२०८३ बैशाख २३
२०८३ बैशाख २३

 

काठमाडौं, १३ असार ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो ६ महिनामा ३५ अर्ब वैदेशिक लगानी र १५ हजार रोजगारी सुनिश्चित भएको दाबी गरेका छन् ।

 

बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले सरकारको नेतृत्व सम्हालेपछिको ६ महिनामा  उद्योग क्षेत्रमा २७४ परियोजनामार्फत करिब ३५ अर्ब वैदेशिक लगानी र करिब १५ हजार रोजगारी सुनिश्चित भएको जानकारी दिएका हुन् ।

 

यसअवधिमा दुई खर्ब पाँच अर्ब लगानीका २८४ नयाँ स्वदेशी उद्योग दर्ता भएको जानकारी दिँदै उनले लगानी बोर्डबाट ९५४.३० मेगावाट विद्युत् उत्पादन हुने गरी विभिन्न ६ वटा जलविद्युत् परियोजनाका लागि एक खर्ब ६७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको बताए ।

 

काठमाडौं, १३ असार ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मूख्य विषयले भन्दा सहायक विषयले समय लिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो भारत भ्रमणका क्रममा भएका उपलब्धिभन्दा पनि अन्य विषयले संसदमा समय लिएको बताएका हुन् ।

‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ । चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ। संसदसँगै पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो । भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रुरु भएको छ । तर, हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं । यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद गम्भीर हो भन्ने मेरो आग्रह छ,’ संसद  बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ।

 

काठमाडौं, १३ असार ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको अभाव हुन नदिने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक रासायनिक मलको अभाव हटाएको भन्दै अब अभाव हुन नदिने बताएका हुन् ।

मल वितरणमा बेथिति रहेको भन्ने सांसदहरुले उठाएको जिज्ञासाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए । साथै देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्यायन गरिरहेको उनको भनाइ छ ।

‘पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन्। मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति उही रह्यो । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसदमा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिइने छैन । त्यो प्रतिबद्धता पूरा भएको र यस आर्थि वर्षमा साढे अठहत्तर हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको छ। यसबाहेक १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा वितरण नै भइसकेको छ । आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न रु. ३० अर्ब रकम विनियोजन गरिएको छ । देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको छ भने भर्खरैको भारत भ्रमणका क्रममा पनि मैले यो विषय उठाएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

 

काठमाडौं, १३ असार ।

जनता समाजवादी पार्टी नेपालले संसदमा पेस भएको आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

जसपा संसदीय दलको बुधबार बसेको बैठकले बजेट सर्वसम्मतले पारित गर्ने निर्णय भएअनुसार आफ्ना सदस्यहरुलाई ह्वीप जारी गरेको छ ।

सत्तारुढ गठबन्धनमा सामेल जसपा बजेटको पक्षमा उभिएको हो ।

 

 

काठमाडौं, १२ असार ।

संयुक्त राष्ट्रसंघका उपमहासचिव आज नेपाल आउँदैछन् ।

 

राष्ट्र संघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन ।

उपमहासचिव ल्याक्रोइक्सकाे भ्रमण कार्यसुची अनुसार उनले यस भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पुर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्नेछन् ।

 

यसैगरी, उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । उनले यस क्रममा नेपालले विश्वको शान्ति प्रक्रियामा दिएको योगदानका बारेमा उनले प्रशंशा गर्ने तथा थप जानकारी लिने कार्यक्रमसमेत रहेको छ ।

 

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा भने नेपाल पहिलो नम्बरमा छ ।  जसका कारण पनि नेपाल शान्ति स्थापनार्थको मुद्धामा अग्रणी भुमिका खेलेको भन्दै राष्ट्र संघले उच्च प्रशंशा गर्दै आएको छ।

काठमाडौं, १२ असार । जनता समाजवादी पार्टी, नेपालको बिद्यान अधिवेसन जारी छ ।

गत आइतवार देखी सुरु भएको बिद्यान अधिवेसन पुर्ववतः तालिका अनुसार आज समापन हुदैँछ ।

 

आजको बैठकमा  मस्यौदा बिद्यान माथी समुहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ ।

 

गत आइतवार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा बिद्यानमा हिजो १० वटा समुहमा समुहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० वटा समुहवाट समुहगत धारणा राखे पछि अधिवेसनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संसोधनसहित बिद्यान पारित गर्ने कार्यसुची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।

 

उनका अनुसार प्रस्तावित बिद्यानमा ७० बर्षे उमेर हदको प्राबधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रिय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाईएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रिय समिति सदस्य हुन कम्तिमा पाँच बर्ष पार्टी सदस्यता लिएको पाँच बर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको बिद्यान प्रस्तुत भएको छ ।

 

उक्त मस्यौदा बिद्यानमा छलफलका लागि ४ सय २० केन्द्रिय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाईरहेका छन् ।

काठमाडाैं, १२ असार । प्रतिनिधि सभाकाे बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बाेलाइएकाे छ ।

 

मंगलवारकाे बैठकमा बिनियाेजन बिधेयक माथीकाे छलफल जारी रहनेछ । साेही क्रममा बिनियाेजन (बजेट) बिधेयक माथी उठेका प्रश्रकाे जवाफ सबन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाइ निरन्तरता दिइएकाे संसद सचिवालयले जनाएकाे छ ।

 

जसअनसार मंगलबारकाे  बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

 

प्रतिनिधि सभाको हिजाेकाे बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधि सभा सदस्यहरूले मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले जवाफ दिएका थिए ।

 

काठमाडौं, ११ असार । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदनमार्फत साधारण सदस्यताका लागि अप्लाइ गर्न सकिने छ ।

कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । साधारण सदस्यता वितरण गरिने विगतमा प्रचलन थिएन । साधारण सदस्यता प्राप्त गरेको व्यक्तिले एकवर्ष पछि क्रियाशील सदस्यता पाउने विधानको प्रावधान छ ।

काग्रेसको सदस्यता लिनको लागि पार्टीको साइटमा उपलब्ध गराइएको फर्म भर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि नाम, जन्ममिति, इमेल आइडी, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, ठेगाना, ब्लड गु्रप, भाषा, पेशा प्रदेश, जिल्ला लगायतको विवरण भर्नुपर्दछ ।

 

साथै, पासपोर्ट आकारको तस्वीर, नागरिकताको अघिल्लो भाग र पछाडीको फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि २० रुपैयाँ तोकिएको छ ।

काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा खाभ्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारको नीति तथा कार्यक्रम र १५ जेठमा प्रस्तुत गरेको आगामी वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभ्ने निर्णयप्रति रास्वपाले भर्त्सना गरेका हुन् ।

राजनीतिक आन्दोलनबाट स्थापित संवैधानिक निकायलाई खारेज गर्ने सरकारको निर्णय लोकतन्त्रमाथिको प्रहार भएको भन्दै उनले उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरे ।

 

काठमाडौं, १० असार ।

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को आजवाट बिधान अधिवेसन सुरू हुदैँछ ।

 

आज देखी सुरु हुने बिधान अधिवेसनको अन्तिम तयारी तथा मस्याैदा बिधान अनुमोदनका लागि हिजो केन्द्रिय समिति बैठक बसेको थियो । उक्त बैठकले मस्यौदा बिद्यानलाई अनुमोदन गरे पछि आजको बिद्यान महाधिवेसनमा पेश हुन लागेकाे हाे ।

 

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार साे अधिवेसन आज देखी नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ । संघीय परिषद खारेज गरिएको प्रस्तावित बिद्यानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किदै छ ।

 

आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुदैँछन ।

 

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । र, १२ गते  विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाईएको छ ।

पटक पटक सर्दै आएको सो बिद्यान अधिवेसन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।