२०८३ श्रावण २६
२०८३ श्रावण २६

नयाँदिल्ली, २७ चैत ।

नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी मामिलामा दिल्ली उच्च अदालतले आज अर्थात् ९ अप्रिलमा फैसला सुनाउने भएको छ ।

 

मुख्यमन्त्री  केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै याचिका दायर गरेका छन्। आफ्नो गिरफ्तारीसँगै केजरीवालले ईडीको हिरासतमा राख्ने आदेशलाई पनि चुनौती दिएका छन्।

अदालतको वेवसाइटमा उपलब्ध जानकारी अनुसार न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले आज दिउँसो २ः३० बजे फैसला दिनेछ । यसअघि गत अप्रिल ३ मा न्यायाधीश शर्माले दुवै पक्षको करिब चार घण्टासम्म सुनुवाइ गरेपछि आफ्नो निर्णय सुरक्षित राखेका थिए ।

रुस एभिन्यू अदालतमा मार्च २८ मा भएको सुनुवाइ पछि अरविन्द केजरीवालको रिमाण्ड चार दिन अर्थात् अप्रिल १ सम्म बढाइएको थियो । अप्रिल १ मा ईडीले मुख्यमन्त्रीलाई न्यायिक हिरासतमा पठाउन अदालतमा माग गरेको थियो। त्यसपछि उनलाई १५ अप्रिलसम्म तिहाड जेल पठाइएको थियो ।

केजरीवालभन्दा पहिले पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, पूर्वमन्त्री सत्येन्द्र जैन र राज्यसभा सांसद सञ्जय सिंह पनि मदिरा नीति मुद्दामा पक्राउ परेका छन् । तर, यस मुद्दामा सञ्जय सिंहले सर्वोच्च अदालतबाट जमानत पाएका छन् ।

 

अर्को मामलामा, सञ्जय सिंह र अरविन्द केजरीवालले राहत पाउन सकेनन्। वास्तवमा, गुजरात विश्वविद्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीको डिग्रीमा गरेको कथित टिप्पणीको लागि दुबै आपका नेताहरू विरुद्ध आपराधिक मानहानि मुद्दा दायर गरेको छ।

 

मुद्दामा अदालतले दुवै नेतालाई बोलाएको छ । यो सामना रद्द गर्न उनले गुजरात उच्च अदालतमा याचिका दायर गरेका थिए, जुन खारेज भएको थियो। यसपछि सञ्जय सिंह ८ अप्रिलमा सर्वोच्च अदालत पुगेका थिए । त्यहाँ पनि उनको निवेदन खारेज भएको थियो ।न्युज कारखाना

हैदाराबाद, २७ चैत ।

विजय देवरकोंडाको नयाँ फिल्म ‘द फैमिली स्टार’ गत ५ अप्रिलमा रिलिज भएको थियो। फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेको छैन । साथै चलचित्रले समीक्षकको आलोचना पनि पाइरहेको छ । यसलाई विजयको करियरको सबैभन्दा कमजोर फिल्म भनिएको छ ।

 

यसैबीच विजयका म्यानेजर र उनको फ्यान क्लबका अध्यक्ष भने अहिले प्रहरीको पुगेका छन् ।  उनले विजय र उनको फिल्म खिलाफ विरुद्ध जानीजानी इन्टरनेटमा नकारात्मकता फैलाइएको गुनासो गरेका छन् ।

 

एक प्रयोगकर्ताले फोटो साझा गर्दै सो उजुरी पछि प्रहरीले पनि कारबाही सुरू गरेको र नक्कली खाता हटाउने काम भइरहेको  लेखेका छन् । विजयका पछिल्ला चार फिल्मले बक्स अफिसमा खासै प्रदर्शन गर्न सकेनन् । यो सूचीमा  ‘लिगर’,  ‘वर्ल्ड फेमस लभर’,  ‘डियर कम्रेड’ र  ‘खुशी’ जस्ता नामहरू परेका थिए। उनको भर्खरै रिलिज भएको ‘द फ्यामिली स्टार’ ले पनि बक्स अफिसमा त्यति राम्रो प्रतिक्रिया पाइरहेको छैन् ।

 

ट्रेड वेबसाइट सक्निल्कका अनुसार फिल्मले ५.७५ करोडको ओपनिङ गरेको थियो । त्यसपछि, पहिलो सप्ताहन्तमा १२.३ करोड कमाई गरेको रेकर्ड गरिएको छ ।

 

‘द फ्यामिली स्टार’लाई लिएर नकारात्मक कुराहरु लेखिएका छन् । यो सिलसिला फिल्म रिलिज पछि सुरु भएको हो । यसअघि पनि फिल्म र विजयलाई ट्रोल गरिएको थियो । विजयले एकपटक आफूलाई किन ट्रोल गरिएको हो भन्ने कुरा बुझ्न नसकेको बताएका थिए । अब विजयका म्यानेजर अनुराग पार्वतनेनी र उनको फ्यान क्लबका अध्यक्ष निशान्त कुमारले ट्रोलिङको स्क्रिनसट प्रहरीलाई बुझाएका छन् ।

 

धेरै फेक अकाउन्टको सहयोगमा विजयविरुद्ध नकारात्मक अभियान चलिरहेको बताइएको छ । तीमध्ये धेरैलाई हटाइसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

‘द फ्यामिली स्टार’को कमजोर संग्रहमा ट्रोलिङले कति भूमिका खेल्छ भन्न गाह्रो छ । सामान्यतया एउटा स्टारको फिल्म आउँदा अर्को स्टारका फ्यानले पाना ट्रोल गर्ने गर्छन् । तर दर्शकले तपाईंको फिल्म मन पराए भने ट्रोलिङ इन्टरनेटमा मात्रै सीमित रहन्छ । विजय देवरकोंडा र मृणाल ठाकुरको फिल्म ‘द फैमिली स्टार’ ले समीक्षामा राम्रो प्रतिक्रिया पाइरहेको छैन। फिल्मको पहिलो सप्ताहन्त अपेक्षाभन्दा धेरै कम थियो । यस्तो अवस्थामा चलचित्र उभिन सक्छ कि सक्दैन त्यो समयले नै देखाउने छ ।
न्युज कारखाना

सुर्खेत, २७ कार्तिक ।

कर्णाली प्रदेशमा आज नयाँ सरकारका लागि दरखास्त दिइदैँछ ।

 

कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिने भए पछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन लागेको हो ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले गत  चैत २१ गते राजीनामा दिएपछि कर्णालीमा मुख्यमन्त्री पद रिक्त अवस्थामा पुगेको छ ।

प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ः५० बजेभित्र समय दिएका छन् ।

 

प्रदेश प्रमुख परियारले दिएको समयसिमा अनुसार  नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री दावी गर्दैछन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवाश्यक पर्दछ ।

जसका लागि नेकपा माओवादी केन्द्रको १३, एमालेका १० र एकीकृत समाजवादीको १ सहित २४ सिटको स्पस्ट बहुमत रहेको छ ।
न्युज कारखाना

काठमाडौ, चैत २७ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ ।

बुधबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ०१ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ६६ पैसा तोकिएको छ ।

 

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ६३ र बिक्रीदर ८८ रूपैयाँ ०२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ८४ पैसा र बिक्रीमा ९८ रूपैयाँ २८ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८० पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम गरेको जनाइएको छ ।

 

यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २७ रूपैयाँ ९९ पैसा र बिक्रीदर २८ रूपैयाँ १२ पैसा कायम गरेको छ ।

 

साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ४७ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ४२ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
न्युज कारखाना

काठमाडौ, चैत २७ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

 

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १२०, नेपाली मेवा ८० चुकुन्दर ६० र आभोकाडो ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

समितिका अनुसार लोकल सानो गोलभेडा ३० र भारतीय ठूले गोलभेडा ७०, अदुवा २४०, रातो आलु ४० र रातो भारतिय आलु ३८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २०, लौका ६०, कागती २४०, लोकल काक्रो ९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

 

तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २५, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ६० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ र टाटे सिमी ६० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ३० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ७० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग १४० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ४० र पुदीना १५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १७० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा १५, भिण्डी १०० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।

 

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३३० र मंगुरी माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ ।
न्युज कारखाना

मुम्बइ, २७ चैत ।

चलचित्रमा आफ्नो अभिनय र वास्तविक जीवनमा आफ्नो स्पष्ट बोल्ने शैलीका कारण चर्चित अभिनेत्री जया बच्चन आजवाट  ७६ वर्षमा प्रवेश गरेकी छिन् ।

 

बिग बि अर्थात अभिताभ बच्चनकी श्रीमती  जयालाई सन् १९९२ मा पद्मश्री अवार्डबाट सम्मानित गरिएको थियो । १५ वर्षको उमेरमा फिल्ममा प्रवेश गरेकी जया बच्चन कहिल्यै पनि अभिनेत्री बन्न चाहेकी थिइनन । खासमा जया सानैदेखि सेनामा भर्ना हुन चाहन्थिन् ।

 

त्यतिबेला सेना भर्तीमा महिलालाई नर्सको मात्रै जागिर दिइन्थ्यो तर जया नर्स बन्न चाहँदैन थिइन् । उनी लडाकु सेनाको एक हिस्सा हुन चाहेकी थिइन । जया आफैंले नातिनी नव्या नवेलीको पोडकास्टमा यो कथा सुनाएकी हुन्।

 

उनी भन्छिन् कि त्यतिबेला महिलालाई हेरचाह गर्न राम्रो मानिन्थ्यो। सन् २००४ मा जया राजनीतिमा प्रवेश गरिन् र सफल पनि भइन् । जया विगत २० वर्ष देखि राजनीतिमा सक्रिय छिन् । चार पटकको राज्यसभा सांसद जया बच्चन र उनका श्रीमान् अमिताभ बच्चनको सम्पति १५७८ करोड भारतीय रुपैयाँ बराबर रहेको छ ।

 

‘सम्बन्धमा म तिम्रो बुवा जस्तो देखिन्छु, मेरो नाम शहन शाह हो,’ यो संवाद तपाई सबैले कुनै न कुनै बेला सुन्नु भएको होला । यो संवाद सन् १९८८ मा रिलिज भएको फिल्म ‘शहन शाह’ को हो । ‘शहेनशाह’ अमिताभको हिट फिल्म मध्ये एक हो ।

 

तर, यो फिल्मको सफलतामा जया बच्चनको ठूलो भूमिका छ भन्ने कुरा कमैलाई थाहा होला । वास्तवमा फिल्म ‘शहेनशाह’ को कथा जया बच्चनले नै लेखेकी हुन् । यो फिल्मले अमिताभलाई नयाँ पहिचान दिएको छ । आज पनि उनका फ्यानहरुले उनलाई यही नामले बोलाउन रुचाउँछन् ।न्युज कारखाना

काठमाडौँ ।

फुटबलर क्रिस्टियानो रोनाल्डो फेरी विवादमा परेका छन् । गएराती सम्पन्न साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्धको खेलमा रोनाल्डोले गरेको व्यवहार विवादमा परेको हो ।

यस खेलको ८६औ मिनेटमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिएका थिए । उनले अल हिलालका खेलाडीलाई धक्का दिएपछि रेफ्रीले रातो कार्ड दिएका थिए । तर रेफ्रीले रातो कार्ड दिदै गर्दा रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । धेरै रोनाल्डोको यस्तो व्यवहारको आलोचना गरेका छन् ।

रोनाल्डोको यस्तो व्यवहारको आलोचना गर्दै उनलाई केहि खेलको प्रतिबन्ध लाग्न सक्ने समेत चर्चा छ । रोनाल्डोलाई थप खेलमा प्रतिबन्ध लगाउने विषयमा भने स्पष्ट जानकारी आएको छैन । यस विषयमा साउदी फुटबल फेडेरेसनले नै अन्तिम फैसला गर्ने बताइएको छ ।

तर रोनाल्डोले मैदानमा गरेको व्यवहार खेल भावना भन्दा विपरित रहेकोले उनलाई केहि खेलको प्रतिबन्ध लाग्ने बताइएको छ ।

यस खेलमा अल हिलालले अल नासरलाई २-१ गोलले पराजित गर्दै सुपर कपको फाइनलमा पुगेको छ ।
न्युज कारखाना

मोजाम्बिक, २७ चैत ।

पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुबेको छ ।

 

सो दुर्घटनामा परी अहिलेसम्म १००  जनाको मृत्यु भएको पुष्टी भएको डिडब्लुले जनाएकाे छ ।

 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसरी मृत्यु हुनेमा धेरै जना बालबालिका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

 

समाचार अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए, जुन क्षमताभन्दा बढी थियो। ५ जनालाई बचाउन सकियो भने धेरै बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ ।

 

स्थानीय सञ्चार माध्यम रेडियो मोजाम्बिकका अनुसार नामपुला प्रान्तको मोजाम्बिक टापु नजिकैको समुन्द्रमा डुङ्गा डुबेको हो । नाम्पुला सचिव जेमे नेटोले भने कि डुङ्गा मोसुरिल छोडेर मोजाम्बिक टापुमा गइरहेको थियो। यसमा सवार सबै मानिस हैजाको रोगबाट बच्न बसाई सरिरहेका थिए ।

 

घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा मानिसहरूलाई उद्धार गरिरहेको र समुद्रको किनारमा धेरै शवहरू देख्न सकिन्छ।

 

जनवरी २०२३ देखि अफ्रिकाका धेरै देशहरूमा हैजा रोग फैलिएको छ। मोजाम्बिकको नामपुला प्रान्त सबैभन्दा बढी प्रभावित प्रान्तहरू मध्ये एक हो। हैजा फैलनुको मुख्य कारण दूषित खाना र पानी हो। यसले बान्ता र पखाला निम्त्याउँछ, जसले निर्जलीकरण निम्त्याउँछ र यदि समयमै उपचार गरिएन भने केहि घण्टा भित्र मृत्यु हुन सक्छ।

 

यही त्रासमा उनीहरू बस्ति छाडेर बाहिरिरहेका थिए ।न्युज कारखाना

एजेन्सी ।

आँप र गर्मी मौसम एकसाथ आउँछन् । दशहरा, केसर देखि बम्बई आप बिना गर्मी मौसम अधुरो हुन्छ । तर, अरू फल जस्तै आँपमा पनि केहि विशेष विशेषताहरू आउँछ । सामान्यतया आँप खानु अघि पानीमा भिजाउनु पर्छ । आखिर, आँप खानुअघि पानीमा भिजाउनुको कारण के हो रु एक रिपोर्टका अनुसार भिजाएर राख्दा त्यसमा रहेको फाइटिक एसिडको स्तर निकै कम गर्न सकिन्छ ।

फाइटिक एसिड के हो ?
फाइटिक एसिड सबै विरुवाको बीउमा पाइने एक अद्वितीय तत्व हो । जसले खनिजको अवशोषणको मात्रा घटाउँछ । यसका कारण मानव शरीरमा यसको प्रभाव बारे धेरै अनुसन्धान भइसकेको छ । फाइटिक एसिडले फलाम, जस्ता र क्याल्सियमको अवशोषणलाई रोक्छ र खनिजको कमीलाई बढावा दिन सक्छ । त्यसैले यसलाई प्रायः एन्टि न्यूट्रिएन्ट भनिन्छ ।

 

आँप कति समय भिजाउनु पर्छ ?
विज्ञहरूका अनुसार आँपलाई प्रशस्त पानीमा कम्तिमा १ देखि २ घण्टा भिजाउनु आवश्यक हुन्छ । तर, यदि तपाईंसँग त्यति धेरै समय छैन भने, २५/३० मिनेट भिजाउनु पनि पर्याप्त हुन सक्छ । विशेष गरी भिजाउनुले पोषक तत्वहरूको अवशोषण मात्र बढाउँदैन तर विभिन्न स्वास्थ्य समस्याहरू जस्तै मुँहासे, छालाको समस्या, टाउको दुख्ने, कब्जियत र आन्द्रा सम्बन्धी चिन्ताहरू रोक्न मद्दत गर्दछ ।

 

आयुर्वेद र आधुनिक विज्ञान दुवैले खानुअघि आँप भिजाएर खानुलाई समर्थन गर्दछ । आयुर्वेदका अनुसार आँप यसको मिठास र शीतल गुणहरूको लागि मूल्यवान छ, जसले शरीरको तापलाई सन्तुलनमा राख्न सक्छ । भिजाउँदा यी गुणहरू बढाउन सक्छ । आधुनिक विज्ञानको परिप्रेक्ष्यमा, आँप भिजाउँदा पानीको मात्रा बढाउँछ जसले थप हाइड्रेटिंग र बनावट र स्वाद सुधार गर्छ ।न्युज कारखाना

मेक्सिको सिटी, २७ चैत ।

मेक्सिकोमा हिजो अर्थात सोमबार बिहान ११ बजे अँध्यारो भयो । यससँगै वर्षको पहिलो पूर्ण सूर्यग्रहण भएको छ । मेक्सिकोसँगै अमेरिका र क्यानडामा पनि यसको प्रभाव देखिएको छ । ग्रहणको बाटोमा पर्ने राज्यहरूमा दिनमा करिब ४ मिनेट २८ सेकेण्डसम्म अन्धकार थियो ।

 

योसँगै ५४ देशमा आंशिक सूर्यग्रहण भएको छ । सोमबार भएको सूर्यग्रहणको कुनै प्रभाव नेपालमा देखिएन किनभने ग्रहण सुरु हुँदा यहाँ रात परेको थियो ।

 

ग्रहणको समयमा अमेरिकाको चक्तो समुदायका महिलाहरु घरबाट बाहिर निस्केर भाँडाकुँडा बजाएका छन् । वास्तवमा उनीहरुको समुदायमा ग्रहणको समयमा ठूलो र कालो गिलहरीले सूर्यलाई खान्छ भन्ने मान्यता रहेको छ । मानिसहरूले त्यो गिलहरीलाई भगाउन भाँडाकुँडा हान्छन्।

 

साथै, अमेरिकाको अर्कान्सासमा सूर्यग्रहणको समयमा ४०० जोडीले विवाह गरेका छन् । न्यूयोर्क टाइम्सका अनुसार सबैले जीवनभर ग्रहण र चन्द्रमा र ताराहरू सँगै देख्ने शपथ लिएका छन् ।

 

सूर्यबाट उत्सर्जित सौर्य उर्जा र वातावरणमा यसको प्रभाव जान्न नासाले ग्रहणको समयमा साउन्डिङ रकेट प्रक्षेपण गरेको थियो। ध्वनि गर्ने रकेटहरू अन्तरिक्षमा धेरै टाढा जान सक्दैनन्। तिनीहरू पृथ्वीको सतहबाट ४८ देखि १४५ किलोमिटरसम्म अध्ययनको लागि प्रयोग गरिन्छ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।