२०८३ श्रावण २२
२०८३ श्रावण २२

काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् र उनको जमानत जफत भएको छ ।

कुल सदर मतको १० प्रतिशत मत प्राप्त गरेमा जमानत जोगिने कानुनी व्यवस्था रहेको छ । लिम्बुको मिडिया र सामाजिक सञ्जालमा बढी चर्चा भएपनि उनले अपेक्षा अनुसारको मत हासिल गर्न भने असफल भएका छन् । यस क्षेत्रमा लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत भएको छ ।

इलाम-२ मा मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बूले ८१६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका जितबहादुर राईले ४०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ४०४ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले २०६ मत पाएका छन् र जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका छन् । कुल १९ जना उम्मेदवार रहेको इलाम-२ का अन्य सबै उम्मेदारले सय भन्दा कम मत प्राप्त गरेका छन् ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ । न्युज कारखमाम

काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ । न्युज कारखमाम

 

आजमिति २०८० साल वैशाख १८ गते मंगलवार तदअनुसार अप्रिल ३० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष सत्तमी तिथी, उत्तरषाढा नक्षत्र, । साध्य योग छ । चन्द्र राशि धनु। यो शुभ योग हो ।

 

अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२७ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:२६

• सुर्यास्त: बेलुका ०६:३७ बजे

 

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

 

 

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

 

 

समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

 

• शुभ रंग: खैरो

• शुभ अंक – ९

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

 

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

 

शुभ रगं ः रातो

शुभ अंक ः ३

 

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

 

 

 

समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। जोश, जाँगर र उमंग बढ्नसक्छ. । आर्थिक कारोवारमा आशाजनक सफलता पाइएला । परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

 

 

शुभ रंग: सेतो

• शुभ अंक – ७

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

 

 

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः २

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

 

 

आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । कामको थालनी हुनेछ । समाज सेवामा मन लाग्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने समय छ ।

 

शुभ रगं ः पहेलो

 

शुभ अंक ः १

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

 

 

आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मि त्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । प्रेम तथा परिवारमा सामान्य विवाद भने हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः खैरो

शुभ अंक ः ५

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

 

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः कालो

शुभ अंक ः ९

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ । साथीभाइसँग जमघट तथा व्यवसायमा नयाँ अनुभब मिल्न सक्छ।

शुभ रगं ः वैजनी

शुभ अंक ः १

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समय राम्रो छ । चिताएको कामले तीव्रता लिनेछ । कला, साहित्यमा रुची बढ्ने छ । बैदेशिक कार्य अघि बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने समय छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

शुभ रगं ः निलो

शुभ अंक ः ३

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

 

समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

 

शुभ रगं ः रातो

शुभ अंक ः ८

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 

 

 

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । स्वास्थ्यमा समस्या,सहकर्मीबाट विरोध र महत्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ७

 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

 

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । छोटो दूरीको लाभदायक यात्रा तथा शैक्षिक क्षेत्रमा सफलता मिल्ने समय छ।जोश, जाँगर र हिम्मत बढ्ने छ ।समग्रमा दिन राम्रो छ ।

 

शुभ रगं ः गुलावी

शुभ अंक ः ४

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखमाम

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नवलपुर, १७ बैशाख । नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। मध्यविन्दु–५ बाघखोरनिवासी ३० वर्षीय यमनारायण महतो माघको आक्रमणमा परी घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका– ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरेको थियो।

घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। उनको मुख र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको छ।न्युज कारखाना

काठमाडौं, १७ बैशाख । प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको हो।

झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। प्रहरीले ३ राउण्ड गोली प्रहार गरेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।न्युज कारखाना

डोटी, १७ बैशाख । सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन्। शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ।

उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए।

कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए। उनका अनुसार तामाङ बेपत्ता भएको सूचनामा सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए।न्युज कारखाना

काठमाडौं, १७ बैशाख  । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन्। उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए।

८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उनी भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन्।न्युज कारखाना

 

भैरहवा, १७ बैशाख । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। भैरहवामा तापक्रम बढ्दै जान थालेपछि जनजीवन कष्टकर बन्दै गएको हो।

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै निरन्तर तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएको छ। अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजका प्रभावित भएको छ भने सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएकोले दैनिक कार्यमा प्रभावित बनेको छ।

जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका अनुसार गत आइतबार भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ६ मापन गरिएकोमा यो रकेर्ड यस वर्षको अहिलेसम्मकै उच्च रहेको कार्यालय प्रमुख वरुण पौडेलले बताए। भैरहवाको हालसम्मकै उच्च तापक्रम भने सन १९९५ मे ३ मा ४५ दशमलव २ पुगेको थियो।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको तथ्याङ अनुसार पछिल्लो एक साताबाट भैरहवाको तापक्रम नेपालकै उच्च रहेको छ।

विभागको तथ्याङक अनुसार आइतबार साझ ५  बजेर ४५ मिनेटसम्म भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव २ मापन गरिएको छ। जनकपुरको ४१ दशमलव ४, सिमराको  ४० दशमलव ३ र विराटनगरकोे ४० दशमलव २ मापन गरिएको छ।

एक सातादेखि ४० डिग्रीकै सरदरमा तापक्रम रहेकोले स्थानीयको जनजीवन नै अस्तव्यस्त बनेको छ। बिहान सबेरैबाट सुरु हुने गर्मीले गर्दा खास गरी दैनिक ज्याला मजदुरी र खेती किसानी गर्नेहरू मारमा परेका छन्। गर्मीका कारण लु लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्यासमेत उत्पन्न भएको छ। अति आवश्यक काम बाहेकका बेलामा भने मानिसहरू घर बाहिर निस्कन छाडकोले संख्या पातलिएको छ।

गर्मीको राहतका लागि विधुत एउटा सहारा भए पनि बेलाबेलामा जाने गरेको छ। भएको विद्युतमा पनि लो बोल्टेज र ट्रिपिङको समस्या छ।  गर्मी बढेसँगै अस्पतालमा विरामीहरूको संख्या पनि बढेको छ। अस्पतालका अनुसार अहिले बढेको गर्मीका कारण बिरामीको संख्यासरदर भन्दा दोब्बर भएको छ। भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, पिसाब संक्रमण, जलवियोजन लगायतका बिरामीको संख्या बढ्दै गएको छ।

भैरहवाको भीम अस्पताल, मेडिकल कलेज, सिटी हस्पिटल र अन्य निजी अस्पतालमा पनि विरामीको चाप बढेकोले चिकित्सकलाई भ्याइ नभ्याइ छ। भीम अस्पतालका आकस्मिक कक्ष केही दिनयता बढेको गर्मीका कारण विरामीको संख्या पनि बढ्दै गएको छ।

गर्मीका कारण शरीरमा घमौरसहित अन्य समस्या आउने भएकोले सकेसम्म घरबाहिर निस्कन नहुने स्वास्थय कार्यालय रुपन्देहीको सुझाव छ। निस्किहाल्नुपरेमा पातलो कपडा सरीर छोपिने गरी लगाउने र सक्दो पानी पिउने बाहिरी खुला रूपमा राखेका खाना नखाने, खादा र ताजा खाना खाने गर्मीले लु लाग्ने भएर मान्छे मुर्छित भएर उच्च रक्तचाप बढ्ने र मस्तिष्कघात, हृदयघात, पक्षाघातलगायतका रोग लाग्ने भएकोले सतर्कता अपनाउन स्वास्थय कार्यालयले अनुरोध गरेको छ।

ठाउँठाउँमा आगलागी भइरहेका छन्। आगलागीले करोडौंको धनमाल नष्ट भएका छन्। गर्मी बढ्दै जाँदा बाटो सुनसान हुँदै गएका छन्। तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न पनि अनुरोध गरेको छ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ।

गर्मी बढेसँगै बजारमा भएको मानिसहरुको चहलपहलको कमीका कारण व्यापार व्यवसायमासमेत कमी आएको छ। सधै जसो भिडभाड हुने ठाँउ भैरहवाको गल्लामण्डी, बैक रोड, आवारोड, मैत्री पथमा चहलपहल निकै कम छ। गर्मी बढ्दा चिसो पेयपदार्थ र फलफूल जुसको भने व्यापार बढेको छ। स्थानीय बासिन्दाको भनाइ अनुसार विगतको वर्षभन्दा यस वर्ष बढी गर्मी भएको हो। गर्मीले मानिसमात्र हैनन्, पशुपंक्षी समेत प्रभावित भएका छन्।न्युज कारखाना

काठमाडौं, १७ बैशाख । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार मतको अग्रता लिएका छन्।

अहिलेसम्म ३५ हजार ६ सय ११ मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १४ हजार ६ सय १३ मत प्राप्त गरेका छन्। कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३ सय ११ मत प्राप्त गरेका छन्। नेम्वाङ र खड्काबीच ५ हजार ३ सय २ मतको अन्तर छ।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार ५ सय ७० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ५७ मत प्राप्त गरेका छन्।न्युज कारखाना

काठमाडौं, १७ बैशाख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

वडाध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिन एक सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएपछि सोमबार अख्तियारले उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनी विरूद्ध १५ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ क उपदफा १(क)बमोजिम कैदा सजाय  बिगो बमोजिम जरिवाना माग गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।   न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।