमिकता दिँदै सबै घरपरिवारलाई राहत मिलोस् भन्ने उद्देश्यले यो योजना अघि बढाइएको हो,” यादवले जानकारी दिए ।
कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले विद्युत महसुलको बोझ सर्वसाधारणका लागि ठूलो रहेको उल्लेख गर्दै भनिन्, “विद्युत नहुँदा जनताको दैनिकी प्रभावित हुन्छ, त्यसैले नगरपालिकाले सबै घरको महसुल आफैँ तिर्ने निर्णय गरेको हो ।
यसले आर्थिक रूपमा कमजोर वर्गलाई ठूलो राहत मिल्नेछ।” यसैबीच प्रदेशसभा सदस्यका प्रत्यासी महमद सेराजले यस कार्यको प्रशंसा गर्दै जनताको हितमा गरिएको निर्णय भन्दै समर्थन जनाए । उनले भने, “फतुवा बिजयपुर नगरपालिकाले देखाएको यो अग्रसरता सबै स्थानीय तहका लागि उदाहरणीय छ ।
विकासका नाममा ठूलाठूला योजना मात्र होइन, जनताको जीवनसँग जोडिएका यस्ता कार्यहरू नै साँचो विकास हुन्।” नगरपालिकाको यो निर्णयले स्थानीय जनतामा उत्साह थपेको छ । नगरवासीहरू यो निर्णयलाई जनमुखी र व्यवहारिक भन्दै स्वागत गरिरहेका छन् ।
राकेश यादव,राैतहट, भदौ ०८ गते ।
रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सुट केश भित्र बाट एक महिलाको शब बरामद भएको छ। हत्या गरि सुट केश भित्र बन्द गरि शनिवार राती करिब ८ बजेको समयमा सडकको पछिम किनारमा फालिएको सुट केश भित्र बाट शब फेला परेको हो। डोरीले बेरिएको सुटकेश लबारिश अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए।
सुचना पछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएका टोलीले सुट केश भित्र शब रहेको थाहा पाएपछी घटना स्थल रात भरि घेरा हालेर सुरक्षा प्रदान गरेकोमा आइतवार बिहान सुट केश खोल्दा बिबाहित महिलाको शब भेटिएको प्रहरीले जनाएको छ। रौतहट जिल्लामा यस्तो अवस्थामा शब भेटिएको यो पहिलो घटना रहेकोले स्थानीयहरू चकित देखिएका छन्।
गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ। सुट केश भित्र राखिएको महिलाको टाउकोमा गहिरो चोट देखिएको घटना स्थलमा पुगेका प्रहरी अधिकारीले जनाएको छ। केहि कागजात पनि भेटिएको छ भने महिलाको सुरुवालको खल्ती बाट केहि नगद रुपैया पनि भेटिएको प्रहरीले जनाएको छ।
बेवारिश अवस्थामा भेटिएको महिलाको शब पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भै रहेको नायव प्रहरी उपरिक्षक राजु कार्कीले जनाएका छन्।
आरके श्रीवास्तव,राैतहट,०८ गते भदौ ।
नेपाल उखु उत्पादक महासंघ र रौतहट जिल्लाका उखु किसानहरूले ७० रुपैयाँ प्रति क्विण्टल अनुदान रकमको भुक्तानीको लागि काठमाडौंको माईतीघर मण्डला क्षेत्रमा धर्ना र विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेका छन् । यस आन्दोलनमा सहभागी हुन उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवकाे नेतृत्वमा किसानहरू काठमाडौं पुगिसकेका छन् ।

नेपाल सरकारसँग उखु किसानको हकमा परेको आर्थिक अन्यायको समाधान गर्ने उदेश्यले आन्दोलन हुन गईरहेकाे छ । रौतहट उखु उत्पादक संघको सक्रियता रौतहट जिल्ला, विशेष गरी गरूडा नगरपालिका, उखु उत्पादनको मुख्य क्षेत्र हो । यहाँका किसानहरू आफ्नो दैनिक जीवनमा उखु खेतीमा निर्भर छन् । यसका बाबजुद, सरकारबाट दिइने अनुदान रकमको अविलम्ब भुक्तानी नहुँदा किसानहरू संकटमा परेका छन् ।
रौतहटका उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले सरकारसँग अनुदानको रकम छिटो भुक्तानी गर्ने माग गरेका छन्। अध्यक्ष यादवका अनुसार, “उखु किसानहरूको मेहनत र समयको मूल्य अनदेखा गर्दै सरकारले अनुदानको रकमको भुक्तानीमा ढिलाइ गरिरहेको छ । यसका कारण किसानहरू अत्यन्तै समस्यामा परेका छन् ।
हामी नेपाल सरकारसँग आग्रह गर्छौं कि यो रकम तत्काल भुक्तानी गरियोस्।” आन्दोलनमा रौतहटका अन्य नेताहरूको समर्थन रौतहटबाट काठमाडौंतर्फ सहभागी हुने किसानहरूको टोलीमा गरूडा नगरपालिकाका मेयर प्रत्याशी ब्रिजकिशोर यादव लगायत अन्य स्थानिय नेताहरू पनि सामेल छन् । यस आन्दोलनको समर्थन गर्दै मेयर प्रत्याशी ब्रिजकिशोर यादवले भने, “यो आन्दोलन किसानहरूको हकमा हो। हामी सबै मिलेर यस आन्दोलनको समर्थन गर्दै सरकारसँग माग राख्न गएका हौं।”
नेपाल सरकारसँग माग गरिएको ७० रुपैयाँ प्रति क्विण्टल अनुदान रकमको भुक्तानी तत्काल गर्नु हो, जसले उखु किसानहरूको आर्थिक स्थिति सुधार्न मद्दत पुर्याउँछ। आन्दोलनकारीहरूले यहि मागका साथ माईतीघर मण्डला क्षेत्रमा आवाज उठाएका छन् । यो आन्दोलन एक सप्ताहसम्म जारी रहने छ, र सरकारलाई आवश्यक कदम चाल्न आग्रह गर्नका लागि किसानहरू कडा संघर्ष गर्दैछन्।
काठमाडौः
राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजना पारा पौडी खेलाडीहरुलाई तालिम संचालन भएको छ । जापानबाट स्पोट्र्स फर टुमारो का प्रशिक्षकद्धय मासातो सकाई, यामानो र नेपाली प्रशिक्षक हरुले पारा खेलाडीहरुलाई प्रशिक्षण दिएका छन् । भदौ ०६ गते देखि १० गते सम्म संचालन हुने उक्त प्रशिक्षणमा सहभागी हुन पाएकोमा पारा खेलाडीहरुले खुसी व्यक्त गरेका छन् । नेपालमा नै अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट प्रशिक्षण लिन पाउनु एउटा सुनौलो अवसर भएको एक प्रशिक्षार्थीले बताए ।

यस प्रशिक्षणले पारा पौडी खेलाडीहरुलाई उर्जा दिनुको साथै उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने पारा पौडी प्रतियोगितामा प्रतिष्पर्धा गर्न सहज हुने र यो प्रशिक्षणले उक्त प्रतियोगितामा आफ्ना खेलाडीहरुले राम्रो नतिजा ल्याउने विश्वास लिएको संस्थाका अध्यक्ष सरोज श्रेष्ठले बताए । जापानबाट आएका प्रशिक्षकहरु मासातो सकाई र यामानो तथा उनको समुहलाई नेपालको पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, ऐतिहासिक क्षेत्र, विश्व सम्पदा सूचिमा सुचिकृत स्थलहरुको भ्रमण गराइने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जापानबाट आएका प्रशिक्षक सहितको प्रतिनिधिमण्डलले राष्ट्रिय प्यारालिम्पिक समिति कि अध्यक्ष राधा घलेसँग सौहाद्रपूर्ण भेटघाट गरेको छ । यो भेटले खेलकुदको माध्यमबाट उज्ज्वल भविष्य सिर्जना गर्न द्धिपक्षीय सहकार्य हुने अध्यक्ष राधा घललेले बताइन् ।
