२०८३ बैशाख १३
२०८३ बैशाख १३

काठमाडौं, २३ फागुन ।

पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन ।

 

जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन ।

 

जसका लागि राष्टपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

 

यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिदैँछन । बिना बिभागीय मन्त्रीको हैसियतमा सपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

 

प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड

नेकपा एमालेका मन्त्रीहरूः

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवति चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि तथा सहकारी

बलराम अधिकारी, भूमि व्यवस्था

 

माओवादीका मन्त्रीहरू

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सुचना तथा सञ्चार

हितबहादुर तामाङ,  संस्कृति तथा पर्यटन

 

रास्वपाका मन्त्रीहरू

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम तथा राेजगार

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा तथा बिज्ञान      न्युज करखाना

काठमाडौं, २३ फागुन ।

नेकपा माओवादी केन्द्रका पुनर्गठित सरकारमा अधिकांस पुरानैले निरन्तरता पाएका छन् ।

 

पुराना मन्त्री मध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयवाट सरूवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटै कार्यकालमा श्रेष्ठले तीन तीन मन्त्रालयको जिम्मेवारी पाएका छन । जसअनुसार सुरूमा नेकपा एमाले र माओवादीको गठबन्धन हुदाँ उपप्रधानमन्त्रीसहित भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर कांग्रेस–माओवादीको अर्को गठबन्धन भयो । त्यसमा उनी भौतिकवाट सरूवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे ।

 

अहिले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुदाँ श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन । उनले आजै परराष्ट मन्त्रीको हैसियतमा सपथ ग्रहण गर्दैछन् ।

 

साथै, माओवादीले सबै मन्त्रीहरूलाइ दोहोरयाउँदै पर्यटन मन्त्री सुदन किराँती भने यो पटक आउट हुने एक्ला मन्त्री भएका छन । उनले सम्भवतः नदोहरिने संकेत पाएर हुन सक्छ हिजो नै पुल्चोकस्थित मन्त्री क्वाटरवाट झिटीझाम्टा लिएर बाहिरएका थिए । किराँतीले जिम्मेवारी लिएको पर्यटन मन्त्रालयमा हितबहादुर तामाङ आउने सम्भावना देखिएको छ ।

 

तर, यसअघि कांग्रेसको गठबन्धनमा रहेका तीन मन्त्री भने पुनः दोहरिने भएका छन । जसअनुसार श्रेष्ठसहित सुचना तथा सञ्चारमन्त्री रेखा शर्मा, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत दोहरिएका छन । न्युज करखाना

काठमाडौं, २३ फागुन ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुन र समर्थन जनाउनु अघि मधेस प्रदेशका भावी नेतृत्वका लागि लडाइ सुरू भएको छ ।

 

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन तथा समर्थन जनाउन अनुरोध गरे पछि जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले मधेस प्रदेश सरकारको सुनिश्चितता खोजेका हुन । दुबै पार्टीले मधेस प्रदेशको सुनिश्चितता खोजे पछि प्रधानमन्त्री प्रचण्डलाइ दुबै पार्टी मिलाउन सकस पर्ने देखिएको छ ।

 

सोही बिषयका कारण जसपा नेपालको आज बिहान बसेको कार्यकारिणी समितिको बैठक बिना कुनै निष्कर्ष सकिएको थियो । मुख्यतयाः मधेस प्रदेशका मुख्यमन्त्री दिन एमाले र माओवादीले प्रतिबद्दता जनाउनु पर्ने अनि मात्रै केन्द्रका बारेमा निर्णय लिनु पर्ने भन्ने बहुमत सदस्यले धारणा राखे पछि जसपाकाे आजको कार्यकारिणी समितिको बैठक बिना निष्कर्ष टुंगिन पुगेकाे हाे । कुनै निर्णय गर्न नसके पछि सोको सुनिश्चितता खोज्न बैठक लगत्तै अध्यक्ष उपेन्द्र यादव पार्टीका अर्का नेता राजेन्द श्रेष्ठलाइ लिएर वालुवाटार गएका थिए ।

उता, मधेस प्रदेशको मुख्यमन्त्री सुनिश्चित भए पछि मात्रै जनमत पार्टी प्रचण्ड सरकारमा सामेल हुने सन्देश प्रधानमन्त्री प्रचण्डलाइ पठाएको छ । एमाले र माओवादी गठबन्धन सरकारमा सामेल हुनका लागि जनमत पार्टीले मधेस मुख्यमन्त्रीको सुनिश्चितता खोजेको हो ।

 

यसअघि एमालेसहितको गठबन्धन हुदाँ २०७९ पुस १० गते भएको सहमति अनुसार एक बर्ष पछि जनमतले मधेस प्रदेशको मुख्यमन्त्री पाउने भन्ने थियो तर डेढ बर्ष लाग्नै खोज्दा पनि जनमतले सो सहमति अनुसारको मुख्यमन्त्री पाएको छैन ।

 

‘यसअघि निर्वाचन लगत्तै २०७९ पुस १० गते एमाले र माओवादीसँग भएको सहमति अनुसार एक बर्ष पछि मधेश प्रदेशको मुख्यमन्त्री जनमतको हुने भन्ने सहमति भएको थियो, त्यो सहमति अझै कार्यान्वयन भएको छैन, जबसम्म मधेस प्रदेशमा जनमतले मुख्यमन्त्रीको सुनिश्चितता पाउँदैनन, तबसम्म केन्द्र सरकारमा जाने कुनै निर्णय हुन सक्ने अवस्था छैन,’ प्रवक्ता शरदसिंह यादवले सञ्चारकर्मीसँग भने । उनका अनुसार मधेस मुख्यमन्त्री सुनिश्चितता भए पछि प्रचण्ड सरकारमा सहभागिता हुने वा समर्थन जनाउने बारेमा पार्टीले निर्णय गर्ने उनले जनाएका छन ।

 

जसपा नेपाल र जनमत दुवैले मधेस प्रदेशको मुख्यमन्त्रीमा सुनिश्चितता खोजे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने राजनीतिक संकटमा परेका छन । न्युज करखाना

 

काठमाडौं, २३ फागुन ।

मधेस प्रदेशको मुख्यमन्त्री सुनिश्चित भए पछि मात्रै जनमत पार्टी सरकारमा सामेल हुने भएको छ ।

 

नेकपा एमाले र नेकपा माओवादी गठबन्धन सरकारमा सामेल हुनका लागि जनमत पार्टीले मधेस मुख्यमन्त्रीको सुनिश्चितता खोजेको हो ।

 

यसअघि एमालेसहितको गठबन्धन हुदाँ पुस १० गते भएको सहमति अनुसार एक बर्ष पछि जनमतले मधेस प्रदेशको मुख्यमन्त्री पाउने भन्ने थियो तर डेढ बर्ष लाग्नै खोज्दा पनि जनमतले सो सहमति अनुसारको मुख्यमन्त्री पाएको छैन ।

 

‘यसअघि निर्वाचन लगत्तै २०७९ पुस १० गते एमाले र माओवादीसँग भएको सहमति अनुसार एक बर्ष पछि मधेश प्रदेशको मुख्यमन्त्री जनमतको हुने भन्ने सहमति भएको थियो, त्यो सहमति अझै कार्यान्वयन भएको छैन, जबसम्म मधेस प्रदेशमा जनमतले मुख्यमन्त्रीको सुनिश्चितता पाउँदैनन, तबसम्म केन्द्र सरकारमा जाने कुनै निर्णय हुन सक्ने अवस्था छैन,’ प्रवक्ता शरदसिंह यादवले सञ्चारकर्मीसँग भने ।

 

उनका अनुसार मधेस मुख्यमन्त्री सुनिश्चितता भए पछि प्रचण्ड सरकारमा सहभागिता हुने वा समर्थन जनाउने बारेमा पार्टीले निर्णय गर्ने उनले जनाएका छन ।न्युज करखाना

 

काठमाडौं, २३ फागुन ।

नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंग्याएको छ ।

 

जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाइ दोहोरयाउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो भने पुनर्गठित मन्त्रीमण्डलमा नयाँ दुइ अनुहार थपिएका छन ।

 

जसअनुसार नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र बर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (उर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकी)लाइ पुनर्गठित मन्त्रीमण्डलमा समेटिने भएको छ । प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुन ।

 

सम्भवतः आजै सपथ ग्रहण कार्यक्रम हुनेछ । न्युज करखाना

काठमाडौं, २३ फागुन ।

नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा शिर्ष नेतृत्व नपठाउने भएको छ ।

 

नेपाली कांग्रेससँग गठबन्धन तोडेर हालै एमालेसँग नयाँ गठबन्धन गरेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ‘जुनियर नेता’ले प्रतिनिधित्व गर्ने भएका छन ।

 

जसअनुसार एमालेबाट रघुवीर महासेठको नेतृत्वमा प्रारम्भिक चरणमा ७ जनाको नामावली प्रधानमन्त्री प्रचण्डलाइ बुझाउने भएको छ । स्रोतका अनुसार यसअघि सपथ लिएर बिना बिभागीय मन्त्री रहेका पदम गिरीसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाइ मन्त्रीमा सिफारिस गरिएको छ ।

 

हालसम्म महासेठको बाहेक एमालेका अन्य नेताको कुन मन्त्रालय पाउने हो ? भन्ने ठोस गरिसकिएको छैन् । छलफल जारी छ । न्युज करखाना ा

काठमाडाैं, २३ फागुन ।

प्रमुख तीन दलले मन्त्रालय र जिम्मेवारी बाँडफाड लगभग टुंग्याएका छन ।

 

जसअनुसार नेकपा एमालेवाट रघुवीर महासेठले भाैतिक तथा पुर्वाधार मन्त्रालयसहित सरकारमा सहभागी हुने भएका छन भने नेकपा माअाेवादी केन्द्रवाट नारायणकाजी श्रेष्ठ दाेहाेरिन पुगेका छन । परराष्ट्र मन्त्रालयकाे जिम्मेवारीसहित जान लागेका श्रेष्ठसँगै बर्षमान पुनले अर्थ मन्त्रालयकाे जिम्मेवारी लिने बुझिएकाे छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीवाट उपप्रधानसहित रवी लामिछानेले गृह मन्त्रीकाे जिम्मेवारी लिने भएका छन भने शिक्षा मन्त्रालयकाे जिम्मेवारीमा सुहाना श्रेष्ठ तथा श्रम मन्त्रालयकाे जिम्मेवारीमा डीपी अर्याल, युवा तथा खेलकुदकाे जिम्मेवारीमा विराजभक्त श्रेष्ठ जाने भएका छन  ।

 

याे अनाैपचारिक सहमति भए पनि यसले मुर्तता पाउन बाँकी रहेकाे छ । न्युज करखाना ा

दाङ, २३ फागुन ।

लुम्बिनी प्रदेशमा नेकपा माओवादीका दुइ मन्त्री बर्खास्तमा परेका छन् ।

 

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई  मन्त्रीलाई  बर्खास्त  गरेका हुन ।

 

जसअनुसार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री  धनबहादुर  मास्की राना र शहरी  विकास मन्त्री  कृष्णा  केसीलाई  बरखास्त गरेका हुन् ।

 

केन्द्रमा नेकपा एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरे पछि नेपाली कांग्रेसवाट निर्वाचित मुख्यमन्त्री चौधरीले माओवादीका दुइ मन्त्री बर्खास्त गरेर बदला लिएका हुन् ।न्युज करखाना ा

काठमाडौं, २३ फागुन ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार प्रचण्ड सरकारको मन्त्रीमण्डलमा सिट संख्या लगभग टुंगिएको हो ।

 

‘सिट संख्या लगभग टुंगिएको छ, अन्य दलसँग छलफल गरेर सबै मन्त्रालयको टुंगो गर्ने भन्ने छ,’ एक नेताले भने, ‘मन्त्रालयको जिम्मेवारी वाँडफाँड भने सरकारमा सहभागी हुने दलको टुंगो लागे पछि मात्रै निष्कर्षमा पुग्न कुरा छ ।

जसअनुसार  एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने प्रारम्भिक सहमति भएको बाँकी मन्त्रालय नेकपा एसलगायतलाइ दिइने बुझिएको छ ।न्युज करखाना ा

काठमाडौं, २३ फागुन ।

नेपाली कांग्रेसले संसदीय दलको बैठक भोली बस्दैछ ।

 

बैकल्पिक सत्ता गठबन्धनका लागि प्रयास गरिरहेको कांग्रेसले भोलीका लागि दलको बैठक बोलाएको हो । बैठक बिहान ९ बजे बस्नेछ ।

सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेको कांग्रेसले संसदीय दलको बैठकमा समसमायिक राजनीति तथा भोली हुने संसदको बैठकमा पार्टीको प्रस्तुतिका बारेमा छलफल गर्ने बुझिएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय हिजो गरे पछि संसदमा खेल्ने भुमिकाका बारेमा सभापति देउवाले थप निर्देशन दिने बुझिएको छ।न्युज करखाना ा

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।