२०८३ श्रावण २६
२०८३ श्रावण २६

 

रौतहट २७ चैत। 

भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका स्थित गएराती भएको आगलागी बाट तीन घर गोठ जलेर नष्ट भएको छ।

 

आगलागीमा परेर घर गोठ भित्र रहेको ७ वटा चौपायाको मृत्यु भएको छ। आगलागी बाट १० लाख रुपैयाँ भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ।

 

गए राती ११ बजेर ४५ मिनेटको समय ईशनाथ ८ मंसरी टोलका बलिराम मिश्राको फुसको गोठ घरमा बालेको घुरबाट आगो सल्कीन गई गोठ घरमा आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुना साथ प्रहरी चौकी रामपुर खापका प्रमुख असई सुरेशमान श्रेष्ठको कमाण्डमा खटि गएको टोली, गाउँले र बोर्डर आउट पोस्ट खापबाट गएको सशस्त्र प्रहरीको सहयोगमा १२ बजेर ५० मिनेटमा आगलागी नियन्त्रण आएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्। आगलागी बाट तीनजनाको घर गोठ र घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो।

 

आगलागीमा परेर स्थानिय बलिराम मिश्राको भौंसी-१, पाडा-१ र बाख्रा-१ जली मरेको छ। त्यस्तै  साईकल थान-३, मोबाईल-२, पंखा-१ र गोठ घर पुर्ण रुपमा जली नष्ट भएको प्रहरीले जनाएको छ।

 

त्यस्तै आगलागी बाट कृष्ण मिश्राको भौंसीको पाडी-१, बाख्रा-१ र माउ- २ जली मरेको छ , अन्नपात, ल्यापटप-१, पंखा-१, ग्यास चुलो-१, नगद रु६० हजार ,गोठ घर पुर्ण रुपमा जली नष्ट भएको छ।

 

त्यसैगरी उदय मिश्राको साईकल-१, दाउरा र गोठ घर पुर्ण रुपमा जली आगलागिमा मानविय क्षेती नभए पनि तीनैजनाको गरेर १० लाख भन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले जानकारी दिएकी छिन।

 

आगलागी लगतै घटनास्थल पुगेका ईशनाथ नगरपालिकाका पूर्व मेयर सन्तोष कुमार मेहताले गाउँले र प्रहरीको प्रयासले ठूलो क्षती हुनबाट जोगिएको बताएका छन। उनले पिडित परिवारको सहयोगको लागि स्थानिय निकाय र जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यानाकर्षण गराएका छन्।न्युज कारखाना

काठमाडौँ ।

जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँछ, त्यसलाई सूर्यग्रहण भनिन्छ । सोमबार राति संसारको अर्को भागमा लाखौं मानिसहरूले आफ्नो टाउको आकाशतिर घुमाउँदै पूर्ण सूर्यग्रहण हेरिरहेका थिए ।

मेक्सिको, अमेरिका र क्यानडाका लाखौं मानिसले सूर्यग्रहण दृश्यको आनन्द लिएका छन् । यो ग्रहण सम्पूर्ण उत्तर अमेरिकी महादेशमा फैलिएको थियो ।

यो मेक्सिकोको तटबाट सुरु भयो र क्यानाडाको न्यूफाउन्डल्याण्डमा समाप्त भयो । नियाग्रा फल्समा रहेको बादलमा पनि ग्रहणको प्रभाव परेको थियो ।

मेक्सिकोको पश्चिमी तटमा रहेको मजातलानमा स्थानीय समय अनुसार बिहान ११ बजेर ७ मिनेटमा पहिलो पटक सूर्यग्रहण देखिएको थियो । त्यो क्षण पनि सूर्यग्रहणको समयमा आएको थियो, जसलाई रिंग भनिन्छ । अर्थात् आकार यस्तो हुन्छ कि आकाशमा औठी चम्किरहेको जस्तो लाग्छ ।

चन्द्रमा सूर्य भन्दा पृथ्वीको ४०० गुणा नजिक छ, तर चन्द्रमा पनि सूर्य भन्दा ४०० गुणा सानो छ । टोटालिटी नामक पुस्तकमा लेखक मार्क लिटम्यानका अनुसार चन्द्रमा व्यासमा २७३ किलोमिटर सानो भएको भए वा त्यसभन्दा टाढा भएको भए मानिसहरूले यस प्रकारको सूर्यग्रहण देख्न सक्ने थिएनन् ।

यस कारणले गर्दा, जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा सीधा रेखा बिन्दुको रूपमा आउँछ, यसले सूर्यलाई ढाक्छ र हामी ग्रहण देख्छौं । सूर्यग्रहण हेर्नेमा सबै उमेरका मानिसहरुको उपस्थिति रहेको थियो ।

कतिपय मानिसहरु सूर्यग्रहणको समयमा कुनै पनि शुभ काम नगर्ने र भगवानको नाम लिनुपर्छ भन्ने विश्वास गर्छन् । तर पश्चिमका केही मानिसहरूको विश्वास यसभन्दा पूर्ण रूपमा भिन्न छ ।

उदाहरणका लागि, अमेरिकी राज्य अर्कान्सासका ३०० जोडीले सूर्यग्रहण र आकाश अँध्यारो हुँदा मात्रै विवाह गर्ने निर्णय गरे । त्यसैले सूर्यग्रहण पूरा हुनेबित्तिकै धेरैले विवाहको केक काटेर नाचगान गरेका थिए । सूर्यग्रहण हेर्न घरबाट टाढा कतै ठाउँमा गएका केही मानिस थिए ।

नियाग्रा फल्स नजिकैको क्रुजमा ३०९ जनाले कपडाबाट सूर्य जस्तो देखिने प्रयास गरे र गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराए ।

हामीले उत्तरी अमेरिकामा कुल सूर्यग्रहणको समयमा यस्तो नाटकीय प्रतिक्रिया नदेख्न सक्छौं, तर हालैको अनुसन्धानले यो अझै पनि विस्मयको भावना सिर्जना गरेर हाम्रो मनोविज्ञानमा बलियो प्रभाव पार्न सक्ने बताउँछ ।

त्यहाँ खगोलीय संयोगहरू भन्दा अचम्मलाग्दो घटनाहरू छन् जसले हामीलाई पूर्ण सूर्यग्रहण अनुभव गर्न अनुमति दिन्छ । पूर्ण सूर्यग्रहण चन्द्रमाको सही आकार र पृथ्वीबाट यसको दूरीमा निर्भर गर्दछ।

चन्द्रमा सूर्यको अगाडिबाट जानको लागि सही कक्षामा छ र केही क्षणको लागि यसको प्रकाश पूर्ण रूपमा रोक्छ । अनुसन्धानका अनुसार, यस्तो अचम्मको घटनाको साक्षीले हामी सबैलाई थप नम्र र अरूप्रति हेरचाह गर्न प्रेरित गर्न सक्छ । जोन्स हप्किन्स विश्वविद्यालयका मनोवैज्ञानिक शान गोल्डीले २०१७ को ग्रहणको मनोवैज्ञानिक प्रभावहरूको जाँच गरे ।

लामो समयदेखि वैज्ञानिकहरूले बेवास्ता गरेको यो क्षेत्र विगत दुई दशकयता वैज्ञानिक अध्ययनको फेसन क्षेत्र बनेको छ । यसलाई आश्चर्य र विस्मयको भावनाको रूपमा परिभाषित गरिएको छ ।न्युज कारखाना

आदरणीय प्रयोगकर्ता,

न्युज कारखाना प्रयोग गरिरहनु भएकोमा धन्यबाद । न्युज कारखानावाट समाचार लिएर तपाइका मिडियामा प्रकाशित भएका समाचारमा सकेसम्म न्युज कारखाना भनेर लेखिदिनु अनुरोध गर्दछौं ।

धन्यबाद ।न्युज कारखाना

काठमाडौं ।

राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रतिनिधिसभा भवनको ल्होत्से हलमा साढे ११ बजेका लागि राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ताको समय तोकिएको छ ।

नयाँ सत्ता समीकरणबनेसँगै राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन् ।

आज मनोनयन दर्तापछि भोलि पौने १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ ।

राष्ट्रियसभाको उपाध्यक्षका लागि प्रतिपक्षी दल नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै सत्ता गठबन्धनबाट भने राष्ट्रिय सभा उपाध्यक्ष एमालेले लिने भएको छ । एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउन सक्ने बताइएको छ ।न्युज कारखाना

काठमाडौं, २७ चैत ।

वेस्ट इण्डिज ए टिम नेपाल टुरमा आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी-२० खेल्ने छ ।

 

यो टी-२० सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ । नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्ने छ ।

 

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ ।

 

टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।

 

हाल नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारीमा रहेको छ ।न्युज कारखाना

बझाङ, २७ चैत ।

बझाङमा हुन गइरहेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाइ सघाउने भएकाे छ ।

 

त्यसका लागि बझाङमा नेकपा माओवादीको बैठक बसिरहेको र केही समयमा यसबारे निर्णय हुने माओवादीका प्रदेश अध्यक्ष हरि चौधरीले जानकारी दिए ।

 

उनका अनुसार आगामी उपचुनावका लागि माओवादीले बझाङमा जनक बुढाले दिएको उम्मेदवार फिर्ता गराइ एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सघाउने औपचारिक निर्णय लिदैँछ । उम्मेदवारी फिर्ता लिनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बझाङ पार्टीलाइ निर्देशन दिएका थिए ।

आगामी १५ वैशाखमा बझाङको प्रदेशसभा– १ मा उपचुनाव हुँदैछ । यसअघि इलाम–२ मा हुने उपचुनावमा पनि माओवादीले एमालेलाई सघाउने निर्णय लिएको थियो ।
न्युज कारखाना

नयाँदिल्ली, २७ चैत ।

एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) र नेसनल इलेक्शन वाचले लोकसभा चुनावको पहिलो चरणमा भाग लिएका १६२५ उम्मेदवारको विश्लेषण गर्दा पहिलो चरणमा भाग लिएका २५२ उम्मेदवारहरूविरुद्ध आपराधिक मुद्दा रहेको जानकारी प्राप्त भएको छ ।

 

एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स एन्ड नेसनल इलेक्शन वाचको प्रतिवेदन अनुसार १५ जना उम्मेदवार आपराधिक मुद्दामा दोषी ठहर भएका छन् । प्रतिवेदन अनुसार एक हजार ६१८ उम्मेदवारमध्ये १६१ जनाले आफूविरुद्ध गम्भीर आपराधिक मुद्दा र सात जनाले हत्यामा संलग्न रहेको बताएका छन् ।

 

प्रतिवेदनमा १९ जना उम्मेदवारले आफूविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाहरू घोषणा गरेको उल्लेख छ । कूल १६१८ उम्मेदवारमध्ये १८ जना उम्मेदवार महिलाविरुद्धको अपराधमा संलग्न छन् भने एकजनामाथि बलात्कारको आरोप छ । यसबाहेक ३५ जना उम्मेदवारले आफैंविरुद्ध घृणापूर्ण अभिव्यक्तिका मुद्दा दर्ता गरेका छन् ।

 

एडीआरले उम्मेदवारहरूको सम्पत्ति पनि विश्लेषण गर्‍यो र खुलासा गर्‍यो कि ३३२ ले उनीहरूको सम्पत्ति २ करोड रुपैयाँभन्दा बढी भएको बताए। जसमध्ये १९३ जना उम्मेदवारसँग ५ करोड रुपैयाँभन्दा माथिको सम्पत्ति छ । १६१८ उम्मेदवारमध्ये २७७ जनाले आफ्नो सम्पत्ति ५० लाखदेखि २ करोड रुपैयाँसम्म रहेको र अन्य ४३६ले १० लाखदेखि ५० लाख रुपैयाँसम्मको सम्पत्ति घोषणा गरेका छन् । ५७३ उम्मेदवारको सम्पत्ति १० लाखभन्दा कम छ ।

 

रिपोर्टका अनुसार भाजपाका ७७ उम्मेदवारहरूमध्ये २८, कांग्रेसका ५६ उम्मेदवारहरूमध्ये १९ र तृणमूल कांग्रेसका पाँच उम्मेदवारहरूमध्ये दुईले आफैंविरुद्ध आपराधिक मुद्दा दर्ता गरेका छन्। राष्ट्रिय जनता दल (आरजेडी) का चारै उम्मेदवार, समाजवादी पार्टीका सात उम्मेदवारहरूमध्ये तीन, बसपाका ८६ उम्मेदवारहरूमध्ये ११, डीएमकेका २२ उम्मेदवारहरूमध्ये १३ र एआईएडीएमकेका ३६ उम्मेदवारहरूमध्ये १३ उम्मेदवारले पनि घटना भएको बताएका छन्। उनीहरु विरुद्ध मुद्दा दर्ता भएको छ ।न्युज कारखाना

काठमाडौं, २७ चैत ।

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गरेको छ ।

 

आज बसेको संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।न्युज कारखाना

सर्लाही, २७ चैत ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ग्राहक सदस्यको मृत्यु पश्चात उसको परिवारलाई हालसम्मकै ठूलो बीमा रकम प्रदान गरेको छ ।

फरवार्ड माइक्रोफाइनान्सले सर्लाहीकी एक ग्राहक सदस्यको दुर्घटनामा मृत्यु भएपछि उसको परिवारलाई कर्जा बीमा बापत  १५ लाख ७५ हजार  भुक्तानी गरेको हो ।

 

इश्वरपुर नगरपालिका वडा नं. १४ की बिन्द्रदेवी धामीले २०७९ साल चैत्र ७ गते फरवार्ड माइक्रोफाइनान्सबाट ७ लाख रुपैंया कर्जा लिएकी थिइन् । उनले नियमित कर्जा किस्ता रकम बुझाउँदै गएकी थिइन् । ६ लाख ६५ हजार २ सय ६७ रुपैंया किस्ता बुझाउन बाँकी रहँदै उनको दुर्घटनामा निधन भएपछि फरवार्डले उनले तिर्ने रकम मिनाहा गरिदिएको जनाएको छ । साथै, बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापत नौ लाख नौ हजार सात सय ३२ रुपैंया प्रदान गरेको छ ।

 

बिन्द्रदेवीले कुल १५ लाख ७५ हजारको बीमा रकम प्राप्त गरेकी छन् । उनलाई २२५ प्रतिशत बीमा बापतको रकम भुक्तानी गरिएको फरवार्ड माइक्रोफाइनान्सले जनाएको छ । फरवार्ड माईक्रोफाइनान्सले एक कार्यक्रम नै गरी इश्वरपुर नगरपालिका प्रमुख मनोज कुमार आचार्यबाट बिन्द्रदेवीका श्रीमान राजबीर धामीलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

 

सो क्रममा बोल्दै इश्वरपुर नगरपालिका प्रमुख आचार्यले बैंक तथा बित्तीय संस्था हाम्रो समाज तथा जीवनको अभिन्न अङ्ग भएको बताउँदै परिवारको जीवनस्तर उकास्न र समाज बिकास गर्न ठुलो मद्दत गर्ने बताए । आचार्यले लघुबित्त बित्तीय संस्था जनताको बचत र बैंकको कर्जाबाट सञ्चालन हुने, बैंक तथा बित्तीय संस्थाले जनताको बचतको सुरक्षा गरी पुँजी निर्माण गरेर जनताको पेशा, व्यापार व्यवसाय बिकास गर्ने जिकीर गरेका छन् ।

 

उनले ब्यतिmगत स्वार्थ पुर्ति गर्नका लागि केही उच्छृङ्कखल ब्यक्ति र समुहले सोझासिधा जनतालाई लिएको कर्जा तिर्न पर्दैन भन्दै उकास्ने, भड्काउने गरेकोमा त्यसको विरोध गरे । लघुबित्त बित्तीय संस्था जनताको बचत र बैकको कर्जाबाट चल्ने भएकाले कसैले कर्जा मिनाहा हुन्छ भन्ने भ्रम फैलाउँदैमा विस्वास नगर्न पनि आग्रह गरे । साथै, आम्दानीको कुनै स्रोत नभएका र एक छाक खानपनि धौधौ भएका, थोरै मात्र कर्जा बाँकी रहेका ऋणीहरुलाई बित्तीय संस्थाहरुले सक्दो सहयोग गर्नुपर्ने धारणा पनि राखे ।न्युज कारखाना

काठमाडौं, २७ चैत ।

कमेडी च्याम्पियनको सुटिङ आजवाट पुनः सुरू हुने भएको छ ।

 

दुइ हप्ता अघि साँगामा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परे पछि स्थगित भएको सुटिङ आजवाट सुरू हुन लागेको हो । जसको जानकारी सो च्याम्पिनयका प्रमुख बिशाल भण्डारीले जानकारी दिएका छन् ।

 

‘के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइव हेर्न चाहानुहुन्छ ? यदि हो भने हाम्रो शूट आज चैत २७ गते मङगलबार  हुदैछ,’ उनले लेखेका छन, ‘स्टूडियो मुलपानीस्थित  मुलपानी फुटसल नजिकैरहेको छ। यहाँहरू ११  बजेसम्म आइपुग्नुपर्ने हुन्छ। नोटः कार्यक्रम निशुल्क हेर्न पाइने छ ।’

केही समय अघि मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली साँगा, नजिक भयानक दुर्घटनामा परेको थियो ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।