२०८३ बैशाख १७
२०८३ बैशाख १७

काठमाडौं, १३ माघ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हाल जेलमा रहेका पुर्व जनमुक्ति सेनाका कमाण्डरसँग भेटघाट गरेका छन् ।

 

हालै पक्राउ गरी डिल्लीबजारस्थित सदरखोरमा राखिएका पुर्व कमाण्डर जीतमान पुन मार्शलसँग भेटबार्ता गरेका हुन । उनी नेसपाका केन्द्रीय सदस्यसमेत हुन् ।

 

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेसपाका केन्द्रीय सदस्य जीतमान पुन (मार्शल) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरी डिल्लीबजार कारागारमा राखिएकोमा वहॉलाई कारागार मै गएर भेटे,’ उनले भनेका छन, ‘त्यस लगत्तै प्रधानमन्त्री तथा पूर्व जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर क. प्रचण्डलाई भेटेर क. मार्शलको तत्काल रिहाइको पहल गर्न आग्रह गरेको छु ।’

 

उनलाइ चरेस तस्करीको आरोपमा पक्राउ परेको बताइँदै आईएको छ । मार्शललाइ भेटेर प्रधानमन्त्री प्रचण्डलाइ भेटन पुगेका पुर्व प्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष भट्टराइले भनेका छन्, ‘यो केस  ‘बुढी (बुढो) मरी (मर्यो), हैन काल पल्क्यो’ भनेर बुझ्नु भन्ने जनोक्ति जस्तो हुनसक्छ है, सबैलाई चेतना भया ।’न्युजकारखाना

काठमाडौं, १३ माघ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रबाहमा सुदृढिकरण र  मानवअधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा पैरबी गर्दै महत्वपूर्ण उपलब्धी हासिल गर्न योगदान दिएको बताएका छन ।

 

पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को आज विमोचन गर्दै रक्षा मन्त्री खडकाले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन ।

 

उपप्रधानमन्त्री खड्काले भने, “पत्रकारितालाई सहि गोरेटोमा हिडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामुहिक दायित्व पनि हो । पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि धुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारले सधै साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”

उनले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व नेपाल पत्रकार महासङ्घको भूमिका अग्रणी र महत्वपूर्ण रहेको भन्दै यसका लागि सरकारले पनि आवश्यक सहयोग गर्ने बताए ।

उपप्रधानमन्त्री खड्काले जहानिय राणा शासनकालदेखि सुरु भएको नेपाली पत्रकारिताले राणाशासन विरुद्ध जनजागरण ल्याउनुका साथै, एकदलीय पञ्चायत विरुद्धको अभियान हुँदै बहुदलीय प्रजातन्त्र स्थापना र हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासकासाथै विकास र समृद्धिको यात्रामा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्दै आएकोसमेत उल्लेख गरेका छन ।

उनले भने, “पत्रकारिता आवाजविहीनहरुको आवाज एवं समाजको ऐना भएकोले लोकतन्त्रलाई समुनत र नागरिकलाई सुसूचित गराउने सन्दर्भमा यसको महत्वपूर्ण भूमिका छ र यो आगामी दिनमा पनि कायम रहन्छ भन्ने मेरो विश्वास छ ।”

राज्यका अन्य क्षेत्रजस्तै पत्रकारिता क्षेत्रको पनि आफ्नै मूल्य, मान्यता, सिद्धान्त र आदर्श छवि हुने भन्दै यसले नागरिकको भरोसा अभिवृद्धिमा सहयोगसिद्ध हुनुपर्ने धारणा राखेका छन ।  “यदाकदा पत्रकारिता क्षेत्रमा समेत अरु क्षेत्रको जस्तै कमि कमजोरी देखिने गरेको छ । पत्रकारले सत्यतथ्य, सन्तुलित र विश्वसनिय समाचार प्रबाह गर्ने मूल दायित्वबाट बिचलित नभई नभई न्यायको पक्षमा सतीसालजस्तो उभिनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भने ।न्युजकारखाना

काठमाडौं, १३ माघ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले आफ्नो लोकतान्त्रिक चरित्र गुम्न दिन नहुने बताए। कांग्रेस चितवनका नेताहरूसँग शनिबार भएको भेटघाटमा नेता महरले गठबन्धनका नाममा अहिले भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको टिप्पणी गरे।

‘कांग्रेस मुलुकको सबै भन्दा ठूलो लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक चरित्रकै कारण मुलुक अप्ठ्यारोमा पड्दा सधैँ कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। तर, गठबन्धनका नाममा भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ। यसतर्फ कांग्रेस चनाखो बन्नैपर्छ,’ महरले भने।

गठबन्धन गरिसकेपछि जनतामा आसाको ज्योति छर्न सक्नुपर्नेमा त्यो हुन नसकेको उनले बताए। गठबन्धनले जनतामा आसा भन्दा पनि निराशा बढेको उनको टिप्पणी छ।

‘गठबन्धन दल होइन, यो दलहरू मिलेर बनेको अलाइन्स हो। गठबन्धनको काम र यो खालको राजनीतिक अभ्यासप्रति जनता सन्तुष्ट छैनन्। हामीले देश र जनताका लागि राजनीति गर्ने हो। त्यसैले जनभावना अनुरूप दलहरू अगाडि बढ्नुपर्छ,’ उनले भने। राम्रो काम गर्दा जनताले आफैँ बहुमत दिने र गठबन्धनको आवश्यकता नै नपर्ने महरले बताए।

कुनै विशेष परिस्थितिमा गठबन्धन गर्नु पर्ने अवस्था आउनु सामान्य भए पनि लामो समयसम्म गठबन्धनकै संस्कृति कायम राख्ने राजनीतिमा गलत संस्कारको विकास भइरहेको उनको भनाइ छ।

गठबन्धन जनताको लागि भन्दा पनि केही निश्चित नेताहरूको लाभका लागि भइरहेको महरको आरोप छ। ‘गठबन्धन गरेर केही नेतालाई पदमा पुर्‍याउने र खराब कार्यमा संलग्न भइरहेकाहरूलाई बचाउन सरकार चाहिएको पो हो कि भन्ने जनताले शंका गरिरहेको तसर्थ यस्तो गठबन्धनको के काम। गठबन्धनका माध्यमबाट संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने खालका काम गर्नु राम्रो होइन,’ उनले भने।

यस्ता सबैखाले घटनाक्रमलाई मध्यनजर गर्दै कांग्रेसले गठबन्धन गर्न नहुने उनले बताए। अब कांग्रेसले एक्लै चुनाव लडेर बहुमततर्फ उन्मुख हुनका लागि पार्टीलाई बलियो बनाउने बेला आएको उनको भनाइ छ। महरले कांग्रेसले लोकतान्त्रिक चरित्रको जगेर्ना गर्न आवश्यक रहेको औंल्याए।न्युजकारखाना

काठमाडौं, १३ माघ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र  चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानको शिष्टाचार भेट भएको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त भेटघाट भएको हो । उक्त भेटघाटमा दुइ देशका हित र आपसी समझदारीसहित बिकास निर्माणका बारेमा छलफल भएको छ ।

उक्त भेटघाटमा चिनिया राजदुत तथा एमाले बिदेश बिभाग प्रमुख राजन भट्टराइलगायतकाे उपस्थिति रहेकाे थियाे ।

हिजो मात्र नेपाल आएकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री हायानले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।न्युजकारखाना
(फाेटाेफिचर)

काठमाडौं, १३ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत जाँदैछन ।

सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन भने उनी १५ गते स्वदेश फर्कने छन् ।

 

सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछने सहभागी हुनेछन । जसअनुसार रास्वपा सभापति  लामिछाने र उपसभापति डीपी अर्याल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन । उनीहरूले आज नयाँ दिल्ली र भोलि हैदरवादमा आयोजित कार्यक्रममा सहभागी हुने केन्द्रिय सदस्य दिपक बाेहराले जानकारी दिए ।

 

 

माघ १३ र १४ गते भारतका बिभिन्न कार्यक्रममा रहने भएकाले उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।

रौतहट, १३ माघ ।

नेकपा एमालेका सचिब तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा शुरु भएका बिकाशका योजनाहरु गठबन्धन सरकारले ठप्प पारेको बताएका छन ।

रौतहटको गरुडामा शुक्रवार आयोजित राष्ट्रिय युवा संघको जिल्ला भेलालाइ सम्बोधन गदै सचिव भट्टराईले यस्तो बताएका हुन ।

 

देशलाइ सम्बृद्धि बनाउने अभियान अन्र्तगत एमाले सरकारको पालामा ल्याएको बिकाशका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले बिकाशका कामहरु ठप्प अबस्थामा रहेको सचिब भट्टराईको भनाइ थियो ।

 

युवाहरुलाइ स्वरोगार बनाउने, औधोगिक क्षेत्रको बिकाशका योजनाहरु, भौतिक पुर्वाधारका बिकाशका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिब भट्टराईले बताएका हुन ।  ‘अहिलेको अबस्थामा अन्य दलहरु एकातर्फ छन भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफनो बिचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पुर्वमन्त्री समेत रहेका भट्टराईले भने ।

 

नेकपा एमाले सबै जाती र सबै धर्मको एकताको पक्षमा रहेको बताउदै अगाडी भने, ‘नेकपा एमाले अहिले तराइ मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेशका एमालेमय बन्ने छ ।’ यस्तै उहाँले पार्टी बिभाजनलाई मेटदै रौतहट बिस्तारै पुरानै अबस्थामा पुगिरहेकोसमेत बताए ।

 

राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर बिरोध शुरु भएको बताउदै सचिब भट्टराईले बिस्तारै यो गठबन्धन भत्किने ठोकुवा समेत गरेका छन । एमालेको जनमत अझै बढदै गएको उल्लेख गर्दै भट्टराईले देशको सम्बृद्धिको लागि आउदो निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहमा एमाले जित्नुपर्ने बताए ।

 

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोतम पौडेल, केन्द्रीय सदस्य उद्धब रेग्मी, अजयकुमार गुप्ता, रेखा झालगायतले युवाको परिचालनको बारेमा आ आफनो धारणा राखेका छन । आउदो माघ २५ र २६ गते नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन हुदैछ ।

 

अधिवेशनलाई भब्य रुपमा सफल बनाउन युवा परिचालनको लागी युवा संघको शुक्रबार बैठक राखिएको थियो । बैठक युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबको अध्यक्षतामा बसेको थियो । जिल्ला अधिवेशनको लागि आज १८ वटै पालिकामा प्रतिनिधि चयन हुदैछ । अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।न्युजकारखाना

काठमाडौं, १२ माघ ।

परराष्ट्रमन्त्री एनपी साउदले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्ने बताएका छन्। मन्त्री साउदले नयाँ बानेश्वरस्थित होटल एरेस्टमा शुक्रबार आयोजित ‘अवार्ड फर एक्सेलेन्स’ कार्यक्रमलाई सम्बोधन गर्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउँदै थप गृहकार्य आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ। आन्तरिक पनि बाह्यरुपमा पनि हामीले लगानीको वातावरण बनाउनुपर्दछ। आन्तरिक रुपमा हाम्रा जति पनि लगानीकर्ताहरु छन्, उनीहरूलाई अझ बढी लगानी गर्न र नेपालमै लगानी गरी प्रतिफल हात पार्न सकिन्छ भन्‍ने सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ।’

मन्त्री साउदले आर्थिक कूटनीतिलाई पनि तीव्रता दिनका लागि काम गरिरहेको बताएका छन्। थपे, ‘लगानी सम्मेलनका लागि परराष्ट्रमन्त्रीको हैसियतले आर्थिक कूटनीतिको पाटो महत्वपूर्ण छ र यसका लागि हामीले काम गरिरहेका छौं।’

उनले विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन लगानीसम्बन्धी नीतिमा भएका सुधारहरु देखिने गरी बुझाउन पनि आवश्यक रहेको बताएका छन्। भने, ‘कुनै पनि लगानी सम्मेलन नेपालमा हुनुभन्दा अगाडि हाम्रो लगानी नीतिमा विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन के-के सुधार गर्न सक्यौं, त्यो कुरोचाहीँ पहिले प्रस्तुत हुन आवश्यक छ। त्यो काम जति चाँडो हामीले गर्न सक्छौं, त्यो मोडल लिएर हामीले यी-यी कुराहरु गर्न सक्यौं भनेर बाह्य लगानीकर्ताहरुलाई भन्‍नसक्छौं- तपाईंहरु आउनुस्, त्यसको प्रतिफल पनि आफ्नो देशमा सुरक्षित लैजान सक्‍नुहुन्छ।’

मन्त्री साउदले नेपालमा गर्ने लगानी पनि प्रतिफलमुखी हुने, फाइदा हुने र पुन:लगानी गरेर त्यसो नाफालाई आफ्नो देशमा लैजान सुरक्षा दिन सकिन्छ भन्‍ने प्रत्याभूति दिलाउन सक्नुपर्ने बताउका छन्। भने, ‘यो काममा सरकारको मन्त्रिमण्डलको तर्फबाट परराष्ट्रमन्त्रीको तर्फबाट म पनि आफ्नो किसिमले कोशिस गर्छु, लगानी बोर्ड र अन्य निकायहरुले पनि विशेष गरेर लगानी सम्मेलनका लागि काम गरिरहनु भएको छ। लगानीको लगानीमैत्री ढाँचा आइसकेपछि अनि त्यो सम्मेलनको प्रभावकारिता बढ्छ। लगानीमैत्री वातावरण बनाउन सकेनौं भने ‘ठूला’ मान्छेहरु आउँछन्, हात मिलाउँछन् र जान्छन्। हामीले लगानीका क्षेत्रमात्रै पनि पहिल्याउन सकेनौं भने पनि त्यो सम्मेलन रिट्रिट मात्रै हुन्छ, परिणाम हात पार्न सक्दैनौं। यसमा संवेदनशील भएर हेर्नुपर्ने र विचार पुर्‍याउनुपर्ने मैले देखेको छु।’न्युजकारखाना

काठमाडौं, १२ माघ।

नेकपा एमालेमा महासचिव शंकर पोखरेलले  सरकारले नागरिकमा निराशा बढाउने काम गरेको बताएका छन् ।

 

शुक्रबार नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशन  उद्घाटन गर्दै पोखरेलले अहिलेको सङ्कटको कारण नै गठबन्धन सरकार भएको बताए । गठबन्धनले मुलुकका कुनै पनि समस्या समाधान गर्न सक्दैन भनेर एमालेले पहिला नै भनेको कुरा प्रमाणित भएको उनले बताए । ‘आज गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा पुगेको छ’, उनले भे ।

 

देशको स्वाधीनता, स्वाभिमान र रक्षको मामलामा इतिहासकै नालायक र कमजोर सरकारको रूपमा अहिलेको सरकार रहेको पोखरेलले बताए । ‘कुनै एउटामा होइन, हरेक मामिलामा यो सरकार असक्षम र असफल साबित भएको छ’, उनले भने ।

 

सरकारको विकास निर्माणको काममा कुनै तत्परता नदेखिएको भन्दै उनले आलोचना गरे । उल्टो एमालेको पालामा सुरु भएको राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजनाको वर्तमान सरकारले बजेट कटौतीको काम गरेको उनले बताए । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन अनेक क्षेत्रका बजेट गठबन्धन सरकारले कटौली गरेको पोखरेलले बताए ।

 

गठबन्धन सरकार जनताको सरकार नभएर भ्रष्ट, दलाल र तस्करहरूको सरकार भएको उनले बताए । केही दुई नम्बरी काम गर्ने व्यक्तिहरू सरकारको नजिक पुगेर मालामाल भएका उहाँको टिप्पणी छ । सरकारले अवैध अर्थतन्त्रको विकास गरेर देशमा व्यवसायको वातावरण बिगारेको उनको भनाइ छ ।

 

सरकारको तर्फबाट भएका सबै कमजोरी लुकाउन त्यसमा एमालेलाई जोड्ने प्रयत्न पटक पटक गरिएका भए पनि त्यो असम्भव भएको उनले बता । एमाले सरकारमा नै नभएको बेलमा पनि एमाले माथि प्रहारको निशाना सोझ्याउने काम भएको भन्दै पोखरेलले आपत्ति जनाए ।

 

याे सरकार माथि अब जबरजस्त दबाब सिर्जना गर्न आवश्यक रहेको उ बताए । मुलुकलाई रसातलमा पुर्‍याउने गठबन्धनका विरुद्ध आँधीबेहरी ल्याउने पर्नेमा उहाँले जोड दिनुभयो ।

 

केपी ओली नेतृत्वको सरकारले हरेक मामिलामा अग्रगामी भूमिका निर्वाह गरेको उनले दाबी छ । विकास र समृद्धिको काम केपी ओलीको पालामा अग्रगामी हिसाबले अघि बढेको उनले बताए । एमाले सरकारको पालमा कयौँ राष्ट्रिय गौरवका आयोजना अघि बढेका उनले सुनाए । अन्तराष्ट्रिय फोरममा समेत नेपालको प्रधानमन्त्रीले के बोल्छ भनेर सुन्ने वातावरण एमालेको पालामा बनेको उनले प्रष्ट पारे ।

 

 

नेकपा एमाले सरकारमा नहुँदा मुलुक कमजोर हुँदो रहेछ भन्ने कुरा प्रमाणित भएको उनले बताए। मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको लागि वर्तमान सरकार अभिशाप साबित भएको उनले टिप्पणी गरे। न्युजकारखाना

काठमाडौं, १२ माघ ।

विभिन्न देशसँग भएका सन्धि सम्झौतासहित देशका महत्वपूर्ण कागजात सुरक्षित नराख्ने तथा नष्ट गर्नेलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने मौखिक प्रस्ताव संसदीय समितिमा राखिएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विभिन्न देशसँग भएका सन्धि सम्झौतासहित देशका महत्वपूर्ण दस्तावेजहरु सुरक्षित नराख्ने तथा नष्ट गर्ने जिम्मेवार व्यक्तिलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने मौखिक प्रस्ताव राखेकी हुन् ।

 

बैठकमा ‘अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयक’माथि भएको छलफलमा भाग लिँदै उनले राज्यको महत्वपूर्ण कागजात नष्ट गर्नेहरुलाई कम्तीमा २० वर्ष जेल र अधिकतम आर्थिक जरिवाना हुने गरी प्रचलित व्यवस्था संशोधन गर्नुपर्ने बताइन् ।

‘देशको इतिहास, सन्धि÷सम्झौताहरु, महत्वपूर्ण कागजातहरु सबै डिस्ट्रोइ गरे पनि जरिवाना पाँच हजार रुपैयाँ ?’ भन्दै प्रश्न गरेकी उनले भनिन्, ‘नेपालले गरेको सन्धिहरु कसैले डिस्ट्रोइ गर्छ, बिगार्छ, नष्ट गर्छ, लिग गर्छ भने त्यो राष्ट्रद्रोहको लेवलमा कारबाही गर्नुपर्छ । कम्तीमा २० वर्ष जेल र अधिकतम आर्थिक जरिवाना हुने गरी प्रचसलत व्यवस्था संशोधन गर्नुपर्छ ।’न्युजकारखाना

काठमाडौं, १२ माघ ।

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको भोलिपल्ट कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेता डा. शेखर कोइराला निवासमा पुगेका छन् । विराटनगरस्थित कोइराला निवासमा शुक्रबार उनी पुगेका हुन् ।

२०७४ र २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका सिटौला बिहीबार भएको राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष बन्ने दौडमा रहेका भनिएका सिटौला पार्टीका नेता कोइरालालाई भेट्न पुगेका हुन् । कांग्रेसभित्र इतर समूहको नेतृत्व लिएका कोइरालाले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।
न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।