२०८३ श्रावण २१
२०८३ श्रावण २१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ ।

३१८ जना यात्रु चढेको कतारेयरवेजको विमान आज बिहान ११:४५ बजे कतारका लागि उड्ने तयारीका क्रममा धुँवा उडेको देखिएपछि उडान रोकिएको हो ।

अहिले विमानमा प्राविधिक परिक्षण गरिएको र फेरी उड्ने तयारीमा रहेको विमानस्थलको कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।न्युज कारखाना

काठमाडौँ । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई केही कडाई गर्ने भएको छ । मन्त्रालयले सोमबार यसबारे तीन बुँदे निर्देशन जारी गरेको छ ।

निर्देशनअनुसार शारीरिक एवं मानसिक रुपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र अस्पताल लैजानुपर्नेछ ।

अस्पताल लग्नुपर्ने विकल्पको रुपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने/नपर्ने सम्बन्धमा निर्णय गर्ने गृहको निर्देशनमा छ ।त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनु पर्ने निर्णय पनि छ ।

प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलव्ध गराउने हालको कानूनी प्रबन्ध र अभ्यासलाई बस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको थियो। काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले ३ बुँदे निर्णय गरेको हो। गृहको आग्रहअनुसार अध्ययन गर्न काउन्सिलले सदस्य डा. विश्वराज दवाडीको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको थियो ।

‘आवश्यक पर्दा उपचार पाउनु सबैको हक हो। राज्यले त्यो हक सुरक्षित गर्छ नै। तर, कतिपय घटनामा हिरासत छल्न नै अस्पताल जाने प्रवृत्ति पनि देखिएकाले सबैलाई समान व्यवस्था र व्यवहार होस् भनेर केही ‘क्लज’ राख्ने निर्णय भएको हो’ लामिछानेको सचिवालयद्वारा जारी प्रेस नोटमा छ ।न्युज कारखाना

काठमाडौँ । इजरायली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ । रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् ।

इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल-मवासी जान भनिएको छ ।

इजरायली सेनाले त्यहाँ टेन्ट, खाना, पानी र औषधिको सुविधा उपलब्ध गराइने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले हमासलाई पराजित गर्न रफाहमा भएको आक्रमण आवश्यक रहेको बताएका छन् ।

धेरै मानवअधिकार संगठनहरूले इजरायललाई रफाह आक्रमण नगर्न अपील गरेका छन् । इजरायलले रफाहमा आक्रमण गरे हजारौं प्यालेस्टाइनीको ज्यान जान सक्ने मानवअधिकार संगठनहरूले डर व्यक्त गरेका छन्।न्युज कारखाना

काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बाट पक्राउ गरेको हो ।

श्याम बाबु समेतले पीडितलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कुवेत पठाईदिने भनि झुक्याई २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्‍याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एअरपोर्टमा देखाउने कागजातहरू समेत फरक-फरक बनाई पठाएको, कुवेतको एअरपोर्टमा पुगे पश्चात जाहेरवालाको सक्कल नेपाली राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई श्रीलंकन मुलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनि आग्रह गर्दा ५ लाख रकम माग गरेको  र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी श्याम बाबु समेतले उपलब्ध गराएको खातामा ३ लाख रकम जम्मा गरे पश्चात पीडित कुवेतबाट २०७९ फागुन २१ गते नेपाल फर्कन सफल भएका थि ए ।

उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । न्युज कारखाना

काठमाडौँ । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ ।

गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको बाँकी दुई महिनामा सो वृद्धिदर थप बढ्ने अनुमान गरे । देशभर ३९ वटा करदाता सेवा कार्यालय छन् ।

ती कार्यालयहरुले करदातालाई पायक पर्ने स्थानबाट आयकर, मुल्य अभिवृद्धिकर, अन्तशुल्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कर संकलन गर्दै आएका छन् ।

यसैबीच आन्तरिक राजश्व कार्यालयले ३९ वटै करदाता सेवा कार्यालयका प्रमुखसहित कर्मचारीहरुको कार्यसम्पादन समीक्षा सम्पन्न गरेको छ । सबै कार्यालयका कर्मचारीसँग आफूले भर्चुअल माध्यमद्वारा कार्यसम्पादन समीक्षा गरेको जानकारी दिए ।

समीक्षामा उनले राजश्व निगरानी र करदाता सचेतना बढाउन निर्देशन दिए । तिवारीले अनुशासित भएर सरल र बिना झण्झट सेवा प्रवाह गर्न आग्रह गरे ।
न्युज कारखाना

काठमाडौं । काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान,  मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही महानगरपालिका-३० मैतिदेवी बस्ने ३४ वर्षीय संजय खड्गी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं धुमबाराहीबाट पक्राउ गरेको हो । विभिन्न मितिमा काठमाडौं उपत्यका अन्तर्गतका प्रहरी कार्यालयमा ५ पटक चोरी सम्बन्धी लगायतका कसूरमा उनीहरू उपर मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ  ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।न्युज कारखाना

काठमाडौँ । इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको बताइएको छ ।

इजरायलका सञ्चारमन्त्रीले सोशल मिडियामा पोष्ट गरेको भिडियोमा पुलिस अधिकारीहरू अल-जजीरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ ।

आइतवार, इजरायली सरकारको मन्त्रिपरिषद्ले अल-जजीरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको थियो ।

अल-जजीरा टिभी नेटवर्कले इजरायली सरकारको ‘राष्ट्रिय सुरक्षा’ खतराको दाबीलाई ‘झूटो’ भनेको छ । अल-जजिरा टिभी नेटवर्कको टोलीले पनि कानुनी जवाफको तयारी गरिरहेको छ । इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन् ।

इजरायलको नागरिक अधिकारको संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ ।

विदेशी प्रेस एसोसिएसनले इजरायली सरकारको प्रतिबन्धलाई प्रेस स्वतन्त्रतामा खतरा भएको भन्दै यो निर्णय फिर्ता लिन इजरायली सरकारलाई अपील गरेको छ ।न्युज कारखाना

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठकमा संसद अधिवेशन बारे छलफल हुने बताइएको भएपनि जसपा नेपाल विभाजित भएपछि विभाजनको भय एकीकृत समाजवादीमा पनि देखिएको मिडियामा समाचार आएपछि बैठक बोलाइएको बुझिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउन पहल गरेपछि सशंकित भएको सत्ता समीकरण आफ्नो बहुमत पुर्याउन र वैकल्पिक गठबन्धनको विकल्प समाप्त पार्न जसपा विभाजन गरिएको विश्लेषण भइरहेको छ ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ मा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि तालिम थप गरिएको छ । यस्तै टेलरिङ् (ड्रेस मेकिङ्) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

तालिम सञ्चालनका विषयमा जानकारी लिन राष्ट्रिय अन्तरराािष्ट्रय क्षेत्रगत प्रतिनिधिहरुले अवलोकन गर्न थाल्नुभएको छ । यसै क्रममा तालिमको चौथो दिनडच फाउन्डेसन सोसियल डिपलपमेन्ट नेपालका प्रतिनिधिहरुले तालिमका बारेका जानकारी लिएका छन् ।

मेलाअन्तर्गत १० वटा विधामा ३० वटा पेशासँग सम्बन्धित तालिम सञ्चालन भइरहेका छन् । तालिमका कक्षाहरु हरेक दिन विहान ८ बजे सुरु हुन्छन् । तालिमका फास्टफुड एण्ड कुकिङ् र वेकरीका कक्षाहरु ४÷४ घण्टा हुन्छन् । अरु कक्षाहरु ३÷३ घण्टा हुन्छन् । यसरी दोस्रो कक्षा ११ बजे र तेस्रो कक्षा २ बजे सुरु हुन्छ ।

कुन तालिम कति दिन चल्छ ?

तालिमहरु ७ दिन, १५ दिन र ३० दिन समयावधिका छन् । रोजगार संयोजक देवेन्द्र के. सी. भन्नुहुन्छ, ‘प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई समयको पालनामा ध्यान दिन लगाइएको छ । एकै समयमा कक्षा सुरु हुने र एउटै समयमा सकिने भएकोले कसैबाट कसैलाई डिस्टर्व छैन ।’

१० वटा विधामध्ये अटो मोवाइल्समा ३ वटा पेशासँग सम्बन्धित तालिम छन् । पहिलो पेशा अटो इलेक्ट्रिक हो । यो १५ दिन अवधिको हो । दोस्रो अटो एअर कन्डिसन हो । यो पनि १५ दिनकै हो । तेस्रो इलेक्ट्रिकल कार रिपेयर (इभी) हो । यसमा ३० दिनको कक्षा हुनेछ ।

निर्माण विधा (दोस्रो) मा डकर्मी (म्यासन), टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् गरी ४ वटा पेशासँग सम्बन्धित तालिम छन् । यी सबै तालिम ३० दिन अवधिका हुन् ।  हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा (तेस्रो) मा वारिस्ता, फास्ट फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर/वेट्रेस तालिम छन् । यीमध्ये फास्ट फुड कुक १५ दिनको हो । अरु ७ दिन अवधिका हुन् ।

सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) विधा (चौथो) मा ४ वटा पेशाका तालिम छन् । डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा र मोवाइल रिपेयरिङ्का कक्षा चलिरहेका छन् । यीमध्ये सीसीटिभीको कक्षा ७ दिन अवधि र अन्य पेशाका कक्षा १५ दिन चल्नेछन् ।

मेकानिकल विधा (पाँचौँ) मा २ वटा पेशा छन् । वेल्डिङ् पेशाको १५ दिन र  रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको ३० दिन तालिम हुनेछ । आर्ट एण्ड कल्चर विधा (छैटौँ) मा आर्ट एण्ड स्कप्चरको तालिम चलेको छ । यसको अवधि १५ दिनको हुनेछ ।

गार्मेन्ट्स विधा (सातौँ) मा टेलरिङ् / ड्रेस मेकर र फेसन डिजाइनिङ् गरी २ वटा पेशासँग सम्बन्धित कक्षा चलेका छन् । यी दुवै १५ दिन अवधिका तालिम हुन् । टेलरिङ् र डेस मेकरमा अत्याधिक माग भएकोले यसलाई हरेक सिफ्टमा २/२ वटा कक्षा चलाइएको छ ।

व्युटिसियन (सौन्दर्य कला) विधा (आठौँ) मा ५ वटा पेशा समेटिएका छन् । यसमा नेल आर्ट, हेयर कट एण्ड स्टायल र सैलुन १५/१५ दिन अवधिका हुन् । मेक अप आर्ट, आइलेस आर्ट ७ दिन अवधिका हुन् ।  डिजाइनिङ् विधा (नवौँ) मा ७ दिन अवधिको स्क्रीन प्रिन्टको कक्षा छ । पुरोहित विधा (दशौँ) मा १५ दिन अवधिको पुरोहित र ७ दिन अवधिको ज्योतिष तालिम चलिरहेका छन् ।

तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरु स्टलमा रहने छन् । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउने छन् । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्ने र रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्ने महानगरले जनाएको छ  । न्युज कारखाना

 

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री  दीपक कार्कीले आफू संस्थापन पक्षमै आवद्ध रहेको प्रष्ट पारेका छन् ।

राज्यमन्त्री कार्कीको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आइरहेका भ्रामक सूचनाको खण्डन गर्दै उनी जसपा नेपाल संस्थापन पक्षमै यथावत रहेको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘माननीय कार्कीको बारेमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरू भ्रामक रहेकोले सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उनी कुनैपनि गुट वा दलसँग आवद्ध नरहेको र जसपा नेपाल संस्थापन पक्षमै यथावत रहेका छन् ।’न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।